Category: समाचार

  • महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन खुले रामचन्द्र समूहमा

    महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन खुले रामचन्द्र समूहमा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कित्ता परिर्वतन गरेका छन् ।

    आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका हुन् ।

    सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका थिए । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् ।

    थापा १३ औ महाधिवेशनमा कृष्ण प्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

    अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् । मञ्चमै देउवा प्यानलबाट महामन्त्री बनेर पराजित भएका अर्जुननरसिंह केसी समेत थिए ।

    देउवाविरुद्ध एकल उम्मेदवारको चयन गर्न नसके पनि पौडेल समूहले सहमतिमा एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने कार्यक्रममा दाबी गरेको छ।

  • नेपालमा थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    नेपालमा थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २००४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १६१९ र ३९९२ एन्टिजेन परीक्षणमा ३३८ जना गरी २००४ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६४ हजार ९१४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८४६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

  • पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

    पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

    पोखरा । पोखराका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । घटनामा ५ घाइते भएको र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।कास्की प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखे अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गएको छ ।

    श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता छन् । उनीहरुका ९ वर्षीय छोरा राजकुमार भने घाइते छन् । उता, पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घरलाई पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्किएकी छिन् । श्रीमती र दुई छोरालाई सकुशल उद्धार गरिएको छ । उता, पोखरा–११ बसेरीमा पहिरोले घर पुर्दा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिष घाइते भएको प्रहरीले जनाएको छ ।

  • दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। घटनामा कारका चालक भने गम्भीर घाइते भएक छन् । नेपाली संचारमाध्यमहरुले स्थानीय प्रहरी स्रोतलाई उदृत गर्दै जनाए अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो । गतराति करिब १०ः५० मा भएको यो घटनामा चार जनाको मृत्यु भएको हो । खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको बताइएको छ । चालक गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको छ । कार चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। खोलाले बगाएकाको शव घटनास्थलबाट तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने स्थानमा फेला पारिएको छ ।

  • जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ

    जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ


    अमृता के सी ( रोनी )
    काठमाडौँ, भाद्र १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरियो । बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो ।

    बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्‍वर नगरपालिका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गो.न.पा. वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा. ९ का वडा अध्यक्ष राजीव थापा, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्ण प्रहरी प्रभाग प्रमुख प्र.न.नि. रामजी घिमिरे, गो.न.पा.४ का सचिव नवराज सेन लगायत स्थानिय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

    वृक्षरोपण अभियान बारे प्रकाश पार्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सिग्देलले प्रधानमन्त्रीबाट देशभरी निजामती कर्मचारी, राष्ट्रसेवक प्रहरी, आर्मीबाट अभियानको रुपमा भाद्र २२ गते निजामती सेवा दिवसको दिन सम्म साताव्यापी कार्यक्रम रहेको जानकारी गराए। उनले निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन क्षेत्रमा नै राष्ट्रसेवक कर्मचारीहरुले सुरु गरेको अभियानलाई स्थानिय संघ, संस्था,समुदाय र सरोकारवाला निकायहरुले साथ दिने बताए।साथै ” जल, जमिन र जंगलको संरक्षण र उपयोग गरौं। एक घर दुइ रुख, एक गाउँ एक वन र एक नगर अनेक उध्यानको अवधारणा साथ समितिलाई टेवा पुर्‍याउ भन्ने सन्देश दिएका थिए” ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज ढुंगानाले हाल सम्म नेपालको भुभाग भन्दा पनि वृक्षारोपण धेरै भएकोले कार्यक्रमले सार्थकता पाउन वृक्षारोपण गरि रोपेको विरुवालाई स्याहार, सम्भार र संरक्षणमा जोड दिनुपर्ने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ. ढुण्डीराज न्यौपानेले महानगरीय प्रहरी वृत्त बौद्धको आयोजनामा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सफल शुभारम्भ भएको बताउदै ” हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै थोरै बिरुवा रोपौं तर रोपिएको विरुवाको जगेर्ना गर्न सबै लागि पर्न सुझाव दिए।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बूढानीलकण्ठ वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले सरकारले राष्ट्रव्यापी अभियान सुरु गरेकोले सफल बनाउन सबैलाई अनुरोध गरेका छन्।साथै वृक्षारोपणले राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन साथै आसपासको सार्वजनिक भूभागको संरक्षण, हरियाली र सौन्दर्यतालाई बढाउने बताउदै जति बिरुवा रोपेका छौँ ती सबै विरुवालाई हुर्काउन सामुहिक रूपमा सबैले हालेमालो गर्नुपर्ने बताए।वृक्षरोपण कार्यक्रममा फल दिने साथै सौन्दर्य जातका करिब ३० बोट बिरुवा रोपिएको थियोे।

  • कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

    कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

    काठमाडौं । कक्षा १२ को रोकिएको परीक्षा ३० भदौबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तय गरेको हो । कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो । रोकिएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने गरि बोर्डले निर्णय गरेको हो । बुधबार एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकिएको हो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा हुने गरि तोकिएको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले परीक्षास्थलबाट महामारी नफैलियोस भन्ने उद्देश्यले परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप वितरण गरेको थियो । सोहीकारण अब भौतिक उपस्थितिमै परीक्षा दिन सहज भएको हो ।

  • नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति

    नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति

    काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराए । कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोपको परीक्षण नेपालमा हुन लागेको हो ।

    खोपको तेस्रो चरणको ट्रायल जारी छ । यसमा एस्ट्राजेनेकाको खोपसँग तुलनात्मक अध्ययन गर्ने तयारी रहेको बताइएको छ । नेपालमा चार हजार मानिसमा खोपको ट्रायल हुने भएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा ट्रायल गरिनेछ ।

  • नेपालमा ३ हजार ३० जना निको भए, २ हजार ५२ संक्रमित थपिए

    नेपालमा ३ हजार ३० जना निको भए, २ हजार ५२ संक्रमित थपिए

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ।

    नेपालमा आज २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४०४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ।

    यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६४ हजार २९५ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ९०९ जना पुगेको छ।

    आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ।

    आज १४ हजार ९३५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख २५ हजार ७५८ जनाको पिसिआर र ४ लाख ७३ हजार २६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

    काठमाडौं उपत्यकामा आज ७१९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन्।

  • अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

    अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

    तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६८ जेठ १३ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको बेन्चमा सापकोटाविरुद्धको मुद्दा पहिलो नम्बरमा थियो । तर, आज पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको हो ।

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न यी सर्त अनिवार्य

    काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न यी सर्त अनिवार्य

    काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

    थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्नर गराउन नपाउने जनाइएको छ।

    यस्तै, चोकरखुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नर गराउन नपाउने पनि जनाइएको छ।

    भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।

    स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।

  • बाढी र पहिरोका कारण ६ दिनमा १५ जनाको मृत्यु, असारपछि भने १ सयले ज्यान गुमाए

    बाढी र पहिरोका कारण ६ दिनमा १५ जनाको मृत्यु, असारपछि भने १ सयले ज्यान गुमाए

    काठमाडौं । नेपालमा पछिल्लो ६ दिनको अवधिमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण १५ जनाको ज्यान गएको छ । मुलुकका विभिन्न जिल्लामा भदौ १० यता मात्र यस्तो मानवीय क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० पछि बाढीपहिराका कारण १५ जनाको मृत्यु भएको विवरण आएको छ । राससले लेखेको विवरण अनुसार यस अवधिमा तीन जना बेपत्ता छन् । १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलन गर्ने काम जारी छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास समेत जारी छ ।

    प्राधिकरणका अनुसार जानकारीअनुसार गएको जेठ ३१ पछि हालसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् । १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्‍मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको विवरण रहेको छ । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेका छन् ।

  • बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने

    बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने

    काठमाडौं । स्पेनिस क्लव बार्सिलोना आर्थिक संकटमा फसेको छ । जसले गर्दा टीमलाई अझै कमजोर बनाएको छ । आफ्नो टीमका सबैभन्दा भरपर्दा स्ट्राइकर लियोनल मेसीलाई गुमाएको यो टीमले अब फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई समेत एट्लेटिको मड्रिड पठाएको छ । ला लिगा च्याम्पियन एट्लेटिले ग्रिजम्यानसँग सम्झौता गरेको बार्सिलोनाले औपचारिक रुपमा जानकारी गराएको छ । ग्रिजम्यान एक वर्षका लागि लोन सम्झौतामार्फत बार्सिलोनाबाट एट्लेटिकोमा आबद्ध भएका छन् । सम्झौताअनुसार एट्लेटिकोले ग्रिजम्यानको तलब दिने छ ।

