Category: समाचार

  • बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ ।

    चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ ।

    पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने बढी कारबाहीमा परेका छन् ।

    विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाही गरेको छ ।

    जसबाट जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले जनाएको छ । १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्म कारबाहीमा परेको हो ।

    अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।

    अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ ।

    ३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।

    विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।

  • दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

    दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

    काठमाडौं । बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ ।

    कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

    उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।

    देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

    शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

    यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख रहेको छ ।

  • थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

    थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाबाट थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।

  • काठमाडौं उपत्यकामा २३८८ जना नयाँ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा २३८८ जना नयाँ कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

    नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ७१४ पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३७९० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

    देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।

  • ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो

    ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो

    काठमाडौं । देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ।

    ग्लोवल इन्डेक्स (जीएचआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो। नेपाल यस बर्ष १९।५ स्कोरसहित ७३औं स्थानमा रहेर मध्यम अवस्थामा रहेको हो ।

    दक्षिण एसियामा नेपालको अवस्था तुलनात्मक रुपमा देखिए पनि २०१६ को भन्दा यो नाजुक अवस्था हो। २०१६ मा सूचीकृत ११८ मुलुक मध्ये नेपाल ७२ औं स्थानमा थियो। यो वर्ष ११७ मुलुक मध्ये नेपाल ७३ औं स्थानमा रहेको छ ।

    सार्वजनिक तथ्यांकअनुसार वंगलादेश २०.४ स्कोरसहित ७५ औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ ।

    दक्षिण एशियाली मुलुकमा नेपालको भन्दा राम्रो अवस्थामा श्रीलंकाको रहेको छ । श्रीलंकाको स्कोर १६.३ रहेको छ ।

    २००० देखि प्रकाशित हुँदै आएको यो इन्डेक्समा देशको खाद्यन्नमा पहुँच, बालबालिकाको पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरिन्छ।

    यसरी हेर्दा नेपाल दक्षिण एसियामा खाद्यन्नमा सम्पन्न मुलुक जस्तो देखिएको छ। पोषणको अवस्था पनि दक्षिण एसियामा नेपाल राम्रो देखिएको छ भने मातृ मृत्यु दर पनि नेपालमा कम रहेको देखाउँछ।

    यो सूचीमा भुटान समावेस छैनन्।

  • दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै

    दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै

    काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

    नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि यसअघि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेकोमा यसपटक कोरोना संक्रमणका कारण सबै शक्तिपीठ बन्द छन् ।

    हिन्दु धर्मालवम्वीहरूले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र सुरू भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

    नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

  • कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा

    कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचारबाट सरकारले हात झिकेको छ । अर्थातः अब नागरिकले यी सबै काम आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

    उनीहरुमा समेत कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट सरकारले काटेर लिने भएको छ । अन्य सबै व्यक्तिले भने आफ्नै खर्चमा उपचार गराउनु पर्ने गरी निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको छ ।

  • काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज

    नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ८७५ जनाको पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार १४० पुगेको छ ।

    देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने

    ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने

    काठमाडौं । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ।

    यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो ।

    सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो।

    असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन्। साथै, मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने विभागले जनाएको छ।

    यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ।

    यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ।

  • कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

    कोरोना संक्रमितको घरमै मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने


    काठमाडौं । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ ।

    पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्न लागेको छ ।

    धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

    नयाँ मापदण्ड अनुसार ‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नु पर्नेछ ।

    यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो।साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ।

    त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

  • अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या

    अस्ट्रियामा नेपाली महिलाले गरिन् आफ्ना ३ छोराछोरीको हत्या

    काठमाडौं । अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको हत्या गरेकी छन्। गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रियाको भियना निवासी ३१ वर्षीय महिलाले पुगेकी ती महिलाले ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन्।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान उक्त घटना घटेको हो । जेठी छोरीलाई जीवितै फेला पारेर अस्पताल लगिए पनि उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

    ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोराछोरीको हत्या गरेपछि ती महिला आफैंले प्रहरीलाई खबर गरेकी थिइन्।

    हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी बेलायती अनलाइन पत्रिका मिररले उल्लेख गरेको छ। उनको अवस्था सामान्य हेको छ । उनका पति पनि भियनामै बस्छन्। तर उनीहरूबीच झगडा भएकाले अलग(अलग बस्ने गरेका थिए।

  • उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु

    उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

    गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन्। अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

  • थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

    थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

    काठमाडौं । नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

  • काठमाडौंमा १४५१ सहित उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

    काठमाडौंमा १४५१ सहित उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज

    नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,१८०० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ४३८ जनाको पीसीआर परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १८०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार १४० पुगेको छ ।

    देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • नेपालबाट बाहिरियो मनसुन, सक्रिय भएयता लियो ३६७ जनाको ज्यान

    नेपालबाट बाहिरियो मनसुन, सक्रिय भएयता लियो ३६७ जनाको ज्यान

    काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो ।

    असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शनिबार बाहिरिएको महाशाखाले जनाएको छ ।

    मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङमा परेर (जेठ ३० गतेदेखि असोज ३०)सम्म ३ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा १०० जना बेपत्ता भएका छन्।

    पहिरोबाट सवैभन्दा धेरै २ सय ९३ जनाको मृत्यु भएको छ। यस समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

    विभिन्न स्थानमा पहिरोमा परी ६४ जना अझै बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

    पहिरोमै परी २२२ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मनसुन शुरु भएपछि बाढिबाट ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ९ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट ३५ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्।

    यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन् ।

    सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

  • ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    ललितपुर । ललितपुर जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि त्यसरी सेवा स्थगित गरिएको जनाएको हो ।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको बताए ।

    स्थानीय निकाय र सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । ललितपुरमा ‘विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द नहुने भट्टले बताए । शुक्रबार मात्रै ललितपुरमा तीन सय ७४ जना नयाँ संक्रमित थपिएका थिए ।

  • कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ? यस्तो छ कांग्रेसको निष्कर्ष

    कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ? यस्तो छ कांग्रेसको निष्कर्ष

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापनदेखि पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारसम्म सरकार चुकेको निष्कर्ष निकालेको छ । यसबाट नेपालमा कोरोना महामारी नियन्त्रण र रोकथामका सबैजसो गतिविधिमा सरकार असफल भएको कांग्रेसको कोभिड—१९ अनुगमन समितिको निष्कर्ष रहेको छ ।

    समितिले आज आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई समेत बुझाएको छ । समितिले कोरोना भाइरसको नियन्त्रणमा सरकारका करीव १ दर्जन कमजोरी समेत देखाएको छ । उता, कोरोना संक्रमितको औषधीहरुको खुलेआम कालोबजारी भइरहेको र यसको नियन्त्रणमा समेत सरकारका असफल भएको कांग्रेसको आरोप छ ।

    आज कांग्रेसले प्रेस नोट सार्वजनिक गर्दै उक्त विषय बाहिर ल्याएको हो । उसले भनेको छ, ‘नेपालको वर्तमान नेकपा सरकारले आम जनताका पीडा कम गर्ने प्रयत्न नगरेको मात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ । जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम सावित भएको छ ।’

    आईसीयू बेड, भेन्टिलेटर र रेमडेसिभिरजस्ता औषधिहरु अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको भन्दै कांग्रेसले लकडाउनको अवधिमा आईसीयू बेडको संख्या ९ सयबाट २ हजार ६ सय र भेन्टिलेटरको संख्या ८० बाट १ हजार पुर्‍याएको दावी गर्ने र अर्कोतर्फ आईसीयूमा २ सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुँदैमा यी दुवैको अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउन मात्र भएको कांग्रेसले उल्लेख गरेको छ ।

    शिक्षामा विकल्प दिन नसकेको समेत कांग्रेसले बताएको छ । नजिकिएका चाडपर्वमा काठमाडौंसहित सहरबाट ठूलो संख्यामा मानिसहरु आ–आफ्नो घरगाउँ फर्कने भएकोले गाउँ वस्तीमा संक्रमणलाई फैलन नदिन एसएमएस (भौतिक दुरी, मास्क र स्यानिटाइजर) विधिको पालना गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    कांग्रेसले देखेका सरकारका १० कमजोरी
    १. चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमणको नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टाइन र आइसोलेसनको समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधी खरीदमा गर्नमा सदुपयोग गर्ने असल मनसाय नै राखेन । अहिले आईसीयू बेड, भेण्टिलेटर र रेम्डिसिभिरजस्ता ओषधीहरु अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको छ । एकातर्पm, लकडाउनको अवधिमा आइसियु बेडको संख्या ९०० बाट २,६०० र भेण्टिलेटरको संख्या ८० बाट १ हजार पु¥याएको दावी गर्ने र अर्कोतर्पm आइसियुमा २ सय र भेण्टिलेटरमा ५० विरामी भर्ना हुँदैमा यी दुवैको अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउन मात्र भएको देखिन्छ । क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था, टेष्टिङ, ट्रेसिङ र विरामीको ट्रिटमेण्ट लगायतका सबै काममा सरकार पूर्णतः असफल भएको छ । केही जीवन बचाउने औषधीहरुको खुलेआम कालोबजारी भइरहेको छ ।

    २. स्वास्थ्य उपकरण र औषधी खरिद गर्न आफूले छानेका कमिशन एजेण्टहरुमार्पmत् ल्याउन पाए ल्याउने अन्यथा तिनको खरीद नै नगर्ने रणनीति कोभिड रोकथामका लागि सरकारले बनाएको संयन्त्रका प्रमुख उपप्रधानमन्त्री र निर्णायक मन्त्रालयका मन्त्रीहरुले लिए । यस्तो खरीद प्रक्रियाको शुरुदेखि नै चरम भ्रष्टाचार भएको तथ्यहरु बाहिर आइनै सकेका छन । अहिले, आइसोलेशन र क्वारेन्टिनमा बस्नेहरुलाई खाना खुवाउने नाममा पनि सत्तारुढ दलका नेताहरुको संलग्नतामा चरम ब्रम्हलुट भएका खबर मुलुकभरबाटै आइरहेका छन् । सामाजिक संस्था र स्वयंसेवकहरुले प्रतिछाक ४५–५० रुपैयाँमा खुवाएको भन्दा कमसल खानाको सरकारमा बस्नेहरुको मिलेमतोमा ४ देखि ५ सय रुपैयाँको बिल बनाएर भुक्तानी गरिनु निन्दनीय र अमानवीय अपराध हो । यस्ता भ्रष्टाचारका प्रकरणहरुलाई सरकार नियन्त्रण गर्न पटक्कै उत्सुक देखिएको छैन ।

    ३. महामारी नियन्त्रणका लागि अब के गर्ने भन्ने कार्ययोजना सरकारसँग छैन । राजनीतिक नेतृत्व केही बोलीरहेको छैन । कर्मचारीतन्त्रबाट आउने सूचनाहरु जनतालाई होच्याउने र अक्सर विरोधाभाषपूर्ण छन् । औषधी, उपकरण र जनशक्तिको व्यवस्थापन, अस्थायी अस्पतालहरु स्थापना, आर्थिक स्रोतको स्थानीय सरकारहरुको तहसम्म उपलब्ध गराउने काममा त सरकार नराम्ररी चुकिसकेकै छ । मित्र राष्ट्रहरुले महामारी नियन्त्रणका लागि उपलब्ध गराउन चाहेको सहयोग लिने तत्परता समेत पनि देखाएको छैन ।

    ४. सार्वजनिक यातायात खुला गर्ने, सबैमा पूर्ण सीट क्षमतामा यात्रु चढाउन अनुमति दिने काम सरकारले गरिरहेको छ । यसरी यतायात खुला गरेपछि स्वास्थ्य र सुरक्षा प्रोटोकलहरु लागू गराउने जिम्मेवारी सरकारको हो । तर सरकारले यस सम्बन्धमा कुनै तयारी गरेको देखिदैन ।

    ५. मुलुकभित्रै महामारीका कारण रोजगारी गुमाउनेको संख्या झण्डै ३० लाख पुगेको अनुमान छ । ठूलो युवा जमात एकैचोटी बेरोजगारी र त्यसबाट उत्पन्न भोकमरीको समेत शिकार हुँदैछन् । विदेशमा कार्यरत भण्डै ७ लाख नेपाली स्वदेश फर्कन चाहेकोमा सरकारले त्यसको १० प्रतिशतलाई पनि नेपाल आउन सहजीकरण गर्न सकेको छैन । बेरोजगारीको चाप कृषि क्षेत्रमा थपिएको छ । राम्ररी व्यवस्थापन गरिएको भए कृषि क्षेत्र महामारीका कारण सबभन्दा कम प्रभावित हुने थियो । दक्षिण अफ्रिकाजस्ता मुलुकले कृषि आपूर्ति सञ्जाललाई टुट्न नदिएर अर्थतन्त्रलाई ठूलो टेवा पु¥याए । तर, नेपालमा न त किसानले आफ्नो उत्पादन बजारमा ल्याउन र बिक्री गर्न सरकारबाट सहायता पाए न त नयाँ बाली लगाउन आवश्यक बिउजिवन र रासायनिक मल नै । उपभोक्ता भने माग–आपूर्ति चक्र भत्किंदा महंगीको मारमा परेका छन् ।

    ६. उद्यम व्यवसाय क्षेत्र र आम्दानीका अवसर गुमेका कारण जीवनयापन कष्टकर भएका कसैले पनि सरकारबाट सार्थक राहत पाएका छैनन् । महामारीका कारण ४ लाखभन्दा बढी स्वरोजगार र साना–मझौला उद्योग व्यवसाय बन्द भएको तथ्य सरकारी निकायकै अध्ययनहरुले देखाएका छन् । तर, सरकार सुरक्षा प्रबन्ध गर्दै बन्द उद्योग व्यवसाय खुलाएर अर्थतन्त्रलाई चलायमान बनाउन, रोजगारी र हातमुख जोर्ने समस्यालाई सम्बोधन गर्न कुनै चासो दिइरहको छैन । स्वदेशभित्रै रोजगारी सिर्जना गर्ने कुनै कार्यक्रम सरकारले ल्याएको छैन ।

    ७. महामारी नियन्त्रणमा प्रादेशिक र पालिका सरकारहरुलाई जिम्मेवारी, अधिकार, स्रोत र शीप दिने कुरामा राज्यले अवलम्बन गरेको संघीय प्रणालीको भावना र मर्म अनुरुप संघीय सरकारले शुरुदेखि नै काम नगरेका कारण अहिलेको भयावह अवस्था आएको हो । अब पनि यो कमजोरीलाई सच्याएर स्वास्थ्य पूर्वाधारको विस्तारदेखि, राहत वितरण र जनचेतना अभिवृद्धिमा खासगरी स्थानीय सरकारहरुलाई जिम्मेवार र उत्तरदायी दुवै नबनाउने हो भने स्थिति अभैm प्रतिकूल हुने निश्चित छ ।

    ८. मुलुकको करिब १२ प्रतिशत जनसंख्या बसोबास गर्ने काठमार्डौ उपत्यका कोरोना संक्रमणको मुख्य केन्द्रमा रुपान्तरण भएको छ । चाडबाडको समयमा ठूलो संख्यामा मानिसहरुको आवतजावत हुँदा संक्रमण दर तीव्र गतिमा बढ्ने तथ्यलाई ध्यान दिएर सरकारले कुनै भरपर्दो रणनीति बनाएको देखिंदैन । जनताको आवतजावतलाई प्रादेशिक स्थानीय सरकारहरुको समन्वयमा संक्रमण रोकथामका आवश्यक उपायहरु अपनाइनु अपरिहार्य छ । सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयले अन्य स्वास्थ्य समस्या हुने विरामीहरु थप मारमा पर्नेछन् । यसको वैकल्पिक व्यवस्थापन गर्न र निजी क्षेत्रका स्वास्थ्य पूर्वाधार र जनशक्ति परिचालन गर्न सरकार नराम्ररी चुकेको छ ।

    ९. नेपाली कांग्रेसले आफ्नो पहलमा महामारी नियन्त्रणमा सघाउन आफ्ना भ्रातृ संस्थाहरु समेतको पहलमा देशभरि नै मानवीय सहायता, राहत, रक्तदान÷प्लाज्मा दान आदि कार्यक्रमहरु गरिरहेको छ । तर, महामारी नियन्त्रणको मुख्य दायित्व राज्यको हो र प्रतिपक्षको भूमिका सहयोगी हुनसक्छ । यस्तो सहकार्यको वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यसमा पनि सरकार जिम्मेवार ढंगले प्रस्तुत भएको छैन । सरकारको अनुत्तरदायी रवैया, अव्यवस्था र भ्रष्टाचारले अब सीमा नाघेको छ ।

    १०. महामारीबाट प्रभावित भएको शैक्षिक क्षेत्रलाई मार्गनिर्देशन गर्न पनि सरकार उसैगरी चुकेको छ । १२ कक्षाको परीक्षाका बारेमा सरकार अनिर्णित हुँदा विद्यार्थीहरुको सिंगो शैक्षिक सत्र नै क्षय हुने अवस्था आएको छ । अनलाइन र दूरशिक्षा जस्ता वैकल्पिक उपायहरुको पहुँच, मान्यता र प्रभावकारिताबारे सरकार नै प्रष्ट छैन । यस्ता अनेकौ अन्योलहरुबाट पीडित प्रताडित जनताले सरकारको उपस्थित कतै महशुस गर्न पाएका छैनन् । महामारीको बेलामा राष्ट्रको अभिभावकत्व बहन गर्नुपर्ने सरकार भ्रष्टाचार र आन्तरिक शक्ति संघर्षमा मात्र रुमलिनु मुलुक र जनताका लगि ठूलो बेइमानी र घात हो ।

  • कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

    कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको हो ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।

    कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण,३५२२ जना संक्रमण मुक्त

    नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण,३५२२ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५३१ जनाको पीसीआर परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

    देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • कोरोनाका बिरामीमा प्रयोग हुने  ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

    कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

    ‘काठमाडौं । कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

    मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

    भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ । रेम्डेसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको चिकित्सकको दाबी छ । रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधिसमेत हो ।

    रेम्डिसिभिर औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने छ ।

    सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि मान्यता दिएको छ।

  • दुई वर्ष पुरानो ‘भक्तपुर इन्काउन्टर’मा प्रहरी दोषि, पक्राउपछि गोली हानेको पुष्टी

    दुई वर्ष पुरानो ‘भक्तपुर इन्काउन्टर’मा प्रहरी दोषि, पक्राउपछि गोली हानेको पुष्टी

    काठमाडौं । दुई वर्ष अगाडी भक्तपुरमा एक बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई इन्काउन्टर गरेको थियो । २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै प्रहरीले दुई जनालाई मारेको घटना नियोजित भएको राष्ट्रिय मानवाधिकार आयोगले निष्कर्ष निकालेको छ ।

    प्रहरीले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्तका क्रममा दुई जना मारिएको बताएको थियो । तर, आयोगले भने पक्राउ गरी नियोजित रुपमा हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले बुधबार तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाएको र कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    आयोगले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाहीको सिफारिस गरेको छ । भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङ माारिएका थिए । उनीहरुको हत्या भएको निष्कर्ष प्रहरीको रहेको छ ।

    आयोगले गरेको छानविनमा दुबै जनालाई प्रहरीले घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको छ । यसलाई मानवाधिकारको गम्भीर उल्लंघन मानिएको छ ।

  • बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

    बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

    काठमाडौं । मध्यबानेश्वरमा दिउँदै बैंकको सुरक्षामा खटिएका गार्डमाथि खुकुरी प्रहार भएको छ । गाडीले आफ्नो सुरक्षाका लागि भिरेको खुकुरी खोसेर एक जनाले गाडी माथि नै प्रहार गरेका हुन् । प्रहरीका अनुसार ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो ।

    बैंकमा पुगेका एक सेवाग्राहीले लाइन लाग्ने विषयमा भएको विवादपछि सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी लागेर उनको हातमा गहिरो चोट परेको र उपचार भइरहेको छ । प्रहरीका अनुसार आक्रमणकारीको खोजी भइरहेको छ । तर, कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् । घाइते मगरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६९३, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

    नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५९८ जनाको पीसीआर परीक्षणमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४हजार ५१८ पुगेको छ । देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

    काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टे (नयाँबजार)मा ग्यास सिलिण्डर विस्फोट भएको छ । यस घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीको भनाई छ ।

    घाइतेहरुको उपचार जारी रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको र आगलागी भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विस्फोटबाट वरपरका आधा दर्जन घरका सिसा फुटेका र कतिपय घरको भित्ता समेत चर्किएको छ । घटनापछि स्थानीय र प्रहरीले उद्दार कार्य गरेका थिए ।