कर्मचारी बढुवाको आधार प्रदेश र स्थानीयमा सेवा

काठमाडौं । अब सरकारी कर्मचारीका लागि बढुवाको एक आधार स्थानीय तह वा प्रदेश तहमा कम गरेको समेत हुनु पर्ने भएको छ । तल्लो सरकारमा काम नगर्ने निजामती कर्मचारीका लागि बढुवा नै नहुने प्रावधान समेटेर सरकारले कानून बनाइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवासबन्धी विधेयकको मस्यौदा अहिले छलफलका लागि… Continue reading कर्मचारी बढुवाको आधार प्रदेश र स्थानीयमा सेवा

स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज

काठमाडौं । स्थानीय तहमा रिक्त पदमा पदाधिकारीको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने भएको छ । १४ मंसिरमा हुने निर्वाचनका लागि आजबाट स्थानीय तहको प्रक्रिया शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको मनोनयन भने टुंगिसकेको… Continue reading स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज

मन्त्रीपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण लगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेताको बीचमा मन्त्रीपरिषद् पुनर्गठनको सहमति भइसकेको छ । सोही अनुसार केही मन्त्रीहरु बाहिरिदै छन् भने नेकपामा प्रभावशाली मानिने नेता सरकारमा सहभागी हुँदैछन्… Continue reading मन्त्रीपरिषद् पुनर्गठनको तयारी

राष्ट्रियता प्राथमिकतामा भन्दै केसीले तोडे अनसन

डडेलधुरा । डडेलधुरामा पुगेर अनसन थालेका डा. गोविन्द केसीले ९ औं दिनमा अनसन तोडेका छन् । मंगलबार उनले अनसन ताड्ने फैसला गरेका हुन् । यद्दपी उनी र राज्यबीचमा भने कुनै संवाद भएन् । चिकित्सा क्षेत्र सुधार र विगतका सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेका केसी सीमा विवादका कारण अहिले राष्ट्रियता प्राथमिक विषय भएको भन्दै अनसन… Continue reading राष्ट्रियता प्राथमिकतामा भन्दै केसीले तोडे अनसन

नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारती विरोधी धारणा बढिरहेको सन्दर्भमा भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छन् । उनले अघिल्लो शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटसँग भेटवार्ता गरेका हुन् । नेपाल र भारतबीच कालापानीको सीमा क्षेत्रमा लामो समयदेखि विवाद छ । पछिल्लो समय भने नक्सा सार्वजनिक भएपछि यो… Continue reading नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल

‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका ‘हामी नेपाली ग्लोबल’ ले शान्ती पदयात्रा गर्दै अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । एक वर्ष अघि सबै जाती बर्ग क्षेत्र र राजनीतिबाट माथि उठ्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाको न्यूयोर्कमा औपचारिक उद्घाटन भएको थियो । स्थापनाको प्रथम बार्षिक उत्सबका अवसरमा आगामी नोभेम्बर २३ मा ज्याक्सन हाइटको ड्राइभरसिटि प्लाजाबाट शान्ती पद यात्रा गर्ने… Continue reading ‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

आलमको बहस जारी, पक्षधर वकिलले बहस थाले

रौतहट । बम विष्फोटबाट घाइते भएका मानिसलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद आफताव आलमको मुद्दाको वहस अझै जारी रहेको छ । सोमबारदेखि आलमको पक्षधर वलिकले बहस थालेको जिल्ला अदालत रौतहटले जनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्षमा बहस शुरु भएको छ । आलमको पक्षबाट वरिष्ठ… Continue reading आलमको बहस जारी, पक्षधर वकिलले बहस थाले

नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल

काठमाडौं । प्रतिनिधिसभाका दुई समितिले सोमबार नेपाल र भारतको सीमा विवादका सम्बन्धमा छलफल गरेका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाएको थियो । तर, उनी समितिमा पुगेनन् । उनको स्थानमा भूमिव्यवस्था मन्त्री पदमा अर्याल उपस्थित भएर सांसदहरुको जिज्ञासा मेटाउने प्रयास गरिन् । सोमबार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस विषयमा… Continue reading नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल

उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा निर्धारित उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको छ । यसै सिलसिलामा आइतबार सबै दलका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनरसार अन्तिम नामावली प्रशासन गर्नु अगाडी कुनै उम्मेदवारले नाम फिर्ता लिने भए त्यसका लागि… Continue reading उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन

आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने… Continue reading आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा समान धारणा बनाउन सर्वपक्षिय बैठक राखेका छन् । बालुवाटारमा सम्पन्न बैठकमा नेताहरुले यस विषयमा समान धारणा बनाउने प्रयास गरेका छन् । नेताहरुले कालापानी नेपालको भूभाग हो भन्नेमा विवाद नरहेको भन्दै कूटनीतिक तवरबाट समस्या सुल्भाउन सरकारलाई सुझाव दिएका छन् । यसका लागि… Continue reading बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो

टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव

काठमाडौं । टुँडिखेललाई रज्यकै निकायले अतिक्रमण गरेको भन्दै शनिबारबाट दवावमुलक कार्यक्रम शुरु भएको छ । अतिक्रमण हटाई टुँडिखेलको पुरानै स्वरुप कायम गर्न माग गर्दै शनिबारबाट नागरिक अभियन्ताको सक्रियतामा ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भयो । यस अभियानमा खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लोले घेरिएको छ । यस अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ दिएका छन् । कांग्रेस नेता… Continue reading टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव

आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने

काठमाडौं । अतिक्रमणका कारण खुम्चिएको खुलामञ्च खाली गराई सरंक्षणमा दवाव सिर्जना गर्न अभियान शुरु हुँदैछ । अकुपाई टुँडिखेल नामक उक्त अभियान शनिबारबाट शुरु हुन लागेको छ । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई खाली गरी खुला क्षेत्रका रुपमा संरक्षण गर्न दवाव सिर्जना गर्ने उद्देश्यले यो अभियान प्रारम्भ भएको हो । नागरिक अभियानकर्मीले यो अभियानको नेतृत्व गरेका… Continue reading आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने

डा. केसीलाई जिल्ला अस्पताल लगियो

डडेलधुरा । अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारिएको छ । स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएपछि उनलाई शुक्रबार अनसनस्थलबाट अस्पतालमा सारिएको हो । उनी जिल्ला अस्पताल नजिकै रहेको एक घरमा अनसन बसेका थिए । उनी बसेको घरमा निजी क्लिनिक रहेको छ । नेपालको चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गर्दै उनी १७ औं पटकको अनसनमा बसेका छन्… Continue reading डा. केसीलाई जिल्ला अस्पताल लगियो

प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

काठमाडौं । १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटका लागि मैदानमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको छ । अष्ट्रलियाको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी० विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले हारेको हो । शुक्रबार अन्तिम दिनको खेलमा ३ सय ९३ रनको रक्ष्य पाएको नेपाल १८४ रनमै अलआउट भएपछि एमसीसीले सहज जीत निकालेको हो । सामान्यतया क्रिजमा टिकेर… Continue reading प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । भारतले आफ्नो नक्सामा पारेको क्षेत्र लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने भएको छ । विवादपछि उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक डाकेका छन् । बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको छ । अघिल्लो शनिबार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रका भूभाग भारतीय नक्सामा पारिएको… Continue reading लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

काठमाडौं । एटीएम प्रणाली ह्याक गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका ६ चिनियाँ नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । नेपालका ७ वटा बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै भदौमा उनीहरु समातिएका थिए । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । चेन विक विन,… Continue reading एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

न्यूयोर्क/अमेरिका बिरामी, अशक्त, गर्भवती महिला तथा सुत्केरीलाई स्वास्थ्य चौकी तथा अस्पताल लैजान सहज होस भन्ने उदेश्यले बलेवा समाज अमेरिकाले ३० वटा स्टेचर बितरण गरेको छ । बाग्लुङ जिल्लाको पैयुँपाटा, अमलाचौर र नारायणस्थान गरी ३ गाबिसमा ३० वटा स्टेचर बितरण गरिएको हो । जिल्लाका दुर्गम गाउँमा अझै मोटर बाटो पुगेको छैन । मोटर बाटो नपुगेका गाउँका… Continue reading बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

आलमको बयान सकियो, थुनछेक बहस शुरु

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी सांसद मोहमद अफताब आलम माथिको थुनछेक बहस बिहीबारबाट शुरु भएको छ । उनको बयान सम्पन्न भएसँगै बहस प्रारम्भ भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो । यो बहस सकिएपछि अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राखेर… Continue reading आलमको बयान सकियो, थुनछेक बहस शुरु

नक्सा विवादमा भारतको स्पष्टिकरण के आयो ?

काठमाडौं । गत शनिबार भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको नेपालमा व्यापक विरोध शुरु भएपछि भारतले इन्कारी प्रतिक्रिया दिएको छ । भारतीय नक्सा विवादबारे बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको प्रतिक्रिया दिएका छन् । नयाँ नक्साले नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारत सरकारको धारणा… Continue reading नक्सा विवादमा भारतको स्पष्टिकरण के आयो ?

अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्कालका लागि महानगरभित्र नयाँ विद्यालय सञ्चालनको अनुमति नदिने निर्णय गरेको छ । अहिले चलिरहेका विद्यालयको संख्या नै अधिक रहेको र शिक्षाको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको भन्दै महानगरले तत्काल नयाँ विद्यालय स्थापना तथा संचालनको अनुमति नदिने निर्णय गरेको हो । अहिले काठमाडौंमा औसतः विद्यार्थी संख्याको आधारमा विद्यालय संख्या धेरै छन् ।… Continue reading अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने

उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

काठमाडौं । आगामी १४ मंसिरका लागि तोकिएको उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । त्यस दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । स्थानीय तहमा हुने उपनिर्वाचनको मनोनयन दर्ता २७ कात्तिकका लागि राखिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार १० बजेबाट १ बजेसम्म मनोनयन दर्ता गरिसक्न पर्ने भएको छ । मनोनयन… Continue reading उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि उमेदरवारको टुंगो लगाएको छ । १४ मसिरमा उपनिर्वाचन हुँदैछ । कास्की, बाग्लुङ, दाङ,र भक्तपुरका विभिन्न प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लागेको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लागि उम्मेदवार तोकेको हो । कांग्रेसको… Continue reading कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

काठमाडौँ । भारतले पश्चिम नेपालका भूभाग आफ्नो क्षेत्रमा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिकृया स्वरुप नेपाल सरकारले विज्ञप्ति प्रकाशित गरेको छ । भारतले ५० बर्ष देखि मिच्न कोशिस गर्दै आएको भूभाग अन्नतः आफ्नो क्षेत्रफलमा समेटेर केही दिन अघि नयाँ नक्सा जारी गरेको थियो । पश्चिम नेपालका विवादिद क्षेत्रहरु लिपुलेक र कालापानी भारतले एकपक्षिय रुपले आफ्नो… Continue reading भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी कांग्रेस सांसद अफताव आलममाथिको बयान बुधबारसमेत जारी रह्यो । बुधबार सम्पन्न नभएको बयान बिहीबारसम्म चल्नेछ । बुधबार उनलाई दुई दर्जन प्रश्न सोधिएको छ । बिहान १० बजेदेखि जिल्ला अदालत रौतहतमा बयान शुरु भएको थियो । न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई प्रश्न सोधिएको थियो । प्रश्नको जवाफमा भने आलमले… Continue reading आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

न्युयोर्क आतङ्कवाद संवन्धि संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ। प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को… Continue reading अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

आलमको थुनछेक बयान जारी

रौटहत । इटाभट्टीमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा पक्राउ कांग्रेस सासंद महम्मद अफताब आलमको बयान मंगलबारबाट शुरु भएको छ । मंगलबार बयान नसकिएका कारण बुधबार निरन्तर जारी रहने भएको छ । रौतहट जिल्ला अदालतमा मंगलबार १ बजेबाट बयान सुरू भएको थियो । बयान कार्यालय समयमा मात्र लिने गरिन्छ । बुधबार बिहान १० बजेबाट पुनः बयान… Continue reading आलमको थुनछेक बयान जारी

भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो । भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको… Continue reading भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

सुरुङमा फसेका मझदुर मृत फेला

बझाङ । बझाङको कालङ्गागाड जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङमा फसेका चार जना मजदुर मृत फेला परेका छन् । आइतबार अपरान्ह ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरुसम्म सोमबार दिउँसो मात्र प्रहरी पुग्न सफल भएको थियो । त्यतिन्जेल निसास्सीएर उनीहरुको निधन भइसकेको प्रहरीले जानकारी दिएको छ । थुनिएको २४ घण्टापछि मजदुरहरुको शब सोमबार दिउँसो ३ बजे निकालिएको हो ।… Continue reading सुरुङमा फसेका मझदुर मृत फेला

नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ । यस पटक दुई… Continue reading नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?