Category: समाचार

  • शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

    शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

    वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

    उनीहरु दुवै जनाको वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो । उता, चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती ज्यान गएको थियो । अस्पताल आउनासाथ उनको स्वाव संकलन गरी पठाइएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टी भएको छ । चितवनमा भने कुल ५ जनाको ज्यान गएको छ ।

  • पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

    पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

    काठमाडौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ।

    पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो ।

    जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ । ती मध्ये अहिले १३३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको छ।

    यस्तै, १५ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ। सरकारले हालसम्म पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ ।

    ‘सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको छ,’ प्रवक्ता डा गौतमले भने, ‘एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ।’

    डा गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको छ।

  • काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

    गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो ।

    प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा एक महिलासहित ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

  • नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

    नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

    कुल संक्रमितमध्ये १२६ जनाको मृत्यु भएको छ।

  • काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

    काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजार हाराहारी आइसोलेसन बेड बनाउने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा अधिकतम १० हजारसम्म आइसोलेसन बेड तयार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यद्दपी निर्णय भने सार्वजनिक भएको छैन । बैठक बिहीबार बसेको थियो ।

    सरकारले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक परे होटलमा समेत आइसोलेसन बेड बनाउने निर्णय गरेको हो । स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण समेत थप्ने निर्णय भएको बताइएको छ । अहिले स्वास्थ्य उपकरणको अभाव नभइसकेको निष्कर्ष निकाल्दै सरकारले संक्रमण बढ्दै जाँदा समस्या नहोस भनेर थप्न लागिएको बताइएको छ । अब जिल्लाहरुमा घोषणा भएका निषेधाज्ञा प्रभावकारी बनाउने र काठमाडौंमा एकीकृत क्वारेन्टिन बनाउने निर्णय समेत भएको छ ।

  • चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

    चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

    भरतपुर । चितवनमा शुक्रबार बिहान थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यहाँ स्वास्थ्यकर्मीससहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति आएको परीक्षणको नतिजा अनुसार ११ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये २२ जना चितवनका हुन् ।

    भरतपुर महानगरपालिकामा १९ जनामा कोरोना देखिएको हो । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना देखिएको छ ।

    क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको हो । चितवनबाहेक नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जनामा पनि कोरोना देखिएको छ। चितवनमा अब कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ।

  • काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

    अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन समेत आदेश गरेको छ । साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड आक्रमण भएको हो । लगत्तै उनीहरु पक्राउ परेका थिए । उनीहरुले कसुर स्वीकार गरिसकेका छन् ।

  • काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

    काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले काठमाडौं छाडेर बाहिरी जिल्ला नजान र बाहिरबाट समेत काठमाडौ नआउन सर्वसाधारणमा अपिल गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै मेयर शाक्यले निषेधाज्ञालाई इमानदारीसाथ पालना गरी घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अपिल गरेका छन् ।

    सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यसको पूर्ण पालना गर्न उनले आग्रह गरेका छन् । अत्यावश्यक काम परेर घरबाहिर निस्कन परेमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन उनले अपिल गरेका छन् ।

    कोभिड–१९ को सङ्क्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौं बाहिर नजान र काठमाडौं भित्र नआउने समेत उनले आग्रह गरेका छन् । कोही व्यक्ति आइसकेको भए नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउन उनले आग्रह गरेका छन् ।

    आफ्नो छिमेकमा कोही व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाए तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना दिन उनले आग्रह गरेका छन् ।

  • कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

    कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानाकारी दिए ।

    पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

  • उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ।

    हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षणमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

    कुल संक्रमितमध्ये १२६ जनाको मृत्यु भएको छ।

  • आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा रहेको छ ।

    दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुन्छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ । कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने समेत गरिएको पाइन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

    यस पालीको तीज शुक्रबार परेको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन रोक लागेको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्नु पर्ने भएको छ । घरबाहिर जान नपाएपछि यो पटक तीज धेरैका लागि खल्लो हुनेछ । किनकी देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ ।

  • रौतहटमा पूजारीको गोली हानेर हत्या

    रौतहटमा पूजारीको गोली हानेर हत्या

    रौतहट । रौतहटमा एक पूजारीको गोली प्रहार गरी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा पुजारीको हत्या भएको हो । प्रहरीका अनुसार माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

    बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेको प्रहरीले जानकारी दिएको छ । पुजारीको घटनास्थलमै मृत्यु भएको थियो । घटना कसले र कुन उद्देश्यले घटायो भन्न बारे अनुसन्धान भइरहेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ भने गरिसकेको छैन ।

  • प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद:  श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

    प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

    बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

    सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो।

    काउन्सिलको ऐनविपरीत सरकारले नियमावलीमा एक बुँदा थपेर भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाएको थियो।

    सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

    सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । ‘विवादित नियम ३ क को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदन प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्न सक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो,’ सर्वोच्चले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘तसर्थ उक्त संशोधित (थप गरिएको) नियम ३ क हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु नगराउनु, निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीलाई दिनू।’

  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् ।

    त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

  • नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

    नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

    कुल संक्रमितमध्ये १२०जनाको मृत्यु भएको छ।

  • उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २४९९ पुगेको छ।

    आज देशभर ६ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

  • अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

    अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

    साँफेबगर । अछामको रामारोशन–३ मा बाढीको बितण्डामा ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्थानीय प्रहरीका अनुसार रामारोशन सान्तडास्थित सैनीबजारको बस्ती नै कैलास खोलाले बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    मध्यरातमा स्थानीय कैलाश खोलामा भीषण बाढी आएको थियो । यसल सैनी बजारका १६ घर बगाएको हो । घटनास्थलतर्फ प्रहरी गएको तर पुगिनसकेको बताइएको छ । नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको स्थानीय तहका पदाधिकारीले जनाएका छन् । अहिले उद्धारको काम जारी रहेको छ ।

  • कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

    कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको निधन भएको छ । अब देशभर ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उल्लेख गरेको छ । उनी भक्तपुर सुर्यविनायक निवासी हुन् ।

    उता धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मोरङको बूढीगंगा २ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले उल्लेख गरेको छ । मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ मृत्यु भएको हो । उनी मुटुको समस्याको उपचार गराइरहेकी थिइन् ।

  • काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अब अत्यावश्यक काम परेको समयमा बाहेक अन्य व्यक्ति सडकमा निस्कन पाउने छैनन् । उपत्यकामा सवारी साधन बन्द हुनेछन् । खाद्यान्‍न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सवारी बन्द गरिएको छ । सर्वसाधारणलाई सडकमा निस्कन निषेध गरिएको छ ।

    यस्तो छ निर्णय

    १. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन

    २. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न

    ३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न

    ४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न

    ५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न

    ६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न

    ७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न

    ८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न

    ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने । गतिविधिहरु सञ्चालन गर्न

    १०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न

    ११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न
    १२. होटेल, रेष्टुराँ सञ्चालन गर्न। तर,

    १३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने छ।

    १४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।

    १५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

    १६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने ​जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ

    १७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

  • कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

    कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए।

    प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

  • काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

    काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै अहिले सम्मको धेरै हो

    संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १८७६, ललितपुरमा ३३२ र भक्तपुरमा १६४ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २३४० पुगेको छ।

  • नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

    नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ।

    कुल संक्रमितमध्ये ११२ जनाको मृत्यु भएको छ।

  • धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

    धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

    धुलिखेल । काठमाडौंका एक कोरोना संक्रमितको धुलिखेलमा उपचारका क्रममा ज्यान गएको छ । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको ज्यान गएको हो । नयाँ बानेश्वरका उनी घरमै रहेको बेला कोरोना संक्रमण भएको बताइएको छ । उनी २६ साउनमा अस्पताल भर्ना भएका थिए ।

    उनको मंगलबार बिहान राति साढे १२ बजे मृत्यु भएको हो । उनमा स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या रहेको बताइएको छ । वृद्ध छोरा बुहारीसँग बस्ने गरेको र उनीहरुको समेत कोरोना पोजेटिभ आएको बताइएको छ । उनको परिवारका अन्य ९ जनाको भने कोरोना नेगेटिभ आएको छ ।

  • नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

    नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी भित्रको विवाद मिलाउन गठन भएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदललाई बैठकले अनुमोदन गरको हो।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समस्या समाधान र संकट समाधानका विषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी राख्ने सहमति समेत बनेको छ । कार्यदलले पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिने भएको छ ।

    कार्यदललाई छिटो प्रतिवेदन बुझाउन भनिएको छ । यद्दपी मिति भने तोकिएको छैन । उता, नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । यो भेटमा संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति सम्बन्धमा छलफल भएको बताइएको छ । देउवा वालुवाटार पुगेका थिए । करीव १५ वटा पदमा संवैधानिक नियुक्ति गर्न बाँकि रहेको छ ।

  • एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

    एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

    चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेको थियो ।

    कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो ।

    परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको छ ।

    विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ ।

    यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

    कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाइएको थियो ।

    एसईई नतिजाको पर्खाइमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ जना रहेका छन् ।

    टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

    नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

    विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

    एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ ।

    यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ ।

  • काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ।

    काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

    नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका एकरएक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

  • नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो

    नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

    कुल संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ।