अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

File : Afghan farmers harvest poppies in the Nad Ali district of Helmand Province in Afghanistan, April 16, 2015. In a peaceful corner of Helmand Province, poppies grow in plain sight, directly taxed by a government ever more deeply involved in the drug trade. (Bryan Denton/The New York Times)

काबुल, २१ कात्तिक (रासस/एएफपी) :अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम… Continue reading अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

बेलेम, ब्राजिल, २१ कात्तिक (रासस-एएफपी) । विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् । उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो… Continue reading विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

The President of Cameroon, Paul Biya, speaks at a campaign rally in Maroua on October 7, 2025. Getty Images/AFP/Robert Fimbaye

याउन्डे, २१ कात्तिक (रासस–एएफपी) । विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनलदे ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए । विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको… Continue reading बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?

AP Photo/Yuki Iwamura

२० कात्तिक, काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान मम्दानी नगरप्रमुख निर्वाचित भएका छन्। केही महिनाअघिसम्म खासै नचिनिएका मम्दानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सारेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले माम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने चेतावनी दिएका थिए। चुनाव जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले… Continue reading न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?

क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

Canadian Prime Minister Mark Carney speaks during a news conference following te APEC Summit in Gyeongju, South Korea, on Saturday, November 1, 2025. Photo: AP via RSS

ओटावा, १८ कात्तिक (रासस–एएफपी) । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे ।राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र… Continue reading क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, १८ कात्तिक (रासस\एएफपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । उनले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने’ घोषणा गरे… Continue reading दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

मुम्बई, १८ कात्तिक (रासस\एएफपी) । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैंक धोखाधडी र मनी लन्ड्रिङसम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो… Continue reading अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

कोलम्बो, १८ कात्तिक (रासस\सिन्ह्वा) । श्रीलङ्काको केन्द्रीय वातावरण प्राधिकरण (सिइए) ले नयाँ नियम अन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनगरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्न नपाउने व्यवस्था गरेको जनाएको छ। अक्टोबर १ मा सरकारी राजपत्रमा प्रकाशित निर्देशन अनुसार व्यापारीहरूले त्यस्ता झोलाहरूको मूल्य उनीहरूको व्यावसायिक परिसरमा प्रमुखताका साथ प्रदर्शन… Continue reading श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू (भुटान), १९ कात्तिक (रासस\एएनआई) । भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ । यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ । यसले द्वन्द्व र विभाजनले दिग्भ्रमित संसारमा… Continue reading विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो

सियोल, १९ कात्तिक (रासस–एएफपी) । उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न… Continue reading ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो

जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

Ukraine's President Volodymyr Zelensky speaks on the phone during a meeting at the European Political Community summit in Skanderbeg Square in Tirana, Albania, on Friday, May 16, 2025. (Leon Neal/Pool via AP)

बर्लिन, १९ कात्तिक (रासस–एएफपी) । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाइृ सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पु¥याउने योजना बनाएको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको हो। जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले… Continue reading जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

file

काठमाडौँ, १९ कात्तिकः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ । मन्त्रालयले आज परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई लिखित रूपमा पत्र पठाएर उक्त जानकारी गराएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसियाले वैदेशिक… Continue reading मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

CAPTION CORRECTS THE LOCATION - People stand next to the passenger bus after a truck loaded with concrete stone chips rammed into it at Chevella in southern state of Telangana, India, Monday, Nov. 3, 2025. (AP Photo/Mahesh Kumar A.)

हैदराबाद, १८ कात्तिक (रासस\एपी) । दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु… Continue reading दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

Damage in the historic Blue Mosque is seen after ia 6.3 powerful earthquake in northern Afghanistan, in Mazar-e-Sharif, Monday, Nov. 3, 2025.(AP Photo/Sirat Noori)

अफगानिस्तान, १८ कात्तिक (रासस÷एएफपी) । उत्तरी अफगानिस्तानमा आएको ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना… Continue reading अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ, १८ कात्तिक (रासस\एएफपी) । चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ। उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा आइतवार दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको… Continue reading चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

Police personnel clean up after flood recedes in Hue, Vietnam, Friday, Oct. 31, 2025. (Vo Ta Chuyen/VNA via AP)

हनोई, १७ कात्तिक (रासस–एएफपी) । यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक… Continue reading भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

रोम, १७ कात्तिक (रासस–सिन्ह्वा) । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो । शनिबार तीन जनाको… Continue reading हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण

श्रीहरिकोटा, भारत, १६ कात्तिक (रासस–एएफपी) । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस–०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ । सीएमएस–०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो… Continue reading भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण

राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

लन्डन,१७ कात्तिक (रासस–एएफपी) । बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप–एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ। अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि एन्ड्रयुलाई उहाँकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको उनको मानार्थ सैन्य उपाधि खोसिएको हो । एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतको बढ्दो आक्रोशको बीचमा… Continue reading राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

लन्डन, १६ कात्तिक (रासस\एपी) । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।… Continue reading लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

१३ कात्तिक, मुम्बई । मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले… Continue reading मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

Destruction on Wednesday at Treasure Beach, Jamaica, which is in St. Elizabeth, the southwestern parish where Melissa struck the island as a Category 5 hurricane.Credit...Abbie Townsend for The New York Times

१३ कात्तिक, काठमाडौं । क्यारेवियन मुलुक जमैकामा शक्तिशाली तुफान मेलिसाले तहसनहस बढाएको छ । यस आँधीका कारण कैयौं इलाकामा बाढी आएको छ । जसले गर्दा ठूलो मात्रामा जन धनको क्षति भएको विवरण सार्वजनिक भएका छन् । अहिलेसम्म २० जनाको मृत्युको विवरण आएको छ । कतिपय मानिस छतमा फसिरहेको देख्न सकिन्छ । विजुली र खानेपानीको आपूर्ति… Continue reading जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता सुरु भएको छ । यस भेटवार्तामा व्यापारका अनेक मुद्दामा कुराकानी हुने अपेक्षा गरिएको छ । भेट अघि ट्रम्पले एक संक्षिप्त प्रतिक्रिया पत्रकारलाई दिएका छन् । त्यहाँ उनले बैठक फलदायी हुने बताए । उनले भने, ‘दुई मुलुकबीच सधै राम्रो सम्बन्ध… Continue reading ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच… Continue reading ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

Photo : CNN

१२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका… Continue reading नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

भारतमा चक्रवात ‘मोन्था’ : विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

११ कात्तिक, नयाँ दिल्ली । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीले विद्यालय बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै… Continue reading भारतमा चक्रवात ‘मोन्था’ : विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको समाचार सार्वजनिक भएको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज… Continue reading व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

१० कात्तिक, काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । एकै दिन फरक–फरक समयमा भएका यी दुर्घटनास्थलबाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ । दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला पहिलो दुर्घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २ः४५ बजे… Continue reading अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

१० कात्तिक, काठमाडौं । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्। सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भए । ट्रम्पले यसै महिनाको शुरू तिर इजरेल र हमास समूहबीच युद्धविराम गराएको पृष्ठभूमिमा यो खबर प्रकाशमा आएको हो। मलेशियाको राजधानी क्वालाम्पुर… Continue reading थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

(Photo by Mandel NGAN / AFP)

एयर फोर्स वान (अमेरिका) । कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनी दक्षिण कोरियाबारे केही नरम सुनिएका छन् । एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा… Continue reading उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना