Category: समाचार

  • भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

    भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

    भक्तपुर । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित घरमा एउटै परिवारका तीन जनाको शव फेला पर्यो । शव सड्न लागेको अवस्थामा फेला परेका कारण केही दिन अगाडी नै उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले शुक्रबार साँझबाटै अनुसन्धान तिब्र बनाएको थियो ।

    यो घटनामा बाहिरी मानिसको संलग्नता भन्दा बढी पारिवारिक किचलो, मानसिक तनाव र त्यसले उत्पन्न आपराधिक सोँच मूख्य कारण रहेको निष्कर्षतर्फ प्रहरी अनुसन्धान अगाडी बढेको छ । यद्दपी प्रहरीले यसबारे औपचारिक जानकारी भने गराइसकेको छैन । यहाँ घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्तको मृत शरीर फेला परेको हो ।

    घरमा पालिएको कुकुरसमेत मरेको छ । प्रहरीका अनुसार श्रीमती र छोराको टाउकोमा गहिरो चोट देखिएको छ । उनीहरुको शवमाथि कपडा ओडाइएको थियो । श्रीमती र छोरोको शव गन्हाउन थालेको थियो भने श्रीमानको शव ताजै रहेको प्रहरीको भनाई छ । उनको शव भान्सामा भेटिएको हो । भान्सामा उनले वान्ता गरेको पाइएको छ ।

    खाद्य पदार्थमा कुनै विषालु वस्तु मिसाएर आफुले त्यही खाई आत्महत्या गरेको अनुमान पहरीले गरेको छ । प्रहरीका अनुसार उनीहरुको घरको तल एउटा किराना पसल रहेको छ । प्रहरीले काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटबाट फरेन्सिक टोली बोलाएर अनुसन्धान थालेको छ ।

    घरमा ढोका खुलै रहेको अवस्थामा शुक्रबार दिउँसो मृतकका भाई घर पुग्दा परिवारका सदस्यलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार सुदीप आर्थिक तनावमा रहेको देखिएको छ । घर बैंकले लिलामीमा राखेको र आफु बेरोजगार समेत भएका कारण उनी तनावमा रहेको बुझिएको छ । हालै उनले ससुरालीबाट २ लाख ऋण समेत लिएको बुझिएको छ ।

  • पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

    पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

    पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो ।

    सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ भर्ना गरिएको थियो। अब गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या २३ पुगेको अस्पतालले जनाएको छ ।

  • बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

    बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

    दैलेख । हिन्दु धर्मावलम्बीले गाईलाई भगवान मान्छन् । उनको छोरा गोरु माथि पनि उत्तिकै श्रद्धा र आस्था गरिन्छ । सोहीकारण गाई र गोरुमाथि चोट पुर्याउनु कानूनतः वर्जित रहेको छ । तर, दैलेखमा बारीमा बाँधिराखेका दुई गोरुमाथि क्रुर व्यवहार भएको छ । बारीमा बाँधेका गोरुको खुटटा छिनालिएको छ भने शरीरभर चोटैचोट पारी विक्षिप्त बनाइएको छ ।

    यो घटना दैलेख, भैरवी गाउँपालिका–२ रावतकोटका कमल थापाले पालेका गोरुमाथि भएको हो । उनका अनुसार गर्मी महिना भएको र मलको समेत प्रयोजनका लागि गोरु खुला स्थानमै बाध्ने गरिन्छ । बिहीबार तल्लो गरामा बाँधेका गोरू माथिल्लो गरामा सार्न जाँदा गोरुमाथि अत्यन्तै अकल्पनिय क्रुरता प्रदर्शन भएको हो ।

    उनका अनुसार दुबै गोरुको शरीरभर चोटैटचोट पारिएको छ । दुइ वटै गोरूलाई निर्मम तरिकाले काटिएको छ । थापाले प्रहरीलाई बताएअनुसार एउटा गोरूको दुइटै खुट्टा छिनाइएको छ । मुखमा समेत धारिलो हतियारले छियाछिया पारिएको छ ।

    अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ । मुख र जुरोमा समेत गहिरो चोट हुने गरी हतियारले हानिएको छ । किलोमा बाँधेर राखिएका निर्दोष पशुमाथिको यो हदको व्यवहारले भने यहाँ सबैलाई विक्षिप्त पारेको छ । प्रहरीका अनुसार यो घटनामा संलग्न रहेको आंशकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।


    पक्राउ पर्नेमा थापाका छिमेकी राजु विष्ट र भीमबहादुर विष्ट छन्। नेपालमा कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्‍याउने नियतले काम गर्न र गराउन पाउँदैन । यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

  • रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

    रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

    बुटवल । कोरोना भाइरसको संक्रमणबाट धनुषा र रुपन्देहीमा थप एक\एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी भदौ १९ मा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

    उनमा भदौ २२ मा पीसीआर परीक्षणबाट कोरोना पुष्टी भएको थियो । उनको शुक्रबार मृत्यु भएको हो । उता, रुपन्देहीमा पनि थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गतरात मृत्यु भएको हो ।

    उनमा भदौ १४ मा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो । उनको पनि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । रुपन्देहीमा मात्र १७ जनाको मृत्यु भइसकेको छ ।

  • भक्तपुरमा एकै घरका तीन जना मृत फेला

    भक्तपुरमा एकै घरका तीन जना मृत फेला

    भक्तपुर । भक्तपुरमा एकै घरका तीन जना सदस्य मृत फेला परेका छन् । उनीहरुको घरमा पालेको एउटा कुकुर समेत मृत अवस्थामा फेला परेका कारण यो घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार अहिले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।

    प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको छ । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत अवस्थामा फेला परेको हो । उनीहरुको शव गन्हाउने अवस्थामा पुगिसकेका कारण केही समय अगाडी नै मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले हत्याको आशंकासति प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

  • परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    काठमाडौं । असारको पहिलो सातादेखि सुरु भएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ ।

    आन्तरिक विवादको कारण पटक पटक रोकिँदै आएको वैठक साढे दुई महिनापछि टुंगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाको आन्तरिक विवाद सुरु भएको थियो ।

    शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । वैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्घटनाबाट बचाउन सफल भएको र पार्टी कमजोर बनाउन खोज्ने देशी विदेश शक्तीलाई विफल बनाउन सफल भएको बताए ।

    वैठकमा अध्यक्षको कार्यविभाजनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ ।

    सरकार पार्टीको मार्गनिर्देशनमा सञ्‍चालन हुने र दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णयहरु लिँदा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर निर्णय गर्ने निर्णय भएको छ ।

    यसरी राष्ट्रिय महत्वका निर्णयहरुमा सचिवालय र दुई अध्यक्षको परामर्शमा सरकारले निर्णय लिनेसमेत निर्णय भएको छ ।

    त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘

    एमसीसी केही संशोधन गरेर अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘ वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले दिएको सुझावका आधारमा कुन(कुन कुरा संशोधन गर्ने भन्ने निर्क्यौंल हुन्छ।’

    यसअघि एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि त्यसबारे अध्ययन गरेर सुझाव दिन नेकपाले खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले केही बुँदा संशोधन गरेरमात्रै एमसीसी पारित गर्न नेतृत्वलाई सुझाव दिएको थियो। अब कार्यदलको त्यही सुझावका आधारमा एमसीसी परिमार्जनसहित अनुमोदन गरिने छ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

    काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ।

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

    काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

    नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ९ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६ सय ७२ उपचारपछि निको भएका छन्।

    हाल देशभर १४ हजार ९२५ जना सक्रिय संक्रमित छन्।

  • आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

    आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

    काठमाडौं । असहमतिलाई टुंग्याउँदै आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बस्ने भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको बैठक अन्तिम समय साउन १३ गतेदेखि स्थगित भइरहेको छ । उक्त दिन स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक अवरुद्ध भएको थियो ।

    प्रधानमन्त्रीले त्यसपछि बैठक बस्ने वातावरण सिर्जना नै हुन दिएनन् । त्यसपछि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले केपी शर्मा ओलीले एक कार्यदल गठन गरी सहमतिको खोजी थालेका थिए । सोहीअनुसार भएको सहमतिलाई अनुमोदन गर्न आज स्थायी कमिटि बैठक बस्न लागेको हो ।

    आज कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल हुने एजेण्डा राखिएको छ । बैठक बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुनेछ ।

  • नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

    नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

    काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको हो । नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या पनि उत्तिकै रहेको छ । पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

    अब नेपालमा निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। अहिले देशभर निको हुनेको प्रतिशत ७१ रहेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या अब १४ हजार ४४८ मात्र रहेको छ। पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण निधन भएको छ । यससँगै नेपालका कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३१७ पुगेको हो ।

    अझै २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार मन्त्रालयको तथ्यांक रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म देशभर ८ लाख १० हजार पिसिआर परीक्षण भइसकेको छ ।

  • तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

    तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाई समितिबाट तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो ।

    अनुमोदन भएसँगै अब उनीहरु राष्ट्रपतिबाट नियुक्ति पाउन योग्य भएका छन् । आजको बैठकले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

    सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेका भन्दै विशेष ध्यानाकर्षण गराएको जानकारी दिए ।

    बिहीबार सुनुवाई समितिमा प्रस्तावित राजदूतमाथि परेका विभिन्न उजुरीबारे सवालजवाफ भएको थियो । उनीहरुमाथि कुल ५ वटा उजुरी परेको बताइएको छ । त्यसमध्ये एक बेल्जियमाका लागि सिफारिस भएका राजभण्डारीविरुद्ध थियो । अन्य भने किटानीविनाका थिए ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

    काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १७ पुगेको छ।

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौं का ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो सहित काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

    नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन्।

    हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन्।

  • नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

    नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद अन्ततः टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी स्थायी कमिटीको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत सहमति भएसँगै पार्टी भित्रको विवाद तत्कालका लागि टुंगिएको हो ।

    बुधबार दुई नेताबीचको छलफलमा यस विषयमा सहमति भएको हो । बालुवाटारमा करिब २ घण्टा दुई अध्यक्षबीच छलफल भएको थियो । यसअघि अघिल्लो बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो । त्यसपछि शनिबार बस्ने भनेको सचिवालय बैठक सरेको थियो ।

    पार्टीले विवाद मिलाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरी सहमतिको प्रस्ताव तयार पारेको थियो । कार्यदलको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालका केही असहमति थिए । ती असहमतिलाई दुई अध्यक्षले सम्बोधन गरेसँगै तत्कालका लागि विवाद मिलेको हो ।

    अब प्रतिनिधिसभाको वर्तमान कार्यकालभर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउने छन् । पार्टीको अधिकार सम्पन्न अध्यक्ष भने प्रचण्ड बन्ने छन् ।

    कार्यदलको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, सरकार र पार्टी नेतृत्वको समीक्षा, भारसँगको सीमा विवाद, कोरोना भाइरस, अमेरिकी परियोजना एमसिसी, पार्टी एकताको बाँकी काम, एकता महाधिवेशनजस्ता विषय समेटिएको थियो ।

    नेकपाको स्थायी कमिटी बैठक भने शुक्रबार बोलाइएको छ । यो बैठकले सहमतिलाई अनुमोदन गर्नेछ ।

  • उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

    उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

    बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

    नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ ।

    अब उपत्यकामा सोमबार बुधबार र शनिबार सपिङ मल, कपडा पसल, फेन्सि स्टोर, जुत्ता, कस्मेटिक पसल लगायतका पसलहरु खोल्न पाइने भएको छ ।

    अनलाइन डेलिभरी र टेकअवे सेवाका लागि दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

    भाँडा तथा भान्साका सामाग्री कारोबार गर्ने पसलहरु सातामा आइतबार मंगलबार र शुक्रबार सञ्चालन हुनेछन्। वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ।

    फुटपाथ तथा ठेला व्यापारका लागि समय तोकिएको छ। दैनिक बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। डिपार्टमेन्टल स्टोरका हकमा पनि यही नियम लागू हुनेछ।

    व्यापार गर्दा आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउनु पर्ने उल्लेख गरिएको छ ।

    यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न पाइने छैन।

    पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

    भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

  • निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

    निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

    बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

    नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ ।

    त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ । कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ ।

    अन्य क्षेत्रमा भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।

    निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न पाइने छैन।

    पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

    भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

  • उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

    उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

    बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

    बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको छ।

    त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको निर्णय गरेका छन् । अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

    उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

  • कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

    कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

  • नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

    नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ९ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८ सय ८२ उपचारपछि निको भएका छन्।

    देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

  • चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

    चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

    काठमाडौं । चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा बुधबार बिहान २ बजे निधन भएको हो।

    दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन चलचित्र निर्देशक एवं लेखक समेत हुन्।

    उनी निर्देशित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ। दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए ।

  • आज १ सय ७ औं विपी जन्मजयन्ती

    आज १ सय ७ औं विपी जन्मजयन्ती

    काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन सबैमा आग्रह गरिएको छ । केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्तर्गत बिहीबार दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा मूख्य कार्यक्रम आयोजना हुँदैछ ।

    यसमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेपालमा प्रजातन्त्रको स्थापनाको मूख्य श्रेय कोइरालालाई जान्छ । उनी पार्टी र बिचारधाराभन्दा धेरै मानिसका लागि उच्चस्तरीय नेता हुन् ।

    साहित्यमा समेत उत्तिकै योगदान गरेको विपी कोइरालाको विचारधारा नै अहिले नेपाली कांग्रेसको समेत मुल मन्त्र रहेको छ । तर, नेताहरुका पछिल्लो गतिविधिले विपीको आदर्शमाथि नै कुल्चिरहेको अनुभुती हुने गर्छ । कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ मा भएको हो ।

  • पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

    पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

    खोटाङ । मानिसले पैसाका लागि के सम्म गर्न सक्ला ? त्यो पनि कति रुपैयाँका लागि ? नेपालमा एक व्यक्तिले मात्र १ हजार रुपैयाँ सापटी नदिएको झोँकमा आफ्नो हजुरबुबा उमेरका वृद्धवृद्धाको हत्या गरेको खुलेको छ । खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई वृद्धवृद्धाको विभत्स हत्या भएको अवस्थामा अघिल्लो साता शव घरमै फेला परेको थियो ।

    जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

    हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङले एक अभियुक्तलाई मंगलबार सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका सोही स्थानका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो।

    श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि मात्र स्थानीयले पत्ता पाएका थिए । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीले अभियुक्त राईलाई २० भदौमा पक्राउ गरेको हो । उनलाई भदौ २१ मा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको थियो ।

    पक्राउ परेका राईले एक हजार रुपैयाँ पैसा सापटी माग्दा नदिएपछि मदिरा सेवन गरी घरबाटै खुकुरी लगेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार राइले दिउँसोमा उनीहरुको काम समेत गर्ने गरेका थिए ।

    उनको साथबाट १ हजार रुपैयाँ, पैसा राख्ने गोपिमायाको थैलीसमेत बरामद भएको छ । इन्द्रबहादुर अविवाहित रहेको र अपांगता भएकाले उनको हेरचाहका लागि बहिनी समेत माइतीमै बस्ने गरेको स्थानीयले जनाएका छन् ।

  • कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

    कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

    काठमाडौं, २३ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।

    कोइरालानिकट एक नेताका अनुसार मंगलबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ नतिजा आएको हो । उनमा कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम–आईसोलेशनमा बसिरहेका छन् ।

  • कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् ।

    त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

  • उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय , ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिए हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।

    काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

    नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप २२ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३२ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्।

  • जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ ।

    यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष प्रभावित भएको र उनीहरुको स्थानान्तरणको तयारी थालिएको छ । जापानको दक्षिण पश्चिम क्षेत्रमा आँधीले प्रभाव पारेको छ ।

    १७२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यसले ठूलो वर्षा समेत निम्त्याएको थियो । जापानमा केही दिन अगाडी पनि ‘मेसक’ नामक अर्को शक्तिशाली आँधी आएको थियो । आँधी आएपछि हवाइ उडान, उद्योगधन्दा, विद्यालय बन्द भएका छन्। खानपानी र विद्यूतको आपूर्ति समेत प्रभावित बनेको छ ।

    यो आँधीको असर अहिले उत्तर कोरियामा समेत देखिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।