Category: समाचार

  • थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

    थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार

    ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर रहेका छन् ।

    यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

  • काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा १५ हजार १५७ ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

    नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित छन्।

  • उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

    उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

    काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपन निवासी ४५ वर्षिय शंकर पन्तको मृत्यु भएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

    पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको हो । सोही बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार जारी छ । दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । उता, भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।

    प्रहरीका अनुसार मंगलबार बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा गम्भीर घाइते उनको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिएको थियो ।

    उक्त मोटरसाइकलमा सवार इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराज घाइते रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ ।

    चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने उल्लेख गरेको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले यो समाचारको खण्डन गरेको हो । दूतावासले चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको र दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख छ । नेपाल–चीन निकटका छिमेकी रहेको भन्दै दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान समेत गर्ने बताएको छ ।

  • वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ ।

    परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर भएका रामलखन जैसवाल विगत सात वर्षदेखि थुनामा थिए । उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन् ।

    तर, केन्द्रिय कारागारमा रहेकै अवस्थामा बिरामी परेका उनलाई वीर अस्पताल उपचारका लागि ल्याइएको थियो । अस्पताल ल्याउना साथ उनको ज्यान गएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ । तर, परिवारले भने यो हत्या हो भन्दै प्रशासनको दावि मान्न तयार छैनन् ।

    उता, वीर अस्पतालले मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएका विवादास्पद विषयप्रति आपत्ति प्रकट गरेको छ ।

    ‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको अस्पतालले जनाएको छ । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

    गर्मीका कारण ती व्यक्तिको शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालको भनाई छ ।
    ‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो नभएको अस्पतालले उल्लेख गरेको छ ।

    अस्पतालका अनुसार प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको छ । त्यसपछि शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको प्रति समेत अस्पतालले खण्डन गरेको छ ।

  • आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    काठमाडौं । सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ ।

    शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो ।

    सन् १९८३ मा पहिलो पटक बीना अक्सिजन सगरमाथा आरोहण गरेका उनले त्यसपछि १० पटकसम्म बीना अक्सिजन नै सगरमाथा चुचुरो टेकेका थिए । उनले अन्तिम पटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

  • काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

    काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

    काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे ।

    तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा सेन्टरमा समेत बस्न मानेनन् । त्यसपछि उनलाई अहिले शिक्षण अस्पतालमै लगिएको छ । केसीका सहयोगीका अनुसार केसीले ट्रमा सेन्टर नबस्ने अडान लिएपछि प्रशासनले शिक्षण अस्पताल लैजाने अनुमति दिएको हो ।

    उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । डा. केसीले सोही बेडबाट आमरण अनसन जारी राख्नेछन् । विभिन्न समसामयिक मागसहित चिकित्सा क्षेत्रमा व्यापक परिवर्तनको माग राख्दै डा. केसी १९ औं चरणको अनसनमा छन् ।

    डा. केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । उनीमाथि प्रहरीले गरेको दुव्र्यवहारको कांग्रेस नेता गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेता कार्यक्रताले आलोचना गरेका छन् ।

  • काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्।

    आज थपिएका सहित काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ

    यो सहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

    नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४८ हजार ६१ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १८ हजार १४२जना सक्रिय संक्रमित छन्।

  • नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

    नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम र मन्त्रीहरुको हेरफेरका विषयमा केन्द्रित हुने बताइएको छ । आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो।

    तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। बाँकी कार्यसूची भित्रका एजेण्डामाथि आजको बैठकमा छलफलको तयारी छ ।

    सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा मंगलबारको बैठमा टुंग्याउनेगरी छलफल समेत गरेका थिए।

  • राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

    राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

    काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो ।

    यसअघि हलो साविक राप्रपा संयुक्तको चुनाव चिन्ह रहेको थियो । कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको छ ।

    यससँगै अब हलोमा सहमति जुटेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान समेत राखेका थिए ।

    चुनाव चिह्नबारे औपचारिक निर्णय मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकबाट हुनेछ । उक्त बैठकमा एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि सहमति जुटेको छ । दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि राप्रापा निर्वाचन आयोग जाने भएको छ ।

  • काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ९० पुगेको छ।

  • नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४७ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

    नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् ।

    मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष रहेका छन् ।

    त्यस्तै चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय, झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

  • विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

    विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

    काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ ।

    सोमबार बिहान १० बजे ७२ वर्षको उमेरमा निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

    विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

  • फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

    फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

    काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए ।

    त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने सम्मका विकल्पमा आज छलफल भएको छ ।

    सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन पहिलो एजेन्डा बनेको नेताहरुले जनाएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भदौ २५ मा बसेको स्थायी कमिटीको निर्णयानुसार संघीय सरकारको मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको जानकारी दिए ।

    उनले भने, आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरबारे छलफल सुरु गरेको छ, तर कसलाई लैजाने, कसलाई हटाउने भन्‍ने बिषयमा छलफल भएन ।’

    उनका अनुसार मन्त्रिपरिषद् हेरफेरसहित चारवटा एजेण्डा छलफलका तयार गरिएको उनको भनाई छ । आइतबारको बैठकमा एजेन्डा तय भएको र सोमबार थप छलफल हुने उनले जानकारी दिए । सोमबार १ बजे पेरिस डाँडामै बैठक बस्दैछ ।

  • काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

    नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४६हजार २ सय ३३ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्।

  • महोत्तरीमा जीप र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

    महोत्तरीमा जीप र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

    बर्दिबास । महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको निधन भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

    बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षिय प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

  • पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

    गजुरी । पेट्रोलियम पदार्थ बोकेको एक ट्यांकर त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गस्थित धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। बिहान तीन बजे तिर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ ।

    दुर्घटनामा परेको ट्यांकरमा आगो लागेको छ । नदीको बीच भागमा पुगेको ट्यांकरमा आगो बलेको हो । ट्यांकरले कुन पदार्थ बोकेको थियो भन्ने चाँही खुलिसकेको छैन । ट्यांकर नम्बर र चालकको समेत अझै पत्ता लाग्न सकेको छैन ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।

    एकै दिन ११ जना कोरोना संक्रमितको सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।

    शनिवार ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष रहेका छन् ।

    मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

  • नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । एकैदिन १४४७ जना संक्रमणमुक्त भएका छन् । यो सहित ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

  • अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

    अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

    न्यूयोर्क

    अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् ।

    उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन पुग्यो । गिन्सबर्गलाई दुई बर्ष अघि आन्द्राको क्यान्सर देखिएको थियो । त्यसको सफल उपचार गरि क्यान्सर मुक्त भएको घोषणा गरेको डेढ बर्षमा फेरि उनलाई प्यांक्रियाजको देखियो । त्यसकै कारण परिवारका सदस्य माझ उनको मृत्यु भएको हो ।

    अमेरिकामा सर्बोच्च अदालतलाई शक्ति शन्तुलनका दृष्टिले अत्यन्त महत्वपुर्ण मानिन्छ । अहिलेसम्म सर्बोच्चमा पाँच रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका कन्जरभेटिभ र चार डेमोक्रेटिक राष्ट्रपतिले मनोनित गरेका लिबरल न्यायाधिश थिए । ह्वाइट हाउस र सिनेट दुबै रिपब्लिकनसँग रहेको कारण अब उनीहरुले गिन्सबर्गको ठाउँमा नयाँ न्यायाधिश नियुक्तीका लागि जोड गर्नेछन् । त्यसो भएमा कन्जरभेटिभ न्यायाधिशको संख्या ६ पुग्नेछ र यो बहुमत भत्काउन डेमोक्र्याटहरुलाई सहज हुनेछैन । त्यसैले चुनावको मुखमा नयाँ नियुक्ति रोक्न डेमोक्र्याटहरुले पनि भरपुर जोड गर्नेछन् । यसले चुनावी नतिजालाई समेत प्रभाव पार्न सक्छ ।

  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    काठमाडौं । नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।

  • काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र भक्तपुरमा १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।

  • नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

    नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४३ हजार ८ सय २० जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन्।

  • राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ

    राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ


    काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् ।

    उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

    राष्ट्रपति विद्या ण्डारीले गौतमलाई आज राष्ट्रियसभामा मनोनित गरेकी थिइन् । गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा मनोनीत गरेकी हुन् ।

  • कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन महिला र एक पुरुष गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिला रहेका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

  • काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए


    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५०७ ललितपुरका ६१ र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।