    लोन सम्झौतालाई स्थायी सम्झौतामा परिणत गर्न समेत सकिने सम्झौतामा उल्लेख छ । सन् २०१९ मा १०७ मिलियन पाउन्डमा एट्लेटिकोबाट बार्सिलोनामा आएका फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानको बार्सिलोनाको बसाई सोचेजति सफल भने हुन सकेन । उनले बार्सिलोनाबाट १०२ खेलमा मात्र ३५ गोल गरे । उनले एक कोपा डेल रे उपाधि मात्र उचाले । सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोबाट खेल्दा भने उनले २५७ खेलबाट १३३ गोल गरिसकेका थिए ।

  • गोकर्णेश्वर मन्दिरमा कुशे औँसीमा मेला नलाग्ने

    गोकर्णेश्वर मन्दिरमा कुशे औँसीमा मेला नलाग्ने

    काठमाडौँ, भाद्र १५ । गोकर्णेश्वरको महादेव मन्दिर कुशे औँसीको दिन बन्द रहने भएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमित संख्या दिनहुँ बढ्दै साथै तेस्रो आउँन सक्ने जोखिम रहेकाले गत वर्ष जस्तै यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन हुने भएको हो ।
    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन आउने गर्छन्।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको शनिबारको बैठकले मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए। उनले कोरोना संक्रमण तीब्र रूपमा बढिरहेको बेला मन्दिरमा आउने श्रद्धालु भक्तजनहरु साथै बजारमा ठूलो मेला लाग्ने भएकोले मेला हेर्न आउने लाखौंको स्वास्थ्य सुरक्षाको लागि मेला स्थगन गर्न बाध्य भएको बताए।
    यस वर्ष भदौ २२ गते कुशे औँसी मेला परेको छ।भाद्र कृष्ण औँसीमा गोकर्णेश्वरमा आएर जलदान, सिधादान र पिण्डदान गरेमा २१ कुल सम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ। गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो।

  • अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

    अब हवाई यात्रुले फेसशिल्ड लगाउन नपर्ने

    काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रामा अनिवार्य लगाउनु पर्ने फेसशिल्ड अब भने लगाउनु नपर्ने भएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्ड लगाउनु नपर्ने नियम कार्यान्वयनमा ल्याउन लागिएको वायुसेवा संचालक संघले जानकारी गराएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको निष्कर्ष निकालेको वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गर्ने निर्णय लिएका हुन् । अब मास्क मात्र लगाए पुग्ने भएको हो । अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो । कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको हो ।

  • तुइन काटिएको घटना भारतीय सुरक्षा बलको उपस्थितिमा भएको पुष्टी

    तुइन काटिएको घटना भारतीय सुरक्षा बलको उपस्थितिमा भएको पुष्टी

    काठमाडौं । दार्चुलामा जानाजान तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाबल एसएसबीकै उपस्थितिमा भएको पुष्टी भएको छ । यस सम्बन्धमा गठन भएको छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको निष्कर्ष निकालेको हो ।

    तुइन काट्ने काममा एसएसबीको संलग्नता रहे नरहेको सम्बन्धमा भने थप अनुसन्धान गर्न समितिले सुझाव दिएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानवि नसमितिले एसएसबीको संलग्नतामा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस समितिले गरेको छ ।

    साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीका अनुसार भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेका हुन् ।

  • नेपालमा थप १६६४ जनामा कोरोना पुष्टी, २० जना संक्रमितको निधन

    नेपालमा थप १६६४ जनामा कोरोना पुष्टी, २० जना संक्रमितको निधन

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १५२३ र ३१०५ एन्टिजेन परीक्षणमा १४१ जना गरी १६६४ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ६४७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

  • आज टुंगिएला मन्त्रालय बाँडफाँट ?

    आज टुंगिएला मन्त्रालय बाँडफाँट ?

    काठमाडौं । गठबन्धनले मन्त्रालय बाँडफाँट टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद बिस्तार रोकिएको छ । सोमबार पूर्णता दिने गरि बसेको बैठकले टुंगो लगाउन नसकेपछि मंगलबार गठबन्धनको बैठक पुनः बस्दैछ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताले दलहरुले पाउने मन्त्रालयको भागबन्डा गरेसँगै दलहरुले मन्त्रीको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई दिनेछन् । त्यसपछि मात्र उनले मन्त्रिपरिषद् बिस्तार गर्न सक्ने छन् । सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ । साथमा मन्त्रालयहरु नेतृत्व बिहिन भएकाले काममा समेत अवरोध आइरहेको छ । आज बस्ने बैठकले दलहरुबीच मन्त्रालय भागबन्डा गरेर सहमति जुटाउने तयारी गरेको छ ।

  • दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता

    दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता

    दार्चुला । दार्चुलामा बाढी पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टर लिएर दार्चुला पुगेको छ । आइतबार राति आएको बाढीमा परी दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको हो । प्रहरीका अनुसार कालागाड खोलामा राति १० बजे आएको बाढीले घरसहित बगाउँदा उनीहरुको ज्यान गएको हो ।

    घटनामा दुहँ गाउँपालिकाकै जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् । निजाङगाड खोलाको बाढीले बगाएका स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्लामा बाढीले दार्चुला–तिंकर सडकमा पर्ने मोटरेबल पुल, दुइटा झोलुंगे पुल र आधा दर्जन घर बगाएको छ । बाढीका कारण दार्चुला तिंकर सडक खण्डको निजाङगाड पुल बगाउँदा दुहुँ र व्याँस गाउँपालिकाको आवत– जावत बन्द भएको छ ।


    बाढीले दुहुँ–३, को श्रीवगडका पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको समाचार छ । महाकाली नगरपालिका–१,को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित हादुर बमको होटल तथा पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।

  • काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई

    काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई

    काठमाडौं । काठमाडौं महानगरपालिकासहित अहिले काठमाडौंका गल्लीगल्ली र घरघरमा फोहोर थुप्रिएको छ । उपत्यकाका सडक र चोकमा फोहोर भरिएर वर्षाको समयमा शहर नै कुरुप हुन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेर बहादुर देउवालाई गुहार्नु परेको छ । फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक भएको बताइएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले प्रधानमन्त्रीलाई भेटेका छन् ।

    देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको पहल समेत लिएका छन् । सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएपछि फोहोर उठ्न बन्द भएको बताइएको छ । महानगरपालिकाले सिसडोलसम्म फोहोर बोकेका गाडी लैजान सडक निर्माणको पहल गर्न प्रधानमन्त्रीलाई भनेको हो । प्रधानमन्त्रीले समेत तत्काल सडक विभागका महानिर्देशकलाई टेलिफोनमार्फत तत्काल बाटो बनाउन निर्देशन दिएका छन् । बाटो निर्माण हुनेवित्तिकै तुरुन्तै फोहोर उठाउन सकिने महानगरले बताएको छ । महानगरपालिकाले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो निर्माण सकेर हस्तान्तरण गर्न समेत भनेको छ ।

  • नेपालमा थप २२९५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    नेपालमा थप २२९५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १९०२ र ४१४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

  • सरकारलाई पूर्णता दिने गठबन्धनको निर्णय, एकिकृत समाजवादीमा मन्त्रीका लागि मापदण्ड

    सरकारलाई पूर्णता दिने गठबन्धनको निर्णय, एकिकृत समाजवादीमा मन्त्रीका लागि मापदण्ड

    काठमाडौं । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

    बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।

    माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले भने मन्त्री बनाउनका लागि मापदण्ड बनाउने भएको छ । रासस

  • कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा

    कांग्रेस महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने बताएका हुन् ।

    ‘अहिले हामी १४ औं महाधिवेशनको तयारीका क्रममा छौँ। मैले १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘मेरो वडाका अग्रज साथीहरूबीच १४ औँ अधिवेशनमा पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दैछु ।’

    १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उम्मेदवारी दिएका थापा पराजित भएका थिए । थापासहित उनका ससुरा अर्जुननरसिंह केसी र डा। शशांक कोइरालाबीच प्रतिष्पार्धा भएको थियो ।

    कृष्ण सिटौला पक्षका थापा, शेरबहादुर देउवा समूहका केसी र रामचन्द्र पौडेल समूहका कोइरालाबीच भएको प्रतिष्पर्धामा कोइरालाले महामन्त्रीमा बाजी मारेका थिए ।

  • ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ

    ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक काठमाडौंबाट पक्राउ

    काठमाडौं । ९ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित नेपालमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको हो । ब्युरोले आइतबार सार्वजनिक गरेका उनीहरु फरक फरक मुलुकका नागरिक हुन् । ३ भदौमा कतार एयरवेजको विमानबाट आएकी ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक शिर्ले गामाको साथमा कोकिन भएको पाइएको छ ।

    विमानस्थल प्रहरीले सुइको नपाएको यो पदार्थ उनी कमलादीस्थित एक होटेलमा बसेपछि भने सुइको मिलेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले उनलाई नेपाल आएकै राति ११ बजे कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो । गामा पहिलो पटक नेपाल आएकी थिइन्। उनी भिजिट भिसामा नेपाल आएकी हुन् । उनको सुटकेशमा फल्सबटम मुनिबाट दुई किलो ९३३ ग्राम कोकिन फेला परेको हो ।


    गामा पक्राउ परेपछि यो कोकिन बुझ्ने मानिस भारतीय रहेको खुलेको हो । नेपालको बाटो हुँदै भारत पुग्ने कोकिनका कारोबारीलाई गागाले भेटेसँगै प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको हो । प्रहरीले भारत बैङलुरू किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गरेको छ । कारोबार गर्ने दुई जना भेटघाटको तारतम्य मिलाएकी तान्जेनियाकी नागरिक गेर्ट्रुडे लियोनार्ड किमारो भने सिन्धुलीबाट पक्राउ परेकी छिन् । उनी स्थलमार्गबाट भारत भाग्न थालेको सुराकी पाएपछि प्रहरीले पक्राउ गरेको हो । तान्जानियन नागरिक किमारो दुई वर्षदेखि नेपालमा रहेको पाइएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

    आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

    काठमाडौं । नेपाल, भारतसहित विश्वभर रहेको हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी मनाउँदैछ । भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व धुमधामसहित मनाइन्छ । सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज धर्मावलम्बीहरु कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्छन् । व्रत बसी रातभर जाग्राम बस्छन् । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ ।

    ललितपुर महानगरपालिकाका अनुसार यो वर्ष भने कोरोनाका कारण मन्दिरमा प्रवेश पाइने छैन । उता, काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । कोरोना महामारीका कारण यो वर्ष कुनै पनि मन्दिरमा भिडभाडसहित दर्शन गर्न पाइने छैन ।

    बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा समेत भक्तजन जम्मा भई पूजा आराधना गर्छन । घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन समेत रहेको छ । विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मान्यता छ सोहीकारण आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्ण सत्यका प्रतिक मानिन्छन् ।

  • नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत

    नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत

    काठमाडौं । एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयमा पठाएको छ । सोहीकारण सांसदहरु कारबाहीमा नपर्ने भएको उनको सचिवालयले जनाएको छ ।

    निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको छ । यस बेहोराको पत्र भदौ ११ मा संसद सचिवालयलाई पठाएको थियो । कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा सांसद पद कायम रहने गरि सभामुखले निर्णय गरेका हुन् । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।

    एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना पनि दिएका थिए। त्यसबेला निर्वाचन आयोगमा दर्ता प्रक्रिया चलिरहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गरिसक्नु पर्छ ।

  • नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी

    नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी

    काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप प्रभावकारी बनेको पाइएको छ । अर्कोतर्फ सबै नेपालीको हिसाव गर्दा दुईतिहाइ मानिसमा कोभिड १९ को एन्टिबडी विकास भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनबाट यस्तो देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभ्यालेन्स सर्भे गरेको थियो । सर्भे अनुसार ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको छ ।

    सर्वेक्षण अनुसार २१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरि त्यसका आधारमा मूल्यांकन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । औसतःमा २५० घरबाट १० घरको नमुना लिइ अध्ययन गरिएको हो ।

    संकलिन नमुनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको निष्कर्ष निकालेको छ । कुल जनसंख्या ३ करोड (अनुमानित) मान्दा २ करोडभन्दा बढीमा कोभिड १९ एन्टिबडी देखिने भएको हो ।

    खोप लगाएकामध्ये एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा लगाएकामा ९० प्रतिशतमा एन्टीबडी देखिएको छ । सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

  • एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा वेदुराम भुसाल

    एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा वेदुराम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वेदुराम भुसाललाई राष्ट्रियसभा, संसदीय दलको नेता चयन गरेको छ ।

    आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।

  • एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

    एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

    आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

    गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् ।

  • मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर

    मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर

    काठमाडौं। नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ ।

    नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

    हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ ।

    काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

    कोरोना महामारीअघिसम्म श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या उच्च रहँदै आएको छ ।

  • नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै

    नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै

    काठमाडौं । नेपालमा मनसिन लम्बिनी भएको छ । अहिले जारी वर्षा अझै अझै केही दिन निरन्तर भइरहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत हुन भनेको छ । आइतबार देशभर बदली भई वर्षा जारी छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा भइरहने सम्भावना छ ।

    अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । तराईका विभिन्न ठाउँ डुवानमा छन् । राजमार्गमा पुल भत्किएका छन् । पहाडी भूभागमा भूक्षय र साना(ठूला बाढीपहिरोका कारण नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आह्वान समेत गरेको छ । यो वर्ष नेपालमा औसातः भन्दा बढी पानी परिसकेको छ ।