Category: समाचार

  • नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

    नेपालमा थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको मन्त्रालयले जनाएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ।

  • मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

    मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत नै बसेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि काम गर्ने बताएका छन् ।

    ‘बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् ।

    धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।’

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।

  • युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

    युरोपियन च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि रियलको जित

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । समूह बीमा पहिलो खेल हारेका दुबै टोलीबीच गोलको प्रतिस्पर्धा भएको थियो । रियलले इन्टरमाथि कुल ३-२ गोलले हराएको हो ।

    खेलको २५ मिनेटमा करिम बेन्जिमले रियललाई पहिलो गोल गरेका थिए । ३३ औं मिनेटमा सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाए । ३५ मिनेटमा इन्टरका मार्जिनेजले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरे ।

    इन्टरका लागि पेरिसिकले ६८ मिनेटमा अर्को गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको ८० मिनेटमा रोद्रिगोले गोल गर्दै रियलको वियजी पक्का गरे । यस समूहको अर्को खेलमा युक्रेनको क्लब शख्तर डोनेट्स्कमाथि जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखले ६-० को जित निकाल्यो ।

  • पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

    पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परको छ । महराकी पत्नी सीता महराको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ । उनमा निमोनियाको समस्या देखिएपछि दाङबाट १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    त्यसपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनको बुधबार बिहान साढे ६ बजे निधन भएको हो । १५ दिनदेखि भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा माइस्थेनियाको समस्या थियो ।

    सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले भन्ने गाउँमा जन्मेकी हुन् । महरासँग उनको विवाह २०३५ सालमा भएको हो । महराका उनका दुई छोरा र दुई छोरी छन्।

  • भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनलाई नेपाली सेनाले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछ । भारतीय सेनाको विशेष विमानमार्फत् उनी बुधबार अपरान्ह काठमाडौं अवतरण गर्नेछन् ।

    नेपाल भारत पछिल्लो सीमा विवाद पछि पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । सोहीकारण यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् ।

    उनले सोही दिन प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । शुक्रबार स्वदेश फर्कनु अगाडी उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल–भारत सीमा विवाद उत्कर्षमा रहेका बेला विवादास्तपद अभिव्यक्ति दिएका उनको भ्रमणबारे सामाजिक संजालमा भने चर्को विरोध सुनिएको छ ।

    यद्दपी यो भ्रमणले विवाद कम गर्न भूमिका खेल्ने अपेक्षा भने गरिएको छ । भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

  • पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

    पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा पार्टी एकता नै धरापमा परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय बनेकी छिन् । उनले मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छिन्।

    साँझ राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा भण्डारीले उपाध्यक्ष गौतम समक्ष पार्टी विवाद समाधान गर्न निर्णायक भूमिका खेल्न आह्वान गरेको बताइएको छ ।

    राष्ट्रपतिले विगतमा जस्तै पार्टी एकता बचाउन भूमिका खेल्न राष्ट्रपतिले आह्वान गरेकी हुन् । उनले पार्टीलाई फुटबाट जोगाउन समेत बामदेवको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । जवाफमा गौतमले आफु एकताको रक्षाका लागि दत्तचित भएर लागेको बताएका थिए ।

  • काठमाडौं उपत्यकामा १४६८ जना  कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १४६८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।

  • नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

    नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

    आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको हो ।
    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ।

    गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको थियो।

  • महानगरलाई साझाको चुनौतीः ‘खुलामञ्चमा हामी खाना खुवाउछौँ, कसले रोक्दो रहेछ !

    महानगरलाई साझाको चुनौतीः ‘खुलामञ्चमा हामी खाना खुवाउछौँ, कसले रोक्दो रहेछ !

    काठमाडौं । साझा पार्टीले राजधानीको खुलामञ्चमा कोरोना भाइरसका कारण समस्यामा परेका मजदूर तथा असहायहरुलाई खाना खुवाउने कार्यमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयको भर्त्सना गरेको छ। साझा पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त निर्णय अमानवीय भएको भन्दै विरोध गरेको हो ।

    कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकारनै उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको खाना खुवाउने कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझाले बताएको छ।

    साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् । शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ।’

    साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न अपिल समेत गरेकाे छ । ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’, विज्ञप्तिमा भनिएकाे छ ।

  • कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

    कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

    पोखरा । व्यापारिक पृष्ठभूमीका सांसद सूर्यबहदुर केसीको निधन भएको छ । उनी प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्थे । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । उनको मंगलबार अन्तिम संस्कार हुने भएको छ ।

    उनी २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए । उनलाई नेपाली कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य बनाएको थियो । ६५ वर्षीय केसी मिर्गौलाको समस्यासँग जुधिरहेका थिए । सोमबार अचानक रक्तचाप कम भएको र ज्यान गएको बताइएको छ । उनले संसदमा राप्रपाको तर्फबाट पनि प्रतिनिधित्व गरिसकेका छन् ।

  • सप्तरीमा कार र रिक्सा ठोक्किए, दुई जनाको मृत्यु

    सप्तरीमा कार र रिक्सा ठोक्किए, दुई जनाको मृत्यु

    राजविराज। सप्तरीमा रिक्सा र कार ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा थप पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एकआपसमा ठोक्किएका थिए ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका हनुमाननगर कंकालिनी नगरपालिका वडा न २ का ७० वर्षीय द्वारिकालाल दास र त्यही नगरपालिका वडा नं १ का ७० वर्षीय बद्रि मुखियाको ज्यान गएको छ । दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

  • नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

    नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ।

  • काठमाडौं उपत्यकामा १६३० जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १६३० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना थप संक्रमित थपिएका हुन् । जसमध्ये ७ सय २ जना महिला छन् भने बाँकी ९ सय २८ जना पुरूष रहेका छन् ।

  • एकै दिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

    एकै दिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकै दिन २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २३ जनाको मृत्यु भएको थियो।

  • महाधिवेशन नजिकिएसँगै आन्तरिक विवादमा फस्दै कांग्रेस, आज बस्ने भयो पदाधिकारी बैठक

    महाधिवेशन नजिकिएसँगै आन्तरिक विवादमा फस्दै कांग्रेस, आज बस्ने भयो पदाधिकारी बैठक

    काठमाडौं । महाधिवेशनको मिति नजिकिएसँगै आन्तरिक विवादमा फसिरहेको कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसले औपचारिकता भने दिएको छैन ।

    सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको र विधि विधानअनुसार चल्न नसकेको आरोपसहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदे असहमतिसहितको विरोध पत्र पार्टी कार्यालयमा बुझाएका थिए ।

    पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेको कांग्रेस स्रोतको भनाई छ । बैठकमा वरिष्ठ नेता पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

    देउवाले महाधिवेशन प्रभावित पार्न विभागहरुमा मनोनयन जारी राखेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहेको छ । ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका छन् । कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भने कात्तिक २१ मा केन्द्रीय समिति बैठक बोलाएको छ ।

  • के फुटको संघारमा पुगेको हो नेकपा ?

    के फुटको संघारमा पुगेको हो नेकपा ?

    काठमाडौं । आइतबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना निकट नेतासँग सार्वजनिक गरेको अभिव्यक्ति अनुसार नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । सो भेटबारे आज प्रचण्डले नेकपाका शीर्ष नेताहरुलाई व्रिफिंग गरेका छन् ।

    जसअनुसार भेटमा ओलीले अब एकै स्थानमा बसेर जान नसकिने भन्दै अलग अलग बाटो अपनाउन प्रचण्डसँग प्रस्ताव गरेका छन् । प्रचण्डको यो खुलासापछि नेकपा भित्रको विवाद पुनः उत्कर्षमा पुगेको छ । पूर्वएमाले, खासगरी ओली निकटहरुले प्रचण्डको यो खुलासालाई प्रधानमन्त्रीको सौदाबाजी भनेका छन् ।

    उता, प्रचण्ड र अन्य निकट नेताहरु भने पार्टीको निर्णय अटेर गरी पटक पटक विवादित बनेका प्रधानमन्त्रीको कार्यशैलीबाट आजित भएको बताउने गरेका छन् । करिब दुई साता लामो अवधिपछि शनिबार बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको थियो ।

    सोही अवसरमा ओलीले अलग अलग हिँड्न प्रस्ताव गरेका हन् । भेटमा प्रचण्डले भने सबै समस्या सचिवालय बैठक डाकेर समाधान खोज्ने प्रस्ताव गरेका थिए । ओली भने बैठक बोलाउने पक्षमा छैनन ।

    आइतवार प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । यसअघि आइतबार नै नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा रहेको बताएका थिए ।

    उता, लुम्बिनी प्रदेशका मूख्यमन्त्री तथा प्रधानमन्त्री ओलीका प्रियपात्र शंकर पोखरेलले जिम्मेवार स्थानमा बसेको व्यक्तिले अरुले के भन्यो भन्दा पनि आफ्नो धारणा के हो सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले समेत पार्टी फुटको संघारमा रहेको संकेत गरेका छन् ।

  • काठमाडौंको तीनकुने पुलमुनी पुरुषको शव फेला

    काठमाडौंको तीनकुने पुलमुनी पुरुषको शव फेला

    काठमाडौं । काठमाडौंको तीनकुने स्थित पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । पुलमुनी खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो भेटिएको उनको शव सड्न लागेको अवस्थामा भेटिएको थियो ।

    उनको पहिचान भने भइसकेको छैन । शवको प्रकृति हेर्दा आन्दाजी ३०, ३२ वर्षका पुरूष रहेको अनुमान प्रहरीले गरेको छ । मृत्युको कारण पोष्टमार्टम रिर्पोटपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

  • थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९६० पुग्यो

    थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९६० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो।

  • ‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय

    ‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ ।

    आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् ।

    धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए।

    उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए।

    सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ।

  • नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

    नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २३ जनाको पीसीआर परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३०२० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

  • काठमाडौं उपत्यकामा १६२२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १६२२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

    मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

    काठमाडौं । काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन सँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन् ।

    अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताइन् ।

    सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उनले बताइन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लु निको हुने उनले बताइन् ।

    सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफुलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उहाँले आग्रह गरिन् ।

    नेपालमा लकडाउन शुरु भएको सुरुवाती चरणमा सरकार र नागरिक स्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनले बताइन् ।

    रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दिर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढीरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन् । अहिलेको अवस्थामा जटिल खालका विरामीहरु बढ्दै गएकोप्रति उनले चिन्ता समेत व्यक्त गरिन् ।

  • टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण

    टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ ।

    निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

    अस्पतालले जनाए अनुसार अब आईसीयूसहित भेन्टिलेटरमा राख्नु पर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च लाग्नेछ भने ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्नु पर्ने भएको छ ।

    आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ र ३० हजार धरौटी लाग्नेछ । क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३५०० उपचार खर्च तिर्नु पर्ने भएको छ । उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नु पर्ने पनि अस्पतालले निकालेको विज्ञप्तीमा उल्लेख छ।

    गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुने पनि अस्पतालले जनाएको छ।

  • सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु

    सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु

    सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी बसेका सोही स्थानका २३ वर्षीय जिवन चौधरी छन्।

    शनिवार राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकल सडक किनारमा रोकिएको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोकिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।

  • कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

    कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई जना मन्त्रीको आज जागिर जाँदैछ । उनीहरुलाई हटाएर मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । थपिने दुई मन्त्री माधव नेपाल समूहका बन्ने भएका हुन् ।

    किनकी यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेपछि मूख्यमन्त्री शाहीको पद जोगिएको हो । कर्णाली प्रदेशमा ओली एक्लिएका छन् । यसले केन्द्रिय राजनीतिमा समेत तरंग ल्याएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढा हट्ने छन् ।

    भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बैंकिङ कसुरमा परेपछि उनी समेत हटाइएका थिए । उक्त पदसमेत आर्ज पूर्ति हुने भएको छ । उनी समेत ओली पक्षका नेता थिए । नयाँ बन्ने मन्त्रीमा भने चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा रहेको संचारमाध्यमले लेखेका छन् ।

  • नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

    नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् ।

    निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर जान मानेका थिएनन् । तर, ओलीले विभिन्न माध्यमबाट प्रचण्डलाई निरन्तर प्रस्ताव गरेपछि आज प्रचण्ड बालुवाटार पुगेका हुन । भेटमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउनु पर्ने प्रस्ताव गरेका छन् ।

    यसबीचमा प्रधानमन्त्रीले भेटेका भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयल, कर्णालीमा ओलीको समर्थनमा मुख्यमन्त्रीमाथि पार्टी भित्रैका सांसदको अविश्वासको प्रस्ताव, पर्सामा पूर्वमाओवादी कार्यकर्ताको हत्या हुँदा समेत प्रहरीले जाहेरी लिन नमान्नुजस्ता घटनाको सचिवालयमै छलफल हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री भने पार्टीका सबै तहका बैठकबाट उम्कन खोजिरहेको नेकपाका नेताहरुको गुनासो छ ।

  • काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

    काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिए ।

    यसमध्ये महिला ५ सय ६९ र पुरुष ७ सय ८८ रहेको मन्त्रालयको तथ्यांक छ । अहिले काठमाडौं जिल्लामा १६ हजार ८ सय ९० सक्रिय संक्रमित रहेका छन् । काठमाडौं जिल्लामा मात्र कुल २ सय १९ संक्रमितको ज्यान गइसकेको छ । यहाँ ४४ हजार ७ सय ४६ जनाले भने कोरोना जित्न सफल भएका छन् ।

  • नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

    नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार उक्त संख्यामा मानिसको मृत्यु कोरोनाका कारण भएको हो । योसहित अब देशभर अहिलेसम्म ज्यान गुमाउने नेपालीको संख्या ९३७ पुगेको छ।

    देशभर उपचारका क्रममा रहेका ३६५ जनाको अहिले आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य सक्रिय संक्रमितको अवस्था भने सामान्य रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

    नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट तथ्यांक अनुसार देशभर ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो ।

    यो अवधिमा २२ सय ६४ जना संक्रमितले भने कोरोना जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार अब निको भएर घर फर्कनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।