आरएल श्रमजिवी, ब्रसेल्स
बिषयबस्तु गहकिलो भयो भने चर्चा स्वस्फुर्त हुन्छ, भन्ने भनाई चरितार्थ भएको छ । युरोपमा नेपालीका कथा बस्तुलाई समेटेर कलाकार सन्तोष बरालले ‘कमेडी हब नेपाल’ युट्युब च्यानलमार्फत ‘डबल रोल’ नामक टेली सिरियल निर्माण गरिरहेका छन् । बरालका अनुसार डबल रोल हेरेपछि आम दर्शकले युरोपेली नेपाली डायस्पोराले भोगेका कथा ब्यथाको वास्तविकता थाहा पाउने छन् । निर्माता बरालका अनुसार देखेजस्तो सोचेजस्तो केही र कँही पनि हुदैन भन्ने सत्यता उजागर गर्ने सोचले यो टेलि सिरियल निर्माण गरेका हुन् ।
आगामी सातादेखि कमेडी हव नेपाल युटुव मार्फत हेर्न सकिने डबल रोलको मुख्य ध्येय उद्देश्य आम नेपाली दर्शकलाइ स्वस्थ मनोरञ्जन दिनु पनि रहेको बताएका छन् । नेपालमा हुँदा विभिन्न कला बिधामा पारंगत कलाकारहरुले भुमिका निभाएको डबल रोलको लेखन तथा निर्देशन सन्तोष बरालले गरेका छन ।