Category: समाचार

  • नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगैकूल संक्रमितको संख्या ९४ हजार २३५ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६८ हजार६६८ पुगेको छ। देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।

  • कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

    कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोना भाइरसका कारण रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

    सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

    परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय भएको छ ज्ञावलीले भने।

    उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ।

  • बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणपछि थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको ज्यान गएको हो । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्ध र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

    गत शुक्रबार पीसीआर परीक्षण गरेपछि कोरोना संक्रमण पुष्टी भएका नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापबाट पिडित थिए । उनको बुधबार बिहान १ बजे ज्यान गएको हो । बुटवल–९ की ५५ वर्षीया महिलाको भने बुधबार बिहान साढे ५ बजे ज्यान गएको छ ।

    सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा दीर्घरोगको कुनै संकेत थिएन । उनमा शनिबार कोरोना पुष्टी भएको हो ।

  • दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

    दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

    चरिकोट । देशभर निजी स्कुलले अविभावकबाट अनाधिकृत शुल्क असुल गरिरहेको खबर आइरहँदा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले उदाहरणीय निर्णय गरेको छ । अब दोलखा भित्र संचालित निजी स्कुलले ५ महिनाको शुल्क नलिने भएका छन् । जिल्लाभर कुल ३३ वटा बोर्डिङ स्कुल छन् ।

    उनीहरुले वैशाखदेखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएका हुन् । यो समयमा लकडाउनका कारण विद्यालय संचालनमा आउन सकेका थिएनन् । सरकारको निर्देशन विपरित देशभरका निजी स्कुुलले शुल्क असुल्न थालेपछि पछिल्लो समय अविभावक र स्कुलबीच द्धन्द्ध बढिरहेको समयमा प्याप्सन दोलखाले यस्तो निर्णय गरेको हो ।

    सरकारको निर्देशन विपरित देशभरका निजी स्कुुलले शुल्क असुल्न थालेपछि पछिल्लो समय अविभावक र स्कुलबीच द्धन्द्ध बढिरहेको समयमा प्याप्सन दोलखाले यस्तो निर्णय गरेको हो ।

    दोलखामा असोज ७ बाट भने विद्यालय सञ्चालनमा आएका छन् । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्कसहितका शुल्क नलिने निर्णय भएको प्याप्सनले बताएको छ । अनलाइन कक्षा संचालन समेत असोजपछि मात्र शुरु भएको हो । त्यसपछि भने विद्यालयले आफ्नो शूल्क नीतिअनुसार शुल्क लिन सक्ने भएका छन् ।

  • दाङमा दिपावली र हर्षोलास, बुटवल निरास

    दाङमा दिपावली र हर्षोलास, बुटवल निरास

    भालुबाङ, २१ असोज । एकसाता अगाडी सम्म बुटवलको पहिचान प्रदेश ५ को अस्थायी राजधानीको थियो । प्रदेशका महत्वपूर्ण गतिविधि बुटवललाई केन्द्रित हुने गरी भइरहेका थिए । तर, मंगलबारबाट बुटवलको पहिचान पुरानै अवस्थामा फर्किएको छ ।

    यो अब लुम्बिनी क्षेत्रको एक पुराना शहर मात्र बनेको छ । उता, दाङले भने अब नयाँ पहिचान पाएको छ । दाङको देउखुरी उपत्यका र यसमा पर्ने भालुबाङ क्षेत्रमा हर्षोलास छाएको छ । प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाए ।

    उनीहरुले बरु कोरोना भाइरसको भने त्यति प्रवाह गरेनन् । प्रदेशसभाको निर्णयको स्वागतमा मंगलबार साँझ जिल्लाभर दीपावली भएको छ । यसमा नेताहरुले समेत साथ दिएका छन् । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरियो ।

    घोराहीमा दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्‍याली आयोजना भएको छ । उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकाले ।

    प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख चोक–चोकमा दीपावलीसमेत गरेका हुन् ।

    देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभाग अब प्रदेश ५ को राजधानी बनेको छ ।

  • थप ९ जना कोराना संक्रमितको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

    थप ९ जना कोराना संक्रमितको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४ महिला र पाँच पुरुष गरि थप नौ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंमा ५९, ६० वर्षीय महिला, ललितपुरमा ६७ र नवलपरासीपूर्वमा ७७ वर्षीय महिला रहेका छन् ।

    त्यस्तै तेह्रथुमा ३१, सुनसरीमा ६४ ललितपुरमा ६१ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

  • काठमाडौंमा ७८३ सहित उपत्यकामा १०१७ संक्रमित थपिए

    काठमाडौंमा ७८३ सहित उपत्यकामा १०१७ संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसअनुसार काठमाडौंमा २५८ महिला र ५२५ पुरुष, ललितपुरमा ४९ महिला र ६९ पुरुष र भक्तपुरमा ४३ महिला र ७३ पुरुष रहेका छन् ।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ।

  • नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

    नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगैकूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप २३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित छन्।

  • प्रदेश नम्बर ५ को नाम लुम्बिनी, विपक्षमा ४ मत

    प्रदेश नम्बर ५ को नाम लुम्बिनी, विपक्षमा ४ मत

    काठमाडौं। प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ।

    प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।

    बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्।

    लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

    अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

    शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।

    प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।

    प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

  • प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

    प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

    काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ रहने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ ।

    प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

    विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

    प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

  • रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा

    रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा

    काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।

    बुटवलमा पत्रकार सम्मेलन गर्दै २३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन् ।

    प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै राजीनामा बुझाएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चुनावमा दिएको बाचा पुरा नगरेको हुँदा पाटीमा बसिरहनुको उपयुक्त नरहेको बताए ।

    रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्ष मोतिलाल पाण्डे, व्यवशायी नारायण घिमिरे, एजाज आलम, माधव नेपाल, होटल तथा रेष्टुरेन्ण्ट व्यवशायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतले बोलेका थिए ।

    जिसीले नामै लिएर नेकपा संसदीय दलका प्रमुख सचेतकलाई स्वार्थमा लागेर जनताको चाहनालाई कुल्चेको आरोप लगाए ।

    उनिहरुले रुपन्देहीमा रहेको ३५ वटा सामाजिक संघसंस्थाका २२४९ जना पाटी सदस्यले राजीनामा दिएको जानकारी गराएको छ ।

    त्यसमध्ये कतिपय सदस्यहरु पाटीको जिम्मेवार पदमा समेत रहेका छन् ।
    रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले विगत तीन देखि राजधानी रुपन्देहीमा हुनुपर्ने माग राख्ने आन्दालन गरिरहेको छ ।

    मंगलबार पनि उनिहरुले प्रदेश सभा भवन अगाडी धर्नाका कार्यक्रम गरिरहेका छन् ।

  • रामेछाप दोरम्बामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    रामेछाप दोरम्बामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रामेछापको दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार सोमबार राति ९ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा परेको हो ।

    काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल बोकेर रामेछापको सानो शैलुङ तर्फ जाँदै गरेको ना ७ त ८७३ नं को ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ पुडिटारका २७ वर्षीय चालक पेमा लामा र ट्याक्टरमा चढेका सोही स्थानका ५५ वर्षीया फुर्वा दोर्जेको घटनास्थलमै ज्यान गएको छ ।

  • प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

    प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

    काठमाडौं । एक आमाको कोखबाट जुम्ल्याहा शिशु जन्मनु समेत ठूलै कुरा मानिन्छ । कँही कतै तीन या चार जना शिशुु सम्म जन्मेको सुनिन्छ । तर, आज नेपालमा एक आमाले ५ शिशुलाई एकै पटक जन्म दिएकी छिन् । यी भाग्यमानी आमा हुन, नुवाकेटकी २८ वर्षिया सोमिका तामाङ । उनले थापाथलीस्थित प्रसुती गृहमा एकै पटक पाँच शिशुुलाई धर्तीमा आगमन दिइन् ।

    त्यसमध्ये एक जनाको भने आमाको कोखमै ज्यान गएको थियो । चार शिशु भने स्वस्थ अवस्थामा छन् । नेपालको सरकारी समाचार समिति राससले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्रलाई उदृत गर्दै लेखेको छ ।

    डा. मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य छ । अक्सिजन पनि दिनुपरेको छैन । अहिले बच्चाहरुलाई भने शिशु उपचार सघन कक्षमा राखिएको छ । रासससँग डा. मिश्रले बताए अनुसार एक महिलाबाट पाँच शीशुको जन्म विरलै हुने परिघटना हो ।

    जीवित शिशु सबै छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । तामाङको यसअघि दुई पटकसम्म शिशु नजन्मेर खेर गएको बताइएको छ ।

  • ३ वर्षीय बालकसहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

    ३ वर्षीय बालकसहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंमा २६ वर्षीय पुरुषसहित ९ जना रहेका छन् । जसमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै ललितपुरमा ३ वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

  • काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।

  • नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो

    नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्।

  • विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या

    विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या

    काठमाडौं । विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्।

    मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर सोमबार बिहान हामफालेका हुन्।

    गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    फोक्सोसम्बन्धी बिरामी रहेका गजमेर असोज १७ गते अस्पताल भनाए भएका थिए।

    उनका आफन्तहरूले भने अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन्।

  • प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड

    प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड

    काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश भएको छ ।

    सभामुखले दोस्रो पटक बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए ।

    सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए।

    मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्‍याएका थिए। पछि मन्त्री केसी प्रस्ताब छलफलका लागि प्रस्ताब पेश गरेका छन्।

    छलफल लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी तोडफोड गरेका छन्। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

  • भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक

    भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक

    काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको चपेटमा छ । अहिले यहाँ कन्ट्राक्ट ट्रेसिंग बन्द भएको छ । लक्षण देखिएका मानिसमै गरिएको परीक्षणबाट समेत दैनिक २ हजार हाराहारीमा संक्रमण पुष्टी हुने गरेको छ । यो अवस्थाबाट अब उच्च नेतृत्व पनि अछुतो छैन । प्रधानमन्त्री निवास बालुवाटारको किचेन क्याविनेटकै सदस्यमा कोरोना पुष्टी भयो ।

    त्यतिमात्र होइन, ६३ भन्दा बढी सुरक्षाकर्मीमा समेत कोरोना देखिएपछि सुरक्षामा नयाँ सेट नै पठाउनु परेको छ । यसको असर पार्टीहरुले निर्धारण गरेका नियमित बैठक र एजेण्डामा समेत पर्न थालेको छ ।

    नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक ५ दिनका लागि पर सरेको छ भने नेकपा सचिवालय बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । आइतबार प्रदेश ५ को राजधानीका विषयमा चर्किएको विषयलाई लिएर वालुवाटारमा नेताहरुबीच छलफल भएपनि त्यो सचिवालय बैठक भने थिएन ।

    आइतबार महासचिव विण्णु पौडेलले बुटवलबाट प्रदेश ५ को स्थायी राजधानी सार्ने विषयमा पार्टीले गरेको निर्णयमा असहमति राखेका थिए । यसबाहेक कोरोना कहरका बीच निर्धारित बैठकहरु भने प्रभावित हुने देखिएको छ ।

  • भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ

    भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ

    काठमाडौं । देशभर बालिका तथा किशोरीमाथि बलात्कारका घटना सार्वजनिक भइरहेकै समयमा उपत्यकामै एक किशोरी बलात्कारको शिकार बनेकी छिन् । सिन्धुपाल्चोककी एकजना बेसहारा १४ वर्षीया किशोरीमाथि कुकृत्य गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार छन् ।

    काठमाडौंमा मजदुरी गरेर गुजारा चलाउँदै आएकी किशोरीलाई नसालु पदार्थ खुवाएर तीन जनाले गाडी भित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीमाथि पटक पटक बलात्कार भएको प्रहरीको भनाई छ । शुक्रवारदेखि शनिवार मध्यान्हसम्म उनीमाथि तीन जनाले बलात्कार गरेका हुन् ।

    रत्नपार्कबाट नम्बर खुल्न नसकेको गाडीका सहचालक दीपेश राई भन्‍ने व्यक्तिले किशोरीलाई नसालु पदार्थ र पानी खुवाएर सूर्यविनायक पुर्याएका थिए । जबर्जस्ती करणी गरी दीपेशले किशोरीलाई सूर्यविनायकमा पार्किङ गरी राखेको बा. ३ ख २६१२ नम्बरको गाडीमा राखेर भागेको प्रहरीले जनाएको छ ।

    बसमा अचेत अवस्थामा रहेकी उनीमाथि थप दुई जनाले बलात्कार गरेको प्रहरीको भनाई छ । प्रहरीले बा ३ ख २६१२ नम्बरको बस चालक भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्को बसका कर्मचारी जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।

    उनीहरुले शनिबार बिहान सूर्यविनायकबाट गाडीमा राखेर चाँगुनारायण नगरपालिका८ स्थित हनुमन्ते खोलाको तीरमा किशोरीमाथि करणी गरेको प्रहरीको भनाई छ । त्यसपछि उनीहरुले किशोरीलाई सूर्यविनायक ल्याई गाडीभित्रै छाडिदिएका थिए ।

    स्थानीयले बसभित्र किशोरी लडिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएको र त्यसपछि मात्र घटना बाहिरिएको हो । खबर आएलगत्तै महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले उनको शनिवार राति ९ बजे उद्धार गरेको थियो ।

    काठमाडौंमा किशोरीका परिवार र आफन्त नरहेको र उनी अन्य व्यक्तिको सहारामा गुजारा चलाउँदै आएको खुलेको छ । उद्धारपछि भने उनलाई मानव कल्याण समाज भक्तपुरले संरक्षण गरेको छ ।

  • मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    हेटौडा । मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको भने उपचारका क्रममा ज्यान गएको हो ।

    प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते झापा जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    यो जीप हेटौंडाबाट काठमाडौंतर्फ जाँदै थियो । ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जना घाइते छन् ।

  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

    थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिला रहेका छन् ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

    नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुृल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप १३२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६४ हजार २९ पुगेको छ। देशभर २२ हजार २१९जना सक्रिय संक्रमित छन्।

  • सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी

    सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ।

    महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो । । उक्त सफ्टयरको उद्घाटन आइतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका हुन् ।

    अब निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको र सेवाग्रहीले घरैबाट निवेदन दिन सकिने महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।

    यस्तो छ तरिका

    ट्राफिक प्रहरीको वेबसाइटमा गएर हराएको सवारीधनीले फर्म भरेर आवेदन दिन सकिने छ । यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।

    वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

    त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

    माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।

    यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो ।

    असोज ५ गतेदेखि शुरु भएको यिकत lost Document Application अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाटै सेवा प्राप्त गरेका छन ।

  • कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

    कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

    बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै रुपन्देहीमा आन्दोलन चर्किएको छ । आइतबार नेपाली कांग्रेसले रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ । यो मुद्दालाई कांग्रेसले भोटको राजनीतिका रुपमा भरपर उपयोग गर्ने संकेत गरेको छ ।

    विरोधका कार्यक्रम र प्रदर्शन बढ्सँगै रुपन्देही जिल्ला प्रशासनले भने बुटवलमा निषेधाज्ञा जारी गरेको छ । बुटवलका करिब दर्जन ठाउँ चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र घोषणा भएको स्थानमा ५ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन पाइदैन ।

    आज कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउको कार्यक्रम राखेको छ । सम्भावित दुर्घटना रोक्न निषेधित क्षेत्र तोकिएको प्रशासनको भनाई छ । प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

    प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । प्रदेश मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

  • कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल

    कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल

    काठमाडौं । नेपाली कांग्रेसले १९ असोजका लागि बोलाएको केन्द्रिय कार्यसमिति बैठक अन्यौलमा परेको छ । पार्टीका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएसँगै बैठक अन्यौलमा परेको हो ।

    १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको कांग्रेसले जनाएको छ । कांग्रेसले पार्टीको आगामी रणनीति तय गर्न बैठक बोलाएको हो ।

    यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा समेत बैठक बसेको थियो ।

    त्यसमा सहभागी नेताहरुमा पनि कोरोना देखिएपछि धेरैजना नेता कन्ट्राक्ट ट्रेसिंगमा परेका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठमा कोरोना पुष्टी भएको छ । अन्य २ जना भने कर्मचारी हुन् ।

  • अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान

    अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान

    काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । अहिले देशभर देखिने कुल संक्रमणमध्ये ६० प्रतिशत काठमाडौंमा देखिएको छ । यस अस्थामा बाहिर सुरक्षित अवस्थामा विभिन्न जिल्लामा रहेका नागरिकलाई काठमाडौं नआउन सरकारले आह्वान गरको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो । शनिबार देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकाका ११७७ जनामा देखियो ।

    अन्य दिनमा समेत यस्तै प्रवृत्ति अनुसार कोरोना संक्रमण बढिरहेको छ । उपत्यकामा संक्रमण तीव्र गतिमा बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई छ । अहिले सकभर काठमाडौं उपत्यकामा नआउन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउन उनले नागरिकलाई आह्वान गरेका छन् ।

  • काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् ।
    यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

    काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्।

  • नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

    नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

    २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।