अमृता के सी ( रोनी )
काठमाडौँ, असार १० ।काठमाडौँ स्थित बूढानीलकण्ठ नगरपालिकाले नगर भित्र आफ्नै लगानीमा पिकनिक स्थल र जिप फ्लाएर निर्माण गर्ने भएको छ। बूढानीलकण्ठ नगरपालिकालाई स्वच्छ शान्त समृद्ध पर्यटकीय नगर निर्माण गर्ने पारीकल्पना गर्दै आफ्नो आठौं नगर सभामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिको विकासका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रिसोर्ट सहितको वनभोज स्थल र जिप फ्लाएर निर्माण गरिने उल्लेख गरिएको छ ।नगरपालिकाले वडा नं १ मा रिसोर्ट सहितको वनभोज स्थल र वडा नं १३ रातमाटे डाँडामा वनभोज स्थल र जिप फ्लाएर निर्माण गरिने उल्लेख गरेको हो ।
बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा नगर सभाको उद्घाटन शत्रमा “पर्यटन पूर्वाधार समृद्धिको आधार” भन्ने नारा तय गरेर नगरपालिकाले दुई स्थानमा वनभोज स्थल र एक स्थानमा जिप फ्लाएर निर्माण गर्ने जनाएको हो ।
