पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति लिएको आरोप लगाएका छन् । शनिबार उपनिर्वाचनका दौरान प्रचार प्रसारमा पोखरा पुगेका उनले चुनावी सभालाई सम्बोधनका क्रममा उक्त आरोप लगाएका हुन् । भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्ने भन्दै उनले… Continue reading ओलीकै सहमतिमा भारतले नयाँ नक्सा ल्याएको हो : देउवा
Category: समाचार
किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
काठमाडौं । महिलाकै मिलेमतोमा राजधानीमै एक किशोरीको बलत्कार प्रयास भएको छ । बलत्कार प्रयासको आरोपमा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ । कन्सल्टेन्सीमा जागिरको प्रलोभन देखाई अन्तर्वार्तामा बोलाएको र जबर्जस्ती करणी गर्न खोजेको भन्दै किशोरीले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिंनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै किशोरीमाथि जबर्जस्ती गर्न… Continue reading किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
चितवन मेडिकल कलेज होस्टेलमा हतियार
चितवन । प्रहरीले चितवन मेडिकल कलेजको होस्टेलबाट हतियार फेला पारेको छ । चितवन प्रहरीका अनुसार शनिबार दिउसो कलेजको होस्टेलमा गोलीसहितको हतियार भेटिएको हो । मेड इन युएसए लेखिएको हतियार होस्टेलमा फेला परेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । होस्टेललका गार्डले हतियार भएको जानकारी प्रहरीलाई गराएका थिए । प्रहरीले हतियार र गोलीसमेत… Continue reading चितवन मेडिकल कलेज होस्टेलमा हतियार
कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यविभाजनका सन्दर्भमा रहेका कन्फ्युजन हटेको भन्दै अब सरकार र पार्टी दुबैले रफ्तार लिने बताएका छन् । पार्टीलाई बलियो बनाउने र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच अब कुनै द्धिविधा नरहेको उनले स्पष्ट पारे । अब ओलीले सरकार र आफूले पार्टी… Continue reading कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड
एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता
काठमाडौं । बेलायती नागरिक जेम्स ग्रिफिन सगरमाथा क्षेत्रबाट हराएका छन् । ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अनुसार २ नोभेम्बरदेखि उनी वेपत्ता छन् । उनी २९ अक्टोवरमा नेपाल आएको रेकर्ड देखिएको टानले उल्लेख गरेको छ । ५३६५३८४५२ पासपोर्ट नम्बर बाहक उनी सगरमाथा आधार शिविरको पदयात्राका लागि नेपाल आएका थिए । टानले आफ्नो संगठन मातहतका सबै… Continue reading एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता
मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै
बिश्वन्युज संवाददाता काठमाडांैं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बाल्टीमोर आउने तयारीमा छन् । प्रधानमन्त्रीको उपचारका लागि अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले तयारी थालेका छन् । त्यसका लागि नेपालबाट चिकित्सकसहितको टोली अमेरिका आएर तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । चर्चा–परिचर्चा भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अहिलेसम्म औपचारिक रुपमा अमेरिकामा उपचार हुने… Continue reading मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै
प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?
काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठन निकै पेचिलो विषय थियो, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार लगाएका छन् । यद्दपी उनी विवाद मुक्त हुन सकेनन् । यसको स्पष्टिकरण नै उनले दिनुपर्यो । बिहीबार नवनियुक्त मन्त्रीसहित मन्त्री र सचिवहरुको पूर्ण बैठक बोलाएर प्रधानमन्त्रीले अरुलाई पनि पालो दिनु पर्ने भएकाले राम्रो काम गरेका मन्त्रीसमेत हट्नु परेको बताए । यसपटक… Continue reading प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?
जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै
काठमाडौं । नेपालमा पहिलो पटक सगरमाथा संवाद कार्यक्रम आयोजना हुने भएको छ । जलवायु परिवर्तन र यसले पारेको असरबारे संसारको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो पटक सगरमाथा संवाद गर्न लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार चैत तेस्रो साता अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने पक्का भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय… Continue reading जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै
नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ मन्त्रिहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी नयाँ मन्त्रिहरुलाई सपथ खुवाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराइन् । ३ जना राज्य मन्त्रीलाई भने प्रधानमन्त्रीले शपथ खुवाए । उक्त अवसरमा विशिष्ट व्यक्तिरु उपस्थित थिए… Continue reading नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण
घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी
काठमाडौं । नेकपा भित्र सिद्धान्ततः सबैभन्दा खरो रुपमा उत्रने नेताका रुपमा पहिचान बनाएका घनश्याम भुषाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बोलाएका छन् । उनी ओलीको आलोचक पनि मानिन्छन् । तर, ओलीले उनलाई कृषि तथा पशुपंक्षिजस्तो गहकिलो मन्त्रालय सुम्पिदिएर चलाखी गरेका छन् । हेर्दा लाग्छ, कृषि लो प्रोफाइलको मन्त्रालय हो । तर, देशको दुई तिहाई जनसंख्या… Continue reading घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी
गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले ८ जना नयाँ मन्त्री थपे भने बाँकि पुरानैलाई निरन्तरता दिए । यस क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समेत बाहिरिने मन्त्रीको सूचिमा परे । पछिल्लो समय केपी ओली सरकारले सबैभन्दा सफलता मानेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसियाको सिण्डिकेट… Continue reading गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना
आजदेखि राजपाको संयोजक राजेन्द्र महतो
काठमाडौं । चक्रिय प्रणालीमा नेतृत्व चलाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महोतोको काँधमा आएको छ । उनले बिहिबारबाटै अध्यक्ष मण्डलको जिम्मेवारी सम्हाल्दैछन् । यसअघि अध्यक्ष मण्डलको संयोजक महन्त ठाकुर थिए । राजपाका बुधबार बसेको केन्द्रिय बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी तोकेको हो । करीव आधा दर्जन दल सिमिएर एक बनेको… Continue reading आजदेखि राजपाको संयोजक राजेन्द्र महतो
मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । नेकपा सचिवालय बैठकबाट अनुमोदन भएका मन्त्रीहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष बुझाएका थिए । सोही नामलाई समेटेर राष्ट्रपतिबाट बुधबार मन्त्रिपरिषद्को पुनर्गठन भएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरीएको राष्ट्रपति… Continue reading मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)
मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा
काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो । किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु… Continue reading मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा
प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष प्रचण्ड बनेका छन् । नेकपाको बुधबार कसेको बैठकले प्रचण्डलाई कार्यकारी अधिकारीसहित अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रहने छन् । तर, उनको भूमिका कार्यकारी हुनै छैन । पार्टीको जिम्मेवारी प्रचण्डको काँधमा दिएसँगै नेकपाले सत्ताको बागडोर भने ५ वर्षसम्म नै केपी शर्मा ओलीलाई… Continue reading प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा
आज होला मन्त्रीपरिषद् पुनर्गठन ?
काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनले राजनीतिक माहौल तातेको एक महिना नाघिसक्यो । तर, यसले मुर्तरुप पाउन भने सकेको छैन । तर, मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम तयारी भने भइरहेको बताइएको छ । सम्भवतः बुधबार यसले मुर्तरुप पाउने संकेत नेताहरुले गरेका छन् । मंगलबार मन्त्रीपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत गरिसकेका छन्… Continue reading आज होला मन्त्रीपरिषद् पुनर्गठन ?
बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश
काठमाडौं । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढीमा केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको धक्का बझाङसहित सूदुर पश्चिम, कर्णाली र प्रदेश नं ५ का जिल्लासम्म गरिएको थियो । गुल्मी र अर्घाखाँचीमा समेत… Continue reading बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश
दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय
काठमाडौं । सर्वोच्च अदालतले दुई जना बलात्कारीलाई साढे ११ वर्षको जेल सुनाएको छ । साथै पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ । पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । बैतडीकी पूजा बोहोराको बलात्कार कसुर प्रमाणित भएपछि सागर भट्ट र अमरराज अवस्थीलाई उक्त कैद तथा नगद सजाय सुनाएको… Continue reading दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय
अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्यु ६ घाईते
