काठमाडौं
गीत मार्फत सन्देश दिन मन पराउने गायक गम्बु शेर्पाको स्वरमा ‘कोही भन्छन UK जा कोही अमेरिका’ नेपा टेक समुहको प्रस्तुतिमा सार्वजनिक भएको छ ।
‘नजिक’ एल्बम अन्तर्गत समाविष्ट सो गीतको म्युजिक भिडियोलाई ‘नेपा क्रियसन’ले नै तयार पारी युट्युब मार्फत दर्शक-श्रोता माझ ल्याएको हो । गीतकार तुलसी बस्नेतको रचनामा सन्तोष श्रेष्ठले संगीत एवम् एरेन्ज बिष्णु अधिकारीले गरेका छन् ।
देशमा नै केही गर्नु पर्छ भन्ने सोचराखि लामो अमेरिकाको बसाई त्यागेर नेपाल फर्केका गायक शेर्पाले यसअघि पनि बिभिन्न देशभक्तिका गीत गाइसकेका छन् । दर्शनीय प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन गायक शेर्पाले आफै गरेका छन् ।