ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

photo Source : Onlinekhabar.com

२५ चैत, काठमाडौं । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारककै क्रममा निधन भएको ललितपुर प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने २ जना प्रहरीको फन्दामा परिसकेका छन् । प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा परेको पाइएको छ । उनीहरू एक आपसमा अपरिचित थिए । नचिनेको नम्बरबाट फोन आएपछि फोनमै भनाभन भयो ।

फोनमा विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजु भाइलाई पाटन भेट्न बोलाए । उनीहरु इमाडोल बस्ने गरेको पाइएको छ । सञ्जीव मासु पसलमा काम गर्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । हतियारले प्रहार गरी दाजुभाईलाई घाइेत बनाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।