नेपालमा थप २४० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३८१९ परीक्षणबाट उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । अब नेपालामा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । २ लाख… Continue reading नेपालमा थप २४० जनामा कोरोना पुष्टी

सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

काठमाडौं । आज सरकारको संसद विघटन गर्ने अंवैधानिक निर्णयको विरुद्धमा नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको जनाएको छ । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पुस… Continue reading सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

नयाँ दिल्ली । नेपाल भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषय यो बैठकमा औपचारिक प्रवेश नै नभएको पाइएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका थिए । तर,… Continue reading नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४८ पुगेको छ ।

संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

फाइलफोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । संसद विघटनको असंवैधानिक कदमविरुद्ध कांग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सक्रिय सहभागी देउवाले अपील गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ । यसअघि कांग्रेसले पुस १३ गते… Continue reading संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४३ पुगेको छ ।

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ। पर्बत जान हिडेका सभापति देउवा चढेको कैलाश एयरको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल स्थानमा नजिक आकस्मिक अवतरण गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । भट्टराईले सभापति देउवा चढेको हेलिकप्टर खाराब मौसमका कारण आकस्मिक अवतरण गरेको जानकारी दिदै अहिले… Continue reading देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने… Continue reading आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका –१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुषको शव भेटिएको हो । विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक बुधबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जानकारी दिएको छ । भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३… Continue reading मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संविधान भाँचेको आरोप लगाएका छन् । बुधबार काठमाण्डुमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा नेपालको संविधानमाथि प्रहार गरेको बताएका छन् । ‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो… Continue reading ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

काठमाडौं । प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटबारेको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा गठित इजलासमा रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन् । रिट निवेदकहरुको बृहत पूर्ण इजलासको माग गरेपनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् । उनले असहमति जनाएपछि प्रधानन्यायाधीश राणाले सरकारबाट… Continue reading प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति… Continue reading प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्ने भएको छ । लाइसेन्स सम्बन्धी निर्देशिका परिवर्तन गर्दै सरकारले अंकभार ल्याउने तयारी गरेको हो । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ । प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई… Continue reading अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो ।… Continue reading नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिन्ह र पार्टीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ । नेकपा र सूर्य चिन्ह हाम्रै हो,’… Continue reading ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो । प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए ।… Continue reading झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प

काठमाडौं । काठमाडौंमा सोमबार भूकम्पको महसुस भएको छ । अपराह्न साढे २ बजे कुलेश्वर केन्द्रविन्दु भएर भुकम्प गएको हो । अपराह्न २ बजेर ३२ मिनेटमा ३।१ म्याग्निच्यूडको भुकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । काठमाडौंमै केन्द्र भएका कारण सानो भूकम्प भएपनि यसको झट्का भने ठूलो महसुस भएको हो ।… Continue reading कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प

नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १० जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।

२४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको… Continue reading २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना

नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा… Continue reading स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् । अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन… Continue reading प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह