नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन… Continue reading नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् । नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो । विपक्षीले आफ्नो… Continue reading सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप छानविनको आवश्यकता औल्याएका छन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र यस काण्डमा एक्लै संलग्न हुन नसक्ने भन्दै छानविनको आवश्यकता औल्याएका हुन् । एक अर्बको डील मन्त्री एक्लैले गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय छानविनको माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय… Continue reading सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो । ब्रेकफेल… Continue reading कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार । हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए । त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले… Continue reading आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ । बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ । यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने… Continue reading आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ । यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ । गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।… Continue reading वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदैछन् । सोही सिलसिलामा उनी जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाँदैछन् । उनी हेलिकोप्टर चढेर आठराइ, सल्ले जान लागेका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मिएका हुन् । तर, सानैमा उनको परिवार झापा झरेको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ… Continue reading जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् । त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो । अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा… Continue reading युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।… Continue reading गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

परराष्ट्र मन्त्री जेनेभातर्फ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् । यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको… Continue reading परराष्ट्र मन्त्री जेनेभातर्फ

कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ । शुक्रबार करीव… Continue reading कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ । आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ ।… Continue reading आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो । पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली… Continue reading आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले घोषणा गरेअनुसारको रकम हस्तान्तरण गरेका छन् । चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीपले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् । बिहीबार काठमाडौंमा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका हुन् ।… Continue reading सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई

बास्कोटाले गरे राजिनामा

काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा

संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

बाजुरामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा गतराती भूकम्पको धक्का महसुश भएको छ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्पको धक्का महसुश भएको हो । बाजुराको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । भूकम्पको… Continue reading बाजुरामा भूकम्पको धक्का

हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

हङकङ । हङकङमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । यसअघि एक जनाको ज्यान गएको थियो । हङकङ चीनको छिमेकी मुलुक हो । फेब्रुअरी १४ मा उनी कोरोनाबाट संक्रमित बनेका थिए । संचारमाध्यमका अनुसार ७० वर्षका वृद्धको मृत्यु भएको हो । बुधबार बिहान मार्गरेट अस्पिटलमा उनको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलिएको कोरोना… Continue reading हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ । वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण… Continue reading चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

३२९ कैदीको कैद मिनाहा

काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ । ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख… Continue reading ३२९ कैदीको कैद मिनाहा

पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् । त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् । राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् । अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र… Continue reading पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

रौतहटमा गोली हानाहान, पटेल पक्राउ

रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ

देउवा गच्छदारकै पक्षमा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् । उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ । गच्छदारमाथि… Continue reading देउवा गच्छदारकै पक्षमा

अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् । मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो । उनको मुटुको एन्जियोग्राफी गरिएको… Continue reading अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो

सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

शिवमाया बनिन् कानूनमन्त्री

काठमाडौं । सोमबार एक संयोग मिल्यो, जुन दिन पूर्वसभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाए, सोही दिन उनकै कार्यकालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । उक्त… Continue reading शिवमाया बनिन् कानूनमन्त्री