६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विपद्का घटनामा कमी आएको जनाएको छ । आर्थिक वर्ष २०८०–८१ मा कामपामा ४३१ विपद्का घटना घटेका थिए । गत आर्थिक वर्ष २०८१–८२ मा ४२५ विपद्का घटना घटेको कामपाले जनाएको छ । कामपा नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार सङ्ख्यात्मक रूपमा विपद्का… Continue reading काठमाडौँ महानगरमा विपद्का घटनामा कमी
Category: समाचार
एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली
६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराए । सो अवसरमा आजपाका स्थायी… Continue reading एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली
जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु
६ भदौ, चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उनले भने, “जिल्लामा… Continue reading जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
६ भदौ, काठमाडौं । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको… Continue reading लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल
६ भदौ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि… Continue reading सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल
अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग
६ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।… Continue reading अवैध वन्यजन्तु व्यापारविरुद्ध नेपाललाई अमेरिकी सहयोग
साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो
६ भदौ, काठमाडौं । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–०… Continue reading साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो
कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर
६ भदौं, काठमाडौं । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९कोइका०ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि… Continue reading कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर
कालीगण्डकी ‘करिडोर’ अवरुद्ध
गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र… Continue reading कालीगण्डकी ‘करिडोर’ अवरुद्ध
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कञ्चनपुर, ६ भदौ । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन् । जसमा… Continue reading शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा
काठमाडौँ, ६ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका… Continue reading यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै
६ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि… Continue reading टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?
६ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले… Continue reading सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
६ भदौ, म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ… Continue reading बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह
६ भदौ, काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस
एजेन्सी६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी… Continue reading गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समिति बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ… Continue reading विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
अरनिको राजमार्ग सञ्चालनमा
५ भदौ, काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका… Continue reading अरनिको राजमार्ग सञ्चालनमा
एनपीएल दोस्रो संस्करण मङ्सिरमा
५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । गत वर्ष मङ्सिर १५ गतेदेखि… Continue reading एनपीएल दोस्रो संस्करण मङ्सिरमा
उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु
५ भदौ, गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको… Continue reading उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु
निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग
५ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा केही प्रावधान सच्चाउन माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को आयोजनामा माइतीघर मण्डलामा आज गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अभिभावकको पहिलो रोजाइ निजी विद्यालयको पढाइ’, ‘निजी विद्यालयको योगदान मजबुद अर्थतन्त्रको निर्माण’ र ‘सधैँ… Continue reading निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग
एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’
५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार… Continue reading एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’
संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
५ काठमाडौँ, ५ भदौस् मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै… Continue reading संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री
५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरे… Continue reading सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री
अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार
५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष… Continue reading अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार
कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए । उनले भने, “घटनास्थलको अध्ययन… Continue reading कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद
५ भदौ, काठमाडौं । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्न भारत–चीनले एक सहमति गरेका छन् । यससँगै त्रिदेशीय विवाद पुनः सतहमा आएको छ । सो भूमि आफ्नो अभिन्न भूभाग रहेको नेपाल सरकारले प्रतिक्रिया दिएको छ । त्यसको केही घण्टा भित्रै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको… Continue reading विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद
एउटै खोलामा छ, जलविद्युत् आयोजना
५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना… Continue reading एउटै खोलामा छ, जलविद्युत् आयोजना
पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
५ भदौ, बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय… Continue reading पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
यस्तो छ आजको मौसम
५ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी… Continue reading यस्तो छ आजको मौसम