Category: समाचार

  • पाल्पा र डोटीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते

    पाल्पा र डोटीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते

    पाल्पा\डोटी । डोटी र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । दर्जनौं व्यक्ति घाइते छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । भारतबाट नेपाल आएका नागरिक आफ्नो घर फर्कने क्रममा सवारी दुर्घटनामा परेका हुन् ।

    कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते छन् । मृतकको पहिचान खुलिसकेको छैन । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

    उता, पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङको ज्यान गएको छ ।

    निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जना घाइते छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ ।

  • कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

    कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

    नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई हृदयघात भएको थियो । त्यसपछि उनले देहत्याग गरेका छन् ।

    डाक्टरहरुले उनमा ६० प्रतिशत निमोनिया देखिएको बताएका छन् । इन्दौरी स्वयमले आज (मंगलबार) बिहान आफुलाई कोरोना पुष्टी भएको ट्वीटरमा लेखेका थिए । इन्दौरी भारतीय साहित्यका प्रख्यात व्यक्तित्व हुन् । उनी एक गम्भीर शायर मानिन्थे ।

    उता, भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था समेत चिन्ताजनक रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमण भएका उनलाई अस्पताल भर्ना गरिएको थियो । सास लिन अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। अवस्था चिन्ताजनक भएपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको छ ।

  • कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

    कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

    न्युयोर्क

    मस्कोस्थित गमालिया ईन्स्टिच्युटले अधिकारिक रुपमा कोरोनाभाइरस बिरुद्धको भ्याक्सिन निर्माण गरेको दाबी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार रसियन स्टेट टिभी मार्फत गरेका छन् । आफ्ना  मन्त्रीमण्डलका सदश्य सहित उक्त टेलिभिजनको प्रत्यक्ष टेलि-कन्फरेन्समा पुटिनले भ्याक्सिनले सम्पूर्ण प्रकृया पुरा गरेको बताएका छन् । पुटिनले भनेका छन्; “विश्वमा नै पहिलो कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको रुपमा आज बिहान दर्ता भएको छ । मलाई थाहा छ यसले एकदम राम्रोसँग काम गर्ने छ र यो भ्याक्सिनले स्थिर प्रतिरोधात्मक क्षमताको बिकास गर्ने छ”।

    पुटिनले आज मात्र पहिलो भ्याक्सिनको रुपमा दर्ता गरिएको उक्त भ्याक्सिनको परिक्षणका क्रममा आफ्नो एक छोरीले पनि भाग लिएको र पहिलो पटक भ्याक्सिनको सुई लगाउदा केही हलुका ज्वरो बढे पनि क्रमैसँग घटेको बताएका छन् । यसअघि नै संचार संस्था सिएनएनले रसियन अधिकारीहरुको हवाला दिदै लेखेको थियो; ‘ राज्यले भ्याक्सिनको रुपमा दर्ता गरेपछि उक्त भ्याक्सिन महत्वपूर्ण तेश्रो चरणको परिक्षणमा जानेछ’। रसियन राष्ट्रपति पुटिनले विश्वमा नै पहिलो कोरोनाको भ्याक्सिन भनेर दाबी गरेको उक्त भ्याक्सिनको परिक्षण सम्वन्धि कुनै पनि बैज्ञानिक आँकडा भने प्रकाशित नगरेको सिएनएनले लेखेको छ । यो भ्याक्सिनको सुरक्षा र प्रभावकारिता समेत जाँच गर्न असमर्थ भएको मुलधारका संचार माध्यमहरुले लेखेका छन् ।

  • नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक(एक जना रहेका छन् ।

    ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।

    आइतबार दिउँसो १ बजे अस्पताल भर्ना भएका ती महिला निमोनियाबाट ग्रसित थिइन्। अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    त्यस्तै धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा निधन भएको हो ।

    त्यसैगरी धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे ४ निवासी ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मनमोहन कार्डियोभास्कुरत तथा ट्रन्प्लान्ट सेन्टरमा उपचारको क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको हो।

    । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

  • नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ६२ नमुना परिक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९६८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ७१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ।

    कुल संक्रमितमध्ये ८२ जनाको मृत्यु भएको छ।

  • गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या

    गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या

    काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी सार्वजनिक गरेको छ ।

    काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बोहराले सामाजिक सञ्जालमा फेक आइडी बनाएर बदनाम गराउन खोजेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    शनिवार बोहरा कल्पनाको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कल्पना डेरामा पुगेपछि दही, चिउरा र मासु खुवाएको देखिएको प्रहरीले जनाएको छ ।

    दहीमा स्लिपिङ ट्याब्लेट खुवाएर सुताएको र लगत्तै सलले घाँटी बाँधेर काटेको देखिएको प्रहरीले जनाएको छ।

    घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।

    चितवन घर भएकी कल्पना काठमाडौंमा छोरी र छोरासँगै बस्दै आएकी थिइन्।

    आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा सुटकेसभित्र टाउको बिनाको मानिसको शव फेला पारेको थियो । सोही स्थानमा केही पर टाउको लगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो ।

    प्रहरीले सोमबार मात्रै मृतकको सनाखत गरेको थियो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा भएको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सहजता भएको थियो ।

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

    जनकपुरधाम । सोमबार राती धनुषामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको हो । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना लागेर ज्यान गएको हो ।

    अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ थिए । क्षयरोग र निमोनियाको समस्याबाट ग्रसित रहेका उनको ट्राभल हिस्ट्री भने नखुलेको अस्पतालको भनाई छ । उनको शव सेनाले व्यवस्थापन गर्नेछ । उनको निधनसँगै धनुषामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । देशभर भने ८० पुगेको हो । नेपालमा साउनयता संक्रमण र मृत्युदर दुबै बढेको छ ।

  • डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

    डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

    डोटी । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पाँच जना घाइते छन् । गतराती करिब एक बजे स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा दुर्घटना भएको हो ।

    उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको ज्यान गएको प्रहरीले बताएको हो । घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएको प्रहरीको भनाई छ । घरमा पाहुना आएकी लोगेकी सासु आमा र साला समेत घाइते रहेको बताइएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचार गर्न सदरमुकाम लैजान लागिएको स्थानीय प्रशासनले जनाएको छ । अहिले उद्धारको काम जारी छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

  • ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

    ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

    एजेन्सी    

    सोमबार साँझ अमेरिकी राष्ट्रपति निवास  ह्वाउट हाउस बाहिर गोली चलेपछि ब्रिफिङ रुममा पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीले पत्रकार सम्मेलन अकस्मात रोकेर सुरक्षितस्थानमा लगेका छन् । कोरोनाभाईरस महामारीको बिषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई ह्वाईट हाउस बाहिरको पेन्सलभानिया एभिन्युमा गोली चलेपछि सिक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले ट्रम्पलाई भित्र लगेका हुन् । सुरक्षाका लागि राष्ट्रपति ट्रम्प गएपछि सहभागी पत्रकारहरुलाई सोही स्थानमा लकडाउनमा राखिएको थियो भने करिब १० मिनेटपछि ट्रम्प पुन: पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

    पत्रकार सम्मेलनमा पुन: सहभागी भएपछि राष्ट्रपति ट्रम्पले ह्वाईट हाऊस बाहिर गोली चलेको र नियन्त्रणमा आएको भन्दै घटनाको पुष्टी गरेका छन् ।

  • गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

    गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

    काठमाडौं । आइतबार बिहान गोंगबुमा टाउको र खुट्टा काटेर भएको विभत्स हत्याको अनुसन्धानको निष्कर्षतर्फ प्रहरी पुगेको छ । स्रोतका अनुसार कृष्णबहादुर बोहोराको हत्या भएको घरको कोठामा बस्ने एक महिलालाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेको छ । अब प्रहरी यो अनुसन्धानको निष्कर्षतर्फ उन्मुख भएको बताइएको छ ।

    किनकी प्रहरीले हत्या भएको कोठाबाट कृष्णबहादुरको नागरिकता र एटीएम कार्डसमेत बरामद भएको छ । कोठाको बाथरुममा रगतसमेत फेला परेका कारण उनको हत्या सोही कोठामा भएको खुलेको हो । आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । तर मृतकको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको थियो । त्यसपछि उनी कृष्णबहादुर बोहोरा भएको खुलेको थियो ।

    प्रहरीले अपराध भएको घरमा बस्दै आएकी कल्पना शाहीलाई चितवनमा पक्राउ गरेको हो । स्रोतका अनुसार चितवनको टाढीबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइदैछ । एक गेष्ट हाउसमा बस्दै आएका उनले गेष्ट हाउसका साहुलाई आफु दुई दिन नआउने भन्दै बिदा भएको प्रहरीले जनाएको छ । प्रहरीले औपचारिक रुपमा भने विस्तृत अध्ययनपछि सार्वजनिक गर्ने बताउँदै आएको छ ।

  • कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

    कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । अब सरकारको भर परेर सुरक्षित नहुने भन्दै कांग्रेसले नागरिक स्वयमः सुरक्षित रहनु पर्ने सुझाव समेत कांग्रेसले दिएको छ ।

    कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने प्रवृत्तिका कारण मन्त्रालयको काम प्रभावकारी नभएको र काम समेत फितलो बनेको उनको भनाई छ । सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति समेत पूर्ण रुपमा असफल भएको उनको भनाई छ ।

    स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने तर्क कांग्रेसको छ । महामारीसँग लड्न सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको महतले बताए । वर्तमान संकटबाट सरकारले पार लगाउला र सुरक्षित रहौंला भन्ने अवस्था नरहेको भन्दै उनले आफूलाई सुरक्षित राख्ने तरिका खोज्दै आफ्ना साथीभाइ र घरगाउँलाई सुरक्षित राख्नु पर्ने सुझाव कांग्रेसको रहेको छ ।

    महतले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरे । अब नेपालले पूर्णलकडाउन थेग्न नसक्ने कांग्रेसको भनाई छ । जहाँ संक्रमण देखिन्छ, त्यो क्षेत्रमा परीक्षण र सिल गर्ने विधि उपयुक्त रहेको पार्टीको निष्कर्ष रहेको छ ।

  • टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

    टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

    काठमाडौं । गोंगबुमा आइतबार बिहान विभत्स अवस्थामा टाउको र खुट्टा काटिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । उनी दाङका कृष्णबहादुर बोहरा भएको प्रहरीले पुष्टी गरेको छ । यसअघि शवको पहिचान हुन नसकेपछि सोमबार दिउँसो प्रहरीले उनको तस्वीर सार्वजनिक गरेको थियो । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन ।

    तर, तस्वीर सार्वजनिक भएलगत्तै बोहरा काम गर्ने कम्पनीका मानिसले उनको पहिचान गरेका थिए । उनी नयाँ बजार क्षेत्रमा एक गार्भेन्ट उद्योगमा काम गर्ने कर्मचारी रहेको बुझिएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली गोंगबु पुगेको थियो । प्रहरीले उनको हत्या भएको घरसमेत पत्ता लगाइसकेको छ । तर यस घटनामा कुनै व्यक्ति गिरफ्तारीमा परे नपरेको भने प्रहरीले खुलाएको छैन ।

    आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । घटनास्थलबाट करीव ५० मिटरको फरकमा रहेको एक घरमा उनको हत्या भएको खुलेको छ । प्रहरीले कुकुरको सहायतामा उनको टाउको र खुट्टा फेला पारेको थियो । राजधानीमै भएको एक विभत्स हत्याले शान्ती सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।

  • कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

    कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका छन् ।

    ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

    निमोनिया र मधुमेहको रोगी रहेका पुरूष साउन १५ गते अस्पताल भर्ना भएका थिए। कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

    साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

    त्यस्तै, काठमाडौं महानगरपालिका मध्यबानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०:१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

    बाँकेक कोहलपुर नगरपालिका -२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३:१० बजे निधन भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि ती महिला कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएपछि महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

    त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।

    मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं  । काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोमबार थपिएका ४४ जना सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १ एक हजार १ सय ८० पुगेको छ। काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

    नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

    काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ४ सय ३२ नमुना परिक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।

    कुल संक्रमितमध्ये ७९ जनाको मृत्यु भएको छ।

  • गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

    गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

    काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको छ ।

    शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

    तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत प्रहरीले सबैसँग आग्रह गरेको छ ।

    प्रहरीले शव भेटिएको ठाउँ र त्यस आसपासका सडक, गल्लीका सिसिटिभी फुटेजको अनुसन्धान गरिरहेको छ । तर, रातको समय हुनाले सिसिटिभी फुटेजबाट हालसम्म कुनै क्लू प्रहरीले पाएको छैन ।

  • कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

    कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

    वीरगन्ज । पर्सा अहिले नेपालमा कोरोनाबाट उच्च मृत्युदर भएको जिल्ला बनेको छ । आइतबार वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्यु भएको थिया । उनको निधनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी भएको बताइएको छ ।

    आइतवार गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको थियो । श्वासप्रश्वासमा अचानक समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो । तर, संक्रमण पुष्टी नहुँदै उनको ज्यान गएको हो । पर्सामै कोरोना भाइरसका थप २२ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये १६ पुरुष र ६ महिला छन् । नयाँ बिरामी फार्मेसीमा कार्यरत कर्मचारी, प्रहरीसहित रहेको अस्पतालले जनाएको छ ।

  • उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

    उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स युएईबाट आएका सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके पक्राउ परेका हुन् । उनीहरुको साथबाट १७५७.४ ग्राम धातु बरामद भएको प्रहरीले जनाएको छ । धातुमा बाहिरबाट चाँदीले लेपन गरिएका कारण सुनको भएको प्रहरीको ठहर छ ।

    यसको परीक्षणका लागि प्रयोगले सुन प्रयोगशालामा पठाएको छ । विदेशमा अफ्ठ्यारोमा परेका नेपाली नागरिकको उद्धारका लागि अहिले धमाधम उडान भइरहेको छ । विदेशमा समस्यामा परेका नागरिकलाई घर फर्काउन भएको उद्धार उडानबाटै सुन तस्करी भएको पाइएपछि उद्धार उडानको औचित्यमाथि नै प्रश्न उठेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    न्युयोर्क

    बिदेशमा बस्ने नेपालीहरुको संयोजनमा काठमाडौंका विभिन्न स्थानहरुमा दिनदु:खी र असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको हो । हेभेन्ली पथ हङकङका उपाध्यक्ष एम डि गाया राईबाट १ दिन गरि ११ औं दिनको खाना पानी वितरण गरिएको हो । काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टे लगायतका स्थानहरुमा प्रिजनर्स एस्सिस्टेन्स नेपालका संस्थापक तथा चियर पर्सन पि.ए. इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गर्नु भएको थियो । यस कार्यका लागि ११ औं दिनसम्म गायक सुबि राई, हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौंका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बुले, चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ, त्रिसला राई प्रनेश राई, सम्राट राई, सन्तोष(होलि) लगायतले स्वयंसेवकको रुपमा कार्य गरेका थिए भने खाना होटल चपलेटीबाट होटलका ब्यवस्थापक आनन्द राईले ब्यवस्था गरेको थियो ।

    अमेरिकाबाट सेमिङ्ग गुरुले अमेरिकामा रहेका विभिन्न  राज्यमा भएका यात्रीहरुसँग सहकार्य, सहमति गरी यस कार्यक्रम सफल पार्नुमा विशेष भुमिका निर्वाह गर्नु भएको थियो भने, अमेरिकाबाट मिडिया कोअर्डिनेटर सुम्नु देवी राईले देशविदेशमा छरिएर बस्नु भएका सबै यात्रीहरुमा यस कार्यक्रम सफल बनाउनको लागि बिशेष भुमिका निभाउनु भएको थियो । विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको छ भने निकट भविष्यमा संसारभरी छरिएर बसेका यात्रीहरुको तर्फबाट आवश्यक भए फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने हेभेन्ली निर्वाणा पाथ- हंगकंगको  उप-सभापति गाया राई एम्.डिले जानकारी गराउनु भएको छ ।

    (अमेरिकाबाट सुम्नु देवी राई)

  • नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

    नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

    काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो।

    मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो ।

    मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।

    त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको २४ गते विहान निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।

    हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।

    यससँगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ।

  • काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना

    काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना

    काठमाडौं । पछिल्लो १४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुसार काठमाडौंका ९० र ललितपुरका २ जना छन्।

  • नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

    नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ८ सय १५ नमुना परिक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ।

    कुल संक्रमितमध्ये ७३ जनाको मृत्यु भएको छ।

  • स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

    स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

    शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ ।

    उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।

  • काठमाडौंमा थप ६२ जनालाई कोरोना

    काठमाडौंमा थप ६२ जनालाई कोरोना

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा ३\३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    काठमाडौं उपत्यकामा पछिल्लो दुई सातायता संक्रमण निकै बढेको छ । लकडाउन खुकुलो पारेको सरकारले काठमाडौंमा संक्रमण बढेपछि अहिले भने सवारी साधनमा जोरविजोर प्रणाली शुरु गरेको छ । नपालमा पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए । अब देशभर कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

  • नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय ९९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।

    कुल संक्रमितमध्ये ७३ जनाको मृत्यु भएको छ।

  • प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

    प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको सचिवालयका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा आएका प्रधानमन्त्री ओलीसहित सबैको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।

    प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको समेत नजिता नेगेटिभ आएको छ ।

    यसअघि प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीको कोरोना नेगेटिभ रहेको भन्दै बिहीबार नै संचरमाध्यमलाई समाचार लेखाएका थिए । तर, स्वाव संकलन भने शुक्रबार मात्र भएको छ ।

  • रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

    रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

    बुटवल । रुपन्देहीमा कार दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा तीन जनाको ज्यान गएको छ । एक जना घाइते छन् । लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक अन्यको सनाखत भइसकेको छैन ।

    दुर्घटनामा चार जना घाइते थिए । त्यसमध्ये तीन जनाको ज्यान गएको हो । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते रहेको प्रहरीको भनाई छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको भेटिएको छ । दुर्घटनापछि सबैलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएको थियो । प्रहरीले तिब्र गतिमा रहेका कारण दुर्घटनाको आंका गरेको छ ।

  • काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

    काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

    काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसलाई सरकारले सटडाउन भनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यलयका अनुसार यसलाई सटडाउन भनिएको हो । यसले निजी क्षेत्रलाई कुनै प्रभाव भने पार्ने छैन । निजी क्षेत्रबारे कुनै निर्णय लिनु परेमा भने उपप्रधानमन्त्रीको अध्यक्षमा रहेको उच्चस्तरीय समितिबाटै निर्णय हुनेछ । त्यसलाई मन्त्रिपरिषद्ले समेत अनुमोदन गर्नुपर्छ । तर, काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्यालयमा हुने भिडभाडले जोखिम अझ बढाउने भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द गरिएको हो ।

    तर, अत्यावश्यक सेवाका काम भने जारी रहने भएको छ । बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द भएको छ ।

    आम नागरिकका दैनिकीसँग जोडिने धेरै विषय जिल्ला प्रशासन कार्यालयमा आएर जोडिन्छ । तर, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने नियमित सञ्चालनमा रहने छ । अर्कोतर्फ काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँ भने सिल हुनेछन् । लकडाउनमा सबै क्षेत्रलाई एकै साथ बन्द गरिन्छ ।

    तर, सटडाउनमा निश्चित क्षेत्र सील गर्ने र त्यहाँ कोरोना रोकथामका उपायमा केन्द्रित भई काम गरिन्छ । सरकारले अब देशव्यापी लकडाउन नहुने स्पष्ट पारेको छ । तर, जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

  • काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

    काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

    काभ्रे । विदेशबाट फर्किएर क्वारेन्टिनमा बसिरहेकी एक युवतीले काभ्रेमा आत्महत्या गरेकी छिन् । क्वारेन्टाइन स्थलमै उनले आत्महत्या गरेकी हुन् । शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थायी घर भएकी २१ वर्षिय युवती गाउँपालिकाकै क्वारेन्टाइनमा बसेकी थिइन् । उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    काभ्रे प्रहरीका अनुसार साउन १६ मा दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी युवतीले गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा आत्महत्या गरेकी हुन् । क्वारेन्टिनमै युवतीले आत्महत्या गरेपछि गाउँले भने आक्रोसित बनेका छन् ।

    उनीहरुले प्रहरी र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण गरेका छन् । क्वारेन्टाइन व्यवस्थापनको लापरबाहीले यस्तो घटना भएको उनीहरुको दावि छ । युवतीका आफन्त तथा गाउँलेले प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।