काठमाडौँ, २७ चैतः प्रतिपक्ष दलले प्रतिनिधिसभाको उपसभामुख श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् । सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताए ।
एमाले भने तटस्थ बसेको छ । उनीहरुले निर्वाचित भएपछि उपसभामुख ठाकुरले तटस्थ, निष्पक्ष र सन्तुलित रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ठाकुरका लागि समर्थन गरेकामा सबैलाई धन्यवाद दिए ।