४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् । उनी आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो। सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन… Continue reading जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने
Category: समाचार
मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । त्यसलगत्तै उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले उनको स्वागत गरेको थियो । उनी रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाका… Continue reading मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर
धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु
धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले… Continue reading धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु
बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने
४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिँदैछन् । उनले सम्भवतः आज राजिनामा दिने तयारी छ । आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र भोलीबाट चुनावी अभियानमा होमिने तयारीमा बालेन छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज… Continue reading बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने
जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै
४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो ।नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो । आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि… Continue reading जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै
एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?
४ माघ, काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिनेछ। करिब ७ घण्टा लामो चलेको बैठकले उम्मेदवारको… Continue reading एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?
एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली
४ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । ‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ बस्नेतले सामाजिक सञ्जालमा… Continue reading एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली
झापा ५ मा ओली र बालेन भिडन्त पक्का
४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले… Continue reading झापा ५ मा ओली र बालेन भिडन्त पक्का
बर्लिन दूतावासले चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण गर्ने
जर्मनी, माघ ३ गते । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ। गत नोभेम्बरमा चेक रिपब्लिकमा सञ्चालित घुम्ती सेवा शिविरमार्फत राहदानी बनाउन आवेदन दिएकाको तयार भएको राहदानी वितरण गर्न लागिएको दूतावासले सूचनामार्फत जनाएको छ। आगामी जनवरी २४ मा चेक रिपब्लिकको प्रागस्थित एभरेस्ट रेष्टुरेण्टमा १२ बजेदेखि ३ बजेसम्म राहदानी वितरण… Continue reading बर्लिन दूतावासले चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण गर्ने
पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु
इस्लामाबाद, माघ ३ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् । उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनीट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो… Continue reading पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु
निवर्तमान सभापति देउवालाई आभार व्यक्त गर्ने नवनिर्वाचित काङ्ग्रेसको निर्णय
काठमाडौँ, माघ ३ गते। नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।शनिबार काठमाडौँमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्याएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो। उनले पार्टीमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज… Continue reading निवर्तमान सभापति देउवालाई आभार व्यक्त गर्ने नवनिर्वाचित काङ्ग्रेसको निर्णय
विश्वकप खेल्न जाने टोलीलाई गरियो बिदाई
३ माघ, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका छन् । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरे… Continue reading विश्वकप खेल्न जाने टोलीलाई गरियो बिदाई
देउवा काङ्ग्रेस कानूनी उपचारमा जाने
३ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । “निर्वाचन आयोगले २०८२ माघ २ गते एकलौटी रूपमा गरेको… Continue reading देउवा काङ्ग्रेस कानूनी उपचारमा जाने
गगनलाई सुजाताको बधाई
३ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छिन् । उनी देउवा काङ्ग्रेसतर्फ खुलेकी थिइन् । तर, निर्वाचन आयोगले गगनको नेतृत्वलाई आधिकारिकता दिएपछि उनले परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिडियो सन्देश सार्वजनिक गर्दै उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह… Continue reading गगनलाई सुजाताको बधाई
बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु
ढाका, माघ ३ गते। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ। “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार विहान ७ः५४ मा आगलागी भएको… Continue reading बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु
बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
३ माघ, काठमाडौं । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार… Continue reading बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै
पाटन (ललितपुर), माघ ३ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका… Continue reading देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
काठमाडौँ, माघ ३ गते । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट… Continue reading आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु
३ माघ, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए… Continue reading नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु
कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु
३ माघ, मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका… Continue reading कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु
निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै
३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता झाले बताए । बैठकमा सबै पदाधिकारी एवं… Continue reading निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै
उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज
३ माघ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन… Continue reading उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज
नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज
३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र… Continue reading नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज
सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ, माघ २ गते। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त… Continue reading सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
काठमाडौँ, माघ २ गते । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो । “अपराधको राजनीतिकरण र… Continue reading लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट
२ माघ, काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन् । उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् । ‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल… Continue reading अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट
आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा
२ माघ, काठमाडौं । शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले निर्वाच आयोग विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका हुन् । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि त्यस निर्णय विरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरूले… Continue reading आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा
आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?
२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा नयाँ चरणबाट सक्रिय हुने प्रक्रियामा प्रवेश गरेको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस बन्ने बाटोमा प्रवेश गरेको बताएका हुन् । ‘जे भएको छ यसलाई नवीन नेपालका लागि नवीन कांग्रेस भन्ने रुपमा लिनुपर्छ… Continue reading आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?
कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?
२ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ । आयोगका अनुसार ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई एक आधार मानिएको छ । विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च… Continue reading कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?
विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता
२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा… Continue reading विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता