काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएको लोकतन्त्र विरोधी प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी नहुने बताए । अहिले लोकतन्त्रका विरुद्ध केही प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले भने, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन,… Continue reading टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?
Category: बिचार
संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत
काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा सन्तुलित भाषण गरेका छन् । २० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भन्ने बारे खुलाएका छन् । उनले प्रधानमन्त्रीलाई खबरदारी गर्दै भने, ‘डन्ट टेक अस फर… Continue reading संसदमा गगनको सन्तुलित भाषण, प्रधानमन्त्री र मन्त्रीहरुलाई बनाए सचेत
युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनलेधेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै… Continue reading युवालाई उद्यमशील बनाउने कार्यक्रम बन्दैछ : प्रधानमन्त्री
प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए । ती… Continue reading प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन
कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ । ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई अस्वभाविक र अप्राकृतिक ढंले लान्छना लगाउने काम भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा जुन… Continue reading कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध
प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिए । उनले राम्रो प्रतिफल दिने,… Continue reading प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेसँगै सबै दलमा सहमति भएको बताएका छन् । यसलाई पूर्णता दिन अब कानूनी रुपमा कुनै दुविधा नभएको उनको भनाई छ । टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै समितिले सर्वसहमतिले पारित गरेर पठाउने बताए। उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए। उनले सबै पार्टीहरुसँग परामर्श… Continue reading टीआरसी विधेयकमा सबै दलको सहमति छ : प्रधानमन्त्री
बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए । ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको… Continue reading बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो
ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री
काठमाडौं-संस्कृति नागरिक तथा पर्यटन मन्त्री बद्री पाण्डेले ऐतिहासिक तथा सांस्कृतिक महत्व बाेकेका पर्वहरू अमूल्य निधि भएको बताएका छन् । आईतबार राताे मच्छिन्द्र नाथकाे यात्राकाे सन्दर्भमा शुभकामना दिँदै मन्त्री पाण्डेले सहकाल र वर्षाका देवताका रुपमा चिनिने रातो मच्छिन्द्र नाथको रथयात्राकाे छुट्टै विशेषता रहेकाे बताए । नेपाल भाषामा बुंग द्यः भनिने राताे मच्छिन्द्र नाथकाे रथयात्राले प्रकृति र… Continue reading ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री
विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए । मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै… Continue reading विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री
अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्यहरु… Continue reading अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं
प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने बताए । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य… Continue reading प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन
सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् । कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार… Continue reading सचिवहरुलाई प्रधानमन्त्रीको आश्वासन : भविश्यको चिन्ता नगर्नुहोस
प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा… Continue reading प्रचण्ड भन्छन् : अब म जनतासँग जान्छु
राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न… Continue reading राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् । सचिवको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले भने, ‘‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई… Continue reading प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ
न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका
योगेश आदी…🖌️ सावधान ! श्रीमान वा श्रामती अथवा कसैसँग सम्वन्धमा हुनुहुन्छ भने कुन रंगको कपडामा घरबाट निस्कँदै हुनुहुन्छ, विचार पुर्याउनुहोस् । नत्र अफ्ठेरो परिएला । खासगरी तलमाथि नै कालो रंगको रनिङ सुटमा त निस्कदै ननिस्कनु । भारतमा देवानन्द भन्ने कलाकारलाई सन् १९५८ मा कालापानी भन्ने फिल्म रिलिज भएपछि कालो सुट् लगाउन बन्देज लगाएजस्तै सन्वन्धमा भएकाहरुलाई… Continue reading न्युयोर्कमा जोडी खोज्ने नयाँ तरिका
मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति जारी गरेपछिआफ्नो कार्यकक्षमा भेट्न आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न… Continue reading मौद्रिक नीतिबाट उत्साहित छन् अर्थमन्त्री
सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना
काठमाडौं । तीन साता अगाडी त्रिशूली नदीमा दुई बस पहिरोमा परी बगेका छन् । बसको खोजी जारी छ । अहिलेसम्म डेढ दर्जन शव मात्र भेटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् । भारतबाट समेत प्राविधिक टोली मगाइएको छ । तर, अहिलेसम्म बस र यात्रुको अत्तोपत्तो लाग्न सकेको… Continue reading सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना
”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले… Continue reading ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए… Continue reading लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री
गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए । छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न… Continue reading गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री
अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे । उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे… Continue reading अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री
नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए । ‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी… Continue reading नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन
स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको… Continue reading स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’
निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं
काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा रहेको र आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकार… Continue reading निजी क्षेत्रको अर्थमन्त्रीसँग माग : निजी क्षेत्रको मनोबल उकासौं
प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् । शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन भनेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गर्दै लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको… Continue reading प्रधानमन्त्री भन्छन् : म्यासेन्जरमा बधाई दिनु
प्रधानमन्त्रीले ६ साउनमा संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले)ले जनाएको छ । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका छन् । उनले १ महिना भित्र परिवर्तन देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।
ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता… Continue reading ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा
जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति सबै शक्ति लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । अविरल वर्षापछि गएको… Continue reading जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन