Category: समाचार

  • काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

    काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ । सिंहले दिउँसो उमेदवारी दर्ता गराउने छिन् ।

    कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

    दिउँसो शान्तिबाटीकामा भेला भएर उमेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसले जनाएको छ । आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

    सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई भाग लगाएको छ।

  • कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबुलाई नै उठाउने

    कांग्रेसबाट विराटनगरको मेयरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबुलाई नै उठाउने

    काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    कोइराला शेखर कोइराला निकट हुन् ।

    विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।

    यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल या डा। डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेका थिए । तर विवाद बढेको थियो ।

    महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए। नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन्।

    नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।

    महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

  • सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

    सेनाको सगरमाथा सफाई टीम आधार शिविर पुग्यो

    काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार शिविर पुगेको छ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ(आफ्नो आधार शिविर पुगेका हुन्। सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्‍चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर पुगेका हुन्।

    आधार शिविरमा पुगेका टोलीले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पूजाआजा गरेका छन्। बेशक्याम्प पुगेपश्चात उक्त टोलीले फोहोर संकलन गर्ने काम शुरू गरेको नेपाली सेनाले जानकारी दिएको छ। हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन गर्नेछ।

  • गठबन्धन भित्रका असहमति हटाउने प्रयास गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    गठबन्धन भित्रका असहमति हटाउने प्रयास गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्नेछन् । पाँचदलीय गठबन्धनको बैठक आइतबार बेलुकी पनि बालुवाटारमा बसेको थियो।

    तालमेल बाँकी रहेका र विवादित क्षेत्रबारे आज बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन्। पाँचदलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने सहमति गरेका थिए। तर केही स्थानीय तहमा तालमेलमा विवाद हुँदा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने तयारीमा दलहरू छन्। ती स्थानमा अन्तिम पटक सहमतिको प्रयास गरिने भएको छ ।

  • भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

    भरतपुरमा रेणु दाहालविरुद्ध एमाले र राप्रपा तालमेल गर्दै

    काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको छ । यहाँ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल उमेदवार छिन् । गठबन्धनमा असन्तुष्टी जनाएको कांग्रेसका केही नेताले स्वतन्त्र उमेदवारी समेत दिने तयारी गरेका छन् ।

    राप्रपाले चितवनको भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो। तर, राति केन्द्रीय तहमै सहमती भएपछि भरतपुरमा तालमेल हुने भएको हो। सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ।

    वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ। एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

  • स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

    स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

    यी सबै तहमा प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ । मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

  • बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

    बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

    बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो।

    उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीले बताएका छन् । उनीहरुले विष खाएको अनुमान गरिएको छ । घटनास्थलमा तन्ना ओछ्याएर खाने बस्ने गरेको समेत पाइएको छ । यस विषयमा थप अनुसन्धान सुरु गरेको समेत प्रहरीको भनाई छ । छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा बुहारी र छोरीसँग बस्दै आएको खुलेको छ।

  • धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

    काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी गराएका हुन् ।

    दुर्घटनामा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ । घाइते उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको समाचारमा उल्लेख छ ।

    बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ओभरट्याक गर्ने क्रममा बस र कार ठोक्किएको बताइएको छ । उनीहरु नेपाल घुम्न ७ वैशाखमा आएको र सोमबार दिल्ली फर्कने तयारीमा रहेको समाचारमा उल्लेख गरिएको छ ।

  • जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

    जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

    काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

    एयर होस्टेसले भेटाएको यो रकम कम्पनीले प्रहरीलाई बुझाएको हो । जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

  • जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

    जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

    काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

    जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।

    घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने ,आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने जनाइएको छ ।

    गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अंग्रेजी माध्यामबाट गरिने उल्लेख गरिएको छ ।

    विद्यालय र घरवस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिने र स्थानीय तहहरूले शिक्षामा सुरुमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने जनाइएको छ ।

  • काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्।

    त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

    स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।

    शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् । बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ ।

    शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् । काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु-तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

  • स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

    स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ।

    आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

    घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।

    कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ।

    घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो।

  • काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

    दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौं उपत्यकामा अत्यधिक सवारी चाप र तिव्र गतिका कारण दुई पांग्रे सवारी साधनमा बढी मानिसको ज्यान जाने गरेको छ ।

  • प्रदेश सांसद झाको निधन

    प्रदेश सांसद झाको निधन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ । उनी रौतहटको स्थायी बासिन्दा हुन् । लोसपा नेता तथा संघीय सांसद अनिल झाकी जीवनसाथी उनी क्यान्सरबाट पीडित थिइन् । झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । अल्पायुमै भएको उनको निधनप्रति शोक व्यक्त गरिएको छ ।

  • महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

    महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

    काठमाडौं । एमालले स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा आफ्नो उमेदवारको टुंगो लगाएको छ । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ । यससँगै काठमाडौं उपत्यकाको मेयरको प्रतिस्पर्धामा चर्चित अनुहार केशव स्थापित आएका छन् ।

    गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्यका साथ एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका उम्मेदवार टुंगो लगाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उल्लेख गरे । उनका अनुसार तल्ला कमिटीले सिफारिस गरेका नामका आधारमा एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार ५ महानगर र ९ उपमहानगरमा उम्मेदवार तय गरेको हो ।

    एमालेले वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा नवप्रवेशीलाई टिकट दिएको छ । एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो । स्थापित ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए । उनी विवादमा बढी तानिने पात्र हुन् । स्वतन्त्र रूपमा काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी घोषणा गरेकी सुनीता डंगोललाई एमालेले उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


    वीरगन्ज महानगरमा जसपाबाट प्रवेश गरेका हालका प्रमुख विजय सराबगीलाई एमालेले उम्मेदवार बनाएको छ । वीरगन्ज महानगरपालिकामा एमालेले उपप्रमुखको उम्मेदवार खाली राखेको छ । भरतपुरमा एमालेले विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुरमा उपप्रमुख उम्मेदवार भने तय गरिएको छैन । ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य उम्मेदवार तोकिएका छन् । एमालेले पोखरा महानगरको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

    नेपालगन्ज उपमहानगर प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र नवप्रवेशी हुन् । धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्तकला राना थारूलाई उम्मेदवार बनाएको छ । तुलसीपुर उपमहानगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी तथा घोराही उपमहानगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डीसीलाई उम्मेदवार बनाइएको छ ।

    बुटवल उपमहानगर प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल, हेटौंडा उपमहानगर प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, धरान उपमहानगर प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बू, इटहरी उपमहानगर प्रमुखमा यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई एमालेले उम्मेदवार तोकिएको छ । कलैयाको उपप्रमुख खाली छ । सचिवालय बैठकले अन्य पार्टीसँग तालमेलका लागि भनेर जनकपुर, जितपुर–सिमरा र विराटनगरको प्रमुख र उपप्रमुख टुंगो लगाएको छैन ।

  • आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

    आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

    काठमाडौं । आइतबार नेपालमा १६औं लोकतन्त्र दिवस मनाइंदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएको थियो । यस दिन तत्कालिन राजा ज्ञानेन्द्र शाह आफ्नो कदमबाट पछि हटेका थिए । सरकारले विसं २०६४ बाट देशभर लोकतन्त्र दिवस मनाउन थालेको हो ।

    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चलाएका थिए । त्यसबीचमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जना प्रधानमन्त्री बनेका थिए ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी बनेको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । त्यसपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भएका हुन् ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बनेको हो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो ।

    बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

  • आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

    आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

    काठमाडौं । आइतबार (आज) र भोली स्थानीय तह निर्वाचनमा उठ्ने उमेदवारले उमेदवारी दर्ता गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने जानकारी गराएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउन सकिने भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु पर्नेछ । निर्वाचन वैशाख ३० मा तोकिएको छ ।

    यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । निर्धारित दुई दिनभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न आएमा दर्ता गरिदिने व्यवस्था मिलाउन पनि आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयहरूलाई आग्रह गरेको छ।

  • स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

    स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल नेकपा एमालेको उपमेयरमा लड्ने भएकी छिन् । उनलाई पार्टीले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ ।

    जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्र समेत सार्वजनिक गरेकी थिइन् । तर, एमालेले उमेदवार बनाएपछि अब उनका लागि पार्टी नै होमिने छ । उनी युवा उमेदवार हुन् ।

  • स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

    स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने भएको हो ।

    सोमवारसम्म दर्ता भएका उम्मेदवारीबारे १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता जारी गरेपछि कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले समेत धमाधम राजीनामा दिइरहेका छन् ।

    स्थानीय तह निर्वाचनका लागि गत चैत २५ बाट निर्वाचन आचार संहिता लागु भएको छ। आचार संहिताले निर्वाचन सम्पन्न नहुँदासम्म उम्मेदवार, राजनीतिक दल र सरकारलाई निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधनको परिचालन गर्न बन्देज गरिएको छ। आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ।

    जसअनुसार सबैभन्दा धेरै महानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म गर्न खर्च गर्न पाउँछन्। गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि त्यस्तो सीमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित भेष्ट, टोपी वा झोला बोक्ने कार्यकर्ताहरूलाई समेत कारबाही हुने चेतावनी दिएको छ।

  • फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

    फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

    मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९–१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।

  • नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

    नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

    काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

    बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए। शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उनलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिएका थिए।

    भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरूद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए। टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरूद्ध बालबालिकालाई खोप सुरू गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

    नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे। पाटन माध्यामिक विद्यालयमा पुगेर उनले टाइएफाइडविरूद्धको खोप अभियानको अवलोकन समेत गरेका थिए।

  • आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

    आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

    काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै राससले जनाएको छ ।


    ‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए । आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

    सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

  • भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

    भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि नेकपा माओवादी केन्द्रले वर्तमान मेयर रेणु दाहाललाई नै अगाडि सार्ने पक्कापक्की भएको छ ।

    फेरि दोहोरिनका लागि उनले पदबाट राजीनामा दिएकी छिन् ।

    यसअघि काठमाडौंमा बसेको पाँच दलको गठबन्धनको बैठकले भरतपुर महानगरपालिकामा प्रमुखको उम्मेदवार माओवादी केन्द्रबाट दिने निर्णय गरेको थियो ।

    यहीअनुसार उनले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् ।

  • जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

    जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

    काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित अढाई सय सक्रिय सदस्य रहेका छन् ।

    सामूहिक राजीनामा दिएका साहले स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले कांग्रेस सबै वडा सभापतिको समर्थनसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।

  • एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

    एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

    काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।

    शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।

    घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे ।’

    यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ।

    प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेले बताएको छ। ुसडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्नेु, घोषणापत्रमा उल्लेख छ।

  • एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

    एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।

    घोणणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ ,’प्रत्येक नागरिकका घरमा विद्युत् सेवा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलव्ध गराउने ।’

    बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा, लघु जलविद्युत्लगायत वैकल्पिक उर्जाको प्रयोगबाट सबै परिवारमा आधुनिक उर्जा पुर्याउने एमाले घोषापत्रमा उल्लेख छ ।

    त्यस्तै घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने उल्लेख छ ।

    आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।

  • ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

    ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

    काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।

    बिहीबार बिहान १० बजे पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा अक्सिजन भर्ने क्रममा विष्फोट हुँदा भारतीय नागरिक वृहमोहन महतो र राजकुमार महतोको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

  • नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

    नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

    काठमाडौं । अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा सिमित साथिहरु र परिवारका सदस्यको उपस्थितिमा उनीहरुले बिबाह गरेका हुन् । विवाहपछि तस्वीरहरु स्वयमः नायिका अधिकारीले सार्वजनिक गरेकी छिन् ।

    फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

    उनीहरुले एक वर्षदेखिको प्रेमलाई बिहेमा परिणत गरेका छन् । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

  • डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

    काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटमा नेपाल र डब्लूएचओबीचको सहकार्यलाई थप बलियो बनाउने र कोरोना भ्याक्सिन सहयोग गर्ने विषयमा छलफल गरेका छन् । आजै उनले परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्काले डब्लूएचओले नेपाललाई कोरोना महामारी त्यसको भ्याक्सिन उपलब्ध गराएर गरेको सहयोगको सराहना व्यक्त गरे ।

    मन्त्री खड्काले दशकौंदेखि को सहकार्य र सार्वजनिक स्वास्थ्य संकट समाधानका लागि विभिन्न समयमा गरेको भ्याक्सिन र प्राविधिकलगायत सहयोगका लागि पनि धन्यवाद व्यक्त गरेका थिए । बिहीबार नै महानिर्देशक गेब्रेयससले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि भेट गरेका छन् ।

    अध्यक्ष तिमिल्सेनाले पनि डब्लूएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले कोरोना महामारीलगायत स्वास्थय समस्या समाधानका लागि हुने सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे । भेटपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशक गेब्रेयससको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गरेको छ । उनले नेपालमा रहँदा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेट्ने कार्यक्रम छ ।