काठमाडौँ, १२ असारः प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् । सत्तारुढ दल रास्वपाको महाधिवेशनका कारण संसद बैठक समेत पटक पटक सरिरहेको छ ।
रास्वपा महाधिवेशनका कारण पुनः सर्यो संसद बैठक