हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित

(260403) -- KARAJ, April 3, 2026 (Xinhua) -- This photo taken on April 3, 2026 shows the damaged B1 bridge after U.S.-Israeli attacks in Karaj, Iran. The B1 bridge, located in the provincial capital Karaj, is one of the highest bridges in the Middle East and among the most complicated projects in Iran. It was targeted twice in U.S.-Israeli attacks on Thursday, leaving 13 dead and 95 wounded, the official news agency IRNA reported Friday. (Xinhua)

पेरिस, २० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ । इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ । मार्च १ देखि अप्रिल ३ को बिहानसम्म २२१ जहाजहरू इरान प्रवेश गर्न वा छोड्न हर्मुज जलमार्ग पार गरेका ‘ग्लोबल सामुद्रिक एनालिटिक्स फर्म केप्लर’ ले जनाएको छ ।

केहीले यसलाई धेरै पटक पार गरेका कारण जलमार्गको प्रयोग गर्ने जहाजको सङ्ख्या कुल २४० भन्दा बढी पुगेको छ । हर्मुजमा आवागमन भएका १० मध्ये छ वटा जहाज इरानबाट आउने वा जाने जहाजहरू रहेका थिए, कार्गो ढुवानी गर्ने जहाजहरूको जुन हिस्सा ६४ प्रतिशतसम्म पुग्छ । संयुक्त अरब इमिरेट्स ९युएई० २० प्रतिशत, चीन १५ प्रतिशत, भारत १४ प्रतिशत, साउदी अरब आठ प्रतिशत, ओमान आठ प्रतिशत, ब्राजिल छ प्रतिशत र इराक पाँच प्रतिशत रहेका छन् भने विश्व अर्थतन्त्रमा उल्लेख्य भूमिका रहने मुख्य गन्तव्य र देश देशहरू यस तथ्याङ्कबाट धेरै पछाडि छन्।

यो अवघिमा कार्गो बोक्ने ११८ जहाजहरूमध्ये ३७ ले कुल ८।४५ मिलियन टन कच्चा तेल ओसारपसार गरेका थिए । ३७ वटा तेल ट्यांकरमध्ये ३० वटा इरानबाट आएका थिए भने सबै खाडी छोड्दै थिए । धेरै जसोले यात्रा गरिरहेको गन्तव्य बताउन चाहेका थिएनन् ।

आफ्नो गन्तव्य रिपोर्ट गरेका र इरानी तेल बोकेका केही जहाजहरूमध्ये एउटा अपवाद बाहेक सबै चीनतर्फ जाँदै थिए। कार्गो लिएर स्ट्रेट पार गरेका अन्य सात तेल ट्याङ्करहरू साउदी अरबबाट छुटेका थिए र उनीहरूमध्ये एक हङकङको ध्वजाबाहक जहाज न्यू भिजन मार्च १ मा छुटेको थियो र शनिबार फ्रान्सको बन्दरगाह ले हाब्रे आइपुग्ने अपेक्षा गरिएको छ ।