जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा… Continue reading धनुषा विस्फोट : तीन जना पक्राउ
Category: समाचार
सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
नवलपरासी । पूर्वी नवलपरासीस्थित कावासोतीमा शनिबार राती भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । सेनाका जवान चढेको बस दूर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । बस सुर्खेतबाट काठमाडौं आइरहेको थियो । नेपाली सेनामा भर्ना भएका नयाँ जवानहरु तालिमका लागि काठमाडौं आउने क्रममा बस दूर्घटनामा परेको… Continue reading सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु
जनकपुर । धनुषामा भएको बम विस्फोटमा तीन जनाको ज्यान गएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा एक प्रहरी अधिकृतसहित तीन जनाको निधन भएको हो । घटनामा ती जना गम्भीर घाइते छन् । स्थानिय कुचाइ टोलस्थित राजेश साहको घर बाहिर राखिएको बम विस्फोट भएको थियो । विस्फोटमा राजेश साह र… Continue reading धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु
नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो । दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी… Continue reading नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना
काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।… Continue reading काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंसहित यस आसपासका जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.८ रेस्कटर स्केलको भूकम्प गएको हो । करीव ७ बजे काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो । १२ वैशाख २०७२ यता सयौं पराकम्पहरु गइसकेका छन् ।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत
विश्वन्युज संवाददाता काठमाडौं भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ । नेपालले… Continue reading लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत
पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ । मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ… Continue reading पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी
चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
काठमाडौं । हालै सम्पन्न उपनिर्वानबारे समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बिहीबार डाकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका बैठका बोलाइएको कांग्रेस सचिवालयले जानकारी दिएको छ । १४ मंसिरमा सम्पन्न उपनिर्वाचनका दौरान पार्टीका उमेदवारमाथि घात गर्नेहरुमाथि कारवाही हुने कांग्रेस सभापति शेरबहादुर देउवाले बताइएका छन् । उपनिर्वाचन र समसामयिक विषयमा छलफल… Continue reading चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज
७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
काठमाडौं । सरकारले विभिन्न ७ मुलुकमा काउन्सेलर र श्रम सहचारी नियुक्तीका प्रक्रिया थालेको छ । रिक्त काउन्सेलर र श्रम सहचारी पदमा इच्छुक कर्मचारीबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दसखास्त आह्वान गरेको हो । मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर मागेको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत… Continue reading ७ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त गर्दै सरकार
अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
काठमाडौं । भाइबर, इमोजस्ता सामाजिक सञ्जालबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ परेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकजस्ता सामाजिक संजालबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो । महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासीका ३७ वर्षिय विशेश्वर… Continue reading अनलाइनबाट नेपालीलाई ठग्ने गिरोह पक्राउ
किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन
न्यूयोर्क/अमेरिका युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग)ले एक कार्यक्रम आयोजना गरी बौद्ध दर्शनका गुरु खेन्पो साङगे राङज्युङ रिन्पोक्षे द्वारा महत्वपूर्ण अभिषेक र आगम प्रदान गराएको छ । किदुगको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा अभिषेक ग्रहण गर्न बौद्ध धर्मावलम्बीहरुको ठूलो घुँइचो लागेको थियो । नेपाली भाषामा व्याख्या सहितको अभिषेक, आगम र प्रवचन सुन्नका लागि बिहानैदेखि भक्तजनहरु जम्मा भएका… Continue reading किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन
एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो
काठमाडौं । सरकारी अधिकृतका लागि तयारी गरेका विद्यार्थीका लागि खुसीको खबर छ । लोक सेवा आयोगले एक हजार ९६ शाखा अधिकृत पदका लागि विज्ञापन मागेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाइएको छ । त्यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुने आयोगले… Continue reading एकैपटक ११ सय अधिकृतमा भर्ना खुल्यो
न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
डिसेम्बर ९, न्यू योर्क वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो । रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस… Continue reading न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
प्रधानमन्त्री पुनः अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । मंगलबार साँझ नियमित उपचारका सिलसिलामा प्रधानमन्त्रीलाई अस्पताल लगेको बालुवाटार स्रोतले जनाएको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । अपरेशन गरेको घाउमा इन्फेक्सनको आंशका चिकित्सकको रहेको छ । यसबाहेक फलोअप र मिर्गौलाको डायलासिसका लागि समेत अस्पताल लैजानु परेको… Continue reading प्रधानमन्त्री पुनः अस्पतालमा
१३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)
काठमाडौं । खासगरी नेपाली महिला खेलाडीहरु चम्किएको १३ औं सागको भब्य र सफल आयोजना गरी नेपालले ठूला इभेन्ट आयोजनामा आफूलाई अब्बल सावित गर्यो । साथै खेलकुदको विकास र स्तरोन्नतीमा समेत क्रमशः सुधारको संकेत यस पटक देखिएको छ । अनेक प्रतिकूलताका वावजुत नेपाल १३ औं सागमा पटक तालीकाको दोस्रो स्थानमा रह्यो । यसपटक नेपाललाई कीर्तिमानी संख्यामा… Continue reading १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)
आज काठमाडौंमा जोर नम्बरका मात्र सवारी
काठमाडौं । मंगलबार राजधानीमा जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने छ । सागको समापनका दिने हुने अधिक भिडभाड नियन्त्रण गर्न प्रहरीले उक्त प्रणाली लागू गर्न लागेको हो । मंगलबार दशरथ रंगशाला वरपरसमेत सवारी साधन लगेर जान पाइने छैन । यस क्षेत्रमा ट्राफिक व्यवस्थापन कठिन हुने भन्दै सवारी साधन निषेध गरिएको हो । साग समापनमा… Continue reading आज काठमाडौंमा जोर नम्बरका मात्र सवारी
आज सागको समापन, आगामी साग पाकिस्तानमा
काठमाडौं । अन्तिम समयमा भएको तीव्र तयारीका वावजुत नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरेको छ । सागको आज अन्तिम ५ विभिन्न इभेन्टका फाइनल खेलसँगै भब्य समापन समारोह आयोजना हुँदैछ । दशरथ रंगशालामा हुने समापन समारोहमा सहभागी हुने दर्शकलाई फूटबलको फाइनलबाटै प्रवेश गराइएको छ । आज दोब्बर मूल्य तिरेर मात्र सर्वसाधारणले टिकट पाएका… Continue reading आज सागको समापन, आगामी साग पाकिस्तानमा
बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ
काठमाडौं । नेपाली बालबालिका माथि यौन शोषणको आरोपमा अमेरिकी नागरिक ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाउँदै बालबालिका माथि बाल शोषण गरेको आरोप प्रहरको छ । नागरिक राहदानी नं. ५६७४७२५३५ बोकेका ४० वर्षीय ज्यासनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो । उनलाई सिनामंगलस्थित एक गेष्ट आउसबाट प्रहरीले पक्रिएको हो… Continue reading बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ
मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वन तथा वातावरण मन्त्री शक्ति बस्नेत स्पेन प्रस्थान गरेका छन् । उनी आइतबार राती त्रिभुवन विमानस्थलबाट स्पेनतर्फ लागेको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन लागेका हुन् । स्पेनको म्याड्रिडमा कोपको विशेष सभा शुरु भएको छ । बस्नेतले बुधबार सभालाई सम्बोधन… Continue reading मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने
चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
चितवन । चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्गमा शनिबार भएको अटो दूर्घटनामा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका… Continue reading चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
चितवन । चितवनमा शनिबार साँझ भएको अटो दूर्घटनामा पाँच जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका, ४ चेपाङ मार्गको भित्री सडकमा चौकी डाँडातर्फ गइरहेको अटो दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ । ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर पल्टीको हो । अटोमा ६ जना सवार रहेको र पाँचजनाको मृत्यु भएको प्रहरीले… Continue reading चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा
रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारवाही हुने बताएका छन् । पार्टीमा बसेर पार्टीकै मानिसलाई चुनाव हराउन भूमिका खेल्नेहरु माथि कारवाही गरिने चेतावनी उनले दिए । कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्न रुपन्देही पुगेका उनले आधिकारिक उम्मेदवारलाई सहयोग नगरी विद्रोही उम्मेदवार बनेका नेता र प्रस्तावक… Continue reading अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा
पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन । नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो । हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ… Continue reading पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
निजगढ विमानस्थल निर्माणमा सर्वोच्चको ब्रेक
काठमाडौं । सरकारको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी नबढाउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश गरेको छ । विमानस्थल आयोजनाको काम यथास्थितिमा राख्न सरकारका नाममा अदाललले शुक्रबार आदेश दिएको हो । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरकालीन आदेशमार्फत काम रोकिदिएको हो । अदालतले थप छलफलका लागि सरकार र मुद्दा… Continue reading निजगढ विमानस्थल निर्माणमा सर्वोच्चको ब्रेक
धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षमा धरहराको मुख्य संरचना तयार भइसक्ने दावि गरेको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोजना गरेको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् । धरहरा पुनर्निर्माण द्रुत गतिमा भएको भन्दै उनले एक वर्ष भित्र मुख्य संरचना पुनर्निर्माण भइसक्ने बताए । ‘धरहराको पुनर्निर्माण… Continue reading धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
बेलायतले नेपालमा पहिलो पटक पठायो महिला राजदूत
काठमाडौं । बेलायतले निकोला पोलिटलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । उनले बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छिन् । नेपाल र बेलायतबीच सम्बन्ध स्थापित भएको पछिल्लो २ सय वर्षमा बेलायतले पहिलो पटक नेपालमा महिला राजदूत पठाएको हो । राजदूत पोलिटले ट्वीट गर्दै बेलायतबाट पहिलो महिला राजदूतका रुपमा नेपाल आउँदा हर्षित… Continue reading बेलायतले नेपालमा पहिलो पटक पठायो महिला राजदूत
प्रचण्ड नेतृत्वमा नेकपाले गर्यो चूनावी समिक्षा
काठमाडौं । प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिकामा पहिलो पटक नेकपाको सचिवालय बैठक राखेका छन् । बुधबार बसेको बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समिक्षा गरेको छ । बैठकले परिणाम पार्टीको पक्षमा आएको निष्कर्ष निकाल्दै स्थानीय तहमा लिएका कतिपय नीति भने जनताले मन नपराएको प्रष्ट हुने नेकपाको निष्कर्ष रहेको छ । यसअघि नेकपाले जितेका एक प्रदेश सांसद… Continue reading प्रचण्ड नेतृत्वमा नेकपाले गर्यो चूनावी समिक्षा
प्रचण्डको नेतृत्वमा नेकपा सचिवालय बैठक
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सचिवालय बैठक बोलाएका छन्। कार्यकारी भूमिका पाएपछि पहिलो पटक उनले बैठक डाकेका हुन् । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ । बैठकमा समसामयीक विषयमा छलफल हुने बताइएको छ । एजेण्डा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालमा… Continue reading प्रचण्डको नेतृत्वमा नेकपा सचिवालय बैठक
बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न
बाग्लुङ । सागको सफलतामा रमाइरहेको देश मंगलबार एकाबिहानै गुल्मी र बाग्लुङबाट आएको भयानक दूर्घटनाको खबरले शोकाकुल हुन पुग्यो । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटनामा पर्दा घटनास्थलमै १४ जनाको निधन भयो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता… Continue reading बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न