वीरगन्जमा कोरोनाबाट थप एकजनाको निधन

वीरगन्ज । बारामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

उनी वेवारिसे अवस्थामा सडकमा भेटिएपछि स्थानीय युवाले अस्पताल भर्ना गरेको बताइएको छ । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुष सडकमै बस्दै आएको बताइएको छ ।

उनी अचेत अवस्थामा भेटिएपछि युवाहरुले अस्पताल भर्ना गरेका थिए । सोमबार राति उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि उनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । उता, सोमबार वीरगन्जमा ८० वर्षीय कोरोना संक्रमित वृद्धको ज्यान गएको छ ।