पुरुषाेत्तम घिमिरे,काठमाडौं
जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती अस्पतालमा अक्सिजन सकिएको थियो ।
बिना अक्सिजन २ घण्टा सम्म बिरामीलाई राख्दा भाइको अकालमा ज्यान गएको उनले बताए । उनको मृत्युपछि आज आफन्तले अस्पताल परिसर घेरेर विरोध समेत गरेका थिए । अक्सिजन नभए अस्पतालले बेलैमा जानकारी गराउनु पर्ने उनीहरुको भनाई छ । अस्पताल प्रशासनको तर्फबाट भने यो घटनाबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।