Category: समाचार

  • कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने

    कर्णाली सरकारले कोरोनाको नि:शुल्क उपचार गर्ने

    काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले हात झिकिसकेको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।

    सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।

    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीका अनुसार मन्त्रिपरिषद्ले सङ्घीय सरकारले हालै हस्तान्तरण गरेको वीरेन्द्रनगरस्थित महिला विकास प्रशिक्षण केन्द्रको जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृति दिएको छ।

    कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उडड्यन प्राधिकरणबीच सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा भएको समझदारीपत्र अनुमोदन गर्ने, साबिक घरेलु शिल्पकला भण्डारको पुरानो घर भत्काई सामग्री लिलाम गर्ने, प्रयोगशालासहितको प्राङ्गारिक कृषि विकास तथा अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्ने र भूमि समस्या समाधान आयोगमा मुसिकोट ५ रुकुम (पश्चिम)का बुद्धिप्रसाद शर्मालाई मनोनयन गर्ने निर्णय समेत भएको छ ।

  • काठमाडौंमा थपिए १११० जना संक्रमित

    काठमाडौंमा थपिए १११० जना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार १११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप भएका मध्ये ४२९ जना महिला छन् ।

    आज देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।

  • शनिबार २२२५ जनामा देखियो कोरोना

    शनिबार २२२५ जनामा देखियो कोरोना

    काठमाडौं । नेपालमा शनिबार थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा अब कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । यस अवधिमा संक्रमण निको भई २८४६ जना घर फर्किएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।

    रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२,२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९,१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३,१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।

    पर्वत र डोटीमा ९,९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८,८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७,७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५,५ जना, काभ्रे, प्युठान र बैतडीमा ४,४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३,३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २,२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १,१ जनामा संक्रमण पुष्टि भएको छ ।

  • पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

    पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक संजालबाट यसको पुष्टी गरेका हुन् । उनका अनुसार कात्तिक ७ मा गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

    उनले भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

    संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको उनले जनाएका छन् । भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

  • उपत्यकामा २७२० जनामा कोरोना पुष्टी

    उपत्यकामा २७२० जनामा कोरोना पुष्टी

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २७२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । अब सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

    नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या डेढ लाख नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८६३ नमुना परीक्षण गरिएको थियो । जसमा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको छ । नेपालमा अब संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

    नेपालमा मृत्यु हुनेको संख्या भने ८२९ जनाको मृत्यु भएको छ । १ लाख ५ हजार ४८८ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । अझै ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

    कुन जिल्लामा कति थपिए ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्न । जसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् । मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८, २८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६\ १६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४\ १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०, १० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७, ७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६\ ६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५\५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४\ ४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३\३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २\२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १\ १ जनामा संक्रमण देखिएको छ ।

  • दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु

    दशैं बिदामा घर पुगेका सैनिकको करेन्ट लागेर मृत्यु

    तेह्रथुम । दशैं बिदामा घर पुगेका एक जना सैनिकको करेन्ट लागेर ज्यान गएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर सैनिक जवानको ज्यान गएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।

    आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ मृत्यु भएको हो ।

  • पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु

    पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु

    वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् ।

    प्रहरीका अनुसार उनको आज बिहान ९ बजे वीरगंजस्थित एलएस न्यूरो हस्पिटलमा ज्यान गएको छ । बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा नेकपा कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो ।

    सोहीबेला उनी गम्भीर घाइते भएका थिए। झडपमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराएको भन्दै झडप शुरु भएको थियो ।

    झडपमा घाइते भएका अन्य ७ जना भने उपचार पछि घर फर्किएका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

  • आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै

    आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै

    काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती पर्व मनाइदैछ । यस दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    आज फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा गर्ने विषेश हर्षबडाईको कार्यक्रमलाई औपचारिकता मात्र दिइएको छ । शक्तिपिठहरुमा समेत परम्परागत रुपमा फूलपाती भित्राइएको छ । तर, आज भिडभाड भने गरिएको छैन ।

    आज भित्राइने फूलपाती अन्तर्गत केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गर्ने प्रचलन रहेको छ ।

    आजदेखि नेपालमा दशैंका लागि सार्वजनिक बिदा समेत भएको छ । सरकारी तथा निजी कार्यालय बन्द भएका छन् ।

  • औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद

    औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यससँगै उनको पद समेत अब औपचारिक रुपमा जोगिएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको छ ।

    कर्णाली प्रदेशको विवाद मिलाउन केन्द्रमा दुई अध्यक्षसम्मले निकै कसरत गर्नु परेको थियो । यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेर केपी ओली पक्षलाई एक्लाएसँगै राजनीतिक अस्थिरता निम्तनबाट जोगिएको हो । यहाँ प्रधानमन्त्री निकट पूर्व एमाले समुहले मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।


    नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

  • थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

    थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

  • काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ ८३, ललितपुरमा १५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो

    नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार २५५ पीसीआर परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

  • रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित

    रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई दिएको स्वागत विवादित बनेको छ । प्रधानमन्त्रीलाई भेट्न रअ प्रमुख सामन्तकुमार गोयल बुधबार अपरान्ह काठमाडौं आएका थिए । भारतीय एयरफोर्सको विशेष जहाजबाट काठमाडौं आएका उनी बिहीबार दिल्ली फर्किए ।

    प्रधानमन्त्रीले कुटनीतिक मर्यादा बिर्सेर रअका प्रमुखसँग करीव २ घण्टा भेटवार्ता गरेका थिए । यस कदमको नेपाल भित्र तिब्र आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनकको संज्ञा दिएका छन् ।

    उनले ट्विटरमार्फत नेता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा यो भेटवार्तालाई लिएर प्रधानमन्त्रीको राष्ट्रवादबारे खरो टिप्पणी भइरहेको छ ।

  • बालकुमारीमा दुई पैदलयात्रीलाई गाडीको ठक्कर, एक जनाको मृत्यु

    बालकुमारीमा दुई पैदलयात्रीलाई गाडीको ठक्कर, एक जनाको मृत्यु

    ललितपुर । ललितपुरको बालकुमारीमा पैदल हिँडिरहेका दुई जनालाई गाडीले ठक्कर दिएको छ । बिहीबार बिहान भएको यस घटनामा एक जनाको मृत्यु भइसकेको छ । ठक्कर दिएर भागेको गाडी भने सानेपाबाट पक्राउ परेको छ । प्रहरीले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएको हो ।

    बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। ठक्करबाट महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको छ ।

    उनीसँग मर्निङ वाकमा हिँडेका सोही स्थानका ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन्। उनको उपचार बिएन्डबी अस्पताल ललितपुरमा उपचार जारी छ । प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले उनीहरुलाई बालकुमारी पुलमुनी ठक्कर दिएको हो । भक्तपुर डेरा गरी बस्ने ३२ वर्षीय कुवेर खड्का यस बोलेरोका चालक थिए ।

  • रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई

    रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका हुन् ।

    यसअघि बुधबार सुटुक्क काठमाडौं आएका रअका प्रमुखसँगको भेटवार्ता गुपचुप राखिएको थियो । प्रधानमन्त्रीलाई भेट गरी उनी बिहीबार दिल्ली फर्किसकेका छन् । उनी विशेष विमान चढेर प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन् । रअ प्रमुखले बुधबार बेलुका प्रधानमन्त्रीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेको थापाले पुष्टी गरेका छन् ।

    भेटका क्रममा गोलयले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

    उता, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले भने रअका प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् । यसअघि नेपालका केही संचारमाध्यमले नेताहरुलाई समेत भेटेको बारे समाचार लेखेका थिए ।

    तीन वटै नेताको सचिवालयले यो खबरको खण्डन गरेका छन् । नेपाल र भारतको सम्बन्ध चिसिएको समयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

    कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

    काठमाडौं । नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ।

    मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज

    नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

  • लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)

    लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    वैशाख ८ गतेदेखि हुने भनिएपनि लकडाउनका कारण रोकिएको परीक्षा मंसिर ९ गतेबाट सुरु हुने गरि तालिका सार्वजनिक गरेको हो ।

    कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालन हुनेछ ।

    बोर्डका अनुसार कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुनेछ ।

  • काठमाडौंको एक बालगृहमा अलपत्र रहेका ११ बालबालिकाको उद्धार

    काठमाडौंको एक बालगृहमा अलपत्र रहेका ११ बालबालिकाको उद्धार

    काठमाडौं। काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।

    काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो ।

    लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

    उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ ।

    गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

    कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताए ।

    जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताउनुभयो ।

    हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गर्नुभयो ।

    जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

  • व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

    व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

    काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् ।

    चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् ।

    घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।

  • बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

    बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

    काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् ।

    भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

    चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् ।

    सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।

    आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्दैछन् ।

  • सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    काठमाडौं

    नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी कदमको भर्त्सना गर्दै बिज्ञप्तिमा निम्न मागहरु सहित सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई अन्यायको विरुद्ध लड्न आव्हान समेत गरेका छन् ।

    १. २०७७ कात्तिक २ गते कोभिड–१९ नोभेल कोरोना भाईरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको कथित निर्णय खारेज गर्नु पर्ने।

    २. कोभिड १९- बाट सङ्क्रमित भएका सम्पुर्ण नागरिकहरुको उपचार सरकारले नि:शुल्क  गर्नु पर्ने ।

    ३. प्रतिनिधि सभाका सांसद तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई गैर कानुनी ढंगले दिएको दशैं भत्ता फिर्ता गरी कोरोना कोषमा राख्नु पर्ने। 

    ४. विभिन्न क्षेत्रमा मौलाएको सानादेखि ठुलासम्मका भ्रष्टचारको सत्यतथ्य छानबिन गरि जनताको बीचमा सार्बजनिक गरी दोषीलाई दण्ड दिईनु पर्ने।

    बहिर्गमित जनमुक्तिसेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ को नामबाट जारी प्रेस बिज्ञप्ति उपर सरकारलाई छिटो भन्दा उचित कदम चाल्न समेत भनिएको छ ।

  • कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक

    कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक

    कैलाली । कैलालीमा ड्युटीमा खटिएकै समयमा कब्जामा लिएर दुई प्रहरी कर्मचारीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको अभियोगमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।

    उनीहरु नेपाल र भारतको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरीले कुल १३ जनालाई पक्राउ गरेको थियो । असई विकले केराउको तस्करीमा अवरोध गरेपछि सामुहिक आक्रमण गरी प्रहरीको हत्या गरिएको उनीहरुले स्वीकार गरेका छन् ।

    शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चढेर नियमित गस्तीमा निस्किएका असई विक र जवान साउद माथि तस्कर समूहले आक्रमण गरेको थियो । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो । साउदको शव मंगलबार मात्र भेटिएको हो । तस्करहरुले घरेलु हतियारको प्रयोग गरी प्रहरीको हत्या गरेका छन् ।

  • नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज

    नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३हजार ८६१ पीसीआर परीक्षणमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

    देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

  • कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?

    कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?

    काठमाडौं । सरकारले देशभर वर्ग र समूह निर्धारण गरेर मात्रै निःशुल्क कोरोना भाइरसको परीक्षण र उपचार गर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो ।

    मन्त्रालयले निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ। आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निःशुल्क उपचार गर्ने भनिएको छ।

    अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्नेछ।

    अब, सरकारले तय गरेको नयाँ मापदण्ड भित्र नपर्नेले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउ ने छैनन् ।

    मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको निःशुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।

    अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।

    तर उल्लेखित आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।

  • लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत

    लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत

    काठमाडौं, ४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिएका छन् ।

    सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प्रदेशले भने लक्षण देखिएका विरामीलाई नि:शुल्क उपचार जारी राख्ने भएको हो ।

    मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिए ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

    सरकारले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै निस्शुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।