Category: घूमघाम

  • पोखरामा दंग बंगलादेशी राष्ट्रपति

    पोखरामा दंग बंगलादेशी राष्ट्रपति

    पोखरा । सुन्दर नगरी पोखरा पुगेर आँखै अगाडी सेताम्य हिमश्रृंखला अवलोकन गर्न पाउँदा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद दंग परेका छन् ।

    श्रीमतीसहित बिहीबार पोखरा पुगेका उनले प्रकृतिको भरपुर आनन्द लिए । स्वच्छ, हराभरा वातावरणमा उनलाई बिहीबार मौसमले पनि साथ दियो ।

    चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति बिहीबार नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा पुगेका थिए । विमानस्थलमा उनलाई गण्डकी प्रदेश सरकारका तर्फबाट विशेष सम्मान प्रदान गरियो ।

    त्यसपछि उनी फेवातालमा जलशयरमा रमाए । करिब २० मिनेट उनले पानीमाथि बिताएका थिए । त्यसपछि करीव डेढघण्टा सम्म राष्ट्रपतिको टोली फिस्टेल लजमा बस्यो ।

    उनीहरुका लागि त्यही लन्चको व्यवस्था गरिएको थियो । त्यहाबाट सेनाकै हेलिकोप्टरले राष्ट्रपतिलाई रुपाकोट रिसोर्ट लग्यो । त्यहाँबाट देखिने रूपाताल, बेगनास ताल, फेवातालको उनले अवलोकन गरे ।

    अर्कोतर्फ सम्भुखमा देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको अग्लो कदले उनी निकै गदगद देखिन्थे । पोखराले आफूलाई निकै प्रभावित बनाएको उनले बताए ।

    रूपाकोट रिसोर्टमा उनलाई रूपा गाउँपालिकाले सम्मान गरेको थियो । काठको ठेकी उपहार दिएर उनलाई नेपाली मौलिक संस्कृतिसमेत देखाइएको थियो ।

    उक्त अवसरमा घाटु, सोरठी, मुसलमान समुदायको झाँकीसहित, मौलिक गीत प्रस्तुत गरि राष्ट्रपतिको स्वागत गरिएको थियो । मंगलबार नेपाल आएका उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    न्युयोर्क

    नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान  बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो उडानको क्रममा लगातर दुई वटा सुर्योदय देख्ने छ । क्वान्टस् एयरलाईन्सको महत्वाकांक्षी “प्रोजेक्ट सनराईज” ले सन् २०२२ भित्र सिड्नी – लन्डन् र सिड्नी – न्युयोर्क बीच सिधा यात्रु बाहक उडान सुरु गर्ने योजना अन्तर्गत उक्त परिक्षण उडान गरिएको हो । क्वानटस्  एयरलाईन्सको सिड्नी – लन्डन सेक्टरपछि यो बिमान कम्पनी संसार कै सबैभन्दा लामो दुरीतय गर्ने यात्रु बाहक बिमान कम्पनी हुनेछ । तीन सय यात्रु क्षमता भएको “लङरिच” नामक बोईङ    ७८७ ले परिक्षणका लागि क्याप्टन हेलन ट्रेनेरी सहित ४ पाईलटको साथ केही संचारकर्मी सहित ५० जना लिएर लन्डनबाट उडेको हो ।

    परिक्षण उडानमा क्वान्टस् एयरलाईन्सका कर्मचारी र क्वान्टस् एयरलाईन्समा नियमित उडान गर्ने (फ्रिक्वेन्ट फ्लायर ) यात्रु समेत विश्व कै सबैभन्दा लामो दुरीको हवाई यात्राको परिक्षण उडानमा छन् । उडान अबधिभर यात्रारत यात्रुहरुको निन्द्राको ढाँचा (स्लिप प्याटर्न), खानेकुराको खपत, उडान भित्रको मनोरन्जनात्मक  सामाग्री (इन फ्लाईट इन्टर्टेनमेन्ट), को प्रयोग आदीलाई अनुगमन गरिने छ । मेल्बर्न मोनास युनिभर्सिटीको एउटा समुहले उक्त परिक्षण उडानका चालक दलका सबै सदस्यहरुको उडान अगाडि र पछाडिको अवस्थाको अध्ययन गरिहरेको समेत जनाईएको छ ।  जहाजले आफ्नो यात्रामा ईन्धन भर्नको लागि कतै अवतरण गर्ने छैन । 

    क्वान्टसले गत अक्टुबर  महिनामा न्युयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलदेखि सिड्नी एयरपोर्टसम्मको १६ हजार किलोमिटरको परिक्षण उडान १६ घण्टा केही मिनेटमा तय गरेको थियो ।  

    एजेन्सी

  • नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र

    नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र

    काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन ।

    दिल्लीबाट आएका यात्रुले एक घण्टा ५ मिनेटसम्म विमानस्थल भित्रै बस्नु परेको भन्दै सामाजिक संजालमा जानकारी गराएका छन् ।

    नेपाल एयरलाइन्सले पनि पार्किंग स्लट नपाएका कारण विमान एक घण्टा ट्याक्सी वेमा कुर्नु परेको पुष्टी गरेको छ । जहाज साढे सात बजे अवतरण भएको भएपनि साढे ८ बजेमात्र यात्रुले बाहिर निस्कन पाएका थिए ।

  • चर्चामा “रसुवा कला यात्रा”

    चर्चामा “रसुवा कला यात्रा”

    रसुवा

    रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो ।

    चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा कला यात्रा नाम दिएर ४ दिनका लागि सञ्चालन भईरहेको यो कला यात्रामा रसुवा र नुवाकोटका बिभिन्न महत्वका क्षेत्रहरुको दृष्यहरु क्यानभासमा उतारिने छन् ।

    नेपालका बिभिन्न क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याउँदै आएका उपत्यका स्थापित कलाकारका समूहले आसन्न “नेपाल भ्रमण वर्ष २०२०” लाई  लक्षित गरेर स्थानीय संयोजक कलाकारहरुको अनुरोधमा यो कार्यक्रम गरेको हो ।

    यस कलायात्रामा राधेश्याम कर्माचार्य, राकेशचन्द्र श्रेष्ठ, झलक केसी, रुविन बाडे, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, सूर्यराम सुवाल सहित स्थानीयस्तरमा रहेर कुची चलाईरहेका छवी रसुवाका शशीकुमार डङ्गोल र डिल्लीराज घिमिरे समेतको सहभागिता रहने छ ।  

    काठमाडौंस्थित कला केन्द्रमा हरेक शनिवार कार्यशाला गर्दै आएका स्थापित कलाकारहरुले काठमाडौं, वेत्रावती र कालिकास्थानसम्म गरेको यसकिसिमको कला यात्राले कलामा रुची भएका नयाँ पुस्ता तथा कलाका पारखीहरुलाई थप उर्जा मिलेको छ ।

    बिभिन्न समयमा नेपालका अन्य स्थानहरुमा समेत कला यात्रा गरिसकेका राजधानी कर्मथलो बनाएर जमेका कलाकारहरुको समूह रसुवा पुग्दा उतरगया गाउँपालिका वडा ५ रसुवाका अध्यक्ष इश्वर थापा लगायतका स्थानीयले स्वागत गरेका थिए ।

    फोटो : शशीकुमार

  • नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने

    नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने

    काठमाडौं । नेपाल भ्रमणमा भारतीय भन्दा चिनियाँ पर्यटकको संख्या बढी भएको छ । अक्टोवर महिनामा यस्तो आंकडा सार्वजनिक भएको छ ।

    नेपाल भ्रमणमा आउने विदेशीमध्ये हरेक पटक भारतीयको बाहुल्य हुने गरेकोमा यस महिनामा भने चिनियाँ पर्यटकले फड्को मारेको पाइएको छ ।

    नेपाल पर्यटन बोर्डले अक्टोवर महिनासम्मको तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । तथ्यांक अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको महिनामा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका हुन् ।

    अक्टोवर महिनामा १५ हजार ३७ जना चिनियाँ नागरिक नेपाल घुम्न आएका छन् । अक्टोवर २०१८ मा भन्दा ११.५ प्रतिशत बढी पर्यटक यहाँ आएका छन् ।

    अक्टोवर महिनामा भारतीय पर्यटकको संख्या १२ हजार ७ सय ६ जना मात्र आएका छन् । भारतीय पर्यटक आगमन वृद्धि ९.१ प्रतिशत रहेको आंकडा बोर्डको छ ।

    नेपालमा कूल पर्यटकको संख्या भने भारतीय कै बढी छ । सन् २०१९ को १० महिना (जनवरी देखि अक्टोवर)मा १ लाख ६९ हजार ९ सय ५२ जना भारतीयले नेपाल भ्रमण गरेका छन् ।

    यसअविधमा १ लाख ३४ हजार २ सय ८१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जनवरीदेखि अक्टोवर २०१९ सम्म भने कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ ।

    अघिल्लो वर्ष भन्दा पर्यटक आगमन मात्र ८ प्रतिशतले बढेको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ । १० महिनामा यूरोप र अमेरिकी मुलुकबाट पर्यटक संख्या अपेक्षित बढ्न सकेको छैन ।

    तर, नेपालले यी देशमा बढी प्रवद्र्धनका कार्यक्रम लक्षित गरेको छ । एसियाली क्षेत्रबाट सामान्य वृद्धि देखिएको छ । जापानबाट पनि सामान्य मात्र पर्यटक बढेका छन् ।

  • शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ

    शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ

    भीमनारायण श्रेष्ठ / थानकोट, काठमाडौं

    शोणितपुरको नाम लिनासाथ यो ठाउँ कहाँ पर्छ ? के छ त्यहाँ ? किन शोणितपुर भनेका हुन् ? भनि जानकारी पाउन कौतुहल्ता जाग्नु स्वाभाविकै हो । धेरैलाई शोणितपुरबारे थाहा नहुन सक्छ । शोणितपुर नै भएर उपत्यका जाने आउने गरी रहेको पत्तो नहुन सक्छ ।

    काठमाडौं उपत्यका प्रवेश गर्ने नाका (मार्ग) मध्येको पश्चिम नाकामा पर्ने चन्द्रागिरि नगरपालिका मुख्यत थानकोट नै शोणितपुर हो । द्वापरयुगका वीर पराक्रमी किराती राजा बाणासुरको राजधानी शोणितपुर । थानकोट अर्थात् शोणितपुर चन्द्रागिरि भञ्ज्याङ्गको उत्तरी भू–भागमा अवस्थित छ । थानकोटको भौगोलिक अवस्थिति २७०३९’५७” देखि २७०४२’०८” अक्षांश उत्तर र ८५०११’२९” देखि ८५०१४’०३” देशान्तर पूर्वमा पर्छ । यसको कूल क्षेत्रफल ७.९६१३५ वर्गकिलोमिटरमा फैलिएको छ ।

    चन्द्रागिरिको काखमा अवस्थित नेवार समुदायको बाहुल्यता रहेको सुन्दर, स्वच्छ वातारण एवम् रमणीय शोणितपुर हाल थानकोट नामबाट चिनिन्छ । यो ठाउँलाई नेवारी भाषामा थक्वाः भनिन्छ । नेवार समुदायको बाहुल्यता रहेको यो ठाउँका वासिन्दा यहाँका आदिवासी हुन् । आफ्नो छुट्टै किसिमको ऐतिहासिक पहिचान बोकेको सुप्रसिद्ध गाउँ । हिन्दू धर्मावलम्वीको बाहुल्यता रहेको भए तापनि अन्य धर्महरु प्रति पनि सहिष्णुता अपनाउँछन् यहाँ वासिन्दा । त्यसैले आफ्नो धर्म, संस्कार, कला, संस्कृति र साँस्कृतिक पहिचानको धरोहरलाई उजागर गरी संरक्षण गर्न सफल भएका छन् । यहाँको ऐतिहासिक पक्षलाई अङ्गाल्दै जीवन्त राख्न र त्यसको अनुशरण गर्दै निरन्तरता दिंदै आएका छन् यहाँका वासिन्दा । यस गाउँको ऐतिहासक पक्ष खोतल्दै जाँदा पौराणिक कालमा सुप्रभानगरी नामबाट यो ठाउँ प्रख्यात भएको थियो ।

    द्वापरयुगमा धर्मदत्त नामका राजाले पनि यहाँ राज्य गरेका थिए । उनको शासनकालको एक हजार वर्षपछि बालिका छोरा बाणासुरले राज्य गरेका थिए । बाणासुरले स्वर्णमय बनाई शोणितपुर नगरी नामाकरण गरी यस ठाउँलाई राजधानी बनाएका थिए । बाणासुरको राजधानी शोणितपुर हाल थानकोट नामबाट चिनिन्छ । अग्लो ठाउँमा रहेको बस्तीको साथै लिच्छवी काल र मल्ल कालिन क्वाथः (थक्वाःथ) अर्थात् कोतघर (तत्कालिन समयममा प्रशासनिक कामकाज हुने ठाउँ) अपभ्रंश भई थानकोट बनेको बुझिन्छ ।

    बाणासुरको राजधानी शोणितपुर हालको थानकोट नै हो भन्ने थप पुष्टि गर्न बाणासुरले सैन्य अभ्यास गर्न हतियार (बाण) भण्डारण गर्ने र बाण हान्न बस्ने स्थान बाणस्थली हो । बाण हानेर पठाउने ठाउँ बाणभञ्ज्याङ्ग (हालसम्म पनि सो ठाउँहरुलाई बाणस्थली र बाणभञ्ज्याङ्ग अर्थात् बाडभञ्ज्याङ्ग) को नामबाट नै चिनिन्छ ।

    थानकोट नै वाणासुरको राजधानी शोणितपुर हो भन्ने प्रष्ट पार्न राजा बाणासुरकी रुपवती सुपुत्री उषा र भगवान श्रीकृष्णका नाति अनिरुद्रको वैवाहिक सम्बन्धको पक्ष लिन सकिन्छ । राजकुमारी उषाले सपनामा देखेकी राजकुमारसँग विवाह गर्ने ईच्छा व्यक्त गरेकीले बाणासुरले चित्रलेखाको सहायताबाट श्रीकृष्णका नाति अनिरुद्रलाई राती सुती रहेको अवस्थाममा खाटसहित उठाई अपहरण गरी आफ्नो दरवारको कौशीमा ल्याई बन्दी बनाई राखेका थिए । त्यसरी राती निन्द्रामा रहेका अनिरुद्रलाई अपहरण गरी बाणासुरले लगेको कुरा भगवान श्रीकृष्णले थाहापाई दलबलसहित आई बाणासुरसँग युद्ध गरेका थिए । उक्त युद्धमा बाणासुरको घमण्ड तोडी आफ्ना नाति अनिरुद्रको बाणासुरका रुपवती राजकुमारी उषासित विवाह गरी दिएका थिए । शोणितपुरमा अनिरुद्रको बसाई रहेको बेला अनिरुद्र स्नान गर्न जाने खोला (गाउँको बीचबाट बगेको) को नाम भाजु ख्वाः सिलिईउ खुशी (ज्वाईंले स्नान गर्ने खोला) हाल अपभ्रंश भई हाल भाख्रवाःसि नामले चिनिन्छ । त्यस्तै गाउँको पश्चिम तिरको खोला आलः खुशी (अनिरुद्रको लागि ज्यूनार/भान्छा/खाना पकाउन पानी लिने खोला) हाल अपभ्रंश भई आलखु नामबाट चिनिन्छ । त्यस्तै गाउँको पूर्वतिरको खोलामा उषा महिनावारी हुँदा नुहाउने र महिनावारीको बखत लगाएको कपडा धुने खोला हिजा खुशी/मभिँ खुशी (फोहोर कपडा धुने र नुहाउने खोला) हाल अपभ्रंश भई उक्त खोला मँखु नामबाट चिनिन्छ । साथै अनिरुद्रलाई अपहरण गरी ल्याएर कौशीमा बिसाएकाले पहिले यहाँका बासिन्दाहरुले घर बनाउँदा कौशी राखी बनाउन नहुने कथन प्रचलनमा छ ।

    बाणासुरको राजधानी शोणितपुर हालको थानकोट नै हो भन्ने थप पुष्टि गर्न बाणासुरले सैन्य अभ्यास गर्न हतियार (बाण) भण्डारण गर्ने र बाण हान्न बस्ने स्थान बाणस्थली हो । बाण हानेर पठाउने ठाउँ बाणभञ्ज्याङ्ग (हालसम्म पनि सो ठाउँहरुलाई बाणस्थली र बाणभञ्ज्याङ्ग अर्थात् बाडभञ्ज्याङ्ग) को नामबाट नै चिनिन्छ ।

    इतिहासकारहरुको भनाई अनुसार बाणस्थलीमा बाणासुरको ठूलो दरबार हुनुपर्छ भनि अनुमान गरेका छन् । चन्द्रागिरिको फेद दैवज्वः भन्ने ठाउँमा बाणासुरको दरबार (गुफा) रहेको छ भन्ने गर्छन् । उक्त गुफा फर्पिङसम्म जान मिल्ने गरी बाणासुरले बनाएका थिए भनिन्छ । हाल थानकोट तर्फको गुफामा ढुङ्गा खानी सञ्चालन भई ढुङ्गा निकाल्न बारुद पड्काउने (ब्लाष्टिङ्ग) कार्य समेतले गर्दा भत्किई बन्द भएको अवस्थामा छ । यहाँका बासिन्दाहरुको भनाई अनुसार पहिला ती गुफा भित्र तीन चार तल्लासम्म जाने बाटो थियो । म स्वयम् पनि उक्त गुफा भित्र पहिलो कोठासम्म पुगेको छु । उक्त गुफाको कोठामा १५/२० जना मानिस अट्ने खालको थियो । हाल उक्त गुफा सबै भत्किसकेको अवस्थामा छ । साथै फर्पिङ तर्फको गुफा रहेको ठाउँको जग्गा त्यहाँका वासिन्दाहरुले तिब्बतीयनहरुलाई विक्री वितरण गरेकाले तिब्बतीयन गुम्बाको अधिनमा रहन गएको छ । बाणासुरको समयमा शोणितपुरको क्षेत्र शंखरापुर (साँखु) देखि फर्पिङसम्म फैलिएको थियो । अझ चित्लाङ्ग र केबलपुर पनि फैलिएको छ भनिन्छ ।

    बाणासुरसँग युद्ध गर्न श्रीकृष्णंको साथ लागि आएका यदुवंशी ग्वालाहरु बाणासुर उपर विजय प्राप्त गरी कैयौं ग्वालाहरु भुक्तमानको नेतृन्वमा यहीं घरजम गरी बसेका थिए । नेपाल उपत्यका (वर्तमान काठमाडौं) विजय पश्चात टिष्टुङ्गलाई राजधानी बनाएर करिव आठ पुस्तसम्म शासन चलाएका थिए । यद्यपी ती ग्वालाका सन्तत्तीहरु हालसम्म पनि गोपाली (ग्वाः) थरबाट बसोबास गर्दै आइरहेको छन् ।

    चन्द्रागिरिको फेद दैवज्वः भन्ने ठाउँमा बाणासुरको दरबार (गुफा) रहेको छ भन्ने गर्छन् । उक्त गुफा फर्पिङसम्म जान मिल्ने गरी बाणासुरले बनाएका थिए भनिन्छ । हाल थानकोट तर्फको गुफामा ढुङ्गा खानी सञ्चालन भई ढुङ्गा निकाल्न बारुद पड्काउने (ब्लाष्टिङ्ग) कार्य समेतले गर्दा भत्किई बन्द भएको अवस्थामा छ । यहाँका बासिन्दाहरुको भनाई अनुसार पहिला ती गुफा भित्र तीन चार तल्लासम्म जाने बाटो थियो । म स्वयम् पनि उक्त गुफा भित्र पहिलो कोठासम्म पुगेको छु ।

    थानकोट नामबाट सुप्रसिद्धि पाएको यो ठाउँ सुप्रभानगरी हुँदै शोणितपुर रहन गएको र लामो काल खण्डपछि लिच्छवी कालमा थेन्जोग्राम नाम रहन गएको पाइन्छ । थेन्जोग्राम अपभ्रंश (थेञ्जो–थेञ्चो– थेन्को–थन्को–थान्को) भई थान्को र कोट्ट (किल्ला) शब्द अपभ्रंश भई कोट भएकाले सो समेत जोडिएकाले हाल थानकोट नाम रहन गएको पाइन्छ ।

    लिच्छवीकालमा सामरिक र प्रशासनिक दृष्टिकोणबाट उपयुक्त मानिने कोतघर पनि यहाँ मौजुदा छ । यही कोतघरलाई नेवारभाषाबाट क्वाःथ भनिन्छ । गोपालवंशी राजाका सबैभन्दा अग्लो ठाउँमा रहेको दरबार (प्रशासनिक भवन) भएकाले नेवारभाषामा थक्वाःथ (थथ्याःगु क्वाःथ) भनिन्छ । यही थक्वाःथ अपभ्रंश हुन गई नेवार भाषाबाट थक्वाः हुन गएको हो । अति प्राचीन ऐतिहासिक सम्पदा भएको बाणासुरको राजधानी शोणितपुर हालको थानकोटको यो सानो आलेखमा सबै बर्णन गर्न सम्भव छैन । केही झलक मात्र दिन खोजिएको छ ।

    • आदिनारायण मन्दिरसँगै बसन्तदेवको सम्वत् ४२८ को शिलालेख । यो नेपालको पहिलो राजाज्ञा अर्थात राजपत्र हो ।

    • लण्ठ टोलस्थित (नासल पाटीनिर) भीमार्जुन–जिष्णु गुष्तको संयुक्त शासनको सम्वत ५७ को शिलालेख रहेको छ ।

    • च्वछेँ टोलस्थित चालँपाटीमा भट्टारक महाराज गणदेवको वि.सं. ६१६ को अभिलेख रहेको छ ।

    • महालक्ष्मी मन्दिर प्राङ्गणमा रहको संवत ८०४ को शिलालेख रहेको छ ।

    • पुरातात्विक महत्वको सिद्धि विनायक मन्दिरको शिलालेख (यो शिलालेख अति प्राचीन हो । तर यसका लिपी टुक्रिएर गएकोले प्रष्ट बुझ्न कठिन छ ।

    • ऐतिहासिक न्यायालयको रुपमा उभिएको झ्यालम्पाटी र त्यस अगाडिको तीनवटा ढुङ्गेधारा रहेका छन् ।

    • यहाँ पुरातात्विक महत्वको महालक्ष्मी मन्दिर र बद्रीनाथ मन्दिर छ ।

     

  • मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स

    मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स

    काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च २०२० सम्म कम्तीमा तीन नयाँ गन्तब्य बिस्तार गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

    जापानको नारिता, साउदी अरेवीयाको रियाद र चीनको ग्वांझाउमा आगामी मार्च भित्र उडान बिस्तार भइसक्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

    उनका अनुसार यी गन्तब्यमा नेपालको तर्फबाट निगमले गर्नुपर्ने सबै तयारी सकेको छ । तर, ती मुलुकले दिनुपर्ने अन्तिम अनुमतीको पर्खाइ भइरहेको छ ।

    चीनले नेपाल एयरलाइन्सको अडिट खोजिरहेको छ । निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई भने बेइजिंग उडानमा अनुमति दिइसकेको छ ।

    रियाद र नारितामा समेत अन्तिम अनुमती कुरिरहेको उनले बताए । निगमले जापानको ओशाकामा भने उडान गरिरहेको छ ।

    नेपाल भ्रमणको वर्षको अभियानलाई लक्षित गरी उडान बिस्तारको योजना बनाइएको कार्यकारी अध्यक्ष खरेल बताउँछन् ।

  • भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

    भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

    भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव ।

    यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् ।

    उनले टुइट गर्र्दै विराट र आफ्नो भ्रमणको बयान गरेकी हुन् । उनीहरु भूटानको एक साना गाउँमा पुगेका छन् । जहाँको आतिथ्यले आफूहरु निकै प्रभावित भएको उनले उल्लेख गरेकी छिन् ।

    भारतका जारी बंगलादेशसँगको टी२० अंतर्राष्ट्रीय सिरिजमा आराम पाएसँगै बिराट घुमघाममा निस्किएका हुन् । यी दुई जोडीको तस्वीरले मंगलबार भारतीय संचालमाध्यम छाएको छ ।

    मंगलबार उनीहरु करीव ८ किलोमिटरको पैदल यात्रा गरेको हनुष्काले उल्लेख गरेकी छिन् । गाउँमा उनीहरु घरपालुवा जनावरसँग खेल्ने र भूल्ने मौका पाएका छन् ।

    स्थानीयले निकै आत्मियता देखाएपनि आफूहरुको बारेमा उनीहरुले केही थाहा नपाएको अनुष्काले उल्लेख गरेकी छिन् ।

    नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पनि यस्ता सेलिब्रेटीलाई आकर्षित गर्न सक्ने हो भने मुलुकको प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिमा खेल्ने थियो ।

  • विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

    विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

    काठमाडौं । नेपालभन्दा बाहिर संसारभर ७ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचार गर्दै शूभारम्भ भब्य बनाउने गरी तयारी थाल्न परिपत्र गरेको छ ।

    नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । पर्यटन मन्त्रालयले विदेशस्थित नियोगलाई गरेको पत्राचारमा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

    नेपालमा आयोजना हुने भ्रमण वर्षको शुभारम्भमा समेत विदेशबाट सम्भव भएसम्म विशिष्ट व्यक्ति सहभागी गराउन पहल गर्न समेत परिपत्र गरिएको छ ।
    मन्त्रालयले दूतावास तथा विदशका नेपाली नियोगलाई दिएका निर्देशन यस्ता छन्
    १. प्रमुख शहरमा स्थानीय ट्राभल एजेन्सी, टूर अपरेटर, एयरलाईन्स कम्पनी लगायतको भेला गरी नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि योजना बनाउने ।

    २. प्रमुख शहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन सम्वन्धि गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने यस्ता कार्यक्रममा सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्व तथा संघ( संस्थाहरुको बढी भन्दा बढी प्रतिनिधित्व गराई कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था गर्ने ।

    ३. नेपालको भ्रमण गरेका सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्वहरु, हिमाल आरोहीहरु र अन्य सेलिव्रेटीहरुको भेला आयोजना गरी वहाँहरुलाई भ्रमण वर्षको प्रवर्द्धनका लागि परिचालन गर्ने ।

    ४. विभिन्न शहरहरुमा हुने पर्यटन, व्यापार, सांस्कृतिक लगायतका मेला तथा भ्हउय हरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गर्ने र नेपालका व्यवसायीको सहभागिता प्रवर्द्धन गर्ने ।

    ५. प्रत्येक देशका र मुख्य मुख्य शहरमा गैरआवासीय नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु समावेश गरी नेपाल भ्रमण वर्ष, २०२० सहयोग समितिहरु गठन गर्ने र भ्रमण वर्ष सचिवालयमा त्यसको जानकारी दिने ।

    ६. राजदूतावास एवं महावाणिज्य दूतावासमा भ्रमण वर्षको डेस्क स्थापना गर्ने । गैरआवासीय नेपालीसँगको समन्वयमा उक्त डेस्कहरुमा नियमित रुपमा स्वयंसेवक खटाउने व्यवस्था मिलाउने ।

    ७. तोकिएको मापदण्डभित्र पर्यटन दूत र नेपाल भ्रमण वर्ष, २०२०का लागि सदभावना दूतहरु नियुक्तिका लागि नाम सिफारिस गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने ।

    ८. गैर आवासीय नेपाली संघ र स्थानीय संघ संस्थालाई समन्वय गरी मानिसहरुको आवत(जावत र घनत्व वढी हुने सार्वजनिक स्थलहरुमा पर्चा वितरण, कार तथा साईकर्ल याली, प्रचार सामाग्रीहरुको प्रवर्द्धन, वकाथन, पद(यात्रा लगायतका कार्यक्रम आयोजना गर्ने । उल्लेखित कार्यक्रमहरु स्थानीय संचार माध्यमबाट प्रचार(प्रसार गराउने साथै कार्यक्रमका फोटो र समाचार भ्रमण वर्षको सचिवालयमा समेत पठाउने ।

    ९. सन् २०२० को शुरुमा निर्माण कार्य सम्पन्न भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सन् २०२० को मार्च देखि अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको छ । उक्त विमानस्थलमा सम्वन्धित देशबाट हवाई सेवाको लागि विमान कम्पनीलाई उडान गराउन पहल गर्ने ।

    १०. सन् २०२० भरीमा नेपालमा गोष्ठी, सेमिनार तथा वैठकहरु आयोजनाहरु गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आव्हान गर्ने साथै उच्च स्तरीय भ्रमण लगायत विभिन्न सेलिव्रेटीहरुको भ्रमणका लागि पहल गर्ने ।

    ११. सन् २०२० भरी माथि उल्लेखित कार्यक्रमहरुका अतिरिक्त नेपाल भ्रमण वर्षको प्रचार-प्रसार र प्रवर्द्धनका लागि विभिन्न सिर्जनात्मक कार्य गर्ने सो का लागि भ्रमण वर्ष सचिवालय र नेपाल सरकारसंग नियमित रुपमा समन्वय गर्ने ।

    १२. नेपाल वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ बीच ३ कात्तिक २०७६ मा भएको समझदारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।

  • बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ ।

    नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् ।

    मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारी समेत सहभागी भएको वेवसाइटले उल्लेख गरेको छ ।

    प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा ७ नोभेम्बरमा नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको छ ।

    कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गरिने भएको छ ।

    कार्यक्रममा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको वेवसाइटमा उल्लेख गरिएको छ ।

    लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरलाई पनि कदर पत्र प्रदान गरिने भएको छ ।

    ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिने भएको छ ।

    त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल) आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिने वेवसाइटले लेखेको छ ।

  • जानकी मन्दिरमा मासु-मदिरा निषेध

    जानकी मन्दिरमा मासु-मदिरा निषेध

    जनकपुरधाम । धनुषास्थित जानकी मन्दिर परिसरमा मासु र मदिरा प्रयोगमा प्रतिवन्ध लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै छठ पर्वको अवसरमा १५, १६, र १७ कात्तिकमा मासु तथा मदिराको प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

    छठमा हरेक वर्ष यसरी प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । मदिरा बिक्रि वितरण तथा सेवन गरेको पाइएमा कडा कारवाही हुने स्थानीय प्रशासनको चेतावनी रहेको छ । आज छठको दोस्रो दिन विविध विधिपूर्वक मनाइरहेको छ ।

  • नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    काठमाडौं

    एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता  पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ किर्तिमान कायम भएको हो । आरोहण गरिएका १४ वटा हिमश्रृंखलाहरु मध्ये सिसपङ् अन्तिम हिमश्रृंखला थियो ।

    यस अगाडिको १४ वटा हिमश्रृंखला आरोहण सम्वन्धि विश्व रेकर्ड ७ बर्ष १० महिना ६ दिनको थियो । यो रेकर्ड दक्षिण कोरियाका पर्बतारोही किम चाङ् होले सन् २०१३ मा बनाएका थिए । नेपालका पुर्जाले दक्षिण कोरियाका किमको रेकर्डलाई तोडेर नयाँ रेकर्ड  बनाएका हुन् । पुर्जाको पर्बतारोहणको सम्पूर्ण सामग्री ब्यबस्थापन गरेका सेभेन समिटका मिङ्मा शेर्पाले संचार माध्यमलाई बताए अनुसार पुर्जाको स्वास्थस्थिती राम्रो रहेको र चुचुरोबाट सफलता पूर्वक तल झर्न सफल भएका छन् । पर्बतारोही पुर्जा ब्रिटिश सेना हुन् । उनी सन् २००३ मा ब्रिटिश सेनामा भर्ती भएका थिए ।  

    यसै बर्षको अप्रिल २३ मा नेपालमा रहेको माउन्ट अन्नपूर्ण, धौलागिरी मे १२, कन्चनजंगा मे १५, सगरमाथा मे २२, लोत्से हिमाल मे २२, मकालु मे २४, मनास्लु सेप्टेम्बर २७ मा आरोहण गरेका थिए ।  चिनमा रहेको माउन्ट चो यु सेप्टेम्बर २३, माउन्ट सिसपङ्को आरोहण अक्टुबर २९ मा गरेका हुन् ।

    पुर्जाले यसै बर्ष खिचेको सगरमाथा आरोहणको क्रममा चुचुरो भन्दा केही तल आरोहीहरुको ट्राफिक जाम भएको दृष्यको तस्विर विश्वभर चर्चित भएको थियो ।

  • आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

    आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

    काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो ।

    विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् ।

    त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका लागि निर्धारित जहाजहरु ४ बजेपछि मात्र पालो पाएका थिए ।

    कतिपय उडान रद्द नै गर्नु परेको थियो । कतै मौसम त कतै भिभिआइपी उडानले विमास्थलको उडान अवतरण प्रभावित भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान प्रस्थान गरेका हुन् ।

  • आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

    आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

    काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो ।

    नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो ।

    नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा कम्पनीले चीनमा उडान बिस्तार गर्न सकेका छैनन् ।

    नेपाल एयरलाइन्सले अहिले ग्वानझाओका लागि प्रयास गरिरहेको छ । हिमालय एयरलाइन्सले यो एक ऐतिहासिक उडान हुने बताएको छ ।

    नेपालबाट उडान हुन नसकेपनि चीनबाट भने ५ वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन । तर, ती कुनै पनि कम्पनीले बेइजिङ उडान गर्दैनन् ।

    हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–बेइजिङ साढे ५ घण्टा समयको हुनेछ । यस रुटमा एयर बस ३२० जहाज उडाउने तयारी रहेको छ ।

    नेपालको काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको जहाज चीनको नयाँ तथा अत्याधुनिक विमानस्थल डाक्सिङमा अवतरण गर्नेछ ।

    यो हिमालय एयरलाइन्सका लागि अर्को ठूलो उपलब्धी हो । किनकी यो एयरपोर्टमा संसारभरका वायुसेवा कम्पनीको पहिलो रोजाईको उडान हो ।

  • शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी

    शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी

    भीमनारायण श्रेष्ठ / काठमाडौं

     काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गमध्येको एक रहेको चन्द्रागिरिको काखमा अवस्थित उत्तराभीमुख लम्पसार फैलिएकोे प्राचीनकालमा सुप्रभानगरीबाट शोणितपुर नामाकरण भएको रमणीय गाउँ हो थानकोट । ऐतिहासिक शोणितपुरको नामबाट हालसम्म परिचित हुँदै प्रसिद्धि पाएको यस गाउँको मध्यमागमा अवस्थित झ्यालम्पाटीको बारेमा प्रस्तुत गर्नुभन्दा अगाडि शोणितपुरकोे विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सामाजिक, भौगोलिक तथा राजनैतिक अवस्था झल्काउनु उपयुक्त हुने देखिएको छ ।

    प्राचीनकालीन सुप्रभानगरीका तत्कालीन दैत्यराज वाणासुर अति वीर पराक्रमी हुनुकासाथै शिवभक्त भएकाले भगवान पशुपतिनाथको आराधनाबाट वरदान पाई आफ्नो राज्य स्वर्णमय (सुनैसनको) बनाएका थिए । उनको घमण्डको अगाडि कसैको केही लाग्दैनथ्यो । त्यसैले उनले आफ्नी अति सुन्दरी छोरी राजकुमारी उषालाई जलक्रीडाका लागि तत्कालीन नेपाल खाल्डोलाई जलमग्न (ताल) बनाई दिए । राजकुमारी उषाले एकदिन सपनामा देखिएकी युवक मनपराएकीले उनैसँग बिहे गर्ने अठोट गरिन् र उक्त कुरा आफ्ना बाबु वाणासुरलाई सुनाईन् । तर सपनामा देखिएका ती युवक को हुन्, कहाँका हुन् केही अत्तापत्तो थिएन । तापनि वाणासुरले आफ्नी प्यारी छोरीको लागि अप्सरा चित्रलेखा (राजकुमारी उषाकी १०० जना सुसारेहरु मध्येकी अति मन मिल्ने शयन कक्ष समेतमा रहने सुन्दरी) लाई बोलाई राजकुमारी उषाले हुलिया बताए अनुसारको चित्रलेखाले चित्र कोर्दा ती युवकको अनुहार द्वारिका नगरीका अनिरुद्र (भगवान श्रीकृष्णका नाति) सँग ठ्याक्क मिलेकोले रातारात चित्रलेखालाई समेत पठाई अनिरुद्रलाई लिन पठाए । राती सुतिरहेका अनिरुद्रलाई खाट समेत उठाई अपहरण गरी ल्याएर शोणितपुरमा लुकाएर राखे । त्यो कुरा भगवान श्रीकृष्णले थाहा पाएर वाणासुरसँग लडी उनको धमण्ड चकनाचूर पारी दिए । अनि राजकुमारी उषाको बिहे अनिरुद्रसित गरी दिए । त्यसको केही समयपछि श्रीकृष्ण र अनिरुद्रकोसाथ राजकुमारी उषा द्वारिकानगरीमा नै फर्किए । अनिरुद्र र राजकुमारी उषा शोणितपुरमा रहुञ्जेल स्नान गर्ने खोला, खाना पकाउन पानी ल्याउने खोला र अशुद्ध (महिनावारी हुँदाको) कपडा धुने र नुहाउने खोला समेत अलग अलग रहेको छ । त्यसैले आजसम्म पनि शोणितपुर (थानकोट) मा अनिरुद्र (ज्वाईं अर्थात् नेपालभाषामा भाजु) ले स्नान गर्ने ठाउँ अर्थात् खोला ‘भाख्र्वाःसी’ (भाजु ख्वाःसिली) यद्यपी गाउँको माझबाट बगेको छ । शोणितपुरको पश्चिमतर्फ ‘आलःखुसी’ (आल्खु खोाला) को पानी आलः (नेपालभाषामा उच्चकोटीको परिष्कृत बोलीचाली भाषाबाट भातलाई आलः भन्दछन्) अर्थात भात (खाना) पकाउन प्रयोग गरिने भएकाले खोलाको नाउँ नै आलःखुसी राखिएका छ । हिजोआज यस खोलालाई आल्खु भन्ने गरेको छ । त्यस्तै गाउँको पूर्वतर्फको ‘मःखु’ मभिं’ खुसी अर्थात ‘मन्खु’ खोला बगेको छ । त्यस खोलालाई ‘हिज्याखुसी’ (खोला) पनि भन्ने गर्दछन् । त्यस खोलामा राजकुमारी उषा मासिक धर्म अनुसार अलग्ग हुने बेलामा नुहाउने र कपडा धुने गरिने भएकाले मभिं हिज्या खुसी नामाकरण भएको मानिन्छ । यी खोलाहरूहालसम्म पनि सोही नामले चिनिन्छन् । साथै श्रीकृष्णको साथमा आएका गोपाल अर्थात ग्वालाहरू श्रीकृष्णका साथसाथै द्वारिका फर्किए तापनि केही ग्वालाहरू यहीँ रमाएर बसे । तिनै ग्वाला अर्थात गोपालहरू यद्यपी गोपाली जातिको अस्तित्व कायम गर्दै बसेका छन् ।

    लिच्छवीकालमा शोणितपुरलाई ‘थेन्चोग्राम’ भनी ‘शिताटी’ (चन्द्रागिरि र दहचोक डाँडोको बीचको भूभाग) अन्तर्गतको गुल्मको रुपमा राखिए तापनि प्रशासनिक दृष्टिकोणले महत्वपूर्ण हुँदै गएपछि ‘तल’ र ‘द्रङ्ग’को रूपमा क्रमशः विकसित गराउँदै लगिएको छ । वसन्तदेवको पालामा शोणितपुर (थेन्चोग्राम) लाई ‘शीताटी’ गुल्मको रूपमा राखिए तापनि गणदेवको पालामा आएर ‘शीताटीका’ ‘तल’को रूपमा प्रसिद्ध भयो । त्यसपछि ‘शीताटिका’ ‘द्रङ्ग’को नाम रहेको देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दुष्टिकोणले महत्वपूर्ण स्थानहरू विकसित हुँदै गएपछि ग्राम, तल, द्रङ्ग गरी क्रमशः महत्वकासाथ बढोत्तरी गरी लैजाने गर्दथे । यी तीनै इकाईहरुमा सुरक्षाको दृष्टिकोणले गुल्म रहन सक्ने व्यवस्थासमेत गरेको पाइन्छ । त्यसैले लिच्छवी राजा वसन्तदेवदेखि शिवदेव (द्वितीय) को समयसम्ममा ‘शीताटी’ प्रशासनको दृष्टिले महत्वपूर्ण स्थान बन्दै गए । यसैले ‘शिताटी’ अन्तर्गतको शोणितपुर अर्थात् थेन्चोग्राम प्रशासनिक दृष्टिकोणबाट महत्वपूर्ण स्थान बन्दै गएको पाइन्छ । यहाँ स्थित आदिनारायण मन्दिर परिसरमा रहेको लिच्छवी राजा वसन्तदेवको सम्वत् ४२८ को (१५९२ वर्ष अघिको) शिलालेख, च्वछेँ फल्चा अगाडिको गणदेवको आजभन्दा झण्डै १४ सयबर्ष अगाडिको शिलालेख र त्यस्तै नासः फल्चा अगाडिको भीमार्जुनदेव+जिष्णुगुप्तको सम्वत् ५७ को शिलालेखहरुबाट समेत तत्कालीन थेन्चोग्रामको अवस्था र ऐतिहासिक महत्व झल्काउँछ । त्यसैले यहाँ लिच्छवीकालीन प्रमुख प्रशासनिक निकायहरूको अलिकति उल्लेख गर्न वान्छनीय नै देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दृष्टिले महत्वपूर्ण निकाय ‘कुथेर’, ‘सूली’, ‘लिङ्वल’ र ‘माप्चोक’ गरी प्रमुख चारवटा मानिन्थ्यो । सोहीमध्ये ‘कुथेर’ र ‘सूली’ अड्डाले स्थानीयस्तरमा राजस्व उठाउने र भूमि सम्बन्धी काम गर्ने भएकाले आर्थिक प्रशासनको अड्डा÷अदालत भन्ने गर्दथे । त्यस्तै ‘लिङ्वल’ कुलो, धारा, पानी र यातायातकोसाथै वाणिज्यसम्बन्धी काम गर्ने अड्डा हो भने ‘माप्चोक’ सम्पत्ती सम्बन्धी नियन्त्रण गर्ने तथा विवाह सम्बन्धी नियम लागू गर्ने अड्डामा पर्दछ ।

    लिच्छवीकालमा यहाँको प्रशासनिक तथा दशैं पूजाको साथै अन्य पर्वपूजा सञ्चालनको दृष्टिकोणले अति महत्वपूर्ण मानिएको ठाउँ ‘क्वाथ’ (कोतघर) यद्यपी यथास्थानमा रहेको छ । त्यस्तै अर्को नगर सुरक्षार्थ सुरक्षाकर्मी बस्ने र सामरिक दृष्टिकोणबाट महत्वपूर्ण ठाउँ ‘क्वाख्यर्ः’ (कोटृ÷किल्ला) रहेको छ । साथै तत्कालीन स्थानीय शासकहरू मार्फत न्याय निशाफ एवम् सार्वजनिक सुनुवाईको काम कारवाही गर्नकोलागि महत्वपूर्ण मानिएको ऐतिहासिक ठाउँ ‘झ्यालँफः’ अर्थात् झ्यालम्पाटी पनि यथास्थानमा नै मौजूदा छन् । लिच्छवीकालमा यसै ‘झ्यालम्पाटी’मा आई राजस्व उठाउने, सामाजिक एवम् अन्य न्याय निशाफ गर्ने र सार्वजनिक सुनुवाई तथा सूचना प्रवाह गर्ने गर्थे । लिच्छवीकाल पछि मल्लकाल र शाहीकालमा पनि यसै ‘झ्यालम्पाटी’मा आई कर सङ्कलन गर्ने, सामाजिक न्याय निशाफ गर्ने तथा सार्वजनिक सुनुवाईको साथै सार्वजनिक सूचना प्रवाह समेत गर्ने थलोको रुपमा विकसित हुँदै गए । यसैले हालसम्म ‘झ्यालम्पाटी’को ऐतिहासिक महत्व बढ्दै गइरहेको छ ।

    नेपालको राजनीतिक भौगोलिक क्षेत्र विभाजन अनुसार काठमाडौं जिल्लाको ‘थानकोट’ (तत्कालीन गाउँ विकास समिति) को सीमित घेरा भित्रको यो रमणीय ऐतिहासिक ‘शोणितपुर’ नगरको रुपमा कैद गरिएको छ । तापनि यसको भौगोलिक क्षेत्रफल ७.९६ वर्ग किमी छ । 

    थानकोट गा.वि.स.अन्तर्गतको वडा नं. ४ हाल चन्द्रागिरि नगरपालिका वडा नं. ४ अन्तर्गत ‘झ्यालँफः’ अर्थात ‘झ्यालम्पाटी’ अवस्थित छ । यो पाटी कहिले बनेको थियो भन्ने बारेमा हालसम्म यकिन हुन सकेको छैन । किनभने यस सम्बन्धी कुनैपनि शिलालेख भेटिएकोे छैन । तापनि लिच्छवीकालमा ‘थेन्चोग्राम’ अर्थात ‘शोणितपुर’ प्रशासनिक तथा सैन्य विशेषबाट सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । तत्कालीन शासकहरूबाट न्यायिक कार्य सम्पादन गर्न, प्राकृतिक नियमको न्याय सिद्धान्त अनुरूप राज्य सञ्चालन तथा सामाजिक व्यवस्था सञ्चालन तथा न्याय प्रतिपादन गर्ने थलोको रूपमा ‘झ्यालम्पाटी’ लिएको छ । तत्कालीन स्थानीय शासकहरूबाट कर असूली, सामाजिक न्याय निशाफ तथा सार्वजनिक सुनुवाईका लागि एउटा अड्डा अदालत सम्बन्धि कामकाजमा सहजता अपनाउन ‘शोणितपुर’ नगरको मध्यभागमा यो झ्यालम्पाटी निर्माण गरेकोे हुनुपर्छ । जे होस् यो पाटी हालसम्म पनि यथास्थानमा नै उभिएको छ ।

    यो झ्यालम्पाटीको बनावट हेर्दा सामान्य देखिए तापनि यसको निर्माण फरक ढङ्गले गरेको देखिन्छ । कुनैपनि घर वा भित्ताको आड नलिइकन चारैतर्फ बाटोको बीचमा ‘झ्यालम्पाटी’ उभ्याइएको छ । यस पाटीको जगदेखिमाथिको सतहमा काठको खम्बाहरू ठड्याउन ठूलाठूला चारपाटे आकारमा कुँडिएका काला ढुङ्गाहरू ठड्याइएका छन् । त्यसमाथि चारैतर्फ जोडिने गरी काठका ठूला सत्तरहरू (टाईबीमको रुपमा) ओछ्याइएको छ । त्यसमाथि कलात्मक बुटृाले भरिको ठूला खम्बाहरू ठड्याइएका छन् । यसरी उभ्याइएको यो पाटीको दक्षिण मोहडा पारिएको छ । अगाडि पटिृको भागमा समानान्तर तीन कवल र पूर्व तथा पश्चिममा पनि एक एक कवल राखी बनाएको छ । उत्तर पटिृको बीच भागको गारोमा कलात्मक बुटृा कुँडिएको खम्बा राखी झ्याल राखेको छ । यसै झ्यालले गर्दा यस पाटीको सौन्दर्य बढ्नुकोसाथै ऐतिहासिक महत्व बढेको छ । यसै झ्यालले गर्दा नै यो पाटीको नाम ‘झ्यालम्पाटी’ रहन गएको छ । झ्यालको साथै सबै कवलहरु खड्गाकार देखिने गरी खम्बाहरुमाथि काठकै ‘निना’ (काठको बीम) राखेर बनाएको छ । झ्यालको साथै सबै कवलहरुमा देखिने खड्गाकारले गर्दा यो पाटी तान्त्रिक आधारले समेत निर्माण गरेको हुनुपर्छ भन्ने आभाष मिल्दछ । टायल प्रयोग गरी दुई पाखाको छाना राखी बनाएको यो पाटीमा काठको फल्याकहरू ओछ्याइएको छ । हालसम्म यसको सामान्य मर्मत कार्य समय समयमा हुने गरेको छ । यो पाटी हाल जीर्णोद्वारको पर्खाईमा सकी नसकी उभेको छ । यो पाटीको तल्लो तह अर्थात जमिनको सतहदेखि माथिको भाग कालकोठरीको रूपमा रहेको छ । यो कोठा भित्र मान्छे उभिन नमिल्ने गरी निहुरिएर मात्र जान र बस्न सक्ने गरी बनाएको छ । यो कोठा भित्र पस्नको लागि उत्तरतर्फ एउटा सानो झ्याल एकमान्छेसम्म छिर्न सक्ने गरी राखेको छ । यो ठाउँ (कोठा) प्रयोग विहिन देखिए तापनि यसको विशेष महत्व छ भन्ने जानकारहरू बताउँछन् ।

    यो झ्यालम्पाटीको पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ बाटोहरू फैलिएको छ । यसको करीव समान दूरीमा पूर्वतर्फ नासः फल्चा (नासल पाटी), पश्चिमतर्फ सिकःछेँ फल्चा (पाटी) उत्तरतर्फ चाफः फल्चा (चाफल पाटी) र दक्षिणतफ च्वछेँ फल्चा (पाटी) रहेको छ । यो पाटीको अगाडि (दक्षिण पटि) लस्करै तीनवटा कलात्मक ढुङ्गे धारा (लाछीहिटी नामले चिनिन्छ ) छन् । त्यही धारा परिसरमा हिटी गणेद्यः (गणेश देवता) छन् । धाराको माथिपटिृ महादेवको वाहन सहितको दुईवटा शिवलिङ्ग स्थापना गरेकोे छ । शिवलिङ्गको पूर्व तर्फ (झ्यालम्पाटीको अगााडि) सोह्रखुटृे पाटी अवस्थित छ । झ्यालम्पाटीको बायाँ तर्फको पूर्वी दक्षिण कोण तर्फ प्राचीन ऐतिहासिक भगवान् आदिनारायणको मन्दिर र लण्ठ टोलमा कल्पेश्वर महादेवस्थानको साथै क्षेत्रपाल स्थान समेत रहेको छ भने दायाँतर्फको दक्षिण पश्चिम कोण तर्फ ऐतिहासिक भगवान बद्रिनाथको मन्दिर अवस्थित छ । साथै उत्तर पश्चिम कोण तर्फको परिसरमा लिच्छवीकालीन प्रशासनिक तथा दशैंपूजा सञ्चालन गर्ने भवन ‘क्वाथ’ (कोतघर) छ । त्यस्तै पूर्वी दक्षिण कोण तर्फको अलि अग्लो भूभागको परिसरमा तत्कालीन सैन्य किल्ला एवम् सामरिक दृष्टिकोणले महत्वपूर्ण ठाउँ ‘क्वाख्र्यः’ (कोटृ किल्ला) रहेको छ । यो ऐतिहासिक क्वाख्र्यः हालको नापनक्सामा व्यक्तिगत नाममा दर्ता कायम समेत भैसकेको छ । झ्यालम्पाटीको चारैतर्फ जाने मुख्य चारवटा बाटोहरूको साथै सोही बाटोहरूसँग जोडिएका अन्य सानाठूला गरी ४ वटा बाटोहरू छ । ती बाटोहरू विभिन्न टोल (ठाउँ) हरुमा जाने मुख्य बाटो अन्तर्गत पर्छ । यसको साथै चारैतर्फका पाटीहरू, लाछिहिटी, सोह्रखुटृे पाटी, शिवलिङ्ग र कल्पेश्वर महादेव समेत समेटिने गरी परिक्रमा गर्ने सक्ने बाटो समेत छ । यिनै महत्वपूर्ण चारकिल्ला भित्र थानकोटको मध्यमागमा यो ऐतिहासिक न्यायालय ‘झ्यालम्पाटी’ रहेको छ । राजनैतिक परिवर्तनको साथसाथै ऐतिहासिक झ्यालम्पाटी पञ्चालयत व्यवस्थाको उदय संगसंगै तत्कालीन गाउँ पञ्चायतकोे नाउँ समेत झ्यालम्पाटी गाउँ पञ्चायत नामकरण भएको थियो । परिवर्तनशील समय काल अनुसार यसको केही समयावधी पछि गाउँ पञ्चायतको नाउँ थानकोट रहन गएको थियो । परिवर्तित राजनैतिक शासन व्यवस्था अनुसार साविक थानकोट गाउँ विकास समिति नाउँ हुँदै हाल चन्द्रागिरि नगरपालिकाको वडा नं. ३ र ४ मा थानकोट विभाजित भयो । सोही अनुसार वडा नं. ४ अन्तर्गत पर्दछ झ्यालम्पाटी । प्रसङ्ग झ्यालम्पाटीको रहे तापनि यसको भौगोलिक अवस्थितिको बारेमा चर्चा भयो । शोणितपुरमा ऐतिहासिक न्यायालयको रूपमा प्रसिद्धि पाएको झ्यालम्पाटी तत्कालीन अवस्थामा राजस्व उठाउने थलोको साथै सामाजिक न्याय निशाफ एवम् सार्वजनिक सूचना प्रवाह गर्नेदेखि सार्वजनिक सुनुवाई समेत हुने अदालत प्रकृतिको रहेको पाइन्छ । किनभने यसै पाटीमा बसेर कोही कसैलाई अन्याय परेको छ भने तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु मार्फत पिडकबाट पिडित पक्षलाई न्याय दिलाउने काम कारवाही हुने गर्छ । तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु समक्ष पिडित पक्षले आफूलाई परेको अन्यायको विरुद्धमा किटानी उजूरी गरेमा त्यस्तो उजूरी माथि पिडक पक्षलाई झिकाई उनले जानी नजानी गरेको काम वा आरोप प्रत्यारोपबाट पिडित पक्षलाई साँच्चै अन्याय वा पिर मर्का पर्न गएको रहेछ भने पिडित पक्षलाई न्याय दिलाउने काम यही झ्यालम्पाटीमा बसेर गर्ने गरिन्छ । नैतिक तथा सामाजिक अपराध विरुद्धको उजूरी माथि समेत निशाफ दिलाउने गर्छ । त्यस्ता किसिमका अपराध गर्ने व्यक्ति वा जोसुकैलाई गाउँ निकाला समेत गर्न सक्ने सामाजिक न्याय निशाफ गर्दथे । नैतिक पतन हुने सामाजिक अपराधको उजूरीमा सत्यतामा पुग्न अपराधीलाई धर्मभाकल गराउने प्रचलन थियो । उजूरी सुन्ने प्रशासक द्वारे तथा भद्रभलादमीहरूलाई सत्यता माथि चित्तबुझ्दो जवाफ नआएमा भगवान आदिनारायण तथा बद्रीनाथको मन्दिर दायाँ बायाँ रहेकाले “मैले असत्य बोल्न परेमा बोलेमा यिनै भगवानबाट नाश हुन परोस्” भनी भगवानको कसम खुवाउने गर्दथ्यो । त्यसपछि अगाडिपटिृ रहेको लाछिहिटीको पानी छुवाई “मैले सत्य नबोलेको भए छोराछोरीको हातबाट पानी खान नपरोस” भनी कसम खुवाउँथे । अझ झ्यालम्पाटीको चारैदिशामा रहेको पाटीहरुलाई देखाई “मैले असत्य बोलेको अपराध गरेको भए म र मेरो सातपुस्ताले समेत पाटीमा बास समेत नपाओस्” भनी धर्मभाकल गराउने चलन थियो ।

    यसबाहेक कोही कसैले कुनै व्यक्ति परिवार समूहलाई झूठो आरोप लगाउन खोजेमा पनि “झ्यालम्पाटीमा चारजनाको अगाडि उभिन सक्ने मात्र बोल् ।” “झ्यालम्पाटीमा उभिएर बोल्न सक्छस् ?” “झ्यालम्पाटीमा गएर झ्याली पिटाए पनि केही लछार्दैन ।” “झ्यालम्पाटीमा कागज टाँसे पनि केही गर्न सक्दैन ।” जस्ता प्रतिकारात्मक भाषाहरु प्रयोग गर्ने गर्थे । त्यस्तै “फलाना… को झगडा झ्यालम्पाटीमा जात्रा” “झ्यालम्पाटीमा कुरा भएको… हिजो त्यस्तो भयो अरे ।” “आज यस्तो भैरहेको छ अरे ।” “भोली फलानो… ढिस्कानो… हुँदै छ अरे ।” भन्ने जस्ता सूचना प्रवाहका सम्वादहरू हुने गर्दथे । अझ सार्वजनिक रूपमा केही कामकारवाही गर्न परेमा पनि “नाय्खिँ च्वय्किगु माहाँ च्वय्केगु” अर्थात् झ्याली पिटाउने कटुवालद्वारा सार्वजनिक सूचना प्रवाह गर्ने जस्ता कार्य पनि यही झ्यालम्पाटीबाट शुरू गर्ने गर्दथे । झ्यालम्पाटीमा भेला भएर छलफल भएको विषयवस्तु व्यक्ति वा परिवार विशेषमा मात्र सीमित रहँदैन । त्यसैले झ्यालम्पाटीमा भएको कुराकानी व्यक्तिगत होस् वा पारिवारिक गोप्य हुन कठिन छ । हालसम्म पनि साविक वडा कार्यालयबाट कुनै सार्वजनिक सूचना प्रकाशन गर्दा यही झ्यालम्पाटीमा समेत सूचना टाँस गर्ने प्रचलन यद्यपि चली आएको छ । शोणितपुर (थानकोट) अवलोकन गर्न आउने अतिथिहरुको लागि एकछिन भएपछि सवैतिर आँखा दुलाउने अवलोकन केन्द्र बनेको छ । नवआगन्तुक अतिथिहरूको लागि पदचिन्ह स्वरूप गन्तव्यमा पुग्न केन्द्रविन्दु बन्न पुगेको छ झ्यालम्पाटी । यसैकारण शोणितपुरको ऐतिहासिक न्यायालयको रुपमा आफ्नो अस्तित्व कायम राख्दै उभिएको छ जीर्ण अवस्थाको झ्यालम्पाटी । बाहिरी रुपरङ्ग टल्किए तापनि भित्रभित्र जीर्ण बनेको छ ।

  • चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही

    चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही

    काठमाडौं । शरद ऋुतमा सगरमाथा चढ्न गएका आरोही चुचुरोसम्म पुग्न नसकेपछि फर्किएका छन् । जारी सिजनमा सगरमाथा चढ्न दुई समूहका १० जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका थिए ।

    पर्यटन विभागका अनुसार मौसम प्रतिकूल हुने र आरोहणका लागि बाटो समेत नबनाउने भएका कारण यस मौसममा आरोहण जोखिमपूर्ण मानिन्छ ।

    सन् २०१० मा पछिल्लो पटक शरद ऋतुमा सगरमाथामा सफल आरोहण भएयता कुनै पनि आरोही सगरमाथा चढ्न सकेको छैन । यस वर्ष सबै आरोही घर फर्किसकेको पर्यटन विभागको भनाई छ । अन्य हिमालमा भने आरोहण जारी रहेको छ ।

    सन् २०१६ मा आरोहण अनुमति जारी भएपनि सगरमाथा चुचुरोमा भने कोही पनि पुग्न सकेन । यस वर्ष धेरै जनाको आरोहण अनुमति भएका कारण सफल हुने अपेक्षा भने गरिएको थियो ।

    बसन्तु ऋतुमा भने सगरमाथामा भीड लाग्छ । हरेक वर्ष वसन्तु ऋतुमा ७ सय हाराहारी चुचुरोमा पुग्ने गर्छन् । यस वर्ष शरद ऋतुमा मनास्लु हिमाल आरोहणमा सबैभन्दा बढी २७ टोलीका २ सय ६४ जनाले अनुमति लिएका छन् ।

    यस सिजनमा ४४ हिमालमा ९९८ जनालाई आरोहण अनुमति दिइएको छ । आइतबारसम्म १ सय ३३ समूहका ९ सय ९८ आरोहीले अनुमति लिएको विभागको तथ्यांक रहेको छ ।

  • ‘सी छिङलाई माइतिमा स्वागत’

    ‘सी छिङलाई माइतिमा स्वागत’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् ।

    लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे ।

    प्रत्युत्तरमा अभिनेत्री सी छिङले भनिन्, ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ । बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, भन्यबाद् ।’
    नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिएका हुन् ।

    मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा भने, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु । अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु । चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपालबारे पक्कै पनि दुई शब्द बोल्नु हुनेछ ।’

    टोली सहित नेपाल आएकी अभिनेत्री छिङसंग नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आज औपचारिक कार्यक्रम गरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

    नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले चिनिया अभिनेत्री छिङ चीनमा मात्रै नभएर विश्वमै चर्चित भएको बताए । केही दिन पहिले आफू दक्षिण कोरियामा हुदा समेत उनको चर्चा सुनेको बताए ।

    नेपाल भ्रमण वर्ष एउटा इभेन्ट मात्रै नभएर देशको मेरुदण्ड भएको उनको भनाई थियो । आर्थिक विकासको पाटोमा पर्यटनले ठूलो अर्थ राख्ने धारणा उनको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि छिङलाई नेपालमा स्वागत गर्दै शुभकामना दिए ।

  • राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार सवारीका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको छ ।

    काठमाडौंबाट थाइल्याण्ड हुँदै म्यानमारसम्म निगमको एयरबस ३२० जहाज उडेको थियो ।

    थाइल्याण्डसम्म नियमित उडानका यात्रु समेत लगेर गएको निगमको उक्त जहाजले राष्ट्रपतिसहित उनको भ्रमण दलका दुई दर्जन सदस्यलाई भने म्यानमारमा छाडेर पुनः थाइल्याण्ड हुँदै काठमाडौं फर्किएको हो ।

    एक साता लामो राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति भण्डारी म्यानमारमा छिन् । उनको भ्रमणका दौरान बिहीबार नेपाल र म्यानमारबीच पर्यटन प्रवद्र्धन सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

    राष्ट्रपति आगामी बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उक्त समयमा पनि निगमको जहाज म्यानमार पुग्नेछ ।

  • साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

    साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

     साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्‍यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो ।

    दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मृतक तथा घाईतेहरु अन्य अरेबियन तथा एसियन मुलुकबाट गएका पर्यटक भएको साउदी प्रहरीले जनाएको छ । समाचार संस्था एस पि एका अनुसार घाईतेहरुलाई उपचारको लागि एल हम्न अस्पतालमा लगिएको छ भने अधिकारिहरुले दुर्घटनाको छानबिन गरी रहेका छन् ।  

    एजेन्सी

  • राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा

    राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतलनिवासबाट विमानस्थलसम्म पुग्न पहिलो पटक हेलिकप्टर प्रयोग
    गरेकी छिन् ।

    बुधबार राजकीय भ्रमणका सिलसिलामा म्यानमार जाने क्रममा उनी हेलिकप्टरमात्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी हुन् ।

    सडक मार्ग प्रयोग गरी आउँदा सडकमा अधिक जाम हुने र त्यसले सर्वाधारणमा आक्रोस बढ्दै गएपछि सरकारी अतिशिविष्ट व्यक्तिको सवारीमा प्रयोग गर्न अत्याधुनिक हेलिकोप्टर खरीद गरेको छ ।

    सोही हेलिोप्टर प्रयोग गरी राष्ट्रपति विमानस्थल पुगेकी हुन् । सामान्यतया राजकीय भ्रमणमा निस्कदा बाटो खाली गराउने प्रचलन रहेको छ ।

    विमानस्थलमा उनलाई उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत मन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिले राष्ट्रपतिलाई बिदाई गरे ।

    एक साता लामो भ्रमणका लागि राष्ट्रपति भण्डारी म्यानमार पुगेकी छिन् । उनी आगामी बुधबार स्वदेश फर्कने छिन् ।

  • मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा

    मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा

    काठमाडौं । मनाङ एयरले नयाँ जहाज व्यवसायिक उडानमा ल्याएको छ ।

    दशैं अगाडी नै काठमाडौं ल्याएको जहाजलाई कागजी प्रक्रिया सकाएर सोमबारबाट व्यवसायिक उडानमा लगाइएको कम्पनीले उल्लेख गरेको छ ।

    फ्रान्समा निर्मित ‘एएस३५०बी३ई’ हेलिकोप्टरले सोमबारबाट व्यवसायिक उडान थालेको हो ।

    ९एन–एएनजे कलसाइन प्राप्त यो हेलिकोप्टरबाट २३ हजार फिट उचाईसम्म सुरक्षित उडान सम्भव रहेको कम्पनीले उल्लेख गरेको छ ।

    गत बैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दूर्घटनामा परी मनाङ एयरको हेलिकोप्टर क्षतिग्रस्त भएको थियो ।

    उक्त हेलिकोप्टर मर्मत समेत नहुने भएपछि विस्थापित गरी कम्पनीले नयाँ हेलिकोप्टर भित्राएको हो ।

    अब यस कम्पनीसँग दुई हेलिकोप्टर पुगेका छन् । पर्यटकीय सेवा, आकस्मिक उद्धार र निर्माण कार्यमा ढुवानीका लागि समेत यी साधन नेपालमा उपयुक्त सावित भएका छन् ।

  • नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने

    नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने

    काठमाडौं । सगरमाथाको उचाई नेपालले मापन गरिरहेको छ । सगरमाथा शिखरसम्मै टोली पठाएर नेपालले सगरमाथाको उचाई मापन गरेको हो ।

    अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ । सगरमाथाको नयाँ उचाई नेपाल र चीन दुबै मुलुकले संयुक्त रुपमा गर्ने सहमति गरेका छन् ।

    नेपाल भ्रमणमा सकेर आइतबार मात्र स्वदेश फर्किएका चिनियाँ राष्ट्रपति र नेपालबीच भएको सहमतिमा उक्त विषय उल्लेख छ ।

    सगरमाथा नेपाल र चीनबीच सीमा छुट्याउने विन्दु समेत हो । यद्दपी सगरमाथाको चुचुरो भने नेपालमा पर्छ ।

    सहमति अनुसार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने भएका छन् । सगरमाथाको उचाईमा चीनले समेत साथ दिँदा विश्वव्यापी मान्यता पाउन सहज हुने विश्वास नेपालको रहेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा सगरमाथालाई नेपाल र चीन मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ।

    जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ।

    सगरमाथामा नेपाल र चीन दुबै तर्फबाट आरोहण गर्न सक्ने सुविधा रहेको छ । दुबै मुलुकको पर्यटन विकासका लागि यो सम्पदा महत्वपूर्ण सावित हुँदै आएको छ ।

  • कीर्तिपुरको त्यो एक चोक – तुँचोक

    कीर्तिपुरको त्यो एक चोक – तुँचोक

    प्रेमकृष्ण श्रेष्ठ

    “समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” ।

    धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो लेखकीय मानसपटलमा मात्र एउटा चोक अटाएको छ । कीर्तिपुरको बाहिरीगाउँमा अवस्थित सानो एक चोक, अर्थात ‘तुँचोक’ । तुँ यानी इनार र इनार भएको चोक भएकोले तुँचोक । म सानै लेखक सानै सोचाइ ! यो भौगोलिकरुपमा विराट चोक पनि होइन । यहाँ इतिहासको कुनै कालखण्डमा कुनै कोटपर्व  पनि भएको छैन । यसैले इतिहासको कुनै पानामा लेखिन योग्य पनि छैन यो चोक, किनभने यहाँ त्यस्तो सम्झन योग्य कुनै घटनाको उतारचढाव छैन । तर मेरो जीवनको अन्तिम क्षणसम्म पनि सम्झिन्छु यस्लाई, कारण, मेरो सिङ्गो बाल्यकाल यही ‘तुँचोक’सित जोडिएको छ ।

    म हजारपटक खेलेको छु यो चोकमा, लडेको छु, लडेर उठेको छु । यो चोकको माझमा उभिँदा आज पनि म थुप्रै मेरा बाल्यकालका हितैषी साथीहरु सम्झिन्छु, श्रवणकुमार, सुमन, बिनेश, हरिकृष्ण, सञ्जय, केविन्द्र, जेनर आदि इत्यादि । यो चोकमा आएर मलाई बोध भयो, साँच्चै भन्ने हो भने हिजोको धर्ती बाँकी छ न आकास नै । साथीको पिठँयुमा बसेर आकासमा हेर्दै साथीले आकासमा के के भनेर सोध्दा बुढाबुढी छ भनेर देख्ने त्यो आँखा पनि कतै मरिसकेका छन् । ती अमूल्य ढुँगाहरु जस्ले हाम्रो गरिवी पहिचान गरी, कैयन खेल खेलाइयो हामीलाई सायद अव ती ढुँगाहरु बाटोको छेउछाउतिर कतै अलपत्र छ । ढुँगालाई हीरा मानेर, खेल्नेहरु कोही छैनन् । आजका बालबालिकाले ढुँगामा खेल देख्दैनन् । भोगटेमा फुटबल देख्दैनन् । कपडाको सानो टालोमा पनि एउटा मीठो र स्वर्गीय खेल छ भनेर आजका बालबालिकाले भुलिसकेका छन् । यसैले त यो चोकमा कोही बालबालिका खेल्दैनन् आज । शुन्यप्रायः छ त्यो चोक आज  । यही चोकको वीचमा एउटा गहिरो इनार छ, त्यो इनारको ऐना फुटिसकेको छ  आज, जहाँ आफ्नो प्रतिविम्व खोज्दै गरेको कोही बालक देखिँदैन ।

    अहिलेका बालबालिका त पूरै मोवाइलमा खुम्चिसकेका छन् । के बुझुन तिनीहरुले यो चोकको महत्व ? मलाई किन किन यो चोकको सारै माया लाग्छ, यही चोकमा बसेर घाम तापेर आमाको सुकोमल हातबाट तेल लगाएको छु । यहीँ एउटा पुरानो घरको आँखिझ्यालका कैयन आँखासित नजिकै गएर आँखा जुधाएको छु । यहीँको इनारमा प्यास लाग्दा कैयनपटक पानी खाएको छु ।

    आज यो चोकको स्वरुप फेरिएको छ । आज यो चोकबाट ‘चोक’ हराइसकेको छ । पुराना घरको ठाउँमा नयाँ सिमेन्टका घरहरु उम्रिसकेका छन् । यो चोकमा जीवन विताएकाहरु प्नि आज कोही कता छ त कोही कता । यो त भयो प्रतिनिधि चोकको एक कथा । नेपालका गाउँहरुमा यस्ता चोकहरु लाँखौ होलान् । जस्ले बालक्रिडाको निम्ति आफ्नो छाती टेकाए । हजारौँ इनार होलान्, जस्ले बालबालिकाको निम्ति सदैव आमाले जस्तै आफ्नो ममतालु छाती रसाए ।

    मलाई लाग्छ, विश्वको जुनसुकै कुनामा रहेका हामी सकल नेपालीको जीवनमा यस्तै यस्तै चोक जोडिएको हुनुपर्छ । चोक नै नभए पनि गाउँकै एउटा यस्तो स्मरणीय विम्व त अवश्य जोडिएकै हुनुपर्छ । हामी सवै आज विकासका ठूल्ठूला कुरा गछौँ । काठमाडौँमा बसेर, समृद देशको नारा लगाउँछौँ । तर विकासको सुभारम्भ, यस्तै सानो एक चोकमा गमला राखेर, गमलामा एक थुँगा फूल रोपेर गर्ने हो । विकास त आफ्नै गाउँको सानो चोकबाट शुरु गर्नुपर्छ । आफ्नो भावना भन्दा परको देश उचालेर छातीमा राख्ने यत्न नगरौँ । देशको भावना, गुरुले सानो हुँदा सिसाकलमले पानामा लेखिदिएको मानचित्रको साइजमा छैन । देश विराट छ । यही देशमा हजारौँ मानिसले अटसमटस पेट खाएर डकारिरहेको बेला, लाखौँ मानिसले भोकले पेट थिचिरहेका छन् । तर चोकभित्रका पच्चीस, तीस मानिसको ओठमा हामीले सजिलै मुस्कान सल्बलाउन सक्छौं ।यदि कोही ठूलै नेता जो देश विकासको ठेक्का लिएको छ, उस्ले देशको लागि के गर्न सक्छ भनेर हेर्ने हो भने, उस्को बाल्यकाल बितेको चोकमा गएर हेरे पुग्छ । यदि उस्को चोक दयनीय छ भने त्यो नेताले देशको लागि केही गर्नेवाला छैन । जस्ले आफ्नै बाल्यकाललाई धोका दिएको छ उस्ले कस्लाई साथ देला र ? यसैले विकासको सुरुवात गरौँ, आफ्नै चोकबाट । सुरुमा आफ्नै चोकको वरिपरि गमलाहरु सजाऔँ । गमलामा विभिन्न प्रजातिका फूलहरु रोपौँ । चोकबाट गाउँ, गाउँबाट देशको निम्ति उत्सर्ग गर्ने हो । आफ्ना पुराना भावनालाई आँसुका दुईथोपा समर्पण नगरी, हामी आफ्नो गाउँको निम्ति केही पनि गर्न सक्दैनौँ । आज झिलिभिली शहरमा बसेर, झुत्रो त्यो गाउँलाई मेरो गाउँ हो भन्न पनि लाज मान्नेहरु आमाको फाटेको पछयौरीको प्वालबाट थुतुनो छिराएर स्तनपान गरेर कुल्ला गर्ने शिशुसमान हुन् । अव बेला आएको छ, आफ्नो चोकको निम्ति, गाउँको निम्ति केही गर्ने । सबैले थोरै भए पनि आ–आफ्नो चोक सजाऔँ । यस्तै टुक्रा–टुक्रा सज्जामा, सिङ्गो गाउँ सजिएर, सिङ्गै देश आफै सजिन्छ ।

  • थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ।

    काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए ।

    ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ।

    हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दु:खद घटना भएका थिए । सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए । त्यो घटनाको देशका सञ्चार माध्यमहरूले ठूलो चर्चा गरेका थिए।

    झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो ।

    तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे।

    उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले हेरिरहेको अधिकारिहरुले संचार माध्यमहरुलाई बताएका छन् ।  

    वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठुलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ।

    उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक् । हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्।

    थाईल्यान्डमा झन्डै सात हजार वटा एशियाली हात्तीहरु छन् । ती मध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।

    श्रोत : बिबिसि नेपाली

  • दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

    दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

    काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् ।

    काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु भने करीव आधाले कम भइसकेको छन् ।

    तथ्यांक अनुसार एक सातामा सात लाख ६९ हजार यात्रु राजधानी छिरेका छन् । । सवारी साधन अनुसार गरिएको गणनामा यस अवधि भित्र एक लाख ३७ हजार सवारी साधन बाहिरिएको र एक लाख १७ हजार भित्रिएको तथ्यांक रहेको छ ।

    प्रहरीका अनुसार दशैँमा घर जाने प्रयोजनका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

    त्यसो त धेरैजसो यात्रु रिजर्भ सवारीमा जाने भएकाले पनि अग्रिम बुक गर्ने मानिसहरु अब क्रमशः घट्दै गएका छन् ।

    राजधानीबाट बाहिरिने यात्रुको व्यवस्थापनका लागि मात्र प्रहरीले १ हजार जनशक्ति खटाएको छ । मापसेलाई कडाईकासाथ चेक गरिएको प्रहरीको भनाई छ ।

    लामो दुरीका सवारीमा दुई जना चालक नराख्ने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने र दुख दिने नियत राख्नेहरुमाथि कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

    नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

    काठमाडौं । अब अष्ट्रेलियाका सबै शहरमा नेपालबाट उडान हुने बाटो खुला भएको छ ।

    नेपाल र अष्ट्रेलियाबीच मंगलबार सम्पन्न द्धिपक्षीय प्रारम्भिक हवाई सेवा सम्झौताले दुबै मुलुकका वायुसेवा कम्पनीले एक अर्का देशका विमानस्थलमा उडान गर्न सक्ने बाटो खुलेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अब नेपाली वायुसेवा कम्पनीले पर्थ, मेलवर्न, सिड्नी र ब्रिसवेन गरी ४ विमानस्थलमा साताको ७ उडान गर्न सक्ने भएका छन् ।

    सम्झौताले नेपाल एयरलाइन्सलाई निकै सहज भएको छ । अब उसले अष्ट्रेलिया उडानको यारी गर्न सक्ने गरी सहजिकरण भएको छ ।

    क्यानडामा दुबै मुलुकका सरकारी प्रतिनिधिबीच मंगलबार हस्ताक्षर भएको हो । अष्ट्रेलिया नेपालसँग हवाई सेवा सम्झौता गर्ने ४० औं मुलुकसमेत बनेको छ ।

    पढाई र कामका सिलसिलामा अहिले अष्ट्रेलियामा लाखौं नेपाली बसोबास गर्छन् ।

    नेपाल र अष्ट्रेलिया बीच सिधा उडान हुन सके त्यसले वायुसेवा कम्पनी र नेपाली यात्रु, दुबैलाई फाइदा पुग्ने थियो ।

    माथिका ४ विमानस्थलमा साताको ७ बाहेक अन्य शहरमा भने नेपाली जहाजले असिमित उडान गर्न सक्ने अधिकारी अष्ट्रेलियाले नेपाललाई दिएको छ ।

    नेपालले भने अष्ट्रेलियाका जहाजलाई काठमाडौंमा ७ वटा र भैरहवा तथा पोखरा विमानस्थलमा २८ वटा उडान प्रतिसाता उपलब्ध गराउने सहमति गरेको छ ।

  • भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन

    भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन

    काठमाडौं । भूकम्पपछि बन्द भएको पाँचतारे होटेल एभरेष्ट पुनः संचालनमा आएको छ । भूकपले मक्काएको यो होटेलको मर्मत सकिएपछि पुनः संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ ।

    भूकम्पपछि सरकारले यस होटेलमा रातो स्टिकर लगाएको थियो । त्यसपछि व्यवस्थापनले लामो समय यो होटेल पुनः संचालनमा ल्याएको हो । ‍

    यस होटेलमा मजदुर र व्यवस्थापनबीचमा समेत केही समय विवाद भएको थियो ।

    यस होटेलमा १६० कोठा छन् । त्यसमध्ये लवी र केही कोठाहरुको पुनर्निर्माणको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिए ।

    गत फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएपछि यो होटेल संचालनको वातावरण भएको हो ।

    व्यवस्थापन र मजदुरबीचको सहमति अनुसार व्यवस्थापनले होटल बन्द भएयताको तलब भत्ता उपलब्ध गराउने भएको छ भने तलब पनि ५ प्रतिशत बृद्धि भएको छ।

  • संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति

    संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति

    काठमाडौं । चीनको बेइजिङस्थित डाक्सिङ विमानस्थलमा हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । यो संसारकै ठूलो विमानस्थलका रुपमा चीनले हालै निर्माण सम्पन्न गरेको हो ।

    चीनले अघिल्लो साता मात्र यो विमानस्थलको संचलन गरेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार काठमाडौंबाट बेइजिङमा दैनिक एक उडान गर्ने गरी कम्पनीले स्लट प्राप्त गरेको छ ।

    अबको एक महिना भित्र तयारी पुरा गरी कम्पनीले यस रुटमा उडान बिस्तारको योजना बनाएको उनले जानकारी दिए ।

    हिमालयले सन् २०२० भित्रै चीनका आधा दर्जन शहरमा उडान बिस्तार गरिसक्ने बताएको छ । अहिले अन्तर्राष्ट्रिय गन्तब्यमा हिमालयका जहाज उड्छन् ।

    यस कम्पनीले चीनमा उडान बिस्तार गरेपछि नेपालबाट चीनमा उडान गर्ने यो एक मात्र कम्पनी हुने छ । किनकी नेपाल एयरलाइन्सले अझै चीनमा उडान बिस्तार शुरु गर्न सकिरहेको छैन ।

    चीनबाट भने नेपालमा ५ वटा कम्पनी आउने गरेका छन् । चिनियाँ शहरमा उडान बिस्तार गर्न हिमालयले एक महिना भित्रै नयाँ जहाज ए ३१९ थप्ने योजना बनाएको छ ।

    यो १ सय २८ सिट क्षमताको हुने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । कम्पनीले मलेसियामा समेत पुनः उडान शुरु गर्ने भएको छ ।

    मलेसियामा कम्पनीले नेपाली कामदारको अनुमति रोकिएपछि उडान रद्द गरेको थियो । सरकारले मलेसियाको रोजगारी शुरु गरेसँगै मलेसियाले पुनः यस रुटमा उडान बिस्तारको योजना बनाएको हो ।

    हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ ।

    मे ३१, २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।

    चीनको बेइजिङसहित ल्हासा, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान बिस्तारको योजना रहेको जानकारी गराएको छ ।

  • सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

    सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा बमोजिम आन्तरिक वायुसेवा कम्पनी ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई उडानमा छूट दिन तयार भएका छन् । तर, त्यसका लागि भने उनीहरुले शर्त राखेका छन् ।

    कम्पनीले अब विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका हुन् ।

    नागरिकले वायुसेवा कम्पनीको काउन्टरमै पुगी आफू विपन्न भएको स्वघोषणा गरेमा हवाई भाडामा ५० प्रतिशत छूट दिइने वायुसेवा संचालक संघले जानकारी दिएको छ ।

    छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरमा मात्र लागु हुने भएको छ । यसको मतलव अफ सिजनमा निकै सस्तो मूल्यमा टिकट बेच्दा कम्पनीहरुको छूट योजना काम लाग्ने छैन ।

    किनकी अफ सिजनमा कम्पनीको आधा भन्दा पनि कम मूल्यमा सबै यात्रुलाई उडाउने गर्छन् ।

    कम्पनीहरुले ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिक र साना विमानस्थलमा प्रतिदिन प्रतिसेक्टर १ जनालाई मात्र यस्तो सुविधा प्राप्त हुने सं३ले उल्लेख गरेको छ ।

    यसको मतलव वायुसेवा कम्पनीले सांकेतिक रुपमा मात्र मन्त्रीको निर्णयलाई समर्थन गरेको देखिन्छ । यो सुविधा घटस्थापनाको दिनबाट लागू हुने आयोनले सार्वजनिक गरेको छ ।

  • गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

    गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

    काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ ।

    महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

    यस हलमा ३ हजार सीट क्षमता हुने विभागको भनाई छ । विभागले सभाहल बनाउन बोलपत्र समेत आह्वान गरिसकेको छ ।

    यसै वर्ष निर्माण सम्पन्न गरी नयाँ वर्षसँगै संचालनमा ल्याउने योजना छ ।

    यसले माइट टूरिजम फस्टाउन र एकसाथ धेरै पर्यटक भित्राउने वातावरण निर्माण गर्ने सरकारको भनाई छ ।

    यो सभाहल नेपालकै ठूलो क्षमताको बन्ने भएको छ । गोदावरीको १ सय १२ रोपनी क्षेत्रफलमा सहभाल बन्ने भएको हो । यस सभाहलको लागत ७२ करोड अनुमान गरिएको छ ।