जबरजस्ती श्रममा अमेरिका कडा

वासिङ्टन, २१ जेठ (रासस–एएफपी) । जबरजस्ती श्रमबाट उत्पादित सामानको आयात नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै अमेरिकाले आफ्ना ६० व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव अघि सारेको छ । कानूनी अवरोधपछि आफ्नो व्यापारिक रणनीतिलाई नयाँ स्वरूप दिन खोजिरहेको ट्रम्प प्रशासनले यो कदममार्फत विश्व व्यापार साझेदारहरूमाथि थप दबाब बढाउने सङ्केत दिएको छ । अमेरिकी व्यापार प्रतिनिधि… Continue reading जबरजस्ती श्रममा अमेरिका कडा

जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान

टोकियो (जापान) २१ जेठ (रासस– एएनआई) । जापान सरकारले नावालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणिकरण लगायतका आवाश्यक प्रतिबन्धहरु लागु गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ । क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशहरूमा देखिएको जस्तै पूर्ण उमेर–आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्व… Continue reading जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान

दिल्लीमा एक होटेलमा भएको आगलागीमा अहिलेसम्म कम्तिमा २१ को मृत्यु

नयाँदिल्ली, २१ जेठ (रासस–एएफपी) । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ । दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको… Continue reading दिल्लीमा एक होटेलमा भएको आगलागीमा अहिलेसम्म कम्तिमा २१ को मृत्यु

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

File (Photo by JACK GUEZ / AFP) / Attention editors: Photo taken with approval from the Ministry of Culture and Islamic Guidance (Ershad) -- AFP covers the war in the Middle East through its extensive regional network, including bureaus in Tehran, Jerusalem, and several neighboring countries. Since the start of the conflict, journalists have been working under increasingly restrictive conditions. Authorities in several countries have limited reporters' movements, photo and live video coverage from sensitive locations. Some governments and armed groups have banned images of missile or drone strikes and other security-related sites. /

कुवेत सिटी, २१ जेठ (रासस–एएफपी) । इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थल केही समयका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्। अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक आक्रमण हो। कुवेतका अनुसार आक्रमणबाट केही कूटनीतिक नियोगहरूमा समेत क्षति… Continue reading इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

The mouth of the swollen Koza River is seen in Kushimoto town, Wakayama prefecture, central Japan, Wednesday, June 3, 2026, following a severe weather system in the area. (Tatsuya Sugawa/Kyodo News via AP)

टोकियो, २१ जेठ (रासस–एपी) । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका… Continue reading जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

Archaeological workers wearing hard hats dig 4 meters (13 feet) underground during excavations outside Notre-Dame Cathedral in Paris, Monday, June 1, 2026. (AP Photo/Nicolas Garriga)

पेरिस, २० जेठ (रासस–एपी) । नोट्रे डेम क्याथेड्रल पुनः खुलिसकेपछि हजारौँ पर्यटकहरू यसको टावर, गार्गोयल र वास्तुकलाको आकर्षण हेर्न लामबद्ध छन् । तर उनीहरू उभिएको जमिनको केही मिटर तल भने पुरातत्त्वविद्हरूले अर्को संसार उजागर गरिरहेका छन्—रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास । फ्रान्सेली सञ्चारमाध्यमले यसलाई ‘शताब्दीको ऐतिहासिक… Continue reading नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

संयुक्त राष्ट्रसङ्घ सुधारमा भारतको जोड

File : Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

न्युयोर्क, २० जेठ (रासस–एएनआई) । भारतले संयुक्त राष्ट्रसङ्घको विकास प्रणालीमा हुने कुनै पनि सुधार प्रक्रियाले सदस्य राष्ट्रहरूको विकास प्राथमिकता, राष्ट्रिय स्वामित्व, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राख्नुपर्ने स्पष्ट धारणा अघि सारेको छ । संयुक्त राष्ट्रसङ्घको विकास संरचनामाथि पुनर्विचार भइरहेका बेला भारतले विकास प्रयासको नेतृत्व सम्बन्धित देशहरूकै हातमा रहनुपर्नेमा जोड दिएको हो । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा… Continue reading संयुक्त राष्ट्रसङ्घ सुधारमा भारतको जोड

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

Photo : masterbuilders.com.au

क्यानबेरा, जेठ २० (रासस–सिन्ह्वा) । अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले मङ्गलबार जनाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले वृद्धि प्रवृत्तिको आधारमा, अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको अनुमान गरेको बताएको छ । सय अघि सन् २०२४ मा जनसङ्ख्या दुई करोड ७० लाख नाघेको उल्लेख गर्दै दुई वर्ष… Continue reading अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने

File : A woman walks past the Reserve Bank of Australia in Sydney, on Tuesday, November 1, 2022. Photo: AP via RSS

सिडनी, २० जेठ (रासस–सिन्ह्वा) । अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने भएको छ। राष्ट्रिय न्यूनतम ज्याला निर्धारण गर्ने निकायले गरेको वार्षिक ज्याला पुनरावलोकनपछि न्यूनतम ज्यालामा करिब ६ प्रतिशतको वृद्धि गर्ने निर्णय गरिएको छ। यस अनुसार जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला प्रति घण्टा २४.९५ बाट बढेर २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ। यस वृद्धिबाट करिब एक लाख… Continue reading अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने

अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण

काबुल, २० जेठ (रासस–सिन्ह्वा) । अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर ३५ हजारभन्दा बढी जग्गा वितरण गरेको जनाएको छ । पछिल्लो समय छिमेकी देशहरूबाट ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्किन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । अफगानिस्तानको शहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार… Continue reading अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण

सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित

संयुक्त राष्ट्रसंघ, २० जेठ (रासस–सिन्ह्वा) । पश्चिमी सुडानका डार्फुर र कोर्डोफान क्षेत्रहरूमा जारी युद्धका बीच अन्तरसमुदायिक हिंसा बढ्दै गएको तथा हैजाको सम्भावित प्रकोपले मानवीय सङ्कट थप जटिल बनाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार, मध्य डार्फुर र दक्षिण डार्फुर प्रदेशहरूमा प्रतिद्वन्द्वी समुदायबीच भएको झडपमा मानवीय क्षति भएको छ भने… Continue reading सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित

अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड

Akron Stadium, a venue for the 2026 FIFA World Cup, stands in Guadalajara, Mexico, Tuesday, Jan. 24, 2026. (AP Photo/Marco Ugarte)

मेक्सिको सिटी, २० जेठ (रासस–सिन्ह्वा) । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ । मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकनसम्बन्धी औपचारिक वार्ताको पहिलो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए । उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन… Continue reading अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड

विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

(260603) -- NEW YORK, June 3, 2026 (Xinhua) -- A trader works on the floor of the New York Stock Exchange in New York, the United States, June 2, 2026. U.S. major stock indexes Tuesday posted record closing highs, fueled by surprisingly strong labor market data and moves in major tech names. (Xinhua/Liu Yanan)

न्युयोर्क, २० जेठ (रासस–एपी) । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकाङ्कहरू उकालो लागेका हुन् । एस एन्ड पी ५०० सूचकाङ्क ०।३ प्रतिशतले बढ्दै अघिल्लो दिनको… Continue reading विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

File (AP Photo/Eric Gay)

जिउछ्वान, २० जेठ (रासस–सिन्ह्वा) । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित ‘लङ मार्च–१२बी वाई–१’ वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपराह्न ४ः४० बजे गरिएको थियो । प्रक्षेपणपछि रकेटले छ्यानफान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षामा… Continue reading चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

file

क्वालालम्पुर, १९ जेठ (रासस–एपी) । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ… Continue reading मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

आइबिस पुनः आकाशमा

Japan's Crown Prince Akishino, second right, Crown Princess Kiko, right, and other officials watch a crested Ibis marked with painted wings released into wild during an event in Hakui, Japan, Sunday, May 31, 2026. (Japan Pool/Kyodo News via AP)

टोकियो, १९ जेठ (रासस–एपी) । दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि आकाशमा छोडिएका छन् । यसलाई संरक्षण अभियानको ऐतिहासिक सफलता मानिएको छ । नोटो क्षेत्रको हकुई सहरमा भएको उक्त समारोहमा लोपोन्मुख… Continue reading आइबिस पुनः आकाशमा

केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

नैरोबी, १९ जेठ (रासस–एपी) । अमेरिकी नागरिकहरूका लागि केन्यामा इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार तथा निगरानी गर्ने केन्द्र स्थापना गर्ने योजनाविरुद्ध विरोध चर्किएको छ । केन्याको मध्य क्षेत्रीय सहर नान्युकीमा सयौँ युवाहरूले सोमबार सडकमा उत्रिएर प्रस्तावित केन्द्रको विरोध गरेका छन् भने अदालतले यसअघि नै सुविधा स्थापना र विदेशी बिरामीहरूको आगमन अस्थायी रूपमा रोक्न आदेश दिएको… Continue reading केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

File (Photo by Ludovic MARIN / POOL / AFP)

फ्रान्सले कृत्तिम बौद्धिकता र डाटा सेन्टरलगायतका योजनाका लागि ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको विदेशी लगानी गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त योजनाको घोषणा गरेका हुन् । उनले भने, “‘फ्रान्सलाई छान्नुहोस (चुज फ्रान्स)’ को वार्षिक बैठकको एक भागको रूपमा पहिले नै प्रतिबद्धता व्यक्त गरिएको र विगत आठ… Continue reading फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

agency

पेरिस, १९ जेठ (रासस–एएफपी) । मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैङ्कले आगामी हप्ताहरूमा आफ्नो आर्थिक वृद्धिको पूर्वानुमानलाई कटौती गर्न लागिएको निवर्तमान गभर्नरले सोमबार बताएका छन् । “त्यहाँ धेरै परिदृश्यहरू छन् र पहिलो त्रैमासिकमा अप्रिय आश्चर्यलाई ध्यानमा राख्दै सन् २०२६ को वृद्धि पूर्वानुमान हामीले मार्चमा… Continue reading पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

Photo : eminetra.co

लागोस, १९ जेठ (रासस–एएफपी) । मे २०२६ मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए। नाइजेरियामा… Continue reading नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

तेहरान, १९ जेठ (रासस–एएफपी) । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी… Continue reading अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

BBC

कोलम्बो,१८ जेठ (रासस–एएफपी) । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै… Continue reading आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न… Continue reading अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

(AP Photo/Evan Vucci)

वासिङ्टन, १८ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उनको स्वास्थ्य राम्रो भएको तर उनले तौल घटाउनु उचित हुने सुझाब उनको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ। रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्ने गरेका… Continue reading चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

Paris Saint-Germain's Fabian Ruiz holds the trophy at Parc des Princes stadium, in Paris, Sunday, May 31, 2026, during a special event organized to celebrate with supporters after their victory over Arsenal FC in the UEFA Champions League soccer final. (Franck Fife/Pool Photo via AP)

पेरिस, १८ जेठ (रासस–एएफपी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्। पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि… Continue reading फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

file

याङ्गुन, १८ जेठ (रासस–एएफपी) । उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ । नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य… Continue reading म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

टोकियो, १७ जेठ (रासस–सिन्ह्वा) । जापानको औद्योगिक उत्पादन अप्रिल महिनामा अघिल्लो महिनाको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यससँगै लगातार दुई महिनादेखिको गिरावट अन्त्य भएको छ । जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार कारखाना र खानीहरूको मौसमी समायोजित उत्पादन सूचकाङ्क २०२० लाई आधार वर्ष मान्दा १०२.८ पुगेको प्रारम्भिक प्रतिवेदनमा… Continue reading जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

file

वासिङ्टन, १७ जेठ (रासस–एएफपी) । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् । गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । सामाजिक सञ्जाल एक्सको… Continue reading अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

Photo source : CBS sports

टेरेसोपोलिस, ब्राजिल, १६ जेठ । रासस–एएफपी) । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् । विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३… Continue reading नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु

File : (Photo by Schneyder MENDOZA / AFP)

बोगोटा, १५ जेठ (रासस–एएफपी) । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरूबीचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भने, “विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्यु भएको छ।” “शवहरू थुप्रोमा छन्, तिनीहरूलाई… Continue reading कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु