काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ… Continue reading नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?
Category: समाचार
नेपालले समेत रोक्ने भयो पर्यटक भिसा
काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक… Continue reading नेपालले समेत रोक्ने भयो पर्यटक भिसा
न्यूयोर्कमा वालुङ समुदायको लोसार
न्यूयोर्क/अमेरिका वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो । टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ… Continue reading न्यूयोर्कमा वालुङ समुदायको लोसार
कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ । तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर,… Continue reading कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । उनी अब घरमै आराम गर्न सक्ने गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसको पुष्टी गरेका छन् । उनका अनुसार डिस्चार्ज भएसँगै उनले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर समेत बनेकी छिन्… Continue reading प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा डिस्चार्ज
एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।… Continue reading एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न
कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज… Continue reading कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता
पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गर्दै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खाली ठाउँमा बुधबार बिहानै कुकर बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको पुष्टी गरेको छ । बुधबार बिहान ७ः४५ बजे बम विष्फोट गराएको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइए पनि… Continue reading पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो । काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि… Continue reading श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो । उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीले घर… Continue reading प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
सुडान । सुडानका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विष्फोट गराइएको छ । यद्दपी उनी बच्न सफल भएका छन् । सोमबार बिहान निवासबाट कार्यालय जान लाग्दा उनको सवारीमाथि बम विस्फोट गराइएको हो । राजधानी खार्तुममा बिस्फोट भएको हो । बिस्फोटले प्रधानमन्त्तीलाई कुनै असर गरेन् । तर, उनको कारगेडमा प्रयोग… Continue reading सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो । सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए । होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय… Continue reading होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ । केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस… Continue reading आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ । बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् । वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी… Continue reading बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ । तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ । दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय… Continue reading कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
काठमाडौं । आज ११४ औं नारि दिवस मनाईंदैछ । नेपालसहित संसारभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनमा खटिएकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना भाइरसका… Continue reading आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ । शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ… Continue reading नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
न्युयोर्क न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ । न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको… Continue reading न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् । यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ । देशको उत्तर… Continue reading पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको… Continue reading प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक… Continue reading प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न… Continue reading कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् । विश्व शान्ति स्थापनामा फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ । १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा… Continue reading सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो । त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ । नेपाल औषधि उत्पादक संघका अनुसार… Continue reading औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । पश्चिमी न्युनचापीय प्रणाली प्रवेश गरेका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । शनिबार दिनभर जसो पानी पर्नेछ । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने… Continue reading आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ । किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो । ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस… Continue reading ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
काठमाडौं । विजय कुमार गच्छदार समूहका एक दर्जन नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् । उक्त समूहका ११ जना केन्द्रीय सदस्य कांग्रेसमा थपिएका हुन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जानकराी गराएको छ । रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्द्रकुमार मल्लिक, हेमराज तातेड,… Continue reading गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ । यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ… Continue reading थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने
काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ । यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो । यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको… Continue reading नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने