गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन


अमृता के सी ( रोनी )
काठमाडौँ, असार ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित सुन्ताखानमा नगर प्रमुख सन्तोष चालिसेले बत्ती सहितको पुलको रेलिंगको उद्घाटन गरेका छन् ।बुधबार नगर प्रमुख चालिसेको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा उनले पुलको रेलिंगको उद्घाटन गरेका हुन् ।

सुन्ताखान युवा क्लबको विशेष सक्रियतामा जिर्ण रहेको पुललाई मर्मत गरि रेलिंग,बत्ती र फूलले सजाइ पुललाई अझ आकर्षक बनाइएको हो । “ हाम्रो सुन्ताखान सफा राम्रो सुन्ताखान ” अभियानमा जुटेका क्लबका सदस्यहरु आफ्नो ठाउँको विकास र परिवर्तन लागि एक भइ अघि बढेको जानकारी क्लबका अध्यक्ष हरिबोल बिष्टले जानकारी गराए।बिष्टका अनुसार २० वर्ष पछि पुलले न्याय पाएको साथै सुन्ताखानको थप सुन्दरता बढाएकोले अबका दिनमा पुलबाट खसेर हुने दुर्घटना रोकथाम हुने कुरामा समेत विश्वस्त रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले सम्पूर्ण युवाहरूलाई प्रोत्साहन र हौसला स्वरुप गोकर्णेश्वर नगरपालिकाकै सबभन्दा उत्कृष्ट नमुना रेलिंग पुल भनेर घोषणा समेत गरेका छन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको उप प्रमुख शान्ति नेपाल ,गो न पा प्रमुख सल्लाहकार दिपक रिसाल,गो न पा ३ वडा प्रमुख राजेन्द्र कुमार भण्डारी, समाजसेवी किरण बिष्ट,समाजसेवी जयराम बिष्ट, क्लबका सदस्यहरु लगायत स्थानियको उपस्थिति रहेको थियो ।