Category: समाचार

  • मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत

    मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत

    मेलम्ची । मेलम्चीमा पहिरोमा पुरिएका सबै ८ जनाकै निधन भएको छ । सिन्धुपाल्लोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा कभर्ड हल निर्माणमा खटिएका मजदुर सुतेको अवस्थामा पहिरोमा परेका थिए । उनीहरुलाई माथिबाट आएको पहिरोले पुरेको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।

    ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिव बालक र सोनम लामा रहेका छन् । उता, वीरगञ्जका प्रदीप चौरासिया र भारतका राजेन्द्र चौरासियाको पनि ज्यान गएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । भारतका बारु शाहलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    उता, सोमबार नै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको ज्यान गएको छ । सिन्धुपाल्चोकमा यसअघि असारमा गएको पहिरोमा परी २० जना अझै वेपत्ता छन् ।

  • काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।

    संक्रमितहरु काठमाडौंको ४३, ललितपुरको ३ र भक्तपुरको ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।

  • नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

    कुल संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।

  • मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

    मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

    काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ ।

    गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

    सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।

    दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो ।

    उक्त घटनामा कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अवैधानिक भएर बसेको दूतावासले जनाएको छ ।

    राम गोपाल आज आफैं प्रहरी समक्ष उपस्थित भएको र क्वालालम्पुरको वाङसाषतजुमा रहेको प्रहरीचौकीले यसबारे थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

  • नेकपा विवाद मिलाउन आज पनि छलफल

    नेकपा विवाद मिलाउन आज पनि छलफल

    काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानमा आज पनि छलफल जारी रहने भएको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार समेत छलफलले निरन्तरता पाउने नेकपाका नेताहरुले बताएका छन् । यसअघि आइतबार करीव ३ घण्टाका छलफलमा पनि कुनै निष्कर्ष निस्किएन । दुबै नेता आफ्नो अडानमा टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

    दुबै नेताबीचको कैयौं पटकको छलफल निष्कर्षमा नपुग्दा पार्टी पंक्तिमा निरासा छाएको छ । यता, सरकारले पनि आफ्नो प्राथमिकता अनुसारका काममा भन्दा बढी सरकार बचाउमा केन्द्रित हुँदा मुख्य कामहरु प्रभावित बनेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म दुई नेताबीच छलफल भएको थियो । सोमबार केही ठोस निष्कर्ष निस्कने अपेक्षा नेताहरुले गरेका छन् । साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्ष बीच सम्बन्ध झनै चिसिएको छ ।

  • मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

    मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो । सो क्रममा एक जना भारतीय नागरिकको भने जीवितै उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    आठ जना मजदुर भने पहिरोमा पुरिएका छन् । उनीरुको उद्धार हुन सकेको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । सिन्धुपाल्चोक सबैभन्दा संवेदनशिल जिल्ला बन्दै गएको छ । यसअघि असार २४ मा सिन्धुपाल्चोककै भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझै भेटिएका छैनन् ।

  • सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् ।

    दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट भई हातपात गरेको बताएका छन् । सन्जेल भने सुशासन र भष्ट्राचार विरोधी अभियानका अभियन्ता मानिन्छन् ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

    काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।

    ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता  गौतमले बताए ।

    स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

  • आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

    यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो।

    पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए भने यसका लागि विभिन्न आन्दोलन समेत भएका थिए।

  • नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

    कुल संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।

  • पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

    पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मेयर सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

    नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पर्सामा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

  • कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

    कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो ।

    मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो ।

    यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।

    परिवर्तित मापदण्ड अनुसार अग्रपंक्तिमा रहेर काम गरेका व्यक्ति, ज्वरो, खोकी, सास फेर्न कठिनाइ भएका, स्वाद तथा गन्ध थाहा पाउन नसक्ने बिरामीको पनि परीक्षण गरिने छ ।

    त्यस्तै संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, विदेशबाट आएका सबै मानिस, अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू, विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू, आइसियुमा रहेका सबै बिरामीलाई पनि परीक्षणको दायरामा ल्याइने भएको छ ।

    यस्तो छ परीक्षणकाे नयाँ मापदण्ड :

    दीर्घरोगीहरू, चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि पीसीआर परीक्षणको दायरा भित्र परेका छन् ।

    -ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

    -अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ ।

    -सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू

    -गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई) का बिरामीहरू

    -विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)

    – १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबै

    -आइसियुमा रहेका सबै बिरामीहरू

    -दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)

    – चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने)

    – चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड–१९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण रिपोर्ट नचाहिने ।

  • सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    सर्लाही । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार ठोक्किएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहले ज्यान गुमाएका छन् । गम्भीर घाइते भएको अवस्थामा उनीहरुलाई उपचार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    दुर्घटनामा एक जना घाइते छन् । ज १ म २३३ नम्बरको मोटरसाइकलको पछाडि बसेका श्याम साह घाइते रहेको र उनको धनुषामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रातको समयमा तिब्र गतिमा रहेका दुई मोटरसाइकल ठोक्किएको बताइएको छ ।

  • नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ।

    कुल संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।

  • भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

    भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षै हातपात भएको छ । शनिबार बिहान ११ बजेको समयमा उनको कार्यकक्षमा छिरेका दुई कर्मचारीले उनीमाथि दुब्र्यवहार गरेको प्रहरीले जनाएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् ।

    प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ ।

  • टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

    टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

    न्युयोर्क

    राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै भनेका छँन् ” मसँग त्यो अधिकार छ । कि कार्यकारी आदेश मार्फत बन्द गर्दछु कि त आर्थिक संकटकालको शक्ती लगाउदछु । “
    राष्ट्रपती ट्रम्पले टिकटकको अमेरिकी संचालन खरिद गर्ने कुनै पनि अमेरिकी कम्पनीलाई आफुले साथ नदिने समेत बताएका छँन् । त्यस अगाडि माईक्रोसफ्टले टिकटकको अमेरिकी संचालन अधिग्रहण गर्ने बिषयमा कुरा भै रहेको समाचार सार्वजनिक भएको थियो ।विश्वभर झन्डै १ अरब मानिसले प्रयोग गरी रहेको छोटो छोटो भिडियो बनाएर हेर्न मिल्ने टिकटक युवा पुस्ता बिच निकै चर्चित छ ।

    समाचार श्रोत : रेउटर्स

  • गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

    गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

    गुल्मी । गुल्मीमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । अविरल वर्षा र त्यसपछि आएको पहिलोले घरमाथि ढुंगा खस्दा दूर्घटना भएको हो । घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी र उनका सन्तानको ज्यान गएको हो । उनका दुई छोरा ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति करिब साढे सात बजे भएको थियो ।

    बीनाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा रहेको छ । घटनास्थलमा राती नै स्थानीय र प्रहरी उद्दारमा खटिएका थिए ।

  • अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

    अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

    न्यूयोर्क

    अमेरिकाका ५० वटै राज्यमा चीनबाट शंकास्पद प्याकेट आइ पुगेका छन् । आफुले अर्डर नै नगरेको प्याकेट घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए ।

    सबै प्याकेटमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । बिभिन्न राज्यका एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेका तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ । केही लेवलमा ज्वेलरीको संकेत पनि राखिएको छ ।

    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले लेवलहरु नक्कली रहेको र त्यसबारे अनुसन्धान गर्न चाइना पोष्टले प्याकेट चीन पठाइदिन युएसपिएससँग अनुरोध गरि सकेको बताएका छन् । युएसपिएसले विज्ञप्ति जारी गरि प्याकेटबारे आफु जानकार रहेको र केन्द्र एवं राज्य सरकारका अधिकारीहरु समक्ष बेलैमा जानकारी पुर्याएको उल्लेख गरेको छ । युएसपिएसले थप जानकारी दिन भने अस्वीकार गरेको छ ।

    यसरी प्याकेट पठाउनुको पछाडि को छ र के नियत हो भन्ने अहिलेसम्म खुलेको छैन । तर ‘ब्रसिङ स्काम’ अन्तर्गत कसैले यो हर्कत गरेको अनुमान लगाइएको छ । युनाइटेड स्टेट्स कृषि विभागले पनि नक्कली बिक्री या ग्राहक रुची देखाउन यसो गरिएको हुनसक्ने अनुमान गरेको छ । बिभाग अन्तर्गतको एनिमल एण्ड प्लान्ट हेल्थ इन्सपेक्सन सर्भिसले यसबारे थप अनुसन्धान गरि रहेको जनाइएको छ । क्यानडामा पनि यस्ता प्याकेट पुगेपछि अनुसन्धान सुरु भएको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

    काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

    प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृतयु हुनेको संख्या ५६ पुगेको छ ।

  • उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित

    उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

    शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।

    काठमाडौं उपत्यकामा कहाँ कहाँ संक्रमित फेला परेका हुन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

  • नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ५१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

    कुल संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।

  • विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

    विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

    काठमाडौं । कोरोना संक्रमितको संख्या बढन थालेपछि विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ।

    कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो। संक्रमित बढेपछि गरिएको लकडाउन पहिलाको जस्तो फितलो हुन नदिने जनाइएको छ ।

  • अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन्  डोनट्सले ८ सय स्टोर बन्द गर्दै

    अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

    न्युयोर्क      

    अमेरिकामा चर्चित कफी स्टोर डन्किन् डोनट्सले आफ्नो ८ सय पसलहरुलाई स्थायीरुपमा बन्द गर्ने भएको छ । कम्पनीले बिहिबारको आफ्नो दोश्रो त्रैमासिकको रिपोर्टको आधारमा ती पसलहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ ।

    कम्पनीले बिक्रीमा साह्रै गिरावट आएका कारण ती स्टोरहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । अमेरिका भरमा गत बर्षको एकै समयको कुल बिक्रीको तुलनामा यो बर्ष जम्मा दुई प्रतिशत मात्र बिक्री भएको कम्पनीले जनाएको छ । डन्किन् डोनट्सले बन्द गर्न लागेको ८ सय स्टोरहरु मध्ये करिब आधा जति स्पिडवे ग्यास स्टेसनमा संचालित स्टोरहरु छन् ।  

    बुधबार चर्चित फास्ट फुड स्टोर म्याक्डोनाल्डले अमेरिकाका २ सय स्टोर बन्द गर्ने बताएको भोली पल्ट डन्किनको यो निर्णय आएको हो ।

  • अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

    अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

    न्युयोर्क      

    रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्‍यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ ।

    ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए । यसै हप्ता उनको ट्विटर एकाउण्ट मार्फत उनीले अस्पतालमा अक्सिजन लिईरहेको र सुधारोन्मुख रहेको जनाईएको थियो । केनलाई कुन ठाँऊमा कोरोना संक्रमण भयो, त्यसको जानकारी छैन ।  

    स्वर्गीय केन राष्ट्रपति डोनाल्ड ट्रम्पको ओक्लोहामास्थित टुल्सा र्यालीको एक महत्वपूर्ण प्रतिनिधि समेत थिए भने उनी ट्रम्पको ‘ब्ल्याक भ्वाईस फर ट्रम्प’ को उपाध्यक्ष थिए ।

  • ‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

    ‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका छन् ।

    बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएका छन् । निधन भएका पुरुषहरुमा दीर्घरोग रहेको बताइएको छ ।

    ७१ वर्षका पुरुष पखाला लागेर उपचार गर्न नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनी मिर्गौलाको समस्याबाट पिडित रहेको बताइएको छ ।

    उनको आइतबार पिसिआर परीक्षण गरिएको थियो । ६८ बर्षीय पुरुष समेत मुटु र निमोनियाका बिरामी रहेको अस्पतालले जनाएको छ ।

    उता, धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा साँझ ज्यान गएको हो ।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार एक ४५ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २ र भक्तपुरको २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ५ सय ३२ पुगेको छ जसमा काठमाडौंको ३ सय ९०, ललितपुरको ९१ र भक्तपुरको ५३ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

  • नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

    नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय २७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८पुगेको छ।

    कुल संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ।

  • निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ । आज न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो ।

    यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् । त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका हुन् ।

    निर्मला पन्तको बलात्कार र हत्या आरोपीको रुपमा प्रहरीले सार्वजनिक गरेका खड्कसिंह विष्टले चार जना प्रहरीविरुद्ध यातना दिएको भन्दै जाहेरी दिएपछि उनीहरूविरुद्ध मुद्दा परेको थियो । त्यस्तै मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आठ जना प्रहरी अधिकारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूरमा जाहेरी दिएकी थिइन् ।

    दुवै मुद्दा कञ्चनपुर जिल्ला अदालतमा २२ फागुन २०७५ मा दर्ता भएका थिए । यो फैसलासँगै निलम्बित प्रहरीलाई काममा फर्कने बाटो खुलेको छ । दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ परेका छैनन् ।

    फोटो:गुगल

  • कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन

    कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन

    काठमाडौं । सरकारले अब कुनै पनि विद्यालयमा क्वारेन्टिन स्थल नबनाउन निर्देशन दिएको हो ।

    मन्त्रिपरिषद्को बैठकले निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्।

    यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन क्वारेन्टिन संचालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको खतिवडाले जानाकारी दिए ।

    विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ।

    यसका साथै सरकारले गत शैक्षिक सत्रमा परीक्षा लिएर नतिजा प्रकाशन गर्ने बाँकी रहेको भए सो कार्य पूरा गर्न समेत भनिएको छ।

    सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन समेत दिएको छ। सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय यसअघि नै गरिसकेको थियो ।

    विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ ।

  • कैलालीमा बस्तीमा बाढी चार वेपत्ता

    कैलालीमा बस्तीमा बाढी चार वेपत्ता

    कैलाली । कैलालीमा बस्तीमा बाढी छिरेको छ । जसले गर्दा चार जना मानिस वेपत्ता भएका छन् । यस भेगमा मङ्गलबारबाट अविरल वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रमा डुबान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । यसले कैयौं घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बेपत्ता भएका छन् ।

    भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । भजनीमै थप दुई जनाको भने सकुशल उद्धार गरिएको छ । प्रभावित व्यक्तिहरुलाई विद्यालय तथा सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा टोली परिचालन गरिएको छ ।