Category: समाचार

  • नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट उपत्यकामा पाँच जना सहित थप १२ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंका ८९ र ललितपुरका ७० वर्षीया महिला र भक्तपुरको ४० वर्षका, काठमाडौंका ७० र ७५ वर्षका पुरुष रहेका छनन् ।

    त्यसैगरी चितवनका ५५ र १८ वर्षका महिलाको संक्रमणका कारण निधन भएको छ ।

    यस्तै, संक्रमणका कारण मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षका पुरुष र चितवनका ६५ वर्षका पुरुष छन्।

    धादिङ ४७ वर्षका पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५१ पुगेको छ।

  • काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ५ हजार २ सय ६५ ललितपुरका ७७२ र भक्तपुरमा ५५६ संक्रमित पुगेका छन्।

  • उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

    उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।

    उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।

    यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

  • नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

    नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्।

  • वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

    वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

    वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ ।

    उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान गएको हो । यससँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

    मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना हुन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन । उता, भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

    रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । उनी भदौ १५ मा अस्पताल भर्ना भएकी थिइन् ।

  • कोरोना संक्रमण समेत देखिएका पूर्व मुख्य न्यायाधीश चालिसेको निधन

    काठमाडौं

    पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । ७० वर्षिय चालिसेलाई गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा मुटु सम्वन्धि रोगको उपचारार्थ भर्ना गरिएको थियो । उपचारको क्रममा चालिसेको मंगलबार केन्द्रमा निधन भएको हो ।  

    मुटु सम्बन्धि रोगबाट पिडित चालिसेमा पछिल्लो समय कोरोना भाइरस पोजेटिभ समेत पुष्टि भएको थियो । स्व. चालिसेले नेपाल सरकारको न्याय सेवाबाट २०७० साल असारमा अवकास पाएका थिए ।स्वर्गिय चलिसे काठमाडौ बाँसबारीका स्थाई बासिन्दा हुन ।

  • नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु हो ।

    मृत्यु हुनेमा महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका ६०, चितवनका ५२, काठमाडौंका ३५ र ७० तथा मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।

  • काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

    काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

    नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन्।

  • नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

    नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

    काठमाडौं । कोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेस्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्।

    परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्।

    चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको अधिकारीले जनाएका थिए।

    एक सङ्क्रामक रोग विज्ञले नेपालले लाभ पाउने सर्तमा मात्रै खोपको परीक्षणमा सहभागी हुनुपर्ने भन्दै परीक्षणमा जोडिनेभन्दा पनि खोप उत्पादनमा लागेका कम्पनीसँग वार्ता गर्न सुझाव दिएका छन्।

    खोप परीक्षणबारे के निर्णय भयो ?

    परिषद्का अध्यक्ष डा. झाका अनुसार झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको छ।

    डा. झाले भने, ‘अहिले हामीले खोप विकास गरिरहेका संस्थासँग पत्राचार गरेर परीक्षणमा सहभागी हुन इच्छुक छौँ भनेर सोध्ने कुरा भएको छ।’

    हाल तेस्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने उनले बताए।‘अहिलेसम्म चीनबाट मात्रै हामीलाई औपचारिक रूपमा पत्राचार गरिएको छ। हामीले आवश्यक वैज्ञानिक कागजपत्र माग गर्दै जवाफ पठाएका छौँ। वैज्ञानिक प्रस्ताव आएपछि सल्लाह गर्छौँ।’

    सर्त र सुविधासम्बन्धी छलफल

    परीक्षणमा जानुअघि त्यसका विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले टुङ्गोमा पुग्न समय लाग्नसक्ने बताइएको छ।परिषद्का अध्यक्ष डा. झाले प्रस्ताव आइसकेपछि पनि प्राविधिक विषयहरू निरूपण हुनुपर्ने जनाए।

    उनले भने, ‘परीक्षण सफल भयो भने नेपालीले खोप किन्न पाउने या नपाउनेपनि टुङ्गो लाग्नुपर्यो। मानिसहरूमा नकारात्मक असर देखियो भने के गर्ने टुङ्गो लाग्नुपर्छ।’परीक्षणमा रहेका खोपहरू त्यसमा सहभागी मानिसहरूले निःशुल्क पाउने व्यवस्था छ।

    खोपका कारण कुनै नकारात्मक असर देखिए वा शारिरिक समस्या देखिए त्यसको उपचार गर्नुपर्ने र बीमाको व्यवस्था समेत गरिनुपर्ने डा. झा बताउँछन्।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोपको नेपालमा पनि परीक्षण गर्न सकिने गरी निर्णय गर्ने जिम्मेवारी परिषद्लाई दिइएको छ।

    उक्त निकायले दस्तावेज अध्ययन गरी प्रकियाहरू पूरा गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने र आवश्यक पर्दा सरकारले खोप किनेर पनि उपलब्ध गराउनसक्ने उनले जानकारी दिए।

    विज्ञ के भन्छन् ?

    सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी अहिले राम्रा भनिएका खोपका ‘क्लिनिकल ट्रायल’ चार-पाँच महिनाअघि नै सुरु भएको भन्दै अब नेपालको ध्यान ती खोप प्रमाणित भए कसरी हासिल गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए।

    उनले भने, ‘हामी खोपको परीक्षणमा इच्छुक हो भने त्यहि बेला कुरा गर्नु पर्थ्यो। यतिबेला प्रस्तावहरू लेखेर हामीलाई फाइदा हुन्छ जस्तो लाग्दैन।’

    डा. सुवेदीले भने, ‘हामी खोपको परीक्षणमा सहभागी भए बापत थुप्रै खोप सुरुमा पाउँछौँ वा विशेष प्राथमिकताका साथ खोप उपलब्ध गराइयो भने हामीलाई फाइदा हुनसक्छ।’

    त्यस्तो परीक्षणका लागि ठूलो गृहकार्य चाहिने भन्दै उनले प्रभावकारी भएका खोप ल्याउन सरकारले संयन्त्र नै बनाएर खोप उत्पादनका अग्रणी देश र कम्पनीसँग सम्वाद अघि बढाउनुपर्ने बताए।

    अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोना भाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन्।

    अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेस्रो चरण अन्तर्गत ठूलो सङ्ख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ।

    -बीबीसी

  • वीरगन्जमा कोरोनाबाट थप एकजनाको निधन

    वीरगन्जमा कोरोनाबाट थप एकजनाको निधन

    वीरगन्ज । बारामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

    उनी वेवारिसे अवस्थामा सडकमा भेटिएपछि स्थानीय युवाले अस्पताल भर्ना गरेको बताइएको छ । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुष सडकमै बस्दै आएको बताइएको छ ।

    उनी अचेत अवस्थामा भेटिएपछि युवाहरुले अस्पताल भर्ना गरेका थिए । सोमबार राति उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि उनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । उता, सोमबार वीरगन्जमा ८० वर्षीय कोरोना संक्रमित वृद्धको ज्यान गएको छ ।

  • प्रवासी पिडा बोकेको पासाङको नयाँ गीत बजारमा

    न्युयोर्क

    नरोऊ तिमी भन्छौ भने…, साँझ ढलेको थाहै पाएन…, सुनसान बगरमा… जस्ता चर्चित गीतहरु लेखेर चर्चामा आएका गीतकार पसाङ् शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ…’ सार्वजनिक भएको छ । नेपाल आइडल २ को उपबिजेता बिक्रम बरालको स्वर तथा वरिष्ठ संगीतकार हरि लम्सालको संगीत, रिकेश गुरुङको एरेञ्जमा नेपालबाट सोमबार रिलिज गरिएको ‘ सयौं डाँडा काट्दै आएँ…’ को भिडियो हालै युट्यूब र विभिन्न टेलिभिजन च्यानलहरुबाट एकैसाथ  सार्वजनिक भएको छ । पासाङ्को नयाँ गीतले प्रवासी नेपालीको कथा बोकेको छ । घर परिवारलाई छोडेर परदेशिनुको पीडा र परदेशमा रहँदाको एक्लोपन अनि दु:ख पिडाका भावनालाई गीतका शब्दले बोकेको छ भने म्यूजिक भिडियोले गीतका शब्दलाई जिवन्तता प्रदान गरेको छ ।

    घर परिवारलाई छोडेर परदेशिनुको पीडा र परदेशमा रहँदाको एक्लोपन अनि दु:ख पिडाका भावनालाई गीतका शब्दले बोकेको छ

    म्युजिक भिडियोको निर्देशन निकेस खड्काले गरेको छन् । बुद्ध थापा र ईश्वर आर थापाको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा गौरव पहरी र वर्षा रावतको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो सम्पादन कार्य बिकास धमलाको र मेकप हिना मगरले गरेका छन् ।  

    गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ।

  • डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

    डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको हो ।

    संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य सामान्य छ।

  • काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो ।

    मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

    शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए।

  • १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

    १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जना कोराना संक्रमण मुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् ।

    यो सहित २१ हजार ४ सय १० जना व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

  • काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२, ललितपुरका ६५९ र भक्तपुरमा ५४३ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

  • चितवनमा थपिए ५३ संक्रमित

    चितवनमा थपिए ५३ संक्रमित

    भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

    भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

    पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा समेत संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । यहाँ १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष रहेका छन्। उता, गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

    यता, धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

  • कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

    कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

    मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् ।

    उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म बजार मै पहिरो गएको थियो । पहिरोले तीन घर पुरेको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाका छोराको निधन भएको छ । उता, अर्को परिवारका तीन सदस्यको ज्यान गएको छ ।

    तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको समेत पहिरोमा परी ज्यान गएको प्रहरीले जानकारी दिएको छ । तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर ज्यान गएको हो ।

    सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनको घरमा काम गर्ने २२ वर्षीय अमृत थापाको समेत पहिरोमा परी ज्यान गएको हो । मृतकको घटनास्थलमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउन लागिएको बताइएको छ । सदरमुकामसम्म शव ल्याउन सम्भव नभएपछि डाक्टरसहितको टोली घटनास्थल हिँडेका छ ।

  • एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्।

    सुनसरीका ७४ वर्षीय, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षीय महिला संक्रमितको मृत्यु भएको छ।

    त्यसैगरी, सुनसरीका ६० वर्षीय मोरङको ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहतका ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षीय र रुपन्देहरीको ५७ र ७६ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

  • उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा
    काठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

  • नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ ६७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

  • स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

    स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

    स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटनाा परेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको ज्यान गएको हो । चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीको पोखराा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई छ ।

  • नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

    नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।

  • मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

    सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक प्रहरी हवल्दारको ज्यान गएको छ । सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दारको मृत्यु भएको नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ ।

    मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डल छन् । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए ।

    दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागे र तत्काल उपचारका लागि विराटनगर लगिएको थियो। उपचारका क्रममा मण्डलको मृत्यु भएको हो ।

  • शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

    शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

    काठमाडौं । शनिबार बस्ने गरी आह्वान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरी स्थगित भएको छ। बैठक १८ भदौसम्म स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ ।

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबाट बैठक सार्ने निर्णय भएको बताइएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएपछि बैठक सारिएको नेताहरुको भनाई छ । उक्त बैठकमा गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा रहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

    मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोेरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

  • नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

    नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय २९ पीसीआर परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ

    नेपालमा हालसम्म १९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय १५ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् ।

    थपिएकाहरुमा काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना रहेका छन् ।