काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ ।
गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा एवं फागुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेका सामग्री दिएर बिदाइ गर्ने कार्यक्रम छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरेको हो । शिवरात्रीमा भारतबाट मात्र हजारौंको संख्यामा साधुसन्त पशुपतिनाथ मन्दिर आउने गर्छन् । मेलाको मूख्य आकषूण साधु सन्त पनि हुन् ।