काठमाडौं । संसदीय समितिले नेपालको अतिक्रमित भूमी खाली गराउन सरकारका नाममा निर्देशन दिएको छ । भूमी खाली गराएर नयाँ नक्सा जारी गर्न संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सरकारलाई निर्देशन दिएको हो । समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमिसुधारमन्त्री पदमा अर्यालसहित सरोकारवालालाई बोलाएर छलफल… Continue reading संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ
Category: समाचार
मुक्तकमा ‘लिम्पियाधुरा’
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट… लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२) सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु । किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२) ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।। सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो… Continue reading मुक्तकमा ‘लिम्पियाधुरा’
रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ । न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले… Continue reading रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास
सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै
काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो… Continue reading सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै
धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष
धनुषा । एक प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात हरेको निष्कर्ष प्रहरीले निकालेको छ । अनुसन्धानका दौरान विप्लव कार्यक्रताबाट विस्फोट गराएको निष्कर्षमा प्रहरी पुगेको हो । २७ मंसिरमा धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट भएको… Continue reading धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष
माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा पक्राउ परेका उनीसहित १५ जना नेता, कार्यक्रतालाई प्रहरीले साँझ छाडेको छ । सिंहदरवारमा हुलदंगा गरी प्रहरीमाथि ढुंगामुडा गर्न उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई… Continue reading माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो
प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने… Continue reading प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् । शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए । पौडेलले सभापति शेरबहादुर… Continue reading संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल
नेपाली समाज टेक्ससमा शर्मा
टेक्सस नेपाली समाज टेक्ससमा दिनेश शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष सहितको पदाधिकारीमा पद संख्या अनुसार नैं उम्मेद्वारी दाखेला भएपछि अध्यक्ष सहितको पदाधिकारी निर्विरोध निर्वाचित भएको थियो । तर कार्यसमिति सदस्यमा भने ६ पदका लागि ७ जनाको उम्मेद्वारी परेको थियो । कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएकी निर्मला राईले समाजलाई मिलाएर लैजानका लागि निर्वाचनमा… Continue reading नेपाली समाज टेक्ससमा शर्मा
राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ
काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी, लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध कारवाही तिब्र बनाएको छ । स्वीप अपरेसनका दौरान शुक्रबार मात्र सयौं मानिस समातिएका छन् । बिहीबार र शुक्रबार गरी २ सय भन्दा बढी व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ । बसुन्धरा, टोखा, बाँसबारी, मन्डिखाटार, गौशाला, चाबहिल र बानेश्वर क्षेत्रबाट ति व्यक्ति पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको… Continue reading राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ
कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज
काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ । बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् । शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला… Continue reading कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज
मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१… Continue reading मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले… Continue reading कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति
छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना
काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो । अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् । १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट… Continue reading छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना
कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ । तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो । अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत… Continue reading कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै
अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने
काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् । यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको… Continue reading अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने
काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ । तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ ।… Continue reading काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने
न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क… Continue reading नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने
काठमाडौंमा वर्षकै चिसो दिन मापन
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार अहिले देशका… Continue reading काठमाडौंमा वर्षकै चिसो दिन मापन
छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा
काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ । आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा
ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो
काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ । उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो । एन्फाले चारै जना खेलाडीको कारवाही… Continue reading ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो
सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा
काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा
समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा
काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो । सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए । उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री… Continue reading समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा
छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट
प्रभात भट्टराई/अमेरिका अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी… Continue reading छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट
तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय
काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो । साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् । अन्य तीनलाई २४ वर्ष… Continue reading पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय
अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो । बैठकमा… Continue reading अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
२१ किलो चरेश बरामद
काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो । चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्ला दिनमा अवैध… Continue reading २१ किलो चरेश बरामद
वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ । यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ । २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी… Continue reading वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का