कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको… Continue reading अमेरिकामा धुमधामले दशैं मनाइँदै
Category: समाचार
थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ। काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए । ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट… Continue reading थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न
काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र… Continue reading काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न
सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद
काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि यौन दूव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफ्नो बयान फेर्दै महराबाट आफूमाथि कुनै दूव्र्यवहार नभएको बताएकी छिन् । तर, उनको फेरिएको बयान आउनु अगाडी नै सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा गरेका कारण उनको पद भने गएको छ । उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले महराको राजिनामा स्वीकृत गरेकी छिन् । यससँगै… Continue reading सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद
कार्यकर्तालाई देउवाको आह्वान, अहिंसाको बाटोमा हिड्नुहोस
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रतालाई अहिंसाको बाटोमा लाग्न सुझाव दिएका छन् । महात्मा गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरी अघि बढ्नु पर्ने उनको भनाई रहेको छ । महात्मा गान्धीको १५० औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले गान्धीले देखाएको अहिंसाको बाटो नै अनुसरण गर्नुपर्ने उनको भनाई थियो । उनले गान्धी एक… Continue reading कार्यकर्तालाई देउवाको आह्वान, अहिंसाको बाटोमा हिड्नुहोस
दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं
काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् । काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु… Continue reading दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं
विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार
प्रेम लामिछाने फ्रान्स नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ… Continue reading विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार
अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन
प्रभात भट्टराई अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ । ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका… Continue reading अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन
जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै
काठमाडौं । नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदैछ । सिंगापुरमा जारी टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । यसअघि मंगलबार भएको खेलमा नेपाललाई जिम्बाब्वेले ४० रनको फराकिलो अन्तरले हरायो । यसअघि सिरिजको पहिलो खेलमा समेत नेपाल सोही मुलुकसँग ५ विकेटले हारेको थियो । यता, सिंगापुरलाई भने नेपालले पहिलो… Continue reading जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै
यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा
काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीले आफूमाथि बलत्कार गरेको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा गरेका छन् । उनले मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराको राजिनामा पत्रमा उल्लेख छ । उनको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भनी उल्लेख गरिएको… Continue reading यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा
सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा
कल्पना घिमिरे न्युयोर्क/अमेरिका साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी… Continue reading सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा
टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका सन् २०२० मा धेरै भन्दा धेरै बिदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारात्मक अभियान सुरु गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विश्वकै चर्चित व्यावसायिक पर्यटन गन्तव्य न्यूयोर्कको टाइम्स स्क्वायरबाट नेपाल भ्रमण वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ को प्रचारात्मक अभियान शुरु गरिएको हो । यस अभियानलाई… Continue reading टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’
भैसेपाटीमा बन्ने भयो नयाँ मन्त्री निवास, प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं । ललितपुरको भैसेपाटीमा मन्त्री निवास बन्ने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री निवासको शिलान्यास गरे । यो निवासमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म बस्न सक्ने स्थानको प्रवन्ध हुने भएको छ । अहिले पुल्चोकमा रहेको मन्त्री निवासलाई विदेशी पाहुना आउँदा राख्ने लक्जरी लजको रुपमा रुपान्तरण… Continue reading भैसेपाटीमा बन्ने भयो नयाँ मन्त्री निवास, प्रधानमन्त्रीले गरे शिलान्यास
कति व्यवहारिक छ दिसामुक्त देश घोषणा ?
काठमाडौं । सोमबार एक भब्य कार्यक्रमको आयोजना गरी सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरे र भने, अब फूटपाथबाट माग्न बसेका मानिसहरु समेत नदेखिने गरी सडक मानवमुक्त राष्ट्र घोषणा गर्छौं । उनको यो घोषणा जति गौरवपूर्ण छ, व्यवहारमा निकै आलोचित पनि । किनकी खुलादिसा… Continue reading कति व्यवहारिक छ दिसामुक्त देश घोषणा ?
नेपाल अब खुला दिसामुक्त देश
काठमाडौं । काठमाडौं । सरकारले नेपाललाई आज खुला दिसामुक्त देश घोषणा गर्दैछ । सरसफाईमा अन्तरराष्ट्रिय सूचक पार गरेसँगै नेपालले उक्त उपलब्धी हाँसिल गरेको हो । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार नेपालमा सबै घरमा शौचालय निर्माणको अभियानले सार्थकता पाएकाले खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो । त्यससँगै अहिले सार्वजनिक शौचालय निर्माणले समेत गति लिएको छ… Continue reading नेपाल अब खुला दिसामुक्त देश
काठमाडौं आए दशैंका खसी-बोका
काठमाडौं । सरकारले दशैंमा बिक्रि गर्न किनेका खसी-बोका काठमाडौं ल्याएको छ । काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको तर्फबाट खसी बोका बिक्रि गर्ने भएको छ । आइतबार काठमाडौं ल्याइएका खसी र च्यांग्राको बिक्रि भने सोमबारबाट मात्र शुरु हुने भएको छ । सोमबार मूल्य निर्धारण गरेपछि उपभोक्ताका लागि बिक्रि शुरु गरिने भएको छ । दशैंको… Continue reading काठमाडौं आए दशैंका खसी-बोका
आज घटस्थापना, शुरु भयो दशैं
काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ । बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं रोपिन्छ । नेपाल पंचांग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १०ः३५ तोकेको छ । गाईको… Continue reading आज घटस्थापना, शुरु भयो दशैं
पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई
विश्व न्यूज संवाददाता अमेरिका । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० को सन्देश प्रवाहको कार्यमा सरकार जुटिरहेको बताएका छन् । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन(आइकाओ)को वैठकमा सहभागि हुने क्रममा हाल क्यानडामा रहेका पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमणको निम्ति राम्रो गन्तव्य भएको प्रचारमा सरकारको ध्यान केन्द्रीत रहेको बताए । विभिन्न देशका झण्डैं २… Continue reading पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई
नेपाल र युएईका बीचमा हवाई सम्झौता
विश्व न्यूज संवाददाता अमेरिका । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशनको वैठकमा सहभागि हुनका लागि क्यानडामा रहेका नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशका बीचमा… Continue reading नेपाल र युएईका बीचमा हवाई सम्झौता
ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण
चितवन । चितवनमा नेकपा समर्थक कार्यक्रताले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेका छन् । भ्रष्टाचारको विरोध भन्दै ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका शाहीमाथि चितवनमा नेकपा कार्यक्रताले अन्धाधुन्ध आक्रामण गरेका हुन् । शाही उनै व्यक्ति हुन, जसले केही साता अगाडी नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई अपमान गरेका थिए । त्यसपछि नेकपा कार्यक्रताले उनलाई निसाना बनाइरहेका छन् ।… Continue reading ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण
राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् । गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे । हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई… Continue reading राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’
विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना
काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् । उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ । त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार… Continue reading विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना
जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या
काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो । शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए… Continue reading जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या
गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने
काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ । महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ… Continue reading गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने
नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका
काठमाडौं । नेपालले शुक्रबार टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग टी २० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेलाई हराउन सके त्यो नेपालको ऐतिहासिक जीत हुने छ । किनकी नेपालले आजसम्म टी २० इन्टरनेशनलमा छेस्ट राष्टलाई हराएको छैन । सिंगापुरमा नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट खेल शुरु हुने छ । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट मान्यता… Continue reading नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका
आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म
काठमाडौं । चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले शुक्रबारबाट नयाँ नोट सटही सुविधा शुरु गरेको छ । राष्ट्र बैंकको आफ्नै कार्यालय र बैंकका तोकेका विभिन्न बैंकका शाखाबाट नयाँ नोट वितरण हुने भएको छ । यस वर्ष सर्वसाधारणले १८ हजार ५ सय रुपैयाँ सम्म साट्न सक्ने गरी योजना ल्याइएको छ । त्यसअनुसार एक बण्डलमा १ सय, ५०,… Continue reading आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म
घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध
न्यूयोर्क । नेपाल र घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धी संयुक्त समझदारीमा हस्ताक्षर भएको हो । अफ्रिकी मुलुक घाना अब नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६८ औं मुलुक बनेको छ ।… Continue reading घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध
बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा
काठमाडौं । नेपालमा पर्यटक आगमनको वृद्धिदर खस्किएको छ । अंग्रेजी वर्ष सन् २०१९ को ८ महिना (जनवरी देखि अगस्ट) को तथ्यांक अनुसार ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा मात्र ९ प्रतिशत बढी हो । सन् २०१८ को वार्षिक पर्यटक आगमन वृद्धिदर २५ प्रतिशत… Continue reading बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा
पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’
क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्यानडाबाट संसारभरका पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं महासभामा भाग लिन मन्त्री भट्टराईसहितको टोली अहिले क्यानडामा रहेको छ । उनले महासभालाई बुधबार साँझ सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा आइकाओको झण्डा नेपालले सगरमाथा चुचुरोमा पुर्याएको स्मरण गराउँदै सन्… Continue reading पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’
परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सहासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् । बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशी पाहुनाका लागि दिएको स्वागत भेटमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपतिले चासो राखेको मन्त्री ज्ञवालीले जानकारी दिए । राष्ट्रपतिले महासभामा पुगेका सबै देशका प्रतिनिधि प्रमुखसँग… Continue reading परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट