Category: समाचार

  • बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

    बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण घर बगेपछि हराइरहेका २१ जनाको अझै कुनै सुचना प्राप्त हुन सकेन । अघिल्लो बुधबार राती आएको बाढीले घर बगाएपछि ३८ जना हराएका थिए । त्यसमध्ये १७ जनाको भने शव फेला परिसकेको छ ।

    स्थानीय प्रशासनका अनुसार हराइरहेका २१ जनाको खोजी कार्य भने अहिले पनि जारी रहेको छ । स्थानीय बासि, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् ।

    सोमबार अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका ७ स्थित बढीगाड खोलामा फेला परेको छ । यहाँबाट बगेका अधिकांश शवशरु गुल्मीमा पुगेर फेला परिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले जनाए अनुसार मृतक १७ जनामध्ये १५ जनाको भने सनाखत समेत भइसकेको छ । उनीहरुको शव आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान नभएका दुई शव भने बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको छ ।

  • थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

    थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ ।

    सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ केशहरु आउने क्रम जारी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। अब नेपालमा कुल संक्रमित ४७ हजार नाघेको छ ।

    ४७ हजार २ सय ३६ जनामा यो भाइरसको आक्रमण भइसकेको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित देखिनेसँगै यसलाई जितेर घर फर्कनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो संख्या कुल संक्रमितको ६५ प्रतिशत हो ।

    आइतबारसमेत नयाँ संक्रमितको तुलनामा डिस्चार्ज हुनेको संख्या माथि रहेको थियो । पछिल्लो २४ घण्टामा सरकारले ९ हजार २१८ जनाको पिसिआर परीक्षण भएको जनाएको छ । यो बीचमा पिसिआरको संख्यामा भने उल्लेख्य वृद्धि छैन । अब देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । अझै क्वारेन्टिनमा भने ४ हजार ७ सय ३९ जना मानिस रहेका छन् ।

  • उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३७,९०, ८३ वर्षीय महिला रहेका छन् ।

    त्यस्तै मोरडका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९, बाँकेका ६३ वर्षीय र मकानपुरका ३९ पुरुष रहेका छन् । ६३ वर्षीय महिला रहेकी छिन् योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

  • नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

    नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षणमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार२ सय ३६ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १७ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३० हजार ६ सय ७७ उपचारपछि निको भएका छन्। देशभर संक्रमितको १६ हजार २ सय ५९ रहेको छ ।

  • वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

    वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।

    वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बिहान बसेको बैठकले सो निर्णय भएको उनले जानकारी दिए।

  • काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्।

    मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ।

    काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

    मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए


    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।

    त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९१९ र भक्तपुरमा ७११ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

    नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ४२ जनाको पीसीआर परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको भएका छन्।

  • चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

    चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

    भरतपुर । चितवनमा आइतबार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावबाट शनिबार राती सार्वजनिक विवरण अनुसार चितवन जिल्लाका ३० सहित ३४ जनामा कोरोना देखिएको हो । १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्मलाई कोरोना देखिएको छ ।

    भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण देखिएको ल्यावले जनाएको छ ।

    चितवनको राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि कोरोना देखिएको छ । यो ल्यावमा भएको परीक्षणमा नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो समय चितवन बढी संक्रमित देखिने जिल्लामा पर्छ ।

  • न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

    न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

    न्युयोर्क, सेप्टेम्बर ५, २०२० 

    कोरोना महामारीबाट केही राहत महसुस गरेसँगै न्युयोर्क सहरमा सशरीर उपस्थित भई गरिने केही सामुहिक कार्यक्रम हुन थालेको छ । यसै बीच तारा – किशन फाउण्डेसनले आज आइतबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको सम्झनामा ‘नेपाली रचना वाचन’ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

    तारा – किसन फाउण्डेसनको एकल आयोजनामा न्युयोर्कको फोरेष्ट पार्कको खुला मञ्चमा करिव ३ घण्टा लामो कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी न्युयोर्क, न्युजर्सी र बोष्टन, म्यासाच्युसेट्सका नेपाली साहित्यानुरागीहरुले गीत, गजल, मुक्तक, कविता आदि वाचन गरेका थिए । साहित्यकार मणी बाङ्देलले काव्यात्मक शैलीमा सञ्चालन गरेको कार्यक्रमका बारेमा फाउण्डेसनका फाउण्डर तारा धामी र किशन धामी लगायत सञ्चारकर्मी शैलेश श्रेष्ठ, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट तथा अधिकारकर्मी नवराज केसीले प्रकास पारेका थिए ।

    रचना वाचन गर्नेहरुमा;

    कुमार न्यौपाने

    ज्योती कुमार श्रेष्ठ

    नदिया लिवांग

    बिराज रिजाल

    गीता पराजुली पन्थ

    गीता खत्री

    आनन्द श्रेष्ठ

    योगेश आदी

    गोबर्धन पूजा

    शैलेश कुमार श्रेष्ठ

    दीपा राई पुन

    जानुका वस्ती ढकाल

    पद्मालिंखा मगर

    महेश्वर पंन्त

    पुष्पराज उपाध्याय

    पुष्पा अधिकारी गौतम

    डा. मधु माधुर्य

    मणी वाग्देल राई

    अकुर लुइटेल

    वीजय सिम्खडा

    विकाश बिष्ट

    शान्ता अधिकारी घिमिरे

    संगीता उप्रेती

    विमल डागी

    हेमन्त केशर ब्रह्म

    जसकुमार राई

    अर्जुन मैनाली रक्तदाता

    बिष्णुहरि भण्डारी

    नबराज खडका

    हनसराज जोशी

    दिपेन्द्र बस्याल

    बच्चु मैनाली 

    बाल कविता सुहाना गुनी

    कार्यक्रममा बारेमा अध्यक्ष धामीले “आगामी दिनमा पनि नेपाली बाङ्मयको बृहत्तर बिकासका लागि फाउण्डेसन सदैव तत्पर रहने” धारणा व्यक्त गरेका थिए ।

  • भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

    भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

    काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ।

    भारत अहिले अमेरिका र ब्राजिलपछि बढी संक्रमित रहेको मुलुकमा तेस्रो स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा कोरोनाका कारण १ हजार भन्दा मानिसले ज्यान गुमाए । यहाँ कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ। यो अवधिमा अमेरिकामा भने ४० हजार ७ सय मानिसमा नयाँ संक्रमण देखियो ।

    अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख २९ हजार ८ सय पुगेको छ। यहाँ एक दिनमा सात सय मानिसले ज्यान गुमाए । अमेरिका सबैभन्दा बढी मानवीय क्षति हुने देश हो । कोरोनाका कारण अमेरिकामा १ लाख ९२ हजार ८ सय मानिसको ज्यान गएको छ ।

    अमेरिकामा ३७ लाख ६ हजार ७ सय मानिसले कोरोनालाई जितेका छन् । विश्वभर कोरोना भाइरस लाग्ने मानिसको संख्या २ करोड ७० लाख ४३ हजार रहेको छ । ८ लाख ८२ हजार ९ सयले ज्यान गुमाएका छन् । नेपालमा मात्र २ सय ८० जनाको निधन भएको छ ।

  • बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

    बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

    बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ ।

    यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा १४ जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार शनिबार पनि बिहानैबाट खोजी थालिएको थियो ।

    रातिको बाढी र पहिरोले बाग्लुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा ठूलो मानवीय क्षति भएको थियो । हराइरहेका मानिसमा १५ दिने शिशुदेखि वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका १४ मध्ये १३ जनाको भने शव समेत सनाखत भइसकेको छ । यो प्राकृतिक विपतले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो ।

    उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

  • काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ३२६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

    नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १५६६ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १ सय २७ उपचारपछि निको भएका छन्।

  • पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

    पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जालो कति भयाभह बनिसकेको छ भन्ने एक उदाहरण देखिएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा विवादका क्रममा बिहीबार दिनभर सडकमा खटिएका प्रहरीमा १८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

    पुल्चोकमा रथ तान्न पाउनु पर्छ भन्ने यूवाको ठूलो समुहलाई नियन्त्रण गर्न प्रहरी खटिएको थियो । पुल्चोकमा भएको झडप नियन्त्रण गर्न महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जनामा कोरोना पुष्टी भएको हो ।

    उनीहरु सातदोबाटो बृत्त र ललितपुर परिसरबाट खटिएका प्रहरी रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो। उनीहरुलाई रिपोर्ट नआउन्जेल सेल्फ आइसोलेसनमा नराखी भीड नियन्त्रणमा खटाइएको थियो ।

  • कोरोना संक्रमणबाट १४ जना  संक्रमितको मृत्यु

    कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु

    काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो ।

    उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

  • उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ।

  • नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

    नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार ३३६ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १३५४ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५ सय ६१उपचारपछि निको भएका छन्।

  • बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

    बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

    बागलुङ । बुधबार राति आएको बाढी र पहिरोमा परी हराइरहेका बागलुङ, ढोरपाटन नगरपालिका–९ बोबाङका स्थानीयको खोजी आज पनि शुरु भएको छ । यस घटनामा १४ जनाको शव फेला परिसकेको छ । अझै २४ जना वेपत्ता छन् । त्यसमध्ये चार जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको छ । शव भेटिए पनि १० जनाको सनाखत हुन सकेको छैन । बाढीले बगाएको शव क्षतविक्षत अवस्थामा भेटिएका कारण पहिचानमा समस्या आएको हो ।

    उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम समेत शुक्रबार हुने भएको छ । वेपत्ता भएकाको खोजीमा सेना, प्रहरी र स्थानीय बिहानैबाट जुटेका छन् ।

    बगाएकाहरुको शव अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म पुगेको अवस्थामा फेला परेको छ । पहिरोले फलेघर र सुपुर्दुङमा एक दजर्न बढी घर बगाएको । वडा नं ८ सम्म कुल ४० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।

  • बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

    बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलामा आएको बाढीबाट वेपत्ता हुनेको संख्या ४१ पुगेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये १२ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्य जारी छ ।

    सोहीकारण अझै धेरै मानिस हराएको आशंका गरिएको छ । घटनास्थलमा धेरै ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । सोहीकारण उद्धार र राहतमा समेत कठिनाई भएको छ ।


    प्रहरीका अनुसार शव फेला परेका मानिसको समेत पहिचान हुन सकेको छैन । शवहरु चिन्न नसक्ने अवस्थामा छन् । प्रहरीका अनुसार बाढीले ३१ घरमा पूर्ण रुपमा क्षति गरेको छ । स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।


    बिहीबार ढोरपाटनमा बाढीले बगाएर हराइरहेकामध्ये तीन जनाको शव भने गुल्मीको बढीघाट खोलामा फेला परेका छन् । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको हो । बाढीग्रस्त क्षेत्रमा आज गृहमन्त्रीसहितको टोली हेलिकोप्टरबाट जान उडेपनि प्रतिकुल मौसमका कारण जान भने सकेन । काठमाडौंबाट उडेको टोली पोखरामा पुगेर रोकिएको छ ।

  • राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

    राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ।

    राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।

  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।

    उनका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५७ पुगेको छ।

  • उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।

    यो सहित काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

    नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ९ सय १७जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्।

  • निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

    निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

    निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो
    काठमाडौं । उपत्यकामा निषेधाज्ञाकै बीच वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न शुरु गरिएको छ ।

    बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो

    युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड सहितको प्रदर्शन समेत गरेका छन् ।

    कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका ९काठमाडौं, भक्तपुर र ललितपुर० मा निषेधाज्ञा जारी गरिएको छ ।

    सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो ९बुधबार० मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

    तर रथयात्राको विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।

    गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।

  • बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

    बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा नदी किनारमा बाढीले घर बगाउँदा वेपत्ता भएका मध्ये ८ जनाको शव भेटिएको छ । तटीय बस्तीमा बाढी पसेपछि ठूलो मानवीय क्षति भएको छ । खोजीका क्रममा ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सकुर्दुङको भूजी खोलाले वितण्डा मच्चाएको हो ।

    बाढीमा १३ जना बेपत्ता भएको प्रहरीको अनुमान छ । बाढीले १३ घर बगाएको छ । घटना स्थलमा ८ जनाको शव फेला परेपनि उनीहरुको सनाखत भने भइसकेको छैन । रातको १२ बजेतिर ठूलो पहिरोसँगै यहाँ बाढी बस्तीमा पसेको थियो ।

  • बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

    बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । यहाँ गतराती गएको बाढी र पहिरोले दर्जनौं घर बगाएको छ । जसमा कम्तिमा १२ जना बेपत्ता भएको स्थानीय प्रशासनले जानकारस् गराएको छ । यस स्थानमा सुकुर्दुङ खोलाले वितण्डा मच्चाएको हो । बाढीले कम्तिमा १० घर बगेका छन् ।

    सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीय प्रहरीले जनाएको छ । बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क विहीन रहेको र थप क्षति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले उल्लेख गरेको छ । रातिको समयमा भएको क्षतिका कारण यकिन विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ ।

    बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले पुष्टी गरेको छ । अहिले उद्धारको काम जारी रहेको छ । घटनास्थलमा प्रहरी, सेना तथा स्थानीय बासी उद्धारमा खटिएका छन् । ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेपछि आएको बाढीले ठूलो मानवीय क्षति गरेको हो ।

    प्रहरीका अनुसार लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन छन् । लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेको प्रहरीले जानकारी दिएको छ ।

  • ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

    ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

    काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान ल्याइएको छ । २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्नेछन् । उनका अनुसार अहिले १२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

    यसरी बढी संक्रमणको शिकार हुने जिल्लामा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही रहेका छन्। उता २ सय बढी सक्रिय संक्रमित भएका जिल्ला ६ वटा छन्। सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली यो सूचिमा छन् । काठमाडौंमा मात्र ५ हजार सक्रिय संक्रमित पुगेका छन् ।