नयाँ दिल्ली
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।
अभिनेता बच्चनले कोरोना संक्रमित भएको ट्विट गरे लगत्तै बलिउड कलाकार र हजारौं प्रशंसकले उनको सिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।