Category: विश्व

  • पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    १६ वैशाख, इश्लामावाद । पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ । उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो । ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ ।

    अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन् । अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

  • यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु

    यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु

    १६ वैशाख, काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकी सेनाले एक महिना लामो सैन्य अभियान चलाइरहेको छ । जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारी अनुसार, यी आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

    हुथी विद्रोहीहरू, जसलाई अन्सार अल्लाह पनि भनिन्छ । यमनमा सक्रिय शिया मुस्लिम जैदी सम्प्रदायसँग सम्बन्धित एक सशस्त्र विद्रोही समूह हो । सन् १९९० को दशकमा सादा प्रान्तबाट सुरु भएको यो समूहले शिया समुदायको अधिकार र यमनमा राजनीतिक सुधारको माग गर्दै सङ्घर्ष थालेको थियो । सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेपछि उनीहरू देशको प्रमुख शक्तिको रूपमा उदाएका हुन् । इरानबाट सहयोग प्राप्त गरेको आरोप लाग्दै आएको यस समूहसँग हाल साउदी अरब नेतृत्वको गठबन्धन र अमेरिका लगातार सङ्घर्षमा छन् । हुथीहरूले हाल रेड सागरमा अन्तर्राष्ट्रिय जलयातायात र इस्रायलमाथि आक्रमण गर्दै अन्तर्राष्ट्रिय स्तरमा चुनौती खडा गरिरहेका छन् ।

    हुथी समूहले जनाएअनुसार, राजधानी साना नजिकैको क्षेत्रहरूमा भएको पछिल्लो रातको अमेरिकी हवाई आक्रमणमा कम्तिमा ६८ जनाको ज्यान गएको छ । यी आक्रमणहरू अमेरिकाले हुथी समूहका मिसाइल र ड्रोन कार्यक्रमका आधारहरूमा लक्षित गरी गरेको दाबी गरिएको छ । अप्रिल १८ मा भएको अमेरिकी आक्रमण रस ईसा इन्धन बन्दरगाहमा लक्षित थियो, जसमा ७४ जनाको मृत्यु र १७१ जना घाइते भएको हुथीहरूले बताएका छन् । यो अहिलेसम्मको सबैभन्दा घातक हमला मानिएको छ । अमेरिकी सेनाले बन्दरगाहमा इन्धन आपूर्ति बन्द गर्न आक्रमण गरिएको जनाउँदै यो हमला हुथीहरूको आर्जन स्रोत रोक्न गरिएको जनाएको छ ।

    अमेरिका अनुसार, हुथी समूहले रेड सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात र इस्रायलमाथि हमला गरी क्षेत्रीय सुरक्षामा खतरा पैदा गरिरहेको छ । अमेरिकाले आफ्नो ‘स्वतन्त्र नौवहन अधिकार’ कायम राख्न र हुथीहरूको आक्रमणलाई रोक्न आफूले दबाब बढाइरहेको स्पष्ट पारेको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ, “इरानको समर्थनबिना हुथीहरूले निरन्तर हमला गर्न सक्दैनन् ।”

    हुथी समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूबाट बाह्य सूचना प्रवाह रोक्न कदम चालेको छ । आइतवार हुथी समूहले साटलिंक इन्टरनेट उपकरणहरू (उपग्रहमार्फत इन्टरनेट सेवा) प्रयोग नगर्न र यस्ता उपकरणहरू तुरुन्तै सुरक्षासम्बन्धी निकायलाई बुझाउन आदेश दिइएको छ । हुथीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि कसैले यस्ता उपकरण बेचबिखन, प्रयोग, स्थापना, सञ्चालन वा नियन्त्रण गरेको पाइएमा, कडा कानुनी कारबाही हुनेछ ।”

    अमेरिकाले यो सैन्य अभियान रेड सागरमा रहेका ‘यूएसएस ह्यारी एस। ट्रुम्यान’ र अरब सागरमा रहेका ‘यूएसएस कार्ल भिन्सन’ नामका दुई विमानवाहक युद्धपोतहरूबाट सञ्चालन गरिरहेको छ । सन् २०२२ मा युएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट हमला गर्दा तीन जनाको मृत्यु भएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो । युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, जहाँ लाखौं नागरिकहरू खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।

    राससको सहयोगमा

  • विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

    विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

    १६ वैशाख, काठमाडौं । स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले जनाएको छ । स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमानहरूलाई खारेज गर्दै युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले भने, “अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत भेटिएको’ छैन ।” “दुवै देशका ग्रिड अपरेटरहरूले कारण पत्ता लगाउन र बिजुली आपूर्ति बहाल गर्न काम गरिरहेका छन्,” युरोपेली सङ्घका सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का प्रमुख कोस्टाले स्पेन र पोर्चुगलका नेताहरूसँग टेलिफोन सम्पर्कपछि एक्समा लेखेका छन् ।


    म्याड्रिड र बार्सिलोनामा मानिसहरू घर तथा कार्यालयबाट सडकमा निस्केको र आफ्नो स्मार्टफोनमा अवरूद्ध भएको नेटवर्कको पर्खाइमा रहेको देखिन्थे । अनलाइन पत्रपत्रिकाहरूले मानिसहरू लिफ्टमा फसेको, रेल सेवा, मेट्रो रेल सेवा र उडानसमेत अवरूद्ध भएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

    इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ । यसले वेब कनेक्सन सामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ । फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि, त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ ।

  • जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

    जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

    १६ वैशाख, टोकियो । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो । सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिलका दिन गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।

    गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उहाँ देशकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् । हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेका छन् ।

  • ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार

    ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार

    १५ वैशाख, काठमाडौं । मध्य ट्युनिसियाको स्फ्याक्सको तटमा डुङ्गा पल्टिँदा विभिन्न देशका आठ आप्रवासीको मृत्यु हुनुका साथै अन्य २९ जनाको उद्धार गरिएको ट्युनिसियाली नेसनल गार्डले सोमबार एएफपीलाई जानकारी दिएको छ । नेसनल गार्डका प्रवक्ता होउसेम एडिन जेबाब्लीका अनुसार ती सबै आप्रवासी ‘विदेशी’ थिए । उनीहरूमध्ये अधिकांश उप–सहारा अफ्रिकाका र अन्य विभिन्न मुलुकका नागरिक राष्ट्रियताका थिए । ट्युनिसियाको रक्षा मन्त्रालयले आइतबार बिहानै ड्ङ्गा दुर्घटना भएको जनाएको छ ।

    ट्युनिसिया प्रत्येक वर्ष समुद्रमार्गबाट युरोप पुग्न चाहने हजारौं उप–सहारा आप्रवासीहरूको लागि एक प्रमुख आकर्षण हो र यहाँबाट इटालीको लाम्पेडुसा टापु मात्र १५० किलोमिटर (९० माइल) टाढा छ । यसै महिनाको सुरुमा अधिकारीहरूले स्फ्याक्स नजिकैको अनौपचारिक शिविरहरू भत्काउन सुरु गरेका थिए । उक्त शिविरहरूमा मुख्यतया उप–सहारा अफ्रिकी देशहरूबाट आएका हजारौं आप्रवासीहरू रहेका थिए । युरोपेली सङ्घले आप्रवासी आगमन रोक्न गरेको बढ्दो प्रयासका कारण धेरै अनियमित आप्रवासीहरू ट्युनिसियामा फसेको महसुस गर्छन्।

    सन् २०२३ मा ट्युनिसियाले युरोपेली सङ्घसँग २५ करोड ५० लाख युरो ९२९ करोड अमेरिकी डलर० को सम्झौता गरेको थियो। यो सम्झौतालाई इटालीको कट्टर दक्षिणपन्थी सरकारले कडा समर्थन गरेको थियो, जसको उद्देश्य ट्युनिसियाको समुद्री तटबाट डुङ्गाहरू छुट्नबाट रोक्ने क्षमता बढाउनु थियो। इयूको सीमामामिला हेर्ने निकाय फ्रन्टेक्सले मध्य भूमध्यसागरीय मार्गका लागि गत वर्ष सेप्टेम्बरसम्म अनियमित सीमा पार गर्नेको सङ्ख्या ६४ प्रतिशतले घटेको जनाएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सैदले गत महिना अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) लाई अनियमित आप्रवासीलाई आफ्नो देशमा स्वेच्छिक रूपमा छाडिदिन आह्वान गर्नुभएको छ ।

  • स्पेन र पोर्चुगलमा व्यापक विद्युत सेवा अवरूद्ध, के भएको हो ?

    स्पेन र पोर्चुगलमा व्यापक विद्युत सेवा अवरूद्ध, के भएको हो ?

    १५ वैशाख, काठमाडौं । स्पेन र पोर्चुगलमा सोमबार विद्युत आपूर्ति व्यापकरूपमा बन्द भएको छ । विद्युत् आवूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको, रेल सेवा अवरूद्ध भएका र मानिसहर्रु लिफ्टमा फसेका अधिकारीहरुले बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा गएर समस्याको जानकारी लिएका छन् । स्पेन सरकारले व्यापक रूपमा भएको विद्युत् कटौतीको उद्गमस्थल पत्ता लगाउन लागिपरेको जनाएको छ ।

    स्पेनी विद्यूत् सेवा प्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत सुचारु गर्न छ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा मेट्रो स्टेसनहरूमा अन्धकार छाएको, रेलहरू रोकिएका र कार्यालय र हलहरूमा रहेका मानिसहरूले आफ्नो फोनको बत्ती प्रयोग गरेर हिंडिरहेको देखिन्छ। राष्ट्रिय सडक प्राधिकरण डिजिटीले मोटर चालकहरूलाई ड्राइभिङ रोक्न भनेको छ भने प्रहरीले चौराहाहरूमा ट्राफिक निर्देशन जारी गर्न बाध्य भएको छ ।

    म्याड्रिड र बार्सिलोनामा एएफपीका पत्रकारहरूले मानिसहरू सडकमा निस्केको र आफ्नो स्मार्टफोन समातेर नेटवर्क जडान गर्ने प्रयास गरिरहेको बताएका छन् । मानिसहरु पनि लिफ्टमा फसेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्यूत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ । यसले वेब कनेक्सनसामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ ।

    पोर्चुगलको बिद्यूत प्रदायक संस्था आरईएनले एएफपीलाई दिएको जानकारी अनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्धताबाट प्रभावित भएको बताएका छन् । दक्षिण पश्चिम फ्रान्समा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि, त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ । फ्रान्सको हाई भोल्टेज ग्रिड अपरेटर आरटीईले भनेको छ, “विद्युतीय घटनाले स्पेन र पोर्चुगललाई प्रभावित गरिरहेको छ, जसको कारण पत्ता लाग्न बाँकी छ ।”

    स्पेन र पोर्चुगलसँग सम्पर्कमा रहेको र यसको ‘अन्तर्निहित कारण बुझ्न’ युरोपियन आयोगले आग्रह गरेको एक प्रवक्ताले बताएका छन्। स्पेनको रेलवे अपरेटर एडिफले बिजुली कटौतीपछि देशभरिका सम्पूर्ण रेलहरू रोकेको छ । विमानस्थल सञ्चालक आइनाका अनुसार उडानमा ढिलाइ भए पनि आकस्मिक विद्युत् प्रणालीका कारण देशका विमानस्थलहरू अझै सञ्चालनमा छन् । स्पेनको रेड इलेक्ट्रिकाले देशको उत्तर र दक्षिणमा विद्युत आपूर्ति सुचारु गर्न सफल भएको तर समस्या समाधान नभएको बताएको छ । ‘हामी सेवा पुनः सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ।

    स्पेनको एल पाइस पत्रिकाले आफ्नो वेबसाइटमा म्याड्रिडमा मेट्रो रेल रोकेको, ट्राफिकलाई निर्देशन दिइरहेको प्रहरी र टर्चलाइटको छेउमा अँध्यारो कार्यालयमा काम गरिरहेका आफ्नै पत्रकारहरूको फोटोहरू पोस्ट गरेको छ। पत्रिकाले अस्पतालका प्रमुख विभागहरू ब्याक–अप जेनेरेटरहरूको कारण काम गर्न सकेको भएपनि अन्य एकाइहरू बिजुली बिहिन अवस्थाका कारण प्रभावित रहेको जनाएको छ । हालैका वर्षहरूमा विश्वका अन्य देशहरूमा पनि विद्युत अवरोध हुने समस्या देखा परेका छन् ।

  • इरानको विशाल बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

    इरानको विशाल बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

    १५ वैशाख, काठमाडौं । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा २८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो । बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।


    सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ । इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ ।

    चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ । फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइलं) टाढाबाट महसुस र सुनिएको थियो । इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।

    ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो र रगतले कुच्चिएको कारको छेउमा दाग लागेको थियो भने एउटा हेलिकप्टरले थुप्रिएका शिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको थियो । स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले ‘सयौँलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको’ बताएको छ भने प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।

    इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बताए । घटनास्थलमा पछि गृहमन्त्री इस्कन्दर मोमेनीले राज्य टिभीलाई भने, “अन्य सहर र तेहरानबाट सबै स्रोतहरू पठाइएको छ ।”

  • पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

    पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

    १४ वैशाख, इश्लामावाद । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारीलाई सेनाले मारेको पाकिस्तान सेनाले आइतबार जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो ।

    सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतङ्ककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, “यस्तो संवेदनशील समयमा भारतले पाकिस्तानमाथि बिना आधार आरोप लगाइरहेका बेला यस्ता क्रियाकलापले स्पष्ट सङ्केत गर्छ कि ती सशस्त्र समूहहरू कसको प्रभावमा सञ्चालित छन् ।”

    पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार गरिँदै आएको छ । यता, भारतले अप्रिल २२ मा कश्मीरमा भएको एक भीषण आक्रमणपछि पाकिस्तानमाथि सीमापार आतङ्कवादको आरोप लगाएको छ, जुन पाकिस्तानले खारेज गरेको छ । पाकिस्तानी सेनाले उक्त कारबाहीमा ठूलो मात्रामा हतियार, विस्फोटक सामग्री तथा गोलीबारुदसमेत बरामद गरिएको जानकारी दिएको छ ।

    शनिबार पनि सोही प्रान्तमा भएको भिडन्तमा १५ जना सशस्त्र व्यक्ति मारिएको तथा दुई जना सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ । गृहमन्त्री मोहसिन नकवीले आइतबार लाहोरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “विदेशी शक्तिहरूको निर्देशनमा यी तत्वहरू पाकिस्तान प्रवेश गर्न प्रयास गरिरहेका थिए, जसलाई सुरक्षाबलले तीनवटै दिशाबाट घेरेर कारबाही गरे ।”

    उनले थपे, “हालसम्मको सुरक्षाप्रक्रियामा यो सबैभन्दा ठूलो सफलता हो, यसअघि यति ठूलो सङ्ख्यामा तत्वहरू समाप्त पारिएको थिएन ।” पाकिस्तानी सरकारले अफगान सरकारलाई आतङ्कवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

  • इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

    इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

    १४ वैशाख, काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    घटनास्थलमा उद्धार तथा आगो नियन्त्रण कार्य जारी छ । राष्ट्रपति मसउद पेसेश्कियानले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् । सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको र घाइतेहरूलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा उपचारको लागि स्थानान्तरण गरिएको छ ।

  • पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

    पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

    १३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि गरे ।

    “नागरिक क्षेत्रमा, शहर र गाउँहरूमा क्षेप्यास्त्र आक्रमण गर्नुको कुनै जायज कारण देखिँदैन । यसले मलाई यस्तो अनुभूति दिएको छ कि पुटिन सम्भवतः युद्ध अन्त्य गर्न गम्भीर हुनुहुन्न,” ट्रम्पले उल्लेख गरे । “उहाँले मलाई केवल समय कटाइरहनु भएको जस्तो लाग्छ र अब उहाँप्रति फरक रणनीति अपनाउनुपर्ने हुनसक्छ ? अहिले धेरै निर्दोष मानिसहरू मारिइरहेका छन् ।” यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताएका छन् ।

  • पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    १३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोरÞ्याउने प्रयास गरेका थिए ।

    सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उनको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए । लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भनिन्, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”

    स्थानीय समयअनुसार बिहान १० :०० बजे सुरु उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी भएको अपेक्षा छ । करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् । उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।

    In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)


    सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्यु भएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उनको अन्त्येष्टि गरिनेछ । शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।

    फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उनको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशैसा हुने गरेको छ । आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उनले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको बिषय बनेका थिए । तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उनलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।

    ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गरेकोमा पोपले आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्प आफ्नी पत्नी मेलानियासँग ‘विश्वलाई माया गर्ने’ ‘एक असल व्यक्ति’ लाई श्रद्धाञ्जली दिन शुक्रबार अबेर रोम हुँदै भ्याटिकन सिटी पुगेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा ट्रम्पले अन्य मुलुकका दर्जनौं नेतासँग भेट्ने सम्भावना छ । ट्रम्पले आफूले सुरु गरेको कर वृद्धिका विषयमा वार्ता गर्न इच्छुक छन् ।


    जेलेन्स्कीले फेब्रुअरीमा ह्वाइट हाउसमा भएको प्रदर्शनपछि पहिलो पटक बैठक हुने आशा व्यक्त गरेका छन् । अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी छन् ।
    समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।

    फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ । पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।

    A missionary man from Belize records a video after the funeral of Pope Francis in St. Peter’s Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Andreea Alexandru)

    उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए । जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहेका थिए । उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन । चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्थे । आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उहाँ एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी बनेका छन् ।


    उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् । विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। नम्र पोपले आफ्नो मृत शरीरलाई एउटा साधारण संगमरमरको चिहानमा काठको एउटा कफिनभित्र राख्न आग्रह गरेका थिए । अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।

    भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ । फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको श्रेय दिन्छन्।

    सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उहाँलाई कट्टरपन्थी ठानेका थिए। उनले चर्चले गर्भपतनको विरोध गरेकोमा अडिग रहेका थिए ।

    फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए । अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ । राससबाट

  • पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद

    पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद

    १३ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको अन्तिम संस्कारको अवसरमा भएको छोटो कुराकानीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच औपचारिक भेट गर्ने सहमति भएको आयोगकी प्रवक्ता पाउला पिन्हाले जानकारी दिएकी छिन् सो अवसरमा विभिन्न विश्व नेताहरूबीच कूटनीतिक संवादहरू भएका थिए । “छोटो कुराकानीमा राष्ट्रपति भन डेर लेयेन र राष्ट्रपति ट्रम्पले भेट गर्ने सहमति जनाए,” आयोगकी प्रवक्ता पाउला पिन्हाले बताइन्, यद्यपि मिति भने खुलाइएको छैन । अर्जेन्टिनी पोपको अन्तिम संस्कारको क्रममा विश्व नेताहरूले कूटनीतिक भेटघाटको अवसर लिएका थिए ।

    दुई नेताबीचको आगामी बैठक हाल अमेरिका र युरोपेली सङ्घबीचका व्यापारिक तनावको पृष्ठभूमिमा हुँदैछ । शुक्रबार वासिङ्टन भ्रमणमा रहेका युरोपेली सङ्घका अर्थ आयुक्त वाल्दिस डोम्ब्रोभ्स्किसले, सम्झौता गर्न अझ काम गर्न बाँकी रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले विगतमा बारम्बार ईयूप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

  • अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

    अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

    १३ वैशाख, काठमाडौं । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताए । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।

    राजधानीबाट एक सय ३० किलोमिटर ९८० माइल० दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ । प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

  • ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

    ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

    १३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो जसका कारण उनले कार्यकालको आधा समयमा राजीनामा दिन बाध्य हुनुपरेको थियो । नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै प्रहरी स्रोतले दिएको जानकारी अनुसार ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको हो ।

    अदालतमार्फत् पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई बिहीबार अदालतले अस्वीकार गरेको थियो । अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्। कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् ।

    सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार जना राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो । सन् २०२२ को चुनावमा पराजित भएपछि अति दक्षिणपन्थी पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई ‘कू’ को षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिइएको छ ।

  • रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

    रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

    १३ वैशहाख, काठमाडौं । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ ।रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् । इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन् । युक्रेनको आक्रमणका क्रममा इरान रुसको प्रमुख सहयोगीका रुपमा उदाएको छ । मस्को र तेहरान दुवैलाई पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएका छन् ।

    पाकनेजादले इरान र रूसबीच ग्यास आपूर्तिका लागि एक नयाँ सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्दै भने, “सम्झौता अनुसार अब रूसबाट इरानले पहिलो चरणमा एक वर्षमा ५५ अर्ब क्यूबिक मीटर ग्यास आयात गर्नेछ ।” दुई देशलाई छुट्याउने अजरबैजानमार्फत ग्यास पठाइने उनले बताए । रूसका सिभिलेभले मूल्य निर्धारण भइनसकेको तर यसै वर्षदेखि ग्यास ढुवानी सुरु हुने बताए । रूस र इरानले यसै वर्ष रणनीतिक साझेदारीका लागि अर्को एक स्म्झौतामा पनि हस्ताक्षर गरेका छन् । संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिइरहेका बेला ग्यास सम्झौता भएको हो ।

    अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेकै दिन इरानी मन्त्रीसम्झौताका लागि मस्को भ्रमणमा थिए । यसैबीच, किएभ र पश्चिमा देशहरूले इरानले युक्रेनको आक्रमणका लागि मस्कोलाई हतियार पठाउन लागेको बताएका छन् ।

  • आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    १३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।”

    वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।” इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उनलाईटाइमले सोधेको प्रश्नमा उनले भने, “यो सही होइन ।”

    उनले भने, “मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।” “म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,”उनले भने । नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भने, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भने ।

    ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए । मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट गर्न चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अवश्य भेट्नेछु ।”

  • ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

    ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

    १२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।

    आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ । जस अन्तर्गत ’टुरिज्म ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिने छ । त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने ‘हिमालयन ट्राभल मार्ट’ मा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरे ।
    यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदा प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।

    ‘हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ,’ जोशीले भने । ‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूलनारा साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडेल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलबारे जानकारी गराएका हुन् ।

    उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोण समेत प्रस्तुत गरे । त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिज्म काउन्सिल’ का सीईओ डा। र्‍यान्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति गरेको छ ।

    सम्मेलन अवधिभरि बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्सँग विभिन्न छलफल र बैठक गरेको छ । सम्मेलन क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनस्र्थापना गर्ने रणनीति सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

  • काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    १३ वैशाख, काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ ।

    “हामी दुवै सरकारलाई, अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपील गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूलाई भने, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”

    भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीय स्थलमा २६ नागरिकको हत्या गर्ने बन्दुकधारीहरूलाई पक्रने प्रतिज्ञा गरेका छन् । “म सारा विश्वलाई भन्छु ः भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उनले भने ।


    कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ । “पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायहरूद्वारा सामना गरिनेछ”, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखहरूसँग दुर्लभ राष्ट्रिय सुरक्षा समितिको बैठक गरेपछि पाकिस्तानी विज्ञप्तिमा भनिएको छ ।

    Members of Kashmiri refugee organization “Pasban-e-Hurriya” chant slogans behind a burning banner with pictures of Indian Prime Minister Narendra Modi with others during a demonstration to denounce the suspension of the water sharing treaty by India, in Muzaffarabad, the capital of Pakistan-administered Kashmir, Friday, April 25, 2025. (AP Photo/M.D. Mughal)

    सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् । भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन सङ्गठन हो ।

    उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन् । आक्रमणको एक दिनपछि नयाँदिल्लीले पानी साझेदारी सन्धि निलम्बन गर्‍यो, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गर्‍यो, कूटनीतिक सम्बन्धहरू कम गर्‍यो र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लियो ।

    जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्न र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ । सिन्धु नदीबाट पानीको आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ ।

    पहलगाम हालैका काश्मीरी विद्रोही आक्रमणहरूमा नाटकीय परिवर्तन हो जसले सामान्यतया भारतीय सुरक्षा बलहरूलाई लक्षित गर्दछ । विशेषज्ञहरूका अनुसार सैन्य प्रतिक्रिया अझै आउन बाँकी हुन सक्छ । केहीले यो केही दिनभित्र आउन सक्छ भन्ने अनुमान गरेका छन् भने अरूले हप्ताहरू लाग्ने बताएका छन् । सन् २०१९ मा काश्मीरमा भएको आत्मघाती आक्रमणमा ४१ जना भारतीय सैनिक मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानभित्र आक्रमण गर्‍यो । यसले दुई मुलुकलाई पूर्ण युद्धको सँघारमा पुर्‍याएको थियो ।

    “यी आतङ्कवादीहरूको जति पनि थोरै भूमि छ त्यसलाई धुलोपिठो बनाउने समय आएको छ”, मोदीले बिहीबार मृतकहरूको सम्झनामा दुई मिनेट मौन धारण गरेपछि भने, पहलगाम आक्रमणमा मारिनेमा एक नेपालीबाहेक सबै भारतीय थिए । भारतले विगतका आक्रमणहरूको जवाफ दिन समय लिएको छ । हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले विस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए ।

    भारतीय लडाकू विमानहरूले १२ दिनपछि पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेका थिए । मङ्गलबारको आक्रमण पर्यटकहरू पहलगामको लोकप्रिय स्थलमा शान्त पहाडी दृश्य मनाइरहेका बेला बन्दुकधारीहरू जङ्गलबाट निस्केर आएर स्वचालित हतियारहरूले भीडमाथि गोली बर्साएका थिए । बाँचेकाहरूले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेका थिए र इस्लामिक विश्वास घोषणा दिन सक्नेहरूलाई छोडिदिएका थिए ।

    भारतीय सुरक्षा बलले ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिएर आक्रमणकारीहरूका लागि व्यापक खोजी सुरु गरेको छ । यस आक्रमणले हिन्दू राष्ट्रवादी समूहहरूलाई क्रोधित बनाएको छ, र भारतभरका संस्थाहरूमा काश्मीरका विद्यार्थीहरूले उत्पीडन र धम्की अनुभव गरेको रिपोर्ट गरेका छन् ।

  • भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

    भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

    काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका छन् ।

    आफूले विदेशमन्त्रीसँगको भेटमा पललगाम घटनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट समवेदना प्रकट गरेको राजदूत शर्माले बताए । ‘सो घटनाको विरुद्धमा भारत सरकार र भारतीय जनतासँग नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता रहेको जानकारी मैले गराएँ,’ राजदूत शर्माले भने, ‘नेपालका प्रधानमन्त्री, विदेशमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले प्रकट गर्नुभएको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएँ ।’

    साथै, विदेशमन्त्री जयशंकरसँग अन्य दुईपक्षीय विषयमा पनि छलफल भएको उनले बताए । ‘यसबीचमा दुई देशका विदेशमन्त्रीबीचमा पटकपटक भेटघाट भइरहेको छ । तिनै भेटमा भएका विषयहरुमा छलफल भयो,’ उनले भने ।

  • कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

    कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

    १२ वैशाख, काठमाडौं । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ ।
    रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली लागेको बताए ।

    उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिए । रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारी साधनको भिडियोहरू प्रसारण गरेका छन् । समितिले सम्भावित संदिग्धहरूको उल्लेख गरेको छैन । यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उहाँको अपार्टमेन्ट भवन बाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए ।

  • आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

    आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

    ११ वैशाख, काश्मीर । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ । मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।

    बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ । यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ । उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताए । हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए ।


    उनका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो । “यो केवल सुरक्षाको मुद्दा मात्र होइन”, उनले भने, “यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।” उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् । विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

    सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

    बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो । पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।

  • भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

    भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

    ११ वैशाख, इश्लामावाद । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए । बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।”


    भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो । पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

    पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ। साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ । वक्तव्यमा भनिएको छ, “यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ ।” पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।

  • कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

    कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

    काठमाडौं । भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ुसिमा(पार आतङ्कवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको इन्डस जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उनले भने, “जबसम्म पाकिस्तानले सिमा(पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”

    इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन\तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो। भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ।

    भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ। कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

    भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो । यस घटनासँगै भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

  • युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

    युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

    ११ वैशाख, काठमाडौं । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बुधबार बताएका छन् । “दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन् “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।” उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए ।

    युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् । किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ । रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ । तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

  • भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

    भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

    १० वैशाख, काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

    “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी कम्तिमा २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

  • युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

    युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

    १० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।

    परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

  • जम्मू–कश्मीर आक्रमण  : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

    जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

    १० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

    घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्। यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर(ए(तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

    प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् । यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू(कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहनुभएको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।


    मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भन्नुभयो, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन्।”

    राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

  • पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू

    पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू

    ९ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको सोमबार भ्याटिकनमा ८८ वर्षको उमेरमा स्ट्रोकबाट निधन भएको छ । उनको अन्त्येष्टि यस हप्ताको अन्त्यतिर उपासक र गणमान्य व्यक्तिहरूको उपस्थितिमा हुने भएको छ । त्यसपछि उत्तराधिकारी चुन्न कार्डिनलहरूको सम्मेलन बोलाइनेछ । जर्ज बर्गोग्लियोको निधनको वरपरका परिस्थितिहरू र पछि के हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।

    – घातक स्ट्रोक –

    पोप फ्रान्सिसलाई फेब्रुअरी १४ मा ब्रोन्काइटिसका कारण रोमको अस्पतालमा भर्ना गरिएको थियो । यो पछि दोहोरो निमोनियामा परिणत भयो र यसले उनलाई दुई पटक मृत्युको मुखमा पुर्‍यायो । उनी मार्च २३ मा अस्पतालबाट बाहिरिएका थिए । दुई महिनाको कडा स्वास्थ्यलाभ अवधिबाट गुज्रिरहेका थिए । तर अर्जेन्टिनी पोपले क्रमशः कमजोर देखिँदै अचानक कैयौँ सार्वजनिक उपस्थिति देखाए । भ्याटिकनले सोमबार बिहान उनको निधनको घोषणा गर्‍यो । भ्याटिकनद्वारा जारी मृत्यु प्रमाणपत्र अनुसार फ्रान्सिसको निधन ‘मस्तिष्क स्ट्रोक, कोमा, अपरिवर्तनीय कार्डियोसर्कुलेटरी कोल्याप्स’ का कारण भएको थियो ।

    – शवको अन्तिम दर्शन –

    सोमबार साँझ उहाँको शरीरलाई सान्ता मार्ता आवासको चर्चमा एक कफिनमा राखिएको थियो । यो बुधबारदेखि अन्तिम दर्शनका लागि सेन्ट पिटर्स बेसिलिकामा सारिने अपेक्षा गरिएको छ ।

    – अन्त्येष्टि –

    अन्त्येष्टिका लागि कुनै निश्चित मिति तोकिएको छैन तर यो पोपको निधनको चौथो र छैठौँ दिनबीच – अर्थात शुक्रबार र आइतबारबीच हुनेछ । कार्डिनलहरूको पहिलो सभाले मङ्गलबार नै यो कुरा निर्णय गर्ने अपेक्षा गरिएको छ । अन्त्येष्टि मिसा भ्याटिकनको सेन्ट पिटर्स बेसिलिकामा हुनेछ । त्यहाँ फ्रान्सिसका तत्काल पूर्ववर्तीहरूलाई गाडिएको थियो । तर उनले रोमको सान्ता मारिया म्याग्जोरे बेसिलिकामा गाडिने इच्छा व्यक्त गरेका थिए । विश्वभरका विश्व नेताहरू र विश्वासीहरूले यस समारोहमा भाग लिन र विश्वको एक अर्ब ४० करोड क्याथोलिकहरूका नेतालाई सम्मान गर्न सहरमा भेला हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो उपस्थितिको घोषणा गर्ने पहिलो व्यक्ति छन् ।
    – सम्मेलन –

    सम्मेलनको सुरु मिति अझै थाहा छैन । सम्मेलनमा तथाकथित एक सय ३५ ‘कार्डिनल निर्वाचकहरू’ ले फ्रान्सिसको उत्तराधिकारी छान्नेछन् । तर यो पोपको निधनपछि कम्तीमा १५ र बढीमा २० दिनभित्र सुरु हुनुपर्छ । कार्डिनलहरू सिस्टिन च्यापलमा भेला हुनेछन् । यो माइकलएन्जेलोका प्रसिद्ध भित्तेचित्रहरूले सजिएको रेनेसाँ कालीन अद्भुत स्थल हो । कुनै एक उम्मेदवारले मतको दुई–तिहाई प्राप्त नगरेसम्म दिनको चार मतदान, बिहान दुई र दिउँसो दुई पटक गर्नेछन् ।

    प्रत्येक सत्रको अन्त्यमा मतपत्रहरू च्यापलको एक स्टोभमा जलाइन्छ । स्टोभमा जलाइँदा अपोस्टोलिक दरबार माथि धुवाँ निकाल्छ जसलाई विश्वले हेर्छ । यदि सेन्ट पिटर स्क्वायरलाई हेरेको चिमनीबाट कालो धुवाँ निस्कन्छ भने मतदान असफल भएको हुन्छ । सेतो धुवाँले नयाँ पोप निर्वाचित भएको सङ्केत गर्दछ ।

  • जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

    जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

    ९ वैशाख, काश्मीर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । यसको पुष्टी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पु¥याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।” पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो ।

    प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् । प्रधानमन्त्री मोदीले केही दिनअघि अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग भेट गरेका जुन सन्दर्भमा यो आक्रमण भएको हो ।

    मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताएका छन् । गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएको समाचारमा उल्लेख छ । उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् । अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पु¥याइएको छ, जसमा दुई जनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ ।


    विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पु¥याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

  • इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?

    इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?

    काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उनको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनि लामो समयदेखि बिरामी भएर आराम गरिरहेका थिए ।

    आइतबार इस्टर पर्वको शुभकामना दिन भ्याटिकन सिटीको सेन्ट पिटर्समा उपस्थित भएका उनको निधन भएको हो । उनि रोमन क्याथोलिक चर्चको सर्वोच्च पद पोपमा नियुक्त हुने पहिलो ल्याटिन अमेरिकी नागरिक थिए । चर्चका कार्डिनल केभिन फारेलले उनको सोमबार बिहान निधन भएको जानकारी दिँदै सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित गर्दै स्वर्गमा पिताको घरमा फर्किएको बताए । 

    सन् १९३६ मा इटलीमा आप्रवासी परिवारमा पोप फ्रान्सिसको जन्म भएको थियो । धार्मिक यात्राका क्रममा उनि सन् २०१३ मा पोप पदका लागि चयन भएका थिए । विगतको कट्टरताभन्दा धर्मलाई उदारवारी सोचका साथ अपनाउनुपर्ने धारणा उनले राखे । जसका कारण समाजमा सबै प्रकारका व्यक्तिको धारणा र संस्कारप्रति नरममिजाज राखेका कारण सम्बन्धविच्छेद र समलिङ्गी विवाहलाई सामान्य रूपमा लिएका थिए । तथापि चर्चको संस्कार र नियमलाई भने कडाइका साथ पालना गराउँदै आएका थिए ।