काठमाडौं । दक्षिण एसियाली भेगमा रहेका मुलुकमध्ये भुटान र नेपाल सबैभन्दा शान्त रहेको देखिएको छ । ग्लोवल पिस इन्डेक्सको अध्ययनमा दक्षिण एसियाली मुलुकमध्ये भुटान सबैभन्दा शान्त मुलुक हो । दोस्रो स्थानमा नेपाल छ । यस भेगका ८ मुलुकमध्ये माल्दिभ्स अध्ययनमा समावेश छैन । सबैभन्दा अशान्त मुलुक भने अफगानिस्तान रहेको अध्ययनको निष्कर्ष छ ।
ग्लोवल पिस इन्डेक्स २०२० मा विश्वव्यापी श्रेणी अन्तर्गत भुटान १९ औं शान्त मुलुक हो । नेपाल ७३ औं शान्त मुलुक बनेको छ । सन् २०१९ को तुलनामा नेपालको स्थान समेत तीन अंक सुधार भएको छ । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा छन । नेपाल र भुटानबाहेकका मुलुक कुनै न कुनै रुपमा आतंकवादी आक्रमणको निसानामा पर्दै आएका छन् ।