२१ पुस, दुबई । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को औपचारिक प्रकाशन शुभारम्भ भएको छ । यूएईमा आइतबार आयोजित एक कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको उद्घाटन गरे । उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास,… Continue reading नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को यूएई संस्करण शुभारम्भ
Category: विश्व
भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका
वासिङ्टन, २१ पुस (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए । शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट… Continue reading भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका
युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द
मस्को, २१ पुस (रासस–एएफपी) । युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् । करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर… Continue reading युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द
सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड
बेइजिङ, २१ पुस (रासस–एएफपी) । चीन सन् २०२५ मा सन् १९६१ पछि औसतमा सबैभन्दा बढी गर्मी बर्षका रूपमा रेकर्ड भएको चीनको मौसम विज्ञान प्रशासनले आइतबार जानकारी गराएको छ। चीनमा गत बर्ष देशव्यापी औसत तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । राष्ट्रिय जलवायु केन्द्रका वरिष्ठ इन्जिनियर शी सुआईका अनुसार यो आँकडा देशको सामान्य वार्षिक तापक्रम ९.९… Continue reading सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड
म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
याङ्गुन, म्यानमा, २१ पुस (रासस–एएफपी) । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ,“सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिाले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई… Continue reading म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक
संयुक्त राष्ट्र, २१ पुस (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता… Continue reading भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक
बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
ढाका, २१ पुस (रासस–एएफपी) । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ । बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट,… Continue reading बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
काराकास, २१ पुस (रासस–एपी) । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र… Continue reading मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
सियोल, २१ पुस (रासस–एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो
कङ्गो, किन्शासा, २१ पुस (रासस–सिन्ह्वा) । अफ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा… Continue reading कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो
सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण
दमास्कस, २० पुस (रासस–एपी) । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ… Continue reading सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण
साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु
एडेन, यमन, २० पुस (रासस–एएफपी) । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्। “संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले… Continue reading साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु
भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग
काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन्… Continue reading भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
काराकस, १९ पुस (रासस–एएफपी–एपी) । भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको… Continue reading आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
वासिङ्टन डीसी (अमेरिका), १९ पुस (रासस–एएनआई) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् । “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको… Continue reading भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
काराकासमा श्रुङ्खलाबद्व विस्फोट, कस्तो छ अहिलेको अवस्था ?
काराकास (भेनेजुयला), १९ पुस (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियान पछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण“ गरेको आरोप लगाएको छ । फक्स न्यूज र सीबीएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट… Continue reading काराकासमा श्रुङ्खलाबद्व विस्फोट, कस्तो छ अहिलेको अवस्था ?
भेनेजुएलाको राजधानीमा अमेरिकाले थाल्यो हवाई आक्रमण
काराकस, भेनेजुएला, १९ पुस (रासस–एपी) । भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो । २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन्, “सारा… Continue reading भेनेजुएलाको राजधानीमा अमेरिकाले थाल्यो हवाई आक्रमण
अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित
वासिङ्टन, १८ पुस (रासस–एएफपी) । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लागि पर सारिएको जानकारी गराएको छ। यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।… Continue reading अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित
नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो
काठमाडौँ, १८ पुसः यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ । भोलि शनिबारबाहेक यही पुस २१ गते… Continue reading नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो
तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा
किम्बु (केन्या), १८ पुस (रासस–एपी) । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन् । झुपडीको काठको भित्तामा बेलचा, फलाम, कृषि कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्ने कुरा होइन, ग्राहकहरू कपाल काटाउन आएका हुन्छन् । “म केवल अपरम्परागत उपकरणहरू प्रयोग गर्छु”,… Continue reading तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा
क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु
क्रान्स–मोन्टाना (स्विजरल्यान्ड), १८ पुस (रासस–एएफपी) । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ । प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक… Continue reading क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु
ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको… Continue reading ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)
सन् २०२५ : अत्यन्त तातो वर्ष
डेट्रोइट (संयुक्त राज्य अमेरिका), १६ पुस (रासस–एपी) । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक तीन वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको… Continue reading सन् २०२५ : अत्यन्त तातो वर्ष
भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा
हनोई, १६ पुस (रासस/सिन्ह्वा) भियतनामको विद्युत् प्रणाली अब दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सोमबार सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब… Continue reading भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा
चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन
बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च… Continue reading चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त
बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार बताएका छन् । प्रवक्ता जियानले बङ्गलादेशको अन्तरिम सरकार र उहाँको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताए । मिडिया रिपोर्टका अनुसार मङ्गलबार खालिदा… Continue reading बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त
चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने
बेइजिङ, १५ पुस (रासस–एएफपी) । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको… Continue reading चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने
अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम
तेहरान, १५ पुस (रासस–सिन्ह्वा) । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू–नक्साङ्कनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ… Continue reading अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम
रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण
भ्लाडिभोस्टक, १५ पुस (रासस–सिन्ह्वा) । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् । रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो । यस प्रक्षेपणमा दुईवटा ‘ऐस्ट–२टी’ उपग्रह र ५० अन्य उपग्रहहरू समावेश थिए । रकेटले उपग्रहहरू पृथ्वीको कक्षमा पठाउन करिब… Continue reading रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी
पाम बीच (फ्लोरिडा), १५ पुस (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध… Continue reading शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी