Category: समाचार

  • नवलपुर, गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ घाइते

    नवलपुर, गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ घाइते

    नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्। प्रहरीका अनुसार गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । त्यसपछि बस सडकबाट १० फिट तल खसेको थियो ।

    बिहान ४ बजेतिर भएको यो घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको सनाखत हुन बाँकि छ । दुर्घटनामा घाइते तीनै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । अन्य घाइतेको सोही अस्पतालमा उपचार जारी रहेको पनि प्रहरीको भनाई छ ।

  • एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

    एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

    सुपेन्द्र बस्नेत, बोष्टन

    केही दिन यता नेपालमा सडकदेखि सदनसम्म चर्का चर्की बहसको विषय बनेको छ -एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)।लामो समयदेखि कार्यान्वयनको विभिन्न चरणहरु पार गरिसकेको, तर गुमराहमा राखिएको एमसिसी अहिले एकाएक छताछुल्ल भएको छ।
    नेपाल र दातृराष्ट्र अमेरिकाको वैधानिक सरकारी निकाय एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन)बीचको यो ‘मिलेनियम च्यालेन्ज संझौता’ लाई अन्तिम वैधानिक मान्यता दिन संसदबाट अनुमोदन गराउनका लागि आवश्यक माहोल बनाउन अमेरिकाबाट एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली नेपाल दौडाहमा रहिरहेका बेला, नेपाल सरकारले पनि कदममा कदम मिलाएर सक्रियता बढाएपछि यस उपरको बहस छताछुल्ल भएको हो। कोही पक्षमा त कोही विपक्षमा उभिएर बहस गर्दै छन्। कोही मौनता साँधी रहेका छन्। जनता पनि यस विषय उपर निकै चासो र चिन्ता देखाउदै बहसमा उत्रिरहेका छन्। कतिले यसको मूल मर्मको गहन अध्ययन गरेर त, कतिले लही लहीमा लागेर यसको पक्ष वा विपक्षमा आफ्नो मत जारी गरिरहेका छन् भने , कति विविध कारणले अझै मौन नै छन्। यस संझौताको विपक्षीहरु बहस र विरोधका लागि सदनदेखि सडकसम्म अनिष्ट हुने संकेतसहित प्रस्तुत भैरहेका छन्। अर्कोतिर अमेरिकाको भन्ने बित्तिकै सास पनि दुर्गन्ध मान्ने जाने दुस्मनहरु र अमेरिकाको भने पछि दिसा पनि सुगन्ध मान्ने अन्धभक्तहरुका बिचको जुँगाको लडाईले अवस्थालाई थप जटिलतातिर धकेलिरहेको छ। यस्तो अवस्थामा देशी विदेशी नेपाल विरोधी शक्तिहरुले आफ्नो स्वार्थपूर्तिका लागि आ-आफ्ना पक्षधरहरुलाई उग्र बनाउन मलजल गरिरहेका छन्। कोठा, सडक हुदै सदनसम्म छिरेको जनसरोकारको यस विषयलाई राष्ट्रियकरण गरिनुको सट्टा, राजनितिकरण गरेर दलीय स्वार्थ अनुसार व्याख्या र विश्लेषण गरिनु र विद्धत वर्गहरुमा पनि व्यक्तिगत स्वार्थका कारण मतैक्यता नहुनु , नेपाल र नेपालीका लागि दुर्भाग्य हो। साच्चै भन्नु पर्दा देशलाई यतिबेला ठूलोधर्मसंकट परिरहेको छ।आजको प्रतिस्पर्धि र विश्वव्यापिकरणको युगमा राष्ट्रियता, देशभक्ति, स्वाधिनता र स्वाभिमानका नाममा अरुसंग सहकार्य नै नगरी अघि बढ्न खोज्नु मुर्खता हुन सक्छ। त्यसमाथि पनि नेपाल जस्तो सानो र भूपरिवेष्टिक राष्ट्रलाई त झन निकै गाह्रो छ । चलायमान विश्वको एउटा कुनामा परेको कुनै पनि प्रभाव, अन्य कुनै पनि कुनामा धेर थोर पर्छ नै। त्यसैले एक आपसमा सद्भावना, ससम्मान, सहअस्तित्व र स्वाधिनतासहितको पारसपरिक सहयोग आदानप्रदान अपरिहार्य नै छ । तर, राष्ट्रियताको सबालमा कुनै पनि राष्ट्रले सहयोग स्विकार गर्दा दिनेको सहयोगमा अन्तरनिहित स्वार्थलाई गहन अध्ययन गरी दुरगामी प्रभावको शुक्ष्म विश्लेषण जो कोहीले गरेएकै हुन्छ। जो नेपालले पनि गर्न जरुरी छ। कुनै पनि सहयोग कसैले लगाएको हाउगुजीको लही लहीमा लागेर न त अस्विकार गर्नु हुन्छ, न त लोभलालच र डरत्रासमा परेर स्विकार गर्नु नै हुन्छ। दातृराष्ट्र वा दातृनिकायहरुको दान, अनुदान,ऋण वा कुनै पनि प्रकारको सहयोग स्विकार गर्नु पूर्व राष्ट्रिया, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठानी दुरगामी विश्लेषण गरिनु अपरिहार्य छ। यसो गर्दा देशको मेरुदण्डको रुपमा रहेको पञ्चशील सिद्धान्त १)क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान २) आन्तरिक मामलामा अहस्तक्षेप ३) शान्तिपूर्ण सहअस्तित्व ४)अनाक्रमण
    र ५) समानता र पारस्परिक लाभ) र असंलग्नतालाई मुल मन्त्र बनाउनु अपरिहार्य छ।जो वर्तमानमा नेपालका लागि ‘निर्वकल्प ‘सुत्र’ हो। जसले नेपालमा इतिहासदेखि नै निरन्तरता पाउदै आइरहेको छ । र, सोही मुताबिक राष्ट्रिय तथा अन्तराष्ट्रिय भौगोलिक, आर्थिक, राजनितिक, राजनितिक, शैक्षिक लगायत बिषयहरुलाई मध्यनजर गर्दै पञ्चशीलको सिद्धान्त र असंलग्नतालाई प्राथमिकताका साथ समेटेर देशले परराष्ट्र निति पनि बनाउदै आइएको छ। नेपालको पछिल्लो परराष्ट्र नीति २०७७ ले पनि पञ्चशीलको सिद्धान्त र असंलग्नतालाई प्राथमिकता दिदै आफ्नो मार्गदर्शक सिद्धान्त र मान्यताहरु तय गरेको छ। ”समृद्ध नेपाल, सुखी नेपाली ”को राष्ट्रिय आकांक्षा पुरा गर्न तयार पारिएको परराष्ट्र निति २०७७ मा , यि मार्गदर्शक सिद्धान्त र मान्यताहरु समेटिएका छन् ।
    १) नेपालको स्वतन्त्रता , सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवम् राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि ।
    २) सार्वभौमिक समानता ।
    ३) पञ्चशीलको सिद्धान्त ।
    ४) संयुक्त राष्ट्रसंघको बडापत्रको भावना ।
    ५) असंलग्नता ।
    ६) पारस्परिक सम्मान र लाभ ।
    ७) अन्तराष्ट्रिय कानून र विश्वशान्तिको मान्यता ।
    ८) विवादको शान्तिपूर्ण समाधान ।
    ९) अन्तराष्ट्रिय सहयोग ।
    १०) न्याय, समानता र जवाफदेहीता ।
    ११) पारस्परिक मित्रता, सहयोग र सहकार्य ।
    १२) लोकतन्त्र, मानवअधिकार र विधिको शासन ।
    १३) आर्थिक समुन्नति र समृद्धि ।
    १४) पर्यावरणीय सन्तुलन, मानव जातिको सुरक्षा र पृथ्वीको संरक्षण।

    संसारका जो कोहीसंग सहयोग र सहकार्यका लागि हात बढाउदा, यिनै देशको मार्गदर्शक सिद्धान्त र मान्यताहरुलाई आत्मसात् गरेर अघि बढ्नु अपरिहार्य छ । जो नेपालको संविधानको भावना र मर्ममा आधारित छन् ।
    विविध कारणले वर्तमान विश्व परिवेषमा नेपालका लागि भारतको विकल्प चीन वा चीनको विकल्प भारत वा यि दुबैको विकल्प पश्चिमा वा अमेरिका, अमेरिकाको वा पश्चिमाको विकल्प यि दुईमा कुनै एक वा दुबै वा यिनीहरु भन्दा अर्को कुनै हुनै सक्दैन।हरेकको आ-आफ्नै विशिष्ट महत्व छ र सोही अनुसार सबैसंग नेपालको दौत्य सम्बन्ध पनि स्थापित छ।जसलाई राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानी भावी दिनमा पनि देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै समृद्धि भेटाउन अझै जीवन्त र सशक्त बनाई सबैसंगको सम्बन्ध र ब्यवहार सन्तुलित राख्नु अनिवार्य छ। नेपाली जनता यस अभियानमा जुट्न चुक्नु हुदैन । अहिले सर्वत्र मुलतः एमसिसी(मिलेनियम च्यालेन्ज)संझौता, मित्र राष्ट्र अमेरिका, भारत, चीन र युरोपियन युनियनको भूमिकाका सवालमा यिनै पेरिफेरीमा रहेर चिन्तन, मनन र बहस भै रहेका छन्। बहस र आफ्नो अभिमत राख्ने क्रममा देशभक्तिका नाममा जानेर वा अन्जानमा, निर्देशित भएर वा स्वस्फूर्त भएर उक्त मार्गदर्शक सिद्धान्त र मान्यताको खिलापमा लक्ष्मण रेखा पार गरी व्यक्त केही मत र गरिएका केही हर्कतहरु पक्कै पनि दुःखद, चिन्ताजनक र राष्ट्रहीत बिपरित छन् नै।आवेग र उत्तेजनामा आएर मित्रराष्ट्रहरुका विरुद्ध ओकलिएको आगोले उनीहरुलाई भन्दा नेपालीहरुलाई नै बढी पोल्छ भन्ने कुरा विगतका तिता अनुभवहरुले पुष्टि गर्दछ। यस्तो तरल अवस्थाको मौका छोपी धमिलो पानीमा माछा मार्ने दाउमा रहेकाहरुप्रति देश भक्त जनता सचेत र संवेदनशील हुनु जरुरी छ । यस्ता अप्रिय घटनाहरुको मुख्य जिम्मेवार भने सरकार र सरोकारवालाहरु नै हुन्। यस मामलामा अहिले अरु विषयहरु भन्दा एमसिसी चर्चाको सबैभन्दा अग्रपंक्तिमा रहेको छ । राष्ट्रिय सरोकारको महत्वपूर्ण यस विषयलाई गुमराहमा राख्नु र समयमा नै जनस्तरमा चलेको बहस र जनताले देखाएको जिज्ञासा, चासो र चिन्तालाई स्पष्ट हुने गरी सम्बोधन नगरिनुको परिणाम नै हाल देखिएका अप्रिय घटनाहरु हुन्। यस्तो चिन्ताजनक अवस्थामा एमसिसिका बारेमा सडकदेखि सदनसम्म विभिन्न कोणले उठिरहेका आवाजहरु सम्बोधन नगरी र उर्लिरहेका विरोधका छालहरुलाई साम्य नपारी अघि बढ्न खोज्नु, स्थितिलाई थप जटिलतातिर धकेलेर अप्रिय दुर्घटना निम्त्याउनु हो । जो न त नेपालका लागि हितकर हुन्छ, न त अमेरिकाकै लागि । तसर्थ, यसप्रति नेपाल र अमेरिका दुबै सचेत र संवेदनशील हुन जरुरी छ । जनताको जिज्ञासा , चासो , चिन्ता, अभिव्यक्त विचार र प्रदर्शित प्रतिक्रियाहरुलाई राज्यले सकारात्मक रुपमा लिनै पर्दछ। जो एक सचेत देशभक्त जिम्मेवार लोकतन्त्रवादी नागरिकको संविधान प्रदत्त अधिकार र कर्तव्य पनि हो। जसले राष्ट्रिय हितार्थ सही निर्णय गर्नमा महत्वपूर्ण योगदान पुर्याउदछ। र, उनीहरुलाई निर्णयको जस्तो सुकै परिणाम आए पनि जिम्मेवार र हिस्सेदार बनाउछ । राष्ट्रियता, देशभक्ति, स्वाधिनता, सार्वभौमिकता र अखण्डतालाई लिएर जो कोही देशका देशभक्त जनताले चासो, चिन्ता, चिन्तन मनन र बहस गर्दछन् । अमेरिकी जनताले पनि गर्छन् नै । त्यसैले, यस विषयलाई लिएर अमेरिका जस्तो लोकतान्त्रिक, विश्व शक्ति र नेपालको एक हितैसी मित्र राष्ट्रले नेपाली जनस्तरबाट उठेका यस्ता प्रतिक्रियाहरुलाई आफ्नो विरोध वा बिरुद्धको गतिविध संझनु कदाचित हुदैन। बरु नेपाली जनताको जिज्ञासा, चिन्ता, चासो र परिस्थितिलाई मनन गर्दै उनीहरुलाई स्पष्ट पार्न र उनीहरुको भावनालाई सम्बोधन गर्न आवश्य भूमिका निर्वाह गर्नु पर्दछ ।

    अतः अहिलेको समय,काल,परिस्थिति यस्तो भै सक्यो कि मानिस सामान्य आफ्नै कर्तब्य पालना गर्दा पनि ‘खुन’नै बगाएर ‘गुन’लगाएको झै गरी साँवा, ब्याज र ब्याजको स्याज समेत उठौतिका लागि घुँडा धसेर लाग्छ।आफ्नै छायाँले मौका पाउदा लुकामारी खेल्छ।फाइदा र घाटको हिसाब किताब गर्छ।दुनियाको नजरमा भगवानकै नाममा ‘दानै’ दिनेले त सकेसम्म दिएको ‘दान’ भन्दा अधिक धन उठाउने, नसके पनि मान-सम्मान’को भोक मेटाउन ‘दानको बदला नाम ‘को अपेक्षा राख्दै सके लिखितै नसके अलिखित सम्झौंता गर्ने गर्छ भने अनुदानको त झन के कुरा भो र? जसमा अन्तरनिहित स्वार्थ पारदर्शी रुपमा नै कुनै न कुनै रुपमा संझौतामै समेटिएकै हुन्छ नै। जो एमसिसमा पनि छ। बस त्यसलाई बुझ्नु, गहन अध्ययन गर्नु र मनन गर्नु जरुरी छ। त्यति मात्र नभएर, अमेरिकाले दिएको चासो, प्राथमिकता, अनुरोध, बेला बखतका स्पष्टिकरणहरु र क्रियाकलापहरुले पनि बुझ्नलाई थप सहजिकरण गरेकै छ । तसर्थ, कुरा स्पस्ट छ कि , राष्ट्रिय स्वार्थ मिले र राष्ट्रिय भलो रहेको देखिए अघि बढ्ने, नमिले नबढ्ने।यस सम्बन्धमा अब नेपालले आफ्नो राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यताहरुलाई अक्षरस पालना गर्दै अमेरिकासंग खुलेर छलफल गरी निकास निकाल्न विलम्ब गर्नु हुदैन ।

  • काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?

    काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?

    काबुल । अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु भएको छ । यससँगै त्यहाँ रोकिएका ३४ जना नेपालीको घर फिर्ताी समेत सहज हुने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जानकारी गराएको छ । अमेरिकी सेना फर्किएपछि बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएपछि विभिन्न मुलुकले अफगानिस्तानमा अलपत्र नागरिकहरूको उद्धारमा पहल थालेका छन् ।

    यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिक काबुलमा सुरक्षित अवस्थामा रहेको बताइएको छ । उनीहरुको उद्धारको पहल भइरहेको समेत दूतावासले जनाएको छ । एक निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिक फर्काउन पहल भइरहेको छ । आईडीजीले अफगानिस्तानसहित म्यानमार, सोमालियासहितका मुलुकमा निजी सुरक्षाकर्मी उपलब्ध गराउँछ ।

    अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना भने सोही मुलुकमा छन् । अगस्त ३१ मा अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलमा गत साताबाट सीमित अन्तराष्ट्रिय उडानहरू सुरु भएका छन्। अफगानिस्तानमा रहेका करिब १५०० नेपालीमध्ये अघिल्लो बिहीबारसम्म ९०६ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

  • नेपालमा थप १४८६ जनामा कोरोना पुष्टी

    नेपालमा थप १४८६ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ एन्टिजेन परीक्षण गर्दा ३३७ गरी १४८६ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७८ हजार ३१२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

  • एमसीसीविरुद्ध काठमाडौमा विप्लव समूहको बिरोध प्रदर्शन

    एमसीसीविरुद्ध काठमाडौमा विप्लव समूहको बिरोध प्रदर्शन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

    काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै निस्किएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु सहभागी भएका छन् ।प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।

    सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गर्ने योजना छ ।

    सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

    उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

  • एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज ‘हेर्न नभ्याइने’मा परेको छ ।

    १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर, सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोके पनि रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

    सभामुख सापकोटाले एमालेका १४ सांसदलाई निष्कासन गरेको सूचना सचिवालयले नटाँसेपछि माधव नेपालले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आ

    योगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएपछि संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने भनी अन्तिममा सूचना टाँस गरेको थियो ।

    पार्टीले कानूनबमोजिम प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त नगरेर सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा विगत केहि दिनदेखी सदन अबरुद्ध हुँदै आएको छ ।

  • संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । संसदमा लगातार एमालेबाट भइरहेको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गरेका हुन् । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले लगातार ७ वटा बैठकमा अवरोध र नाराबाजी गरेका छन् । सभामुखले गतिरोध हटाउन बैठक आव्हान गरेका हुन् ।

    सभामुखले आइतबार समेत एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए । बैठकमा सहमति हुन नसकेपछि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा संसद बैठक सुचारु गर्ने तथा महत्वपूर्ण कार्यसूचीबारेमा छलफल हुने छ । संसदमा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, राप्रपा, राजमो र नेमकिपासहित एकजना स्वतन्त्र सांसद छन् ।

  • बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

    बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)

    काठमाडौं । शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ दिए । उक्त कार्यक्रममा पत्रकारबाट उठाइएका विषय र अर्थ मन्त्रीले दिएको उत्तर यस्तो छ :

    पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त होला ?


    कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका, एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर बितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । योजना आयोगका उपाध्यक्षका अनुसार यसलाई प्रगतिशील क्यास ट्रान्जेक्शन भनिन्छ । पारदर्शी र निष्पक्ष हिसावले वितरण हुनेछ ।


    एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष बढाउने अन्तरविरोधी भएन र ?

    स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पु¥याउने खालका उद्योगहरुलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालिन हिसावले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरु पनि छन् । करको दायरा विस्तार गरेर भएपनि राजश्व वृद्धिको लक्ष पूरा गर्न सकिन्छ ।


    उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढ्रगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ?

    जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइदैन ।


    सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ?
    सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गर्ने भनिएको हो ।


    रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउछ भन्ने के ग्यारेन्टी छ ?
    हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सृजना हुन सकेन । विदेशमा कमाएको पंैसा जति दैनिक उपभोग र विलासितामा खर्च हुने ग¥यो । तर अब त्यो प्रवृत्ति बदल्छौं । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ ।


    प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैं झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ?


    विगतमा त्यस्तो भएको भएपनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । झारपात उखेल्ने काममा खर्च हुँदैन अब । केही न केही उत्पादन पनि हुने र बेरोजगारहरुलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ ।


    राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरुलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्यकोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्न सकिन्छ ?


    तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौं, यो ल्याउनको लागि कयौंले प्राण दिएका छन् । उनीहरुका परिवारलाई राज्यले निराश पार्नु न्यायसंगत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आस्रित परिवारहरुको संरक्षण गर्ने दायित्व राज्यको हो । यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महशुस गराउनु र उनीहरुलाई निराश हुन नदिनु हामी सवैको कर्तव्य हो । राज्यको सम्झनास्वरुप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैंसा हालिरहनु नपरोस भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौं ।


    ठूला बडाले चढ्ने महंगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाईकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ?


    खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेशमै मोटरसाईकलहरु, गाडीहरु स्वदेशमा एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरु, विद्युतीय बसहरु स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसावले राष्ट्रको हितमा निर्णय गरिएको हो ।


    स्रोत सुनिश्चित नभएका १४०० सडक आयोजना स्थगित गर्नुभएछ । मन्त्रीको दवावमा कस्ता कस्ता काम हुने रहेछन भन्ने कुरा बुझ्ने मौका पाइयो । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो रहेछ मन्त्रीले जे भन्यो खुरुखुरु त्यही मान्दिने ?


    यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ अर्थमन्त्रालयमा आएर । मैले भन्दिएर तपाईले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौं भन्ने कुरामा अर्थमन्त्रालयको अहिलेको टीम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौं । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ ।


    प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष राख्नुभएको रहेछ, यो पूरा हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिएन । यसमा के भन्नुहुन्छ ?
    तपाईले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौं । अहिले तपाईको कुरा ठिकैछ । लक्ष प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ ।


    शिक्षा क्षेत्रमा पढ्दै कमाउदै कार्यक्रम अघि सारिएको छ । यो कस्तो खाले कार्यक्रम हो ?
    अहिले हरेक प्रदेशमा ४÷४ वटा विद्यालयमा नमूनाको रुपमा यो कार्यक्रम संचालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यवसायिक शिक्षाको परिणामुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । सुर्खेत लगायत देशका केही स्थानहरुमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रुपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरुले सैद्धान्तिक कुराको सिक्नुको साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो ।


    मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको रहेछ । के यो संभव छ ?
    यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउछौं । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ ।

  • अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

    अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

    काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ ।

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर प्रहरीको फन्दामा परेका हुन् । गत बिहीबार आशिषले त्यहाँका एक डाक्टरलाई फोन गरेरअस्पताल र घरमा बम राखेर पड्काइदिने धम्की दिएका थिए । उनले परिवार र घर सुरक्षित राख्ने भए तीन करोड लिएर नागढुंगा आउन र प्रंहरीमा खबर नगर्न भनेका थिए ।

    त्यसपछि उनीहरुले अस्पतालको तेस्रो तलाको रहेको शौचालयमा बम राखेका थिए । त्यो बम नक्कली भएको सेनाले बताएको थियो । प्रहरीले अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको बताएको थियो। फुटेज र मोबाइल ट्र्याकिङका माध्यमबाट तीन युवालाई फेला पारेको हो । उनीहरु शनिबार काठमाडौंबाट पक्राउ परेका थिए ।

    प्रहरीका अनुसार आशिष कुँवरले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराउँदा १७ लाख रुपैयाँ खर्च भएको बताएका छन् । यसका लागि आफुले ऋण लिएको उनको भनाई थियो । पैसाको लोभमा डाक्टरलाई धम्क्याएर पैसा असुल्न खोजेको देखिएको प्रहरीको भनाई छ ।

  • थप ९११ जनामा कोरोना पुष्टी, १४२३ जना संक्रमण मुक्त

    थप ९११ जनामा कोरोना पुष्टी, १४२३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षण गर्दा ८३८ जना र ३१४० एन्टिजेन परीक्षण गर्दा ७३ गरी ९११ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार १६३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४२३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ७५७रहेको छ ।

    पछिल्लो २४ घण्टामा १३जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

  • नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

    नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

    काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो ।

    हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।

    सूचकमा उछाल आए पनि कारोबार रकममा भने खासै बढोत्तरी आउन सकेन । आज करिब साढे ९ अर्बको कारोबार भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से आज ७१.४३ अंकले घटेर २९४७.४२ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ९ अर्ब ४४ करोड रुपैयाँ बढीको १ करोड ७१ लाख कित्ता बढी सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हिरयाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ५.१३ प्रतिशत, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २३१ कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४५ र अपी पावर ३१ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले बढेको बजारमा आज एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपी पावर, नेशनल, आँखुखोला, छ्याङ्दी, पाँचथर पावर, लिबर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, हिमालयन पावर, सिनर्जी पावर, ङादी पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।बढ्दो बजारमा आज सिटिजन्स् म्युचुअल फण्ड १ का इकाईधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् ।

  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

    संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

    मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

    भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

    घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

    प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।

  • एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश

    एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश

    काठमाडौं । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) मा जान लागेका सांसद सोमप्रसाद पाण्डेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यसबेलासम्म उनीहरुमाथि कारबाही नगर्न र नगराउन आदेश दिएको हो ।

    एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।

    ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले मिति २०७८/५/२९ गते अन्तरिम आदेशको छलफलको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरुलाई सूचना दिनू,’ अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ, ‘र, सो मितिसम्म निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम–कारबाही नगर्ने भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

  • मकवानपुरका विद्यालय आजबाट खुल्ने

    मकवानपुरका विद्यालय आजबाट खुल्ने

    हेटौडा । पछिल्लो चार महिनादेखि बन्द मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय लिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउने भएका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउने गरि शैक्षिक संस्था खोल्ने निर्णय भएको हो ।

    वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो । यसबीचमा वैकल्पिक माध्यमबाट अध्ययन, अध्यापन भने भइरहेको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको हो ।

  • चैतपछि आज सबैभन्दा कम संक्रमण, ९९४ जनामा पुष्टी- १३६८ जनाले जिते संक्रमण

    चैतपछि आज सबैभन्दा कम संक्रमण, ९९४ जनामा पुष्टी- १३६८ जनाले जिते संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ले सार्वजनिक गरेको तथ्यांक अनुसार आज ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९३६ रहेको छ ।

  • संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

    संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

    संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा एक जना मात्र व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले हत्या आरोपित व्यक्तिलाई पक्राउ समेत गरेको छ । प्रहहरीका अनुसार हत्या आरोपमा शनिबार बिहान छिमेकी २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम छ ।

    पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्छन् । मानसिक रोगको सिकार बनेका उनले औषधी समेत खाइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको वस्तु भेटिएको छ । साथै उनको घर भित्र रहेको लुगामा समेत रगत लत्पत्तिएको भेटिएको छ । प्रहरीले रगत र मृतकको डिएनए भिडाएसँगै उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

    हत्या उनी एक्लैले गरेको समेत बताइएको छ । सुरुमा तेजबहादुरको हत्या गरेपछि परिवारका सदस्यको हत्या भएको थियो । गत सोमबार मादी नगरपालिका १ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको हो ।

    प्रहरीका अनुसार व्यक्तिगत रिसिइवीका कारण उनले हत्या गरेको स्वीकार गरेका छन् । आफुलाई हेप्ने गरेको, पागल भन्ने गरेको र केही समय अगाडी आफ्नी आमाको लडेर भएको मृत्युमा समेत तेजबहादुरलाई उनले आशंका गर्ने गरेका थिए । सोही कारण उनको हत्या गरि बदला लिन चाहेको देखिएको छ ।

  • युट्युबको आम्दानीमा अब एक प्रतिशत कर

    युट्युबको आम्दानीमा अब एक प्रतिशत कर

    काठमाडौं । नेपाल सरकारले युट्युबसहित सामाजिक संजालबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको छ । अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरेका हुन् । उनका अनुसारु व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ । यससँगै नेपालमा लामो समयदेखि बहसमा रहेको सामाजिक संजालको आम्दानी अब करको दायरामा समेटिएको हो ।

  • प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा एमसिसीबारे दुबै पक्षले आआफ्नो धारण राखेका छन् ।

    साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी गराएका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसिसीबीच २०१७ मा सम्पन्न अनुदान सम्वन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् । उनले लेखेका छन्, ‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो, हामीले नेपाल अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आआफ्नो विचार राख्यौं।’

    भेटमा उपाध्यक्ष सुमारले संसदबाट एमसिसी छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण योगदान गर्ने धारणा राखेको बताइएको छ । उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेर एमसीसी आयोजनाबारे प्रष्ट पार्ने प्रयास गरेकी छिन् ।

  • कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

    कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

    काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो ।

    शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।

    जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

    प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताएका छन् ।

  • नेपालमा थप ११४६ जनामा कोरोना पुष्टी, २१ जना संक्रमितको निधन

    नेपालमा थप ११४६ जनामा कोरोना पुष्टी, २१ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जना र २३६७ एन्टिजेन परीक्षण गर्दा १८५ गरी ११४६ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७५ हजार ५४८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

  • चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सार्वजनिक

    चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सार्वजनिक

    काठमाडौं । सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्।

    कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

    यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

  • पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला

    पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट दर्शन गर्न पाइने भएको छ । सर्वसाधारणले निर्वाध दर्शन गर्न पाउने गरि आजबाट मन्दिर खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको महामारीका बीच मन्दिर पछिल्लो चार महिनायता बन्द थियो । शुक्रबार बिहान ६ बजेदेखि दर्शन खुल्ला भएको छ । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको हो ।

    नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

    लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो । विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । बिहीबार तीजका अवसरमा अधिक भीडभाड हुने भएकाले मन्दिर बन्द नै रह्यो ।

  • मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण

    मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण

    काठमाडौं भाद्र २४ ।गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागिकाे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । निजामति सेवा दिवस २०७८ को अवसरमा निजामति ऐन जारि मिति २०१३ भाद्र २२ काे सम्झनामा तत्कालिन प्रधान मन्त्रि टंक प्रशाद आचार्य र तत्कालिन मुख्य सचिब चन्द्र बहादुर थापाको शालिक समेत शिलान्यास गरिएको छ।


    निजामति क्षेत्र व्यवस्थापन समिति र बियुराे ८१ नेपालको आयोजनामा बुधबार भएको कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले यज्ञडोल सामुदायिक वनमा निर्माणधीन निजामती स्मारकको शिलान्यास गरेका हुन् ।निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलो पटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो। अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रबर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी गराए ।

    कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देल लगायत वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गर्नुभएका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराए । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्ष देखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको समेत जानकारी गराइएको थियो ।सो अवसरमा स्मारक निर्माणस्थलमा कपुर, अमला,धुपी, रुद्राक्ष लगायत ५० जातका बिरुवा पनि रोपिएको थियो ।कार्यक्रममा पूर्व मुख्यसचिव थापाले ९० वर्ष अघि लेखेको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिइएको थियो । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक रचना गरेको उनको नातिनी विद्या भण्डारीले जानकारी गराइन ।

    सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्य योजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने समेत जानकारी गराएका थिए ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।

    निर्माणाधीन राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी गराएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालयमार्फत् सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो रहेको छ ।

    विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहेका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको जानकारी गराएका छन् । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उनको भनाइ छ ।

  • नेपालमा थप १२७१ जनामा कोरोना पुष्टी, १८४५ जना संक्रमण मुक्त

    नेपालमा थप १२७१ जनामा कोरोना पुष्टी, १८४५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १०५८ जना र ३०४६ एन्टिजेन परीक्षण गर्दा २१३ गरी १२७१ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७४ हजार ५८७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८४५जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

  • एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘पास गर्ने-नगर्ने जिम्मा सरकारको,हामी त प्रतिपक्षी भइसक्यौँ’

    एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘पास गर्ने-नगर्ने जिम्मा सरकारको,हामी त प्रतिपक्षी भइसक्यौँ’

    काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् ।

    फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका छन् ।

    भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानको विषय भएकाले यसमा विवाद हुनुनपर्ने सुमारको भनाइ थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

    ओलीले भेटघाटका लागि धन्यवाद दिँदै आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताए ।

    हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।

    छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी भएका थिए । एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भएको थियो।

    एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।

    एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

  • महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

    महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

    काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    विहिबार बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेर शर्माले संस्थापक बीपी कोइरालालाई सम्झँदै पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

  • साइकल स्वस्थ जीवनको पर्याय

    साइकल स्वस्थ जीवनको पर्याय

    कुमार न्यौपाने, न्युयोर्क

    सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


    जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
    केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


    साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
    लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
    आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
    साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
    सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
    भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।

  • पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।

    बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरेका छन् । उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ ।

    परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । बोर्डले पूर्वाधारको विकास महत्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासलाई तीव्ररुपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको जानकारी दिए । बोर्डका अनुसार सरकारले अहिले मुख्यतः सिमेन्ट र विद्युत् उत्पादन लगायतलाई बढावा दिइरहेको छ ।

  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)

    बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् ।

    मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।

    नवगठित मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

    बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ।

    केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ। बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा गएका हुन्।

    भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् ।

    २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् । अन्य मन्त्रालय भने मुख्यमन्त्री शाक्य आफैले सम्हाल्दै आएकी थिइन् ।

    यता बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै उनी अल्पमतमा परेकी छन् ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :

    १. अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    २.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
    ३. रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
    ४. विजय सुबेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
    ५. शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
    ६ . प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
    ७. डा.अजय क्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
    ८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
    ९ .जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
    १० .सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
    ११. जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
    १२. बद्रि मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

  • ‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड

    ‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् ।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘वैरागी’को२२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।

    उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । तल्लोस्तरसम्म योजनाबद्ध ढंगले पार्टीलाई पुनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ ।

    एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको भन्दै प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनको भनाइ थियो । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’ उनले भने ।

    अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे ।

    आफूहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको उनको आरोप छ ।