अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

(260317) -- KABUL, March 17, 2026 (Xinhua) -- Debris is seen around destroyed buildings after an airstrike launched on the Omid Addiction Treatment Hospital in Kabul, Afghanistan, March 17, 2026. Pakistan's air force carried out an airstrike late Monday night targeting the drug addiction treatment hospital in the Afghan capital of Kabul, killing at least 400 people and injuring around 250 others, an Afghan official said Tuesday. Meanwhile, Pakistan on Monday refuted the Afghan government's claim, saying the country targeted military installations and terrorist support infrastructure in Afghanistan. (Photo by Saifurahman Safi/Xinhua)

बेइजिङ, ४ चैत (रासस–सिन्ह्वा) । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् ।

अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए । चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे । चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए ।