धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाका परिवारले प्रदेश सरकारबाट नगद सहयोग पाउने

जनकपुर । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका पाँच बालिकाका परिवारलाई प्रदेश सरकारले सहयोग घोषणा गरेको छ । प्रदेश नं २ सरकारले जनही एक, एक लाख सहयोग गर्ने घोषणा गरेको हो ।


धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका ६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको ज्यान गएको हो ।

प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ । मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । अधिक गर्मीको समयमा माछापालन गर्न खनिएको खाल्डोमा पा्रडी खेल्न छिरेका बालिकाहरुको मृत्यु भएको हो ।