प्रधानमन्त्री बाकुमा

बाकु । असंलग्न आन्दोलनमा सहभागी देशहरुको समूहमा आवद्ध राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकु पुगेका छन् । बिहीबार बिहान अपरान्ह नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री राती बाकु पुगेका हुन् । सम्मेलन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभले स्वागत गरे । उक्त… Continue reading प्रधानमन्त्री बाकुमा

आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ । उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ । आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार,… Continue reading आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

काठमाडौं इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो । सिडिसी बेलायत… Continue reading वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् । उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।… Continue reading राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो । बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले… Continue reading युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विवाद नरहेको बताएका छन् । पछिल्लो एक सातायता प्रधानमन्त्री र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री पद चलाउने सहमतिको विषयलाई लिएर विवाद रहेको सार्वजनिक भएको थियो । प्रधानमन्त्रीले यसबीचमा दुई वटा पत्रिकामा अन्तर्वार्ता समेत दिएर प्रधानमन्त्री पद कसैले माग्दैमा नपाउने आशय समेत व्यक्त… Continue reading प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

आङ सान सू ची नेपाल आउने

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन्… Continue reading आङ सान सू ची नेपाल आउने

महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश… Continue reading महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

चितवन उपचारार्थ बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु उत्तेजित भएको हो । आइतबार साँझ ठुलै समुहले चितवन मेडिकल कलेजमा प्रदर्शन एबम् तोडफोड गर्न थालेपछि व्यापक प्रहरी परिचालन गरेको थियो । प्रहरीले पहरा दिएर स्थिती सामान्य पार्न खोज्दा स्थिति थप तनावग्रस्त… Continue reading चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा… Continue reading राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् । मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो । उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ । सभापति… Continue reading आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

काठमाडौं । दशैंको चाप सकिएसँगै नौबिसे नागढुंगा सडक खण्डको मर्मत शुरु भएको छ । सोही प्रयोजनका लागि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घरस्थित सडक खण्डमा कालोपत्रे गर्ने काम जारी छ । सोही कारण एकतर्फी सवारी संचालनमा ल्याई काम… Continue reading नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

न्युयोर्कको हार्लममा गोली चल्दा ३ जनाको मृत्‍यु भएको छ । हार्लमको लेनोक्स र फिप्थ एभेन्यू बीच १३१ स्ट्रिटस्थित ५ तल्ले घरको तल्लो तलामा बस्ने छिमेकीले माथिल्लो तलामा बस्नेलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ । ७८ वर्षीय रिटायर्ड बिल्डिङ सुपरटेन्डेण्ट र ६२ वर्षीय उनको पत्नीलाई तल्लो तलामा बसोबास गर्दै आएका ५९ वर्षीय एक छिमेकीले गोली… Continue reading न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संबैधानिक ईजलासले स्थानीय तहका पदाधिकारीलाई प्रदान गर्दै आएको मासिक पारिश्रमिक तथा सुविधा सम्वन्धि कानून बदर गरेको छ । प्रदेश सभाले निर्माण गरेको कानून अनुसारको सेवा सुविधा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की समेतको ईजलासले “सेवा सुविधा सम्वन्धि दफा र सम्बद्ध अनुसूची” मात्र बदर गरेको हो… Continue reading स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

कार्तिक १, बेत्रावती, रसुवा पछिल्लो समय अत्यन्त व्यस्त रहेको रसुवागढी नाकाबाट चिनियाँ प्याज नेपाल भित्रिन थालेको छ । भारत सरकारले भारतमा प्याजको मुल्य उच्च बिन्दुमा पुगेको ठहर गरी भारतबाट अन्य देशमा निर्यात हुने प्याजलाई प्रतिबन्ध गरेको थियो । भारतको प्याज नेपाल भित्रिन नपाएपछि नेपालमा प्याजको मुल्य आकासिएको हो । गत असोज महिनामा मात्र रसुवागढी नाकाबाट… Continue reading प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

काठमाडौ ।   गैर आवासीय  नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे ।  त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६  मन केसी -९६१ र सोनाम… Continue reading गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

काठमाडौं । सरकारले द्वन्द्वपिडित बाँकेका जयलाल शर्मालाई दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनका छोरा द्वन्द्वकालमा मारिएका थिए । यसबाहेक काभ्रेकी सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उनी जनआन्दोलनकी घाइते हुन् । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो… Continue reading द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

दाङ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय प्रभावकारी प्रहरी कारवाही तिब्र बनाएका छन् । खासगरी जनतामा सरकार रहेको र सुशासनको अनुभूति हुने गरी प्रहरी अपरेशन तिब्र बनाइरहेको समयमा प्रहरीले भूमिगत अवस्थामा रहेको विप्लव समूहका नेता दुई दर्जन नेता कार्यक्रता पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द्र विप्लवका दाजु चन्द्रबहादुर चन्दसमेत रहेका छन् ।… Continue reading विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

 साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्‍यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो । दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा… Continue reading साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

एनआरएनएको निर्वाचन स्थगित

काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार हुने भनिएको मतदान भोलि विहान १० बजेसम्मका लागि स्थगित भएको छ । मतदाताहरुले लामो समय प्रतिक्षा गरिसकेपछि यस्तो निर्णय आउँदा ठुलो होहल्ला मच्चिएको थियो । गुटबन्दी र मिलेमतोको भद्दा वातावरण देखिएको पर्यवेक्षकको दाबी छ । मतदानको लागि तयार पारिएको मेसिनमा समस्या… Continue reading एनआरएनएको निर्वाचन स्थगित

आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद्का केही सदस्यको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपरिषद् फेरबदल गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिसकेका छन् । मन्त्रीहरु अदलबदल तथा पार्टी एकताको अन्तिम टुंगो लगाउने सम्बन्धमा बुधबार छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ । करीव आधा दर्जन मन्त्रीहरुको कार्यशैलीप्रति प्रधानमन्त्री संतुष्ट… Continue reading आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

५ किलो सुन समातियो

खाँदबारी, संखुवासभा प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो । स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद… Continue reading ५ किलो सुन समातियो

नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

काठमाडौं १२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् । आलक किन पक्राउ परे ? पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा… Continue reading नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

कांग्रेसले आयोजना गर्यो चियापान, मूख्य नेता सहभागी

काठमाडौं । नेपाली कांग्रेसले आइतबार दशैं तिहार तथा छठपर्वको उपलक्ष्यमा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मूख्य दलका अधिकांश नेता सहभागी भए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्डसहित मूख्य नेता कांग्रेसको चियापानमा सहभागी भएका हुन् । उक्त अवसरमा बोल्दै सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए ।… Continue reading कांग्रेसले आयोजना गर्यो चियापान, मूख्य नेता सहभागी

दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

२६ असोज, काठमाडौं काठमाडौं दरबारमार्गस्थित क्लब भिक्टोरीमा लागेको आगलागी करिब ३ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । प्रहरी कार्यालय टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पछिल्लो जानकारी गराएको हो । बोगटीका अनुसार “विद्युत् सर्किट् सर्ट भएका कारण आगोलागी शुरु भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।” आइतबार साँझ करिव ६ बजेदेखि शुरु भएको… Continue reading दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकले उल्लेख गरेको छ । आइतबार नेपालसहित सार्क… Continue reading नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

नेपाली मुलकी युवतीको भारतमा हत्या

२६ असोज, विराटनगर विराटनगर सहरको पञ्चमुखी चोंक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको भातरको जोगबनीमा हत्या भएको छ । उनको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिनुले माईतीपक्ष न्यायको लागि ठुलो अन्यौलमा परेका छन् । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा… Continue reading नेपाली मुलकी युवतीको भारतमा हत्या

दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

२६ असोज, काठमाडौं  काठमाडौंको एलिट वर्गहरुको जमघट हुने स्थानको रुपमा परिचय बनाउँदै आएको दरबारमार्गस्थित क्लब भिक्टोरीमा आईतबार साँझ ६ बजेबाट आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्रको जवानहरु तथा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिरहेको छ । यद्यपी आगलागी नियन्त्रणमा लिन नसक्दा आगो झन दन्किदै आसपासको घरहरुमा समेत क्षति पुर्याउने खतरा… Continue reading दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

न्यूयोर्क,  शुक्रबार, ११ अक्टोबर, १९ जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ ।  अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग… Continue reading टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् ।  संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् । क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै… Continue reading न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्