Category: समाचार

  • आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने

    आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि साम्य हुने देखिएपछि आज सचिवालय बैठक बस्दै छ । बैठकमा नेकपामा जारी विवादको समाधान गर्न शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको छ । आजको सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने ऐजण्डा छ ।

    शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य ररहेका छन् ।

    कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा छ । कार्यदलले शनिबारदेखि काम थालेको छ । एक अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टी काममा केन्द्रित हुने गरी सहमतिको प्रस्ताव तयार हुँदैछ । जसमा केही मन्त्री र मूख्यमन्त्री समेत फेरबदल हुन सक्ने बताइएको छ ।

  • सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

    सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

    न्युयोर्क

    अमेरिकामा सकृय सिन्धु-अमेरिका कल्याणकारी समाजले सिन्धुपाल्चोक जिल्लाको जुगल गापा- २ लिदीमा गएको पहिरोबाट पिडित समुदायलाई रु. ४ लाख आर्थिक सहयोग तयारी गरेको छ । उक्त पहिरोको प्रत्यक्ष मारमा परेका ३७ घरधुरीलाई अगष्ट १५ तारिखको संस्थाको निर्णय अनुसार रकम नेपाल पठाउने तयारी गरेको हो ।  

    सिन्धुपाल्चोकमा अविरल वर्षासँगै आएको पहिरोमा परि हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २२ जना हराइरहेका छन् । त्यसैगरी घाइते ६ जनाको उपचार भइरहेको छ । सिन्धु-अमेरिका कल्याणकारी समाजका अध्यक्ष छिरिङ् तेन्जिङ लामाले गाउँबासीलाई पर्न गएको पिडाले आफुलाई बिक्षिप्त महसुस गराएको बताउँदै सँस्थाले सो घाउमा केही मल्हम लगाउनु सबैको दायित्व भएको समेत बताए ।

    सो सम्वन्धमा समाजले एक प्रेस बिज्ञप्ति जारी गर्दै बाढी पिडितका मृतकको दिवंगत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका छन् ।

  • आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त

    आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त

    काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमिततामा मुछिएका आफ्ना तीन अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक अदालतबाट दोषी ठहरिएका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएको सेनाले जनाएको छ । उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेनाले कारवाही गरेको हो ।

    नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तीको फैसला सुनाएको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा दोषि ठहर भएका हुन् ।

    समरी जनरल सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई भने सफाइ दिने फैसला गरेको हो । सैनिक भित्रको अनियमितताको अनुसन्धान र फैसला सैनिक आफैले गर्छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र मोरङका महिलाको मृत्यु भएको हो ।

    यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला छन्।

    गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

    यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।

  • काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।

    यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ। काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण

    नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३४जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।

    कुल संक्रमितमध्ये १०२ जनाको मृत्यु भएको छ।

  • अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

    अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

    काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

    सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो ।

    उक्त लोगो संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका छन् ।

    कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

    दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको सचिवालयले जनाएको छ ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

    अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्‍यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्‍यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् ।  

    ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्‍यु भएको छ । उ मेरो भाइ मात्र होई, प्रिय साथी पनि हो । हामीले उनको एकदम अभाव महसुस गर्ने छौं तर उनलाई हामी फेरी भेट्ने छौं । उसको सम्झना मेरो मुटुमा सदैव रहिरहने छ । रोवर्ट म तिमीलाई माया गर्छु ।  तिम्रो आत्माले शान्ति पाओस्” । बिगत केही महिनादेखि बिरामी भएर न्युयोर्क म्यानहाटनस्थित प्रेस्बेटेरियन अस्पतालमा उपचार गराई रहेका रोबर्टलाई भेट्न् ट्रम्प शुक्रबार न्युयोर्क आएका थिए । रोबर्ट ट्रम्प कुन रोगबाट ग्रसित थिए भन्ने खुलाईएको छैन।

    सन् १९४८ मा जन्मिएका रोवर्ट ट्रम्प राष्ट्रपति  ट्रम्पका ४ दाजुभाइ दिदी बहिनी मध्येका एक हुन ।

  • राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

    राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

    काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित पलदी गाउँमा पहिराले ३८ जनालाई बगायो । शनिबारसम्म १७ जनाको शव भेटिएको छ । यो भयानक दूर्घटनाको संकेत भने लिदीबासीले यस अगाडी नै पाएका थिए । २०७२ सालको भूकम्पबाट थिल्थिलो बनेको जमिनको मुनी जलविद्यूत आयोजनाले सुरुंग बनाइरहेको थियो । जसले गर्दा जमिन थर्कने गथ्र्यो ।

    लिदीबासीले यो वस्ती पुनस्र्थापना गर्न पटक पटक राज्यसँग आग्रह गरेका थिए । पुनर्निर्माण प्राधिकरणले पनि वस्ती स्थानान्तरण गर्नुपर्ने वस्तीमा यसलाई राखेको थियो । तर, जोखिमलाई राज्यका निकायले आँखा चिम्लिए । फलस्वरुप एकै स्थानमा ठूलो मानवीय क्षति हुन पुग्यो । यसलाई प्रमुख प्रतिपक्षी कांगेसले सरकारको गल्तीका कारण नागरिकको ज्यान गएको प्रतिक्रिया दिएका छ ।

    पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले निष्कर्ष छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्, ‘जनताले लिखित रूपमा गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’

    जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को नभएको कांग्रेसको भनाई छ । महामारी र प्रकोपसँग जुध्न सरकार असफल भइसकेको कांग्रेसको भनाई छ ।

  • सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

    सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परेर हराएका मध्ये १६ जनाको शव भेटिएको छ । शनिबार ५ जनाको शव भेटिएको छ । शुक्रबार ११ जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार शव भेटिएका सबैको पहिचान भइसकेको छ ।

    शनिबार जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको छ ।

    शुक्रबार ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको प्रहरीको सूचीमा उल्लेख छ ।

    पहिरोमा पुरिएका मध्ये शनिबार एक जनाको भने जीवितै उद्धार गर्न सफल भएका छन् । स्थानीय दावा ग्याल्बो दोङको सदरमुकाम चौतारामा उपचार भैरहेको छ ।

  • काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९८ जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल ४६८ जनामा कोरोना देखिएकोमा ९८ जना काठमाडौं भित्र मात्र पुष्टी भएको हो ।

    यसले काठमाडौंमा रहेको जोखिम अझै बढाएको छ । देशभर ५ सय भन्दा बढी संक्रिय बिरामी हुने जिल्ला ५ वटा मात्र छन् । त्यसमा काठमाडौं पनि एक हो । कुनै एक जिल्लामा सर्वाधिक संख्यामा रहेको कोरोना भाइरसको बिरामी पनि काठमाडौं नै बनेको छ । काठमाडौं उपत्यकामा मात्र १७ सय भन्दा बढी संक्रिय बिरामी रहेका छन् ।

  • कोरोनाले लियो थप तीन जनाको ज्यान

    कोरोनाले लियो थप तीन जनाको ज्यान

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । अब नेपालमा कुल मृत्यु १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको हो ।

    मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो । कपिलवस्तुमा ४०, पर्सामा ६० र धनुषामा ५० वर्षिय पुरुषको ज्यान गएको हो । २६ हजारभन्दा बढीको संक्रमण देखिएको नेपालमा अहिले दैनिक १० हजारभन्दा बढी मानिसको कोरोना परीक्षण भइरहेको छ ।

  • बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

    बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

    बाग्लुङ । बाग्लुङमा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती पहिरोले निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा हिराबहादुर विकको घर शुक्रबार राति भत्किदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुरका नाती १४ वर्षीय वीरेन्द्र र मामाघर आएका नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको छ ।

    हिराबहादुरकी ५२ वर्षीया श्रीमती दिलसरा घाइते छन् । घटनास्थलमा प्रहरी रु स्थानीयले उद्धार गरेका थिए । उता, शनिबार बिहान निसीखोला–३ धारखर्कमा पहिरोले एक घर पुरिँदा ७२ वर्षीया ओली कामीको ज्यान गएको छ । यस घटनाको थप विवरण आउन बाँकि रहेको स्थानीय प्रहरीले जनाएको छ ।

  • छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

    छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

    काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएको प्रहरीले जनाएको छ । मूख्य अभियुक्त शेर्पालाई शुक्रबार साँझ नै पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

    सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

    काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा भएपछि पहिरोको डर गाउँलेलाई थियो ।

    सोहीकारण उनीहरु रातभर बारीको पाटामा बसेका थिए । बिहानीपख अब पहिरो नआउने अनुमानसहित सुत्न गएका उनीहरुलाई सोही समय पहिरोले घरसँगै बगाएको हो । शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा घटनास्थलमा पुगेका थिए । स्थलगत अनुगमन पछि भने गृहमन्त्री रामबहादुर थापा बादलले जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

    पूर्वसावधानी अपनाइएका कारण क्षति कम भएको उल्लेख गर्दै सरकारले उद्धार र राहतलाई तिब्रता दिने बताए । उनले पुनःनिर्माणको काम पनि छिट्टै अगाडी बढ्ने बताएका छन् । घटनास्थलमा बेपत्ताको खोज तथा उद्धार पहिलो प्राथमिकतामा रहेको गृहमन्त्रीको भनाई छ । त्यसका लागि सुरक्षाकर्मी खटिएको जानकारी उनले गराए ।

    गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पनि शुक्रबार नै घटनास्थलमा पुर्याइएको छ । मन्त्रालयका अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको त्यहाँ पुर्याइएको हो । मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट दुई लाख रुपैयाँ पनि हस्तान्तरण गरेका छन् ।

  • सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

    सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

    सिन्धुपाल्चोक । ३८ जना पुरिने गरी गएको भीषण पहिरोमा परी ज्यान गुमाएका ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३८ जना मानिस पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

    पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको थियो । घाइतेहरुको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो । उनीहरुको चौतारा र काठमाडौंमा उपचार भइरहेको छ । एक जनालाई काठमाडौं लगिएको हो । घाइते हुनेमा ९ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।

    हेलिकप्टरबाट घाइते ४५ वर्षीया यामुलामु दोङलाई काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ। शुक्रबार पहिरो पिडितलाई भेट्न सभामुख अग्नी सापकोटा र गृहमन्त्री राम बहादुर थापा हेलिकोप्टरमा पुगेका थिए ।

  • निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

    निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो ।

    कोरोना संक्रमित बढ्दै जाँदा सरकारी अस्पतालमा बेड अभाव भएको निष्कर्षमा सरकार पुगेको छ । खासगरी राजधानीमा यो समस्या चर्किएको छ । काठमाडौं उपत्यका लगायतका ठाउँहरूमा अस्पतालका बेड अभाव हुँदै गएको छ। यसअघि कुनै अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पोजिटिभ देखिएमा सरकारले तोकेका कोभिड अस्पतालमा रिफर गरिदै आएको छ ।

    अब भने कोभिड अस्पतालहरूमा मानिसको संख्या बढेको छ । यसले बेड अभाव भएको छ । काठमाडौंमा कोरोना पुष्टी भएकालाई समेत घरमै राख्दा अझ जोखिम बढेको छ । उपत्यकाभित्रका कुनै अस्पतालहरूमा पठाउनु पर्ने अवस्था भएमा अब हब अस्पतालको समन्वयमा मन्त्रालयबाट निर्देशन लिएरमात्रै पठाउनु पर्नेछ । तर, २० प्रतिशतसम्म बेड भने कोरोना बिरामीको उपचार गर्न छुट्याउनु पर्ने नियम सरकारले ल्याएको छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौं  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुष रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ ।

    प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।

  • काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

    काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ।

    काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

    नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ४०जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

    कुल संक्रमितमध्ये ९९ जनाको मृत्यु भएको छ।

  • सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

    सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन्।

    पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले ३७ घर पुरेको स्थानीयको भनाइ छ ।

    पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भैरहेको ।

    घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।
    घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।

    घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

    बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

    १.छविलाल दोङ
    २.सोमरानी दोङ
    ३.धनलक्ष्मी
    ४.शिरमाया दोङ
    ५.विवरानी दोङ
    ६.साहिँली दोङ
    ७.बिबी लक्ष्मी
    ८.सानुकान्छा
    ९.साङलामो दोङ
    १०सोनाम दोङ
    ११.हिरा भक्ति
    १२.जीते झाँक्री
    १३.सानुकान्छी दोङ(गर्भवती)
    १४.दिन्दुस दोङ
    १५.सुरज दोङ
    १६.करेसमाई दोङ
    १७.च्यामा दोङ
    १८सानु दोङ
    १९.टीकामाई दोङ
    २०.छिरिङ दोङ
    २१.मानबहादुर दोङ
    २२.जयबहादुर दोङ
    २३.प्रिया दोङ
    २४.प्रीति दोङ
    २५.कान्छी दोङ
    २६.सानुकान्छी दोङ
    २७.वाङ्ची लामा दोङ
    २८.धनमाया तामाङ दोङ
    २९.रेनिस दोङ
    ३०.मेकमाई दोङ
    ३१.मिलन दोङ
    ३२.विमला दोङ
    ३३.माइला पराङ
    ३४.प्रकाश दोङ
    ३५.साइली दोङ
    ३६.आयुश दोङ
    ३७.सुवास तामाङ
    ३८.टीकामाई दोङ

  • सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि

    सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक फेरी एक पटक पहिरोका कारण मानवीय क्षति बेहार्ने अवस्थामा आएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । ती घरमा रहेका मध्ये पाँच वटा घरमा रहेका परिवारका सदस्य सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी शुरु भएको छ ।

    उद्दारको काम थालिएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १३ घर पूर्णरुपमा क्षतिग्रस्त रहेको र मानवीय क्षतिको विवरण नआइसकेको प्रहरीको भनाई छ । यस स्थानमा अझै दई दर्जन घर पहिरोका जोखिममा छन् ।

    अहिले मानिस सुरक्षित स्थानमा बसेका छन् । यो वर्ष सिन्धुपाल्चो बाढी र पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति हुने जिल्ला बनेको छ । १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो ।२४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

  • अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

    अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

    न्युयोर्क

    पछिल्लो २४ घण्टामा अमेरिकामा मेई महिनापछि सबैभन्दा धेरै मानिसको एकै दिन मृत्‍यु भएको छ । बुधबार अमेरिकामा देशभर कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १५ सय जना भएको जानकारी गराइयो । एकै दिन मृत्‍यु हुनेको यो संख्या मेई महिनाको मध्य पछिको सबैभन्दा धेरै हो । अमेरिकामा बिगत १७ दिनदेखि दैनिक औसत मृतकको संख्या  १ हजार माथि भएको वासिङ्टन पोष्टले जनाएको छ ।  

    मेई महिनाको मध्यपछि २४ घण्टा भित्र सबैभन्दा धेरै मृतकको संख्या रिपोर्ट भएकै दिन बुधबार ह्वाईट हाऊसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प भने अमेरिका भरका बिद्यालय, खोल्न ब्यापार ब्यवसाय सुचारु गर्न, देशभरका खेल मैदान खेलाडीले भर्न निकै हतारिंदै छन् । उनले भनें; “हामीले अब बिद्यालय र ब्यापार खोल्नु पर्छ” ।

    बुधबार टेक्सास राज्यमा ३ सय भन्दा धेरै मानिसको मृत्‍यु भयो भने फ्लोरिडामा २ सय भन्दा धेरैको मृत्‍यु भयो । एरिजोना क्यालिफोर्निया र जर्जियामा १ सय भन्दा धेरैको मृत्‍यु भयो ।

  • कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

    कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको हो ।

    उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ११७८ ललितपुरमा १८३ र भक्तपुरमा ११८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १५७१ पुगेको छ ।

  • नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण

    नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ९ हजार ८ सय ५९ नमुना परिक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।

    कुल संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ।

  • कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

    कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।

    जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

    मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

    कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ। बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

  • काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण

    काठमाडौं  । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

    उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

    यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा थप ४ सय ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

    नेपालमा थप ४ सय ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ८१ नमुना परिक्षणमा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

    कुल संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ।

  • कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला

    कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला

    काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डु हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो ।

    शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको प्रहरीले जनाएको छ । उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए।

    बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँले बागमतीमा हाम्फालेको आशंका गरिएको छ।

    सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।

    स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।