क्यालिफोर्निया अमेरिकाको क्यालिफोर्नियामा फेरी मास सुटिङ्को दु:खद घटना घटेको छ । क्यालिफोर्नियास्थित एक प्राईभेट घर पछाडि करेसामा आयोजित पार्टिमा आईतबार साँझ गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । क्यालिफोर्नियाको दक्षिण पुर्बी शहर फ्रेस्नोस्थित घरको करेसामा ३५ जना एसियन मुलका मानिस भेला भएर पार्टी गर्दै फुटबल हेरिरहेका थिए… Continue reading अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्यु ६ घाईते
अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा
काठमाडौं । अन्तराष्ट्रिय उडानका जहाज चढ्न र ओर्लन प्रयोगमा आउने र्याम्प अब आन्तरिक विमानस्थलमा समेत जडान गरिएको छ । पहिलो पटक बुद्ध एयरले भैरहवाबाट यसको प्रयोग थालेको छ । यसअघि जहाजमै जडित सानो भर्यांगबाट यात्रु चढ्नु र ओर्लुनु परेको छ । त्यसको साटो र्याम्प प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ । भैरहवाबाट शुरु भएको यो सुविधा… Continue reading अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा
सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
काठमाडौं । भारतले सीमा मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरकारले आफ्नो धारणा सार्वजनिक गरेपनि प्रधानमन्त्रीले टिप्पणी गरेको पहिलो पटक हो । उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इन्च पनि भूभाग कसैले मिच्न नसक्ने उल्लेख गरे… Continue reading सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् । भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल… Continue reading सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
न्युयोर्क झन्डै तीन हप्ता लामो पारिवारिक र राजनैतिक भ्रमणका क्रममा अमेरिका आइपुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा साँसद प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट अधिनायकबादको उदय हुने पो हो कि ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै… Continue reading कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
काठमाडौं । रौतहटमा आलम आतंक शुरु भएको लामो समय भइसकेको थियो । मानिसहरुले आंग्रेस सांसद मोहम्मद आफताब आलमको ज्यादती सहेरै बसिरहेका थिए । तर, जब उनीविरुद्ध जाहेरी दर्ता भयो, त्यसपछि कानूनि कठधरामा उनी उभिए । तर, उनको त्रास भने जिल्लामा अझै उस्तै छ । शुक्रबार उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सरकारी पक्षका वकिल… Continue reading आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद
काठमाडौं । चार दिने नेपाल भ्रमणमा पुरा गरी बंगलादेशी राष्ट्रपति अब्दुल हमिद स्वदेश फर्किए । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिदाई गरिन् । भण्डारी राष्ट्रपतिको स्वागतका लागि समेत विमानस्थलमा पुगेकी थिइन् । मंगलबार काठमाडौं आएका उनले अन्तिम दिन चन्द्रागिरि र पाटन जाने कार्यक्तम रहेपनि स्वाथ्यमा खराबी आएपछि स्थगित गरे । उनको टोलीका अन्य सदस्य… Continue reading स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद
सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
काठमाडौं । स्टार खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटलले आगामी सिजनको आइपीएलका लागि समेत निरन्तरता दिएको छ । दिल्लीले आफ्नो टीमबाट यसपटक पनि सन्दीपलाई रिलिज गरेन । यससँगै उनी लगातार तेस्रो वर्ष दिल्लीबाटै आइपीएल खेल्ने भएका छन् । आइपीएल खेल्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । दिल्लीका भरपर्दा लेगस्पीनर सन्दीपले अहिले विश्वका सबैजसो लीगमा निक्र राम्रो… Continue reading सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश दीपक ढकालको इजलासले आलम आरोप अस्वीकार गरेपनि प्राप्त प्रमाणका आधारमा उनी निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको छ । कसुरको प्रकृति, गम्भीरता र बादीको साक्षी… Continue reading अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
काठमाडौं । विदेशमा नेपालीहरुको ज्यान जाने क्रम बढ्दो क्रममा रहेको छ । एक त असुरक्षित काम र अर्कोतर्फ जनसंख्यासमेत विदेशमा बढ्दै जाँदा मृत्यु भई नेपाल भित्राउने शवको संख्यासमेत बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म)मा विश्वका विभिन्न मुलुकमा १८४ जना नेपालीको निन भएको छ ।… Continue reading विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
तीन आमाछोरीको हत्या आरोपमा दुईजना पक्राउ
कास्की । गुल्मीमा दुई बालिकासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुल्मी, चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको शव फेला परेको थियो । उनीहरुको हत्या भएको प्रहरीको निष्र्का छ । प्रहरीले पोखराको हेम्जाबाट बाग्लुङ गाल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र त्यही ठाउँमा बस्ने माधव… Continue reading तीन आमाछोरीको हत्या आरोपमा दुईजना पक्राउ
चीनले भन्यो ‘हामीले नेपालको सीमा मिचेका छैनौं’
काठमाडौं । नेपाल र भारत सीमा विवाद चलिरहेका बेला चीनले यस विषयमा पहिलो प्रतिक्रिया सार्वजनिक गरेको छ । भारतले दुई साता अघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग पारिएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ । कहीकतै नेपालको भूभाग चीनले समेत मिचेको भन्दै समाचार सार्वजनिक हुन थालेपछि चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ती जारी… Continue reading चीनले भन्यो ‘हामीले नेपालको सीमा मिचेका छैनौं’