खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । ९ एन -एएफक्यु हेलिकप्टर बिहान ११ बजे काठमाडौंबाट उडेको थियो । हेलिकप्टर खोटाङमा बारीको पाटोमा अवतरण गर्दागर्दै दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् । पाइलट सहित ६ यात्रु हेलिकप्टरमा सवार थिए ।