काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस… Continue reading साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने
Category: विश्व
भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम
महाराष्ट्र । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । कोरोना संक्रमणको लहरलाई रोक्न भारतको महाराष्ट्र सरकारले सोमबारबाट लागु हुने गरी सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । यता नेपाल र भारतबीच अब निर्वाध आवतजावतको ढोका करीव खुलिसकेको अवस्थामा नेपालमा समेत… Continue reading भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम
म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु
म्यानमार । म्यानमारको सैन्य सरकारविरुद्धको आन्दोलन हिंसात्मक बनेको छ । शनिबार देशको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका छन् । यस घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीका अनुसार सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण गर्न गोली… Continue reading म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु
माउण्ट केटुमा तीन आरोहीको मृत्यु
इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो । पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल… Continue reading माउण्ट केटुमा तीन आरोहीको मृत्यु
राजकुमार ह्यारी बने मानपदवी मुक्त
लण्डन । बेलायती राजकुमार ह्यारी अब मान पदविमुक्त भएका छन् । यसअघि उनी स्वयमले मानपदवी त्याग गरेको घोषणा गरेका थिए । यद्दपी राजदरवारले यसको औपचारिक निर्णय गरेको थिएन । बेलायती संचारमाध्यमहरुका अनुसार अब महारानीबाट यस बारे निर्णय आएको छ । ह्यारी र मेघन मर्केल अहिले दोस्रो सन्तानलाई जन्मदिने तयारी छन् । उनीहरुले राजदरबार फर्कन अस्विकार… Continue reading राजकुमार ह्यारी बने मानपदवी मुक्त
पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते
पश्चिम बंगाल । भारतको पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार हुँदा गम्भीर घाइते भएका छन् । मन्त्री हुसेनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जान उनी रेल चढ्ने तयारीमा थिए । सोही समयमा अज्ञात व्यक्तिले उनीमाथि बम प्रहार गरेको थियो । बम किन… Continue reading पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते
अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै… Continue reading अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना
काठमाडौं । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालमा समेत भारतीय जनता पार्टीको सरकार बन्ने अभिव्यक्ति दिएको भाजपाकै एक नेताले सार्वजनिक गरेका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेका हुन् । उनले शाहले सन् २०१८ मा यस्तो योजना बताएको उनले सार्वजनिक गरेका थिए ।… Continue reading नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना
अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ । अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो । उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार… Continue reading अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई
काठमाडौं । इटालीका प्रधानमन्त्री मारियो ड्राघीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । उनी हालै प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार इटालीका समकक्षीलाई शुभकामना सन्देश पठाउँदै इटालीका जनताको शान्ति र समृद्धिको कामना समेत गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले दुई देश बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण… Continue reading इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको… Continue reading ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का
नयाँ दिल्ली । शनिबार चीन र ताजकिस्तानमा छुट्टाछुट्टै भूकम्प गएको छ । १० मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएको हो । त्यसमध्ये एउटा ताजकिस्तान र अर्को चीनको सिचुवान प्रान्त केन्द्र बनाएर गएको छ । नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको छ । ताजकिस्तानबाट मानवीय क्षतिको विवरण आइसकेको छैन । यो भूकम्पको… Continue reading चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का
अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् । घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क… Continue reading अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या
कडुना\नाइजेरिया । अफ्रिकी मुलुक नाइजेरिया संसारको सबैभन्दा असुरक्षित मुलुकमध्ये एक हो । यहाँ आतंकवादी समुह बोको हरामदेखि अनेक समुह सक्रिय रहेका छन् । नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुकधारी लुटेराले २३ जना गाउँलेको हत्या गरेका छन् । स्थानीय संचारमाध्यमका अनुसार गाउँले माथि अन्धाधुन्ध आक्रमण भएको थियो । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानले यसको पुष्टी… Continue reading नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या
म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी… Continue reading म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध
काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण… Continue reading दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध
मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु
काठमाडौं । मोरक्कोमा बाढी र पहिराले ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार त्यहाँ कम्तिमा २४ जनाको मृत्यु भएको खबर छ । देशको उत्तरी भेगमा पर्ने तान्गीर भन्ने स्थानमा सोमबार अविरल वर्षापछि बाढी आएको थियो । घटनास्थलबाट उद्धारकर्मीले १० जनाको सकुसल उद्धार गरेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । अहिले… Continue reading मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु
म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान
काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याएपछि अहिले आन्दोलन शुरु भएको छ । प्रजातन्त्रका पक्षमा हरेक दिनजसो विशाल र्यालीहरु निस्कन थालेका छन् । यसको अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि त्यहाँको सेनाले संयमता अपनाउन आह्वान गरेको छ । देशको स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले बल प्रयोगको संकेत समेत गरेको छ । सोमबार… Continue reading म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान
बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच… Continue reading बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस
उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित एक बाँध भत्किँदा आएको बाढीले बगाएका डेढ सय मानिस अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि सयौं सैनिक परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस घटनामा ९ जनाको शव फेला परेको छ । १६ जनाको भने जिवितै उद्धार भएको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो… Continue reading उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस
बार्सिलोनाको पुनरागमन जित
काठमाडौं । स्पानिस लालिगामा बार्सिलोनाले रियल बेटिसलाई ३- २ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । गतराति सम्पन्न खेलमा बार्सिलोना पछाडी रहेको अवस्था उल्टाएर जित निकालेको हो । जितमा दोस्रो हाफमा मैदान छिरेका कप्तान लियोनल मेसीले प्रेरणादायी खेल देखाए । पहिलो हाफमा बार्सिलोना एक गोलले पछि रहेको थियो । दोसो हाफमा मेसी र ट्रिनकाओले एक… Continue reading बार्सिलोनाको पुनरागमन जित
भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेको छ । बाँध भत्किएपछि ऋषिगंगा परियोजनालाई क्षति अनुमान गरिएको छ । उक्त घटनामा १५० जना भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ता हुनेहरु सबै ऋषिगंगा परियोजनामा काम गर्ने मजदुर रहेको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ प्रस्थान गरेका छन् । उनले… Continue reading भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा यीले यस्तो घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताएको थियो । यो ५ लाख सोही ३ लाखमा… Continue reading चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा
यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ । बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।… Continue reading यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
१८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?
नयाँ दिल्ली । बिहिबार भारतको राजधानी दिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला जलाइयो । एक किशोरीको एउटा ट्वीटका कारण भारत भड्किएको छ । कारण हो, उनले भारतमा लामो समयदेखि जारी किसान आन्दोलनमा ग्रेटाको समर्थन । बिहीबार भारतका सबैजसो मिडिया ग्रेटाको विरोधमा लागे । किनकी भारतमा मिडियालाई सरकारले आफ्नो पक्षमा राखेको छ ।… Continue reading १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?
अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
न्यूर्योक । अमेरिकाको पूर्वी भेगमा आएको हिमआँधिले जनजीवन प्रभावित बनाएको छ । बीबीसीका अनुसार न्यूर्योक, न्यूजर्सीसहित पूर्वी भेगका अमेरिकी सहर भारी हिमपातबाट प्रभावित बनेका छन् । यी दुई शहरले आपतकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवा विभागका अनुसार हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने क्रममा रहेको छ । हिमपातले न्यूजर्सीमा बस तथा रेल सेवा… Continue reading अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय
काठमाडौं । म्यानमारमा सेनाको कुविरुद्ध नेपाल सरकारले समेत प्रतिक्रिया दिएको छ । सरकारले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहाईको समेत माग गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ प्रेस विज्ञप्ति निकाल्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । म्यानमारी सेनाको नियन्त्रणमा रहेका राष्ट्रपति र स्टेट काउन्सिलर… Continue reading सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय
म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
काठमाडौं । म्यानमारमा आम निर्वाचनबाट हालै निर्वाचित सरकारलाई हत्याएर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ । बाइडेनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले म्यानमारमा हस्तक्षेपको संकेत समेत गरेका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिई नेतृ… Continue reading म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा
काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सैन्य हिरासतमा परेकी छिन् । बीबीसीका अनुसार म्यानमारमा सैन्य कु भएको छ । सुकीलाई सेनाले हिरासतमा लिएको हो । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै यसको पुष्टी गरेका छन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई… Continue reading म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा
उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु
मुराबाद । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको… Continue reading उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु