विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ । पन्तलाई ठक्कर… Continue reading विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ । तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ । आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर… Continue reading कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो । प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान… Continue reading विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

बुटवल “सडक मानव” मुक्त सहर घोषित

बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ । शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त… Continue reading बुटवल “सडक मानव” मुक्त सहर घोषित

आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ । पूर्वसभामुख कृष्णबहादुर… Continue reading आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ । मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् ।… Continue reading सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

उच्च अदालतले समेत मानेन महरालाई छाड्न

काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश… Continue reading उच्च अदालतले समेत मानेन महरालाई छाड्न

तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् । त्यसकारण एक्कासी चिसो… Continue reading तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि डाकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। आन्तरिक विवादमा फसेको कांग्रेसको कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता अनुपस्थित भएपछि बैठक स्थागित भएको हो । विवाद समाधानको प्रयास भने जारी रहेको नेताहरुले जानकारी दिएका छन् । शीर्ष नेताहरु नै आन्तरिक छलफलमा जुटेका… Continue reading पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ,… Continue reading एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि फिर्ता गर्न अदालतको आदेश आवश्यक नरहेको बताएका छन् । महाकाली नदी पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको भन्दै त्यसका लागि सर्वोच्चको आदेश लिइरहनु नपर्ने उल्लेख गरेका हुन् । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेको जवाफ उनले सर्वोच्चलाई दिएका छन् ।… Continue reading सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो । सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् ।… Continue reading नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ । १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो । दूर्घटनामा १९ जनाले ज्यान… Continue reading अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस सिजनकै चिसो दिन मापन भएको छ । न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएसँगै यो दिन अहिलेसम्मकै चिसो दिन बनेको हो । काठमाडौंमा झै चिसो बढ्ने क्रम जारी रहेको छ । मौसक राम्ररी खुलिसकेको छैन । आकासमा बादल यथावत छ । तर, तापक्रममा भने निरन्तर घटी आइरहेको छ ।… Continue reading काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् । भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए । तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम… Continue reading भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । उनले आफूमाथि लागेको संविधानको अवहेलना… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

विद्या भट्टराईको शपथ ग्रहण आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छिन् । संसद सचिवालयका अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले मंगलबार अपरान्ह शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । उनी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । स्वं रवीन्द्र अधिकारी की पत्नी विद्याको राजनीतिमा पुनरागमन भएको छ… Continue reading विद्या भट्टराईको शपथ ग्रहण आज

चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ६ चैतबाट संचालन हुने भएको छ । २०७६ सालको एसईई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको हो । एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालनको जानकारी गराएको छ । तालीका अनुसार ६ गते अनिवार्य अंग्रेजी, ७… Continue reading चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

काठमाडौं । नेपालमा सडक दूर्घटनामा अधिक वृद्धि भएपछि त्यसको जनस्तरबाट व्यापक आलोचना भएको छ । खासगरी विगतमा सडक दूर्घटना हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिने गर्थे । तर, पछिल्लो दिनमा उनकै नेतृत्वको सरकार भएपनि सडक दूर्घटनामा अकालमा मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता झन बढ्दो छ । यसै परिस्थितिमा प्रधानमन्त्रीले गृह… Continue reading बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडान यथावत राख्दै अनुपस्थित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि डाकिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित गरियो । बैठक बस्न संस्थापन पक्षका नेता भने पार्टी कार्यालय पुगेका थिए । पौडेललाई फकाउन देउवा आफै शनिबार पौडेल निवास पुगेका… Continue reading पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

मौसममा क्रमिक सुधार

काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ । सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ । पश्चिमी… Continue reading मौसममा क्रमिक सुधार

जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए । विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ। पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको… Continue reading जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् । यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ… Continue reading प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

टेक्सस अमेरिकाको टेक्सस राज्यको सिटी अफ अर्भिङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बीचमा भगिनी सम्बन्ध स्थापनाका लागि पहल अघि बढाईएको छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको सिटी अफ अर्भिङसँग भगिनी सम्बन्ध स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाको एक प्रतिनिधि मण्डलले सिटी अफ अर्भिङमा मेयर लगायत पदाधिकारीसँग भेटघाट समेत गरेको छ । टेक्ससको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर… Continue reading सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने

एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् । सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको… Continue reading एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो । सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार… Continue reading सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनामा परेको छ । बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टी गरेको छ । दूर्घटनामा अहिलेसम्म ४ जनाको शव निकालिएको र कैयौं घाइते भएको प्रहरीले उल्लेख गरेको छ । सडकबाट करीव ५ सय मिटर… Continue reading कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

हिमपात र वर्षाले चिसो बढायो

काठमाडौं । आइतबारसमेत देशका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहने भएको छ । खासगरी देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जसले गर्दा उच्च भेगको तापक्रम ह्वात्तै घट्नेछ । पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी पहाडी क्षेत्रको पहाडी… Continue reading हिमपात र वर्षाले चिसो बढायो

नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । खासगरी बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव एजेण्डाका रुपमा अध्यक्षबाट बैठकमा प्रस्तुत हुने भएकाले यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । विधानअनुसार यस्तो बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, अहिले पनि करीव १ वर्षपछि बस्न लागेको हो । सचिवालयले एक वर्षको… Continue reading नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

काठमाडौं । काठमाडौंको चोभारमा झाडि भित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शवको पहिचान भएको छैन । करीव ६० वर्ष उमेरको लाग्ने एक पुरुषको शव फेला परेको हो । आत्महत्या थियो या हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । शनिबार नै रुपन्देहीमा एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा… Continue reading चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि