Category: समाचार

  • नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

    नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ

    पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५४ हजार ६ सय ४० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्।

  • इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

    इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

    काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू)की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालमा युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

    आफु नेपाललाई हेर्न–बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदार र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित रहेको उनले बताएकी छिन् ।

    पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दो विकास साझेदार र मुख्य दाताका रुपमा रहेको उनको भनाई छ ।

  • बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

    बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

    निजगढ । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरु सबैको घटनास्थलमै ज्यान गएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटलाई आइतबार साँझ ठक्कर दिएको हो । ठक्कर दिने बसका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालम कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।

    जसमा ५ जना काठमाडौं उपत्यकामा रहेका छन् । मृत्यु हुनेमा बारामा २० बर्षीय पुरुष, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुष रहेका छन् ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

  • काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

    काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ।

    जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५०७ पुगेको छ।

  • नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

    नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १ सय २३ जनाको पीसीआर परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ८८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५३ हजार ८ सय ९५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्।

  • विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

    विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।

    गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

    यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

    हावाबाट कोरोना सर्दैन

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भने, ‘दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’

    स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

    ७८ हजारको उद्धार

    कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकामा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३४३ नेपालीको उद्धार गरिएको छ ।

    चीनबाट कोरोना भाइरसको सङ्क्रमण भए लगत्तै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको सङ्घले जनाएको छ ।

    सङ्घअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक सङ्घसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

  • आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

    आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

    काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसममा व्यापक सुधार हुने भएको छ । आज बिहानैदेखि घाम लागेको छ । प्रदेश १ र २ का केही स्थानमा बाहेक धेरैजसो स्थानमा आज घाम लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भएको छ । त्यस क्षेत्रमा हल्का वर्षाको समेत सम्भावना छ । यसबाहेक देशका धेरैजसो स्थानमा आज मौसम सफा रहनेछ ।

    महाशाखाका अनुसार पश्चिम नेपालबाट क्रमशः मौसम अनुकुल हुँदै आउनेछ । आज बागमती प्रदेशदेखि पश्चिममा सामान्य मौसम बदली हुन सक्ने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहेको छ ।

    आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

  • चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

    चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघलाई निकुन्जले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रबाट बाघलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो । यो बाघले शनिबार बिहान वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई आक्रमण गरी मारेको थियो ।

    त्यसपछि पनि बाघले शवलाई छाडेको थिएन । यो बाघले यसअघि पनि मान्छेलाई मारिसकेको र थप मानवीय क्षति नहोस भनी निकुन्जले बाघ नियन्त्रणमा लिएको बताइएको छ । निकुञ्जले दिएको जानकारी अनुसार आक्रमण गर्ने बाघ अन्दाजी १० वर्षको भाले बाघ हो ।

    उसलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको हो । निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको छ ।

    औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनाएपछि मुख्य कार्यालय कसरामा लगिएको छ । यो बाघलाई कसराको खोरमा राखिएको छ ।

  • प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

    प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

    आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको जानकारी उनले दिएकी छिन् । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएको र शनिबार पोजेटिभ रिपोर्ट आएको उनले नेपाली संचारमाध्यमहरुलाई जानकारी गराएकी छिन् ।

    आफु होम आइसोलेसनमा बसेको समेत उनको भनाई छ । उनले केही दिन अगाडी अनसनरत डा. गोविन्द केसीलाई भेटेपनि सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षा अपनाएको उनले जानकारी दिएकी छिन् ।

  • कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

    कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए ।

    त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो । यसअघि एक जना सैन्य जवानको कोरोनाका कारण ज्यान गइसकेको छ । जङ्ग्गी अड्डाले दिएको जानकारी अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ५३९ जनाले कोरोनालाई जित्न सफल भइसकेका छन् ।

  • थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

    थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

    काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४६७ पुगेको छ।

  • काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

  • नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

    नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ११४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५१ हजार १३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

  • रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

    रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

    बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ ।

    तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको हो । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका, लक्ष्मीनगर डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन समेत बगाएको छ ।

    उता, तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले घरहरुमा क्षति पु¥याएको छ ।

    उता, रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

    सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढालेको छ । यसले विद्युत आपूर्ति समेत बन्द भएको छ । तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान भइरहेको छ । उता, देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेको विवरण आएको छ ।

  • अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

    अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

    सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ ।

    पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको थियो । अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । भिरालो जग्गामा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म भने बगेका छन् । यसले ठूलो भौतिक क्षति भएको छ । नगद, जिन्सी, अन्नपात, पशु चौपाया समेत बगाएको गाउँलेले जानकारी दिएका छन् ।

    गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई भने सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारलाई बसोबासको व्यवस्थापनमा सहयोग गरेका छन् । यो घटनाका थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

  • ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

    ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

    काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

    पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो।

    स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

  • नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

    नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु हो ।

    मृत्यु हुनेमा मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ।

    बिहीबार कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६५ प्रतिशत छ।

  • काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

    काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

    जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

  • नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

    नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप १४५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।

  • काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

    काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

    काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै बढेर गएको छ । काठमाडौं महानगरपालिकाले दिएको तथ्यांकअनुसार हाल वडा नं. ३ महाराजगञ्जमा ४ सय ३४ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ४७ जना, वडा नं. १३ कालिमाटीमा ४ सय १६ र वडा नं. १४ कलंकीमा ३ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    महानगरपालिकाका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नं. १५ रहेको छ । सो वडाको स्वयम्भू र आसपासको क्षेत्रमा बढी नै संक्रमित फेला परेका छन । सो वडामा ६ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ९४ जना, वडा नं. २८ पुरानो बसपार्कमा ३ सय ६० जना र वडा नं. ३२ कोटेश्वरमा ३ सय ९९ जनामा संक्रमण देखिएको छ । महानगरपालिकाका अनुसार महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

  • स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

    स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

    स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ ।

    नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ । ६ महिने बालक र उनकी १९ वर्षीया आमा बिनिता नेपालीको भने एउटै चितामा दाहसंस्कार गरिएको छ ।

    सबैजना एकैघरका भएको र दागबत्ती दिने परिवार भित्रैको समेत कोही सदस्य नभएपछि फन्त जीबलाल परियारले दागबत्ती दिएका थिए । प्रहरीका अनुसार सबैको पोस्टमार्टमपछि दासंस्कार गरिएको हो ।

    दासंस्कारको खर्चको जिम्मा भने वालिङ नगरपालिकाले लिएको छ । गाउँलेहरु छिमेकीको सामुहिक दाहसंस्कारका लागि घाटमा पुगेका थिए । एकै स्थानमा भएको ठूलो मानवीय क्षतिले गाउँ शोकाकुल बनेको छ ।

    पहिरोबाट एक जनाको भने जिवितै उद्धार गरिएको थियो । १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार जारी छ । मनिषाको सम्पूर्ण उपचार खर्च समेत नगरपालिकाले बेहोर्ने भएको छ ।

  • कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

    कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् ।

    उनी कोरोना पोजेटिभ देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराइरहेका थिए । त्यसपछि स्वास्थ्य लाभ गरी पछिल्लो केही दिनयता भने उनी घरमै थिए । रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन होम आइसोलेसनमै बस्ने उनले जानकारी गराएका छन् ।


    त्यसपछि भने उनी पार्टीको काममा फर्कनेछन् । उनले आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र शुभेच्छा राख्‍ने र उपचारमा संलग्‍न चिकित्सक टोलीलाई धन्यवाद दिएका छन्।

  • स्याङ्जा पहिरो : एकै परिवारका  ८  सहित ९ को मृत्यु

    स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

    स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ ।

    बिहीबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उनीसहित ९ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको मृत्यु भएको छ ।


    उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनालाई भने जिवितै उद्धार गर्न सफल भएको छ । प्रहरीका अनुसार १७ वर्षिया मनिषा नेपालीको उद्धार भएको छ । उनी घाइते छिन् । उनको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

    नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

    काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो ।

    मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् ।

    यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

  • काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

    नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप ४५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्।

  • स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

    स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

    स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ ।

    अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको खोजी थालेको छ । मानवीय क्षतिको यकिन विवरण आउन बाँकि रहेको छ । उता, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार छन् । नेपालमा निरन्तर परेको वर्षाले देशभरको जनजीवन प्रभावित बनाएको छ ।

  • नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

    नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

    पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

    यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै उद्दार थालिएको छ । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गतराती पहिरोमा पुरिएको छ । घरमा मानिस पुरिएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेर उद्दार थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

  • बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

    विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम यो विषयलाई यथास्थितिमा राख्न आवश्यक देखिएको आदेशमा उल्लेख छ । उनको हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षीका नाममा आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

    सर्वोच्चले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट हुने मनोनयनको विषयमा नेपालको संविधानले अंगीकार गरेको व्यवस्थाबारे गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने समेत बताएको छ । गौतम राष्ट्रियसभा सदस्य नियुक्त भई सपथ ग्रहणसमेत गरिसकेका छन् ।

    सोहीकारण उनको पद के हुने भन्ने विषयमा निर्णय गर्नुअघि विपक्षीको पनि कुरा सुन्नुपर्ने सर्वोच्चको निष्कर्ष छ त्यसका लागि अन्तरिम आदेशको छलफलमा असोज १४ गते दुबै पक्षलाई सर्वोच्चले डाकेको छ ।

    रिटमा निवेदक त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र बामदेव गौतमलाई विपक्षी बनाएका थिए ।

    संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक देखिएकाले यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गर्नुपर्ने पनि सर्वोच्चको भनाई छ ।