अमृता के सी ( रोनी )
काठमाडौँ, असार ३। कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिकाको विपद राहत कोषमा १० /१० लाखको दरले सहयोग प्रदान गर्ने भएको छ। सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्चीमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षति पुर्याएको छ । हेलम्बु गा.पा को तिम्बु, किउल,गणेशे बगर,चनौटे,ग्याल्थुम लगायतका क्षेत्रका करिब १४० घरधुरी विस्थापित छन्।हालको विषम परिस्थितिमा राहतको लागि उक्त ठाँउबाट अपिल भैरहेको छ।
कागेश्वरी मनहोरा नपाले आज बिहान नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी २०७८ साल असार १ गते अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा राहत स्वरूप मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकको विपद राहत कोषमा १० /१० लाख रुपैयाँका दरले कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए साथै उक्त प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, मृत्यु भएका दिवंगत व्यक्तिहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना व्यक्त गरेको छ ।