काठमाडौँ क्षेत्र नं ३ को वडा नं ३ ईकाइ सभापतिमा जय राम बिष्टको दाबेदारी


अमृता के सी ( रोनी )
काठमाडौँ, साउन ३ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला क्षेत्र र वडा स्तरका विभिन्न पदहरुका आकांछीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित ३ नम्बर क्षेत्र तरुण दलका कोषाध्यक्ष जय राम बिष्टले ईकाइ सभापतिमा आफ्नो दाबेदारी घोषणा गरेका छन् ।लामो समय देखी लायन्स क्लब ईन्टरनेशनल मार्फत समाजसेवामा सक्रिय साथै केही वर्ष देखी सुन्ताखान स्थित स्थानिय टोल सुधारको लागि लगातार खटिदै आएका बिष्टले वडा नम्बर ३ को ईकाई सभापतिमा दाबी गरेका हुन्।

पार्टीमा अब समयको माग अनुसार बिस्तारै बिस्तारै युवाको नेत्रित्व हुनु पर्ने र ईकाइ भित्र पनि थुप्रै साथी भाईको अनुरोध र दबाद पछी ईकाइ सभापति भएर पार्टीको लागि काम गर्ने निर्णयमा पुगेको बिष्टले विश्व न्युजलाई बताए ।
बिष्ट स्थानिय देबी बालसुधार माध्यमिक विधालयको व्यवस्थापन समितीको अध्यक्ष हुन् भने स्थानिय क्लब तथा मन्दिर उपभोक्ता समितीहरुमा नेतृत्व गर्दै आएका छन् ।