भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

Rescue workers search through the rubble after an earthquake in La Guaira, Venezuela, Thursday, June 25, 2026. (AP Photo/Pedro Mattey)

मनामा, १२ असार (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा गएको दुई ठूला भूकम्पमा १६४ जनाको ज्यान गएको घटनामा संयुक्त राज्य अमेरिकाले ‘सम्पूर्ण सरकार स्तर’को सहयोग दिने बताएका छन् । उनले बिहीबार भने, “यो भूकम्पले राजधानी नजिकैका धेरै भवनहरू ध्वस्त बनाएको छ र बासिन्दाहरू हराएका आफन्तहरूको खोजीमा छन्।” रक्षा मन्त्रालयले यहाँ ठूलो व्यवस्थापकीय भूमिका खेल्नुपर्ने छ किनकि उनीहरू अहिले सीमित स्रोत र साधनबीच उद्धार तथा खोजी कार्यलाई अघि बढाइरहेका छन्, चुनौतीपूर्ण अवस्थामा सहयोगको पर्खाइमा छन्,” बहराइनको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने ।


उनले भने, “हामीले पूर्णरूपमा सरकारको स्तरबाट सहयोग गर्नेछौँ । यो व्यापक हुनेछ, छिटो हुनेछ र प्रभावकारी हुनेछ।” रुबियोले जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाको स्थिरता प्रयासमा यसको प्रभावबारे आफूले नसोचेको बताए । “अहिले हाम्रो चिन्ता भग्नावशेषमा पुरिएका मानिसहरूको हो। हामी उनीहरूलाई बाहिर निकाल्न मद्दत गर्न चाहन्छौं,” उनले भने । “तीमध्ये केहीका आफन्तहरू अमेरिकामा बस्छन्, तर जे भए पनि संयुक्त राज्य अमेरिकाले विशेषगरी हाम्रो आफ्नै गोलार्धमा सधैँ मानवीय सङ्कटमा सघाएको छ ।”