२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको हो । बिहानसम्म पनि सेन्टर जलमग्न छ ।
डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।
केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । डुबानका कारण कैयौं बालबालिका र महिलाको विचल्ली भएको छ । पटक पटक एक स्थानबाट अर्को स्थानमा सार्दा परिवारमा सास्ती भएको हो । सरकारले विकल्प प्रस्तुत नगरी सुकुमबासी बस्तीमा डोजर लगाउँदा धेरै परिवारको विचल्ली भएको हो ।