काठमाडौँ, साउन ५ ।काठमाडौं क्षेत्र नं. ३ नेविसंघका क्षेत्रीय सभापति राजेश अधिकारीले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईमा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखी काँग्रेस राजनितीमा सकृय अधिकारीले गत हप्ता नगरपालिकाको क्रियाशिल भेलामा लिखित दस्तावेज सहित औपचारिक रुपमा सभापतिमा दावि गरेका हुन् ।

२०४६ सालको जनआन्दोलनको दौरान जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका अधिकारी लामो समयदेखि नेपाली काँग्रेसको विद्यार्थी संगठनमा काम गर्दै आएका छन् ।
हाल नेविसंघ काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत रहेका अधिकारी २०५३ सालमा पशुपति बहुमुखी क्याम्पसमा स्ववियूको तदर्थ समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । २०५५ सालमा जोरपाटि गाविसको नेविसंघ सभापतिमा पनि निर्विरोध निर्वाचित भई सफलतापूर्वक कार्यकाल पुरा गरेका थिए । उनी २०६७ सालमा जोरपाटि गा.वि.स.मा नेपाली काँग्रेस गाउँ इकाई समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
युवा विद्यार्थीहरुलाई नेपाली काँग्रेसको बलियो वैचारिक र सांगठनिक शक्ति मान्ने अधिकारीले शहिद आदर्श क्याम्पस भद्रवासमा स्ववियू एकाई कमिटि गठन गरी ने.वि.संघ नेतृत्वलाई विजयी गराएका थिए । नेपाली कांग्रेसका श्रद्धेय नेताहरु जननायक विश्वेश्वरप्रसाद कोईराला, प्रजातन्त्रका पिता लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने गरेको बताउछन् ।
अधिकारिको नेतृत्वमा छहारी युवा क्लबबाट एसएलसीमा उत्कृष्ठ जोरपाटीका १० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भनें नेविसंघबाट काठमाडौं क्षेत्र नं. ३ का ए प्लस लेभलका ३३ जनालाई २०७४ सालमा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । उनले छहारी युवा क्लबमा १५ वर्ष रहेर पूर्वी भेगीय क्रिकेट टुर्नामेण्ट सफलतापूर्वक सम्पन्न गरेको, सुन्दरीजल देखि छहारी युवा क्लबसम्म शान्तिको कामना सहित खुल्ला दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको, स्थानीय कृष्ण रथ यात्रा लगायतका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेर सामाजिक विकासका कार्यमा आफूलाई सँधैं अगाडी राख्दै आएकोले आफ्ना कामहरु स्थानीय तथा राजनीतिक क्षेत्रका अग्रज, साथिभाई, क्रियाशिल सबैले देखेकाले आफूलाई मुल्यांकन गरि इकाई सभापतिका लागि योग्य ठहर्याउने विश्वास व्यक्त गरे ।
