Category: समाचार

  • नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

    नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४२ हजार ९ सय ४९ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन्।

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन


    काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ ।

    जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो ।

    यसको लागि कार्यलयले कुन दिन कुन महानगरका व्यक्ति कामको लागि आउने एक हप्ते तालिका नै बनाएको छ।

    तालिकामा प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरेको छ ।

    जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । यस्तै कीर्तीपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका मानिसहरु सोमबार, बुधबार र शुक्रबार सेवा लिन सक्नेछन् ।

    त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् ।

    पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ । शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले केही सेवाहरु स्थगित गरेको छ ।

  • यो वर्षको मनसुन अझै केही दिन लम्बिने

    यो वर्षको मनसुन अझै केही दिन लम्बिने

    काठमाडौं । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन सकिन एकसाता बाँकी रहेपनि अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने छ ।

    मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्ने तर, अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले महाशाखाले जनाएको छ ।

    मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो ।

    मनसुन २ दिनमात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न अनुमान गरिएको छ ।

    महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

    यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

    प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    असोज १ गते (विहीबार)

    दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    असोज २ गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ , प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    असोज ३ गते (शनिबार)

    दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

    प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

  • लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

    लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

    काठमाडौं  । लकडाउनरनिषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन बिहीबारबाट सञ्चालनमा आएका छन् ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।

    सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

    चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

    यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ ।

  • ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

    ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

    तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    शवबाट नमूना निकाली कोरोना संक्रमण परीक्षण गर्ने काम नगर्न नगराउन भन्दै प्रवक्ता गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने पनि बताए ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ ।

    यसरी परीक्षण गर्दा मृत्यु भएका धेरै जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

    तर अब सरकारले मृत्यु भइसककोहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

  • थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

    थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला रहेका छन् ।

    त्यस्तै सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ।

    कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

  • काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६५२, ललितपुरका ६० र भक्तपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ।

    काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन्।

  • नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

    नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७ सय उपचारपछि निको भएका छन्।

    हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।

  • कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए ।

    तर, ज्वरो बढेपछि उनलाई बुधबार बिहान काठमाडौंको ओम अस्पताल भर्ना गरिएको छ । उनको आइसीयूमा उपचार जारी रहेको अस्पतालले जनाएको छ । ज्वरो कम हुन थालको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

  • नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

    नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

    काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ ।

    बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए । उपत्यकामा केही मानिस खुला चौरतर्फ लागेका थिए । सिन्धुपाल्चोकमा केन्द्र भएर गएको ठूलो भूकम्पले गरेको क्षतिको विवरण भने आइसकेको छैन ।

    २०७२ सालपछि पहिलो पटक नेपालमा ६ रेक्टर स्केलमाथिको भूकम्प गएको हो । यो भुकम्पलाई नयाँ भूकम्प मानिएको छ । बिहानको ठूलो भूकम्पपछि सिन्धुपाल्चोकमा ३ रेक्टर स्केलको अर्को धक्का समेत महसुस गरिएको केन्द्रले जनाएको छ । बाढी र पहिरोका कारण आक्रान्त सिन्धुपाल्चोकमा भूकम्पले फेरी त्रास थपिदिएको छ ।

  • नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन् ।

    काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ ।

    सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ।
    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत हो ।

  • काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए


    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

    काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

    नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्।

    हाल देशभर १५ हजार ७८९ जना सक्रिय संक्रमित छन्।

  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

    अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

    काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ ।

    वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कुल कोरोना संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४० लाख २७ हजार ८२६ जनाले यो रोगलाई जित्न सफल भएका छन् ।

    २५ लाख ‍२२ हजार ४६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये अझै १४ हजार १०४ जना भने गम्भीर अवस्थामा छन् । उता, विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।


    पछिल्लो २४ घण्टामा कुल २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संसारभर एकै दिन ४ हजार ३५२ जनाको मृत्यु भएको छ । विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ । कोरोनालाई जित्नेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ रहेको छ ।

  • अन्ततः बामदेव गौतम बन्ने भए सांसद

    अन्ततः बामदेव गौतम बन्ने भए सांसद

    काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो ।

    उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

  • डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

    डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

    जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रहमा छन् ।

    आफुलाई जुम्लामा हिँडडुल गर्नदेखि उपचार गर्न जान समेत बारम्बार अवरोध हुँदै आएको गुनासो समेत उनले गरेका छन् । केसी केही समययता जुम्लाका ग्रामिण भेगमा औषधोपचार गर्दै हिँडेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रम राख्न माग गरेका छन् ।

    गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्नु पर्ने समेत उनको माग छ । प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि उनले आफ्नो मागमा समेटेका छन् ।

    उनले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने समेत माग गरेका छन् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था हुनुपर्ने उनी बताउँछन् । २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको माग समेत डा. केसीले दोहोर्याएका छन् ।

    उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग गरेका छन् । डा. केसीले राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानवि गरी कानुन बमोजिम कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

  • एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

    एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ४० र ७० वर्षीय पुरुष, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

    यो नै हालसम्म मुत्यु भएको उच्च संख्या हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

  • काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

    काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

    नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३९ हजार ५७६ उपचारपछि निको भएका छन्।

    हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्।

  • नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

    नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।

    उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

    कोरोना देखिएसँगै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

    दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

  • काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

    काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई जित्न सफल भएका छन् । उनको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको छ । उनको शनिवार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनमा १५ भदौमा कोरोना देखिएको थियो । त्यसपछि उनी सोल्टी होटलका भीआइपी आइसोलेसनमा बसेका थिए ।

    श्रीमती बिरामी भएपछि जचाउन ग्राण्डी अस्पतालमा जाँदा आफुले पनि स्वाव दिएका उनमा कोरोना देखिए पनि श्रीमतीमा भने देखिएन । उनीमाथि काठमाडौंमा आइसुलेन वार्ड र क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेको आरोप छ । सोहीकारण काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुमा संक्रमण देखियो भने निकै समस्या हुने गरेको छ ।

  • चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

    चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

    भरतपुर । आज चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । यससँगै चितवन जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । यसमध्ये १७ जना चितवनकै हुन भने १० जना भन्ने अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी हुन् ।

    चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो । उनी पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा हुन् । अस्पतालका अनुसार आइतबार राति उनको मृत्यु भएको हो । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि १५ भदौमा अस्पताल भर्ना भएकी हुन् ।

    त्यसपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा चितवनकै १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जना संक्रमितको निधन भएको हो ।

  • सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

    सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

    बाह्रबिसे । सिन्धुपाल्चोकमा शनिबार दोहोरिएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । रातमा गएको पहिरोमा परेर हराइरहेकाको खोजी शनिबार दिउँसो जारी रह्यो । यस क्रममा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेको पाइएको छ ।

    गत राती आएको पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका हुन् । शनिबार शव भेटिनेमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेको प्रहरीले जनाएको छ ।

    साथै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको समेत फेला परेको छ । आज स्थानीय र सुरक्षाकर्मीले दिनभर खोजी जारी राखेका थिए । यो वर्ष पहिरोले सिन्धुपाल्चोक जिल्लामा ठूलो मानवीय क्षति निम्तिाएको छ ।

  • काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए


    काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

    काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्। काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्।

  • थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ६ जना पुरुषसहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंमा ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष रहेका छन् ।

    मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। पालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

  • सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

    सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

    काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने छन् ।

    सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो। भदौ १४ गतेदेखि नयाँ शुल्क लागू गरिएको थियो।

  • नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

    नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

    काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १सय १६५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६ सय ७२ उपचारपछि निको भएका छन्। हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित छन्।

  • यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता

    यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता


    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् ।

    स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ।

    पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठको शव भेटिएको छ ।

    भिरखर्कबाट सुरु भएको पहिरो नागपुजे छिचोलेर भोटेकोसीमा खसेको थियो । उक्त क्षेत्रमा श्रेष्ठ, शेर्पा र बिकहरुको बाक्लो बस्ती रहेको थियो। घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्।

    साउनयता सिन्धुपाल्चोकका पटकपटक विपत्तिका घटना भएका छन् । गत साउन ३० गते जुगल गाउँपालिका २, लिदीमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै बेपत्ता छन् ।

  • सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

    सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

    बाह्रबिसे । सिन्धुपाल्चोकमा पुनः विनासकारी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्क भन्ने स्थानमा गएराति गएको पहिरोमा परी कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । अन्य २२ जना मानिस बेपत्ता रहेको प्रहरीको अनुमान छ । यद्दपी यकिन विवरण आउन बाँकि रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा कम्तिमा ७ वटा घर पुरिएको खबर आएको छ । यहाँ १ जनाको शव फेला परेको छ । १६ जना बेपत्ता छन्। यो स्थानमा ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको हो । भीरखर्कमा २ घर वटा पुरिएको अनुमान छ । यहाँ २२ वर्षीया जुनु विकको शव भेटिएको छ। यो स्थानमा ६ जना बेपत्ता भएका छन् ।

    आज बिहान पहिरोका खबर आएसँगै सभामुख अग्नी प्रसाद सापकोटा गृह जिल्लातर्फ लागेका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका छन् । सिन्धुपाल्चोक जिल्लामा मात्र यो वर्ष ठूलो मानवीय क्षति पहिरोकै कारण भइसकेको छ ।

  • नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

    नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

    काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ ।

    तर ठूला शहर भने अझै पनि जोखिममा छन् । पछिल्लो २४ घण्टामा देशभर देखिएको भाइरसको ग्राफले समेत त्यही बताउँछ । देशभर २४ घण्टामा कुल १२०१ जनाका कोरोना देखियो । त्यसमध्ये ३ सय ७७ जना काठमाडौैं जिल्लामा मात्र छन् ।

    तथ्यांक अनुसार आज मकवानपुरमा समेत तेस्रो अंकमा संक्रमित देखिए । यहाँ १ सय ७ जनामा कोरोना पुष्टी भएको छ । चितवनमा मात्र ९२ जनामा कोरोना देखियो । यहाँ भरतपुर महानगरपालिकामा बढी संक्रमण देखिएको छ । रुपन्देही, नवलपरासी पूर्व र कास्की जिल्ला समेत आज बढी संक्रमित देखिने जिल्ला हुन् ।

    यी तीन जिल्लामा क्रमशः ८१, ५१ र ३७ जनामा कोरोना देखियो । रुपन्देहीको बुटवल तथा कास्कीको पोखरा समेत कोरोना भाइरसको जोखिममा छन् । आज ललितपुरमा ३७ जनामा देखिँदा मोरंगमा मात्र ५८ जनामा कोरोना देखियो । यहाँ विराटनगरमा बढी संक्रमित रहेका छन् । केही अगाडी निकै जोखिम बढेको बारा र पर्सामा भने क्रमशः संक्रमणको दर कम भएको छ । आज यी दुई जिल्लामा क्रमशः १५ र १० जनामा मात्र कोरोना देखिएको छ ।

    बाँकेमा ३२ जनामा कोरोना पुष्टी भएको छ । यहाँ नेपालगन्जमा बढी जोखिम रहेको छ । अन्य जिल्लामा भने तुलनात्मक रुपमा कम मात्र संक्रमण देखिएको छ । अहिले सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, हुम्ला, मुगु र डोल्पा कोरोनाबाट मुक्त भइसकेका छन् ।

    अधिक जोखिम भएका जिल्ला भने काठमाडौं, चितवन, ललितपुर, सुनसरी, सर्लाही र रुपन्देही हुन् । यी जